Home » » गजल संसार (Gazal Sansar Episode 2):06-08-2012 - Download

गजल संसार (Gazal Sansar Episode 2):06-08-2012 - Download

NepaliTalim | 2:56:00 PM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको साहित्यिक रेडियो कार्यक्रम 
"गजल संसार Gazal Sansar"
Date : 06-08-2012 /2069-04-22
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 2) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 06-08-2012 /2069-04-22 बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
 गतहप्ता देखि कार्यक्रमको नाम परिवर्तन भएको छ पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download

यो भागमा बाचन भएको मरो गजल
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछि ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछि ।।

लाग्छ उ नै सर्वश्व हो , शुरु अन्त्य यसैबाट
नचाहेरै के हुन्छ र, आत्मालेनै मागेपछि ।।

छटपटि नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडि, अन्त कतै भागेपछि ।।

यस्तो एउटा कसम बन्छ, सँगै जिउने सँगै मर्ने
कसै प्रति सच्चा प्रेम, यति धेरै जागेपछि ।।

(मिति : २०६७ बैशाष २६)
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नंं ६, तल्लो टोल,
रामेछाप

यो पेज हेर्नुहुने र यो कार्यक्रम मनपराईदिनुहने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी नेपाल
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger