Home » » सिर्जनाका लहरहरु :- Episode 90 -Download

सिर्जनाका लहरहरु :- Episode 90 -Download

NepaliTalim | 9:49:00 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE 89
Date : 10-Aug 2012/26-04-2069
Source : http://www.sirjanakalaharharu.com


अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरु विश्व साहित्य महासंघ साखा साउदि अरेवियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरु को श्रीङ्खला ९० लिएर आज आएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु । 
Listen and Download

Download : Click Here to Download 90

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
.........................................................
मायाँमा मायाँ थप्छु त गजल भैदिन्छ ।।
उस्लाई सोच्दै बस्छु त गजल भैदिन्छ ।।

हतियारहुन् शब्दहरु, तिनैलाई मिलाएर
खेलाउन सक्छु .....त गजल भैदिन्छ ।।

सानै कुराले मलाई, भित्रसम्म छुँदाखेरी
भाबनामा बग्छु ....त गजल भैदिन्छ ।।

काँडाहरुले पनि अचेल, घोच्नै छोडिदिछन्
प्रहार बाट बच्छु ..त गजल भैदिन्छ ।।

उस्कै खुसिको लागि, जे–जे पनि मान्दै
आफै तल दब्छु  ...त गजल भैदिन्छ ।।

सागर हो मायाँ, थोपा झिक्दैमा रित्तिँदैन
रित्तिएकालाई पढ्छु... त गजल भैदिन्छन् ।।
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger