Home » » सूचना-सूचना-सूचना (विश्वाव्यापी प्रतियोगिता)

सूचना-सूचना-सूचना (विश्वाव्यापी प्रतियोगिता)

NepaliTalim | 10:19:00 AM | 0 comments

विश्व साहित्य अनलाइन कार्यक्रम नामक विश्वाव्यापी प्रतियोगिताको आयोजना गरिने I

 ज्ञानेन्द्र गदल, अमेरिका -
बदलिँदो २१ औ शताब्दीमा आधा आकाश ओगटेका महिलाहरुको अन्तर्निहित क्षमतालाई सबैका सामु प्रस्फुठित गर्ने उदेश्यले "विश्व साहित्य अनलाइन कार्यक्रम" नामक विश्वाव्यापी प्रतियोगिताको आयोजना गर्न लागिएको हो । "पुराना प्रतिभाले सम्मान पाउनुपर्छ, नयाँ प्रतिभाले स्थान पाउनुपर्छ" भन्ने नाराका साथ उक्त कार्यक्रम 'द ह्वाईट जोन' नामक संस्थाले आयोजना गर्न लागेको हो । खासगरी पूर्विय मुलुकमा बिद्यमान अव्यव्यहारिक सामाजिक संस्कार र मान्यताहरुको सिकार भएका महिलाहरु जस्ले आफूभित्र रहेका भावना र भोगाइलाई सार्वजनिक रुपमा बाँड्न नसकी कतिपय अवस्थामा आफ्नो कला क्षमता, प्रर्तिभालाई लुकाएर राख्नु पर्ने वाध्यता पनि छ र यही गुम्सिएर रहेका प्रर्तिभालाई प्रस्फुठन गराउने अभिप्रायले संसारभरि रहेका युवा तथा महिलाहरूलाई समेटेर जागरुक बनाउँदै उत्प्रेरणा प्रदान गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो । यहाँहरुको प्रतिभा र क्षमताको सम्मान गर्ने र भविष्यमा राष्ट्र राष्ट्रियता र महिला शसक्तिकरणको सन्दर्भमा मिलेर झन् धरै काम गर्न बाटो खुल्ने आशाका साथ अमेरिकामा दर्ता भई विश्व व्यापी संगठन विस्तार गर्ने क्रममा रहेकोले यो कार्यक्रम आयोजना गरिएको हो ।

यस प्रतियोगिताका निम्न नियमहरु रहेका छन् :

वैदेशिक रोजगार, राष्ट्र, राष्ट्रियता र महिला शसक्तिकरणलाई प्रोत्साहित गर्ने किसिमका अनुभव र भोगाईलाई कविता, गजल, मुक्तक, गीत र लघु कथाका रुपमा २५० शब्दमा नबढाई मौलिक एवम अप्रकाशित रचना संक्षिप्त परिचय र फोटो सहित तलको इमेल ठेगानामा पठाई दिनहुन हार्दिक आह्वान गरिन्छ । पुरुष साहित्यकार पनि यस प्रतियोगिता सहभागी हुन सक्ने छन् ।

# २०१२ जुलाई १५ सम्म प्राप्त सबै रचनाहरु निर्णायक मण्डलले छानेको उत्कृस्ट १५ रचनालाई फेसबुक https://www.facebook.com/thewhitezone.orgn मा २०१२ अगष्ट १ मा प्रकाशित गरिने छ ।

#२०१२ अगस्ट ३० सम्ममा सबै भन्दा धेरै लाइक (Like) प्राप्त गर्ने रचना पुरस्कृत हुने छ । लाइक (Like) को आधारमा पहिलो, दोस्रो र तेस्रो हुनेछ ।

पुरस्कार :

१. प्रथम पुरस्कार : एक लेप्टप, प्रमाणपत्र ।
२. दोस्रो पुरस्कार : आइ पड , प्रमाण पत्र ।
३. तेस्रो पुरस्कार : इ - फोटो फ्रेम, प्रमाण पत्र ।
४. उत्कृष्ट ७ रचनालाई प्रमाण पत्र ।

# उत्कृष्ट रचनालाई हाम्रो स्मारिका र हाम्रो वेव साइडमा राखिने ।
# सम्भव भए आफ्नो रचनाको रेकड पनि पोष्ट गर्न सक्नुहुनेछ ।
# प्रतियोगीले आफूले भाग लिएको जानकारी हामीलाई इमेल (creations@thewhitezone.org) गरेर २०१२ जुलाई १५ सम्म जानकारी गराउनु पर्नेछ ।
# प्रतियोगीका निर्णायक मण्डलको जानकारी २०१२ अगष्ट १ सम्म गोप्य राखिने छ ।
#यस प्रतियोगितामा कुनै विवाद आएमा सो समाधानको सम्पूर्ण अधिकार "द ह्वाइट जोन" महिला शसक्तिकरण विभागमा निहित हुनेछ ।

रत्ना बराईली
महिला सशक्तिकरण विभाग प्रमुख ,
द ह्वाइट जोनु, केन्द्रीय कार्यसमिति
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger