Muktak Madhurima - (2069-04-18/2012-08-02) - Download

NepaliTalim | 2:11:00 PM | 0 comments

Date: (2069-04-18/2012-08-02) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 श्रावण 18 गते तदनुसार 2012 Aug 02 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Listen all Previous Episodes

आज अर्थात (2069-04-18/2012-08-02) गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Sunil Neupane Marling
दोधार भो मन छान्न सकिन।
सृष्टीकर्ता लाइ मान्न सकिन।।
शब्दकोश नै पलटाइ हेरे
आमा तिम्रो अर्थ जान्न सकिन ।।।
-सुनिल न्यौपाने मार्लिङ
जुनियाँ ०२ गुल्मी

02-Krishna Paudyal
ब्यर्थै गल्ली धाउनु पर्दैन।
झुठो प्रेम लाउनु पर्दैन॥
यौवनको प्यास मेट्न मात्रै।
मेरो समिप आउनु पर्दैन॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी

03-लोक बहादुर पोख्रेल 'निर्दोशी'
ओइलाएका कोपिला बिचैमा छाड्यौ किन?
रोपेका मुनाहरु खोजि खोजि माड्यो किन?
माया नै मर्ने गरी निष्ठुरी बनेको कती?
सुगन्ध छैन भनि खाल्डोमा गाड्यौ किन?
-बेनिमणिपुर ०७ सर्दी नवलपरासी

04-Ram Sharan Shrestha
प्रेमको पनि सिमा हुन्छ र !!
उपचार औषधिमा हुन्छ र !!
यो त आफै हुन्छ नचाहेरपनि
झुकाउने कुनै शक्तिमा हुन्छर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु चिसापानी नेपालबाट डाउनलोड गरेर सुन्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com

05-Sumi Devkota
तिम्रो असली रुप एेनामा देखिन्छ
मान्छे सुन्दर छ कि कुरुप एेनामा देखिन्छ
ए आबाज बिहिन हो , मलाई नसोध्नु है
साँच्चै मौन छु कि चुप एेनामा देखिन्छ ?
(माफ गर्नुहोला सुमीजी यो "रुप" र "कुरूप" भन्ने काफिया जुन तपाइले प्रयोग गर्नुभाको छ,
नेपालि मुक्तक को लेखानिय नियमले यसलाई मान्दैन , तपाइको मुक्तक नियम संगत छैन .......मुक्तक मधुरिमा)

06-Lg Kanchha
तिम्रो यादलाई आँशु बनाई पिउदै म आए,
चोट, व्यथा , पिडा सँगै मन सिउदै म आए,
जहाँ हेऱ्यो धोकै धोका बिश्वासधात छ सँसार......
सँघर्ष रहेछ जिन्दगी भन्दै जिउदै म आए......!!
-**एल.जी.कान्छा**
(पर्सा, चितवन)

07-ß-kash Neupane
आय पछी मेरो जिन्दगी मा तिमी साथ नै भिन्न छ !
आशाहरु जाग्छन आजभोलि जिवन को मात नै भिन्न छ !!
के हाम्रो सम्वन्ध लाई मान्यता देलान र तिम्रा घर का ले,
थाहा छ नि है काली तिमी लाई त तिम्रो र मेरो जात नै भिन्न छ !!
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori

08-मोहन बिहानी ***********मुक्तक***********
सुशेलेर बोलाएको हिजो जस्तो लाग्छ,
मलाई हेरी टोलाएको हिजो जस्तो लाग्छl
दुई ज्यान एक हुदै तातिएको हाम्रो बदन,
अकस्मात् सेलाएको हिजो जस्तो लाग्छl
copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही www.mohanbihani.blogspot.com
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

09-Kapil Lamichhane
हजारौ को भिड मा छानी देउ न बिन्ति......
मैले माया तिम्लाई गर्छु जानी देउ न बिन्ति......
सयौ जुनी साथ दिन्छु जति पिडा पाय पनि.....
कसम खाऊ दिल को राजा ठानी देउ न बिन्ति...... !!
कपिल लामिछाने Dang tulsipur. Hal Doha, Qatar..

10-निस्चल प्रेमी कान्छा
हासो रोदन बहकिदै चोला जिन्दगीको
दुई दिनमा फाटि गयो झोला जिन्दगीको
पाऊनुर गुमाऊनुत प्रकृतिको रित नै हो
खडेरीमा उर्लि आयो खोला जिन्दगीको
-निश्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल मुम्बई भारत

11-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
कलेज भनी साइबरतीर धाउछे छोरी
छोरालाई किनेको पैन्ट लाउछे छोरी
म सिकाउछु पुराना आधुनिक गीतहरु
नेपालीमा हिन्दी मिसाई गाउछे छोरी

12-Raag Gazmer Raz
भ्रम मेरो मेटियो
गला मेरो रेटियो
भावना शब्दमा सीमित
सबै स्वार्थी भेटियो

13-स्याङ्जाली रमेश
जिन्दगीमा यौटा रङ् घोल्न जानिएन
के हो जीवन दुवै आखा खोल्न जानिएन
फुल् देख्दा फुलै भन्छु काडालाई काडै
दोष लाग्यो लुकिछिपी बोल्न जानिएन
.स्थाई घर अर्जुन चौपारी
हाल मरुभूमिको छाती बाट

14-Rajesh Prempidit मुक्तक
मेरा आँशु तिम्रा लागि,कर्कलाको शित बनोस
बियोगका कथा मेरा,तिम्रा लागि गित बनोस।
जीबनमा हारेको म,तिम्रो त्यो साथ बिना
मेरो हरेक प्रहास्तमा,तिम्रो सधैँ जीत बनोस॥
-राजेश प्रेमपिडीत
सुन्दर शुदुरपश्चिम डडेल्धुरा हाल शारदा बिधानिकेतन धनगढीँ कैलाली

15-Bikalpa Babu 
प्रेमको मिठो नौलो कहानी खोज्दैछु
कहानीमा राज गर्ने रानी खोज्दैछु
धनले होइन प्रेम तनमनले गर्नुपर्छ।
'विकल्प'को प्रेम बुझ्ने सानी खोज्दैछु
-bikalpa babu
gitanagar

16-Ijma Pokharel
आखिर आफ्नो मायाजालमा फसायरै छोडयौ हैन?
तिम्रो फोटो यो दिलभित्र पसायरै छोडयौ हैन?
माया प्रेम मा पिडा हुन्छ पर्दिन म भन्दा भन्दै,
मलाई मेरो बोलि बाट खसायरै छोडयौ हैन?
इजमा पोखरेल, parsa-chitwan

17-Samikshya Ghimire
७ समुन्द्र पारि बाट आउदैछु म तिम्रो लागि,,
सयौ चोट हजार बेथा पाउदैछु म तिम्रो लागि,,
सिर्जना मा कति मिठा सब्द लेख्थेयौ दुवै मिलि,,,
सुरमा ताल मिलाएर गाउदैछु म तिम्रो लागि,,
-samixa ghimire.chainpur-7 ladari.

18-Artimus Siru
उकुस मुकुस ब्यथाभित्र हराएछु आजभोली !
पिडै पिडाको भुमरीमा हराएछु आजभोली !!
नदेखिने रोग रैछ दुख्छ सधैं भित्र भित्र !
आफ्नै मन बहकिंदा हराएछु आजभोली !!
सुमित्रा अधिकारी (धिताल)
गोरखा
(माफ गर्नुहोला सुमित्राजी तपाइको मुक्तक नियम संगत छैन , त्यसैले कार्यक्रम मा स्थान दिन असमर्थ
छौ ..........मुक्तक मधुरिमा)

19-Saroj Dhital
तिम्री छोरी, राम्री भैछे, मलाई के को दोष??
केहि दिन ,भो हाम्रि भैछे, मलाई के को दोष??
बत्तिस गुण ले, सम्पन्न छिन, भनि मलाई भिडाई हाल्यौ...
हिजो आज, चाम्री भैछे, मलाई के को दोष??
डाँछी 3 काठमाडौ

20-Ganesh Paudel
दाजु धेरै समय पछी आज फेरी आफ्नै पुरानो मुक्तक फेरी प्रस्तुत गर्न मन लाग्यो
कृपया मिल्छ भने अवस्य प्रसारण गरिदिनु है .........

लाउदिन म माया भनि खोकछेउ किन कुन्नि,
गुलाब को फुल दिदा बोकछेउ किन कुन्नि,
मैले प्रस्ताब राख्दा खेरि गाली गरेर,
आइ लव यु समिप भनि जिब्रो टोकछेउ किन कुन्नि,
-गणेश पौडेल 'समिप'
रत्ननगर ३ बेलसी
-दाजु अब त मुक्तक सेन्ड गर्न पनि गारो भयो सिर्जना को कल्पना मा डुबेर लेखियको मुक्तक लाई अरु
कसै ले पहिले नै लेखेको छ भनेर भन्नु कहाँ सम्मको घृणित काम हो, दाजु सायद अब मुक्तक
मधुरिमा को लागि यहि नै अन्तिम मुक्तक हुनेछ म स्वयम् लाई गाली गरेको भय सायद केई हुन्थेन
होला तर आफुले रचेको साहित्य लाइ अरु कसैको हो, भन्दा चित्त दुख्दो रहेछ, सरि मधुरिमा .........

21-Bhola Dhital
दोधार भो मन छान्न सकिन।
सृष्टीकर्ता लाइ मान्न सकिन।।
शब्दकोश नै पलटाइ हेरे
आमा तिम्रो अर्थ जान्न सकिन ।।।

22-Ashish Danai
म जन्मेको मेरो गाउँ आहिले शहर भएछ
डुंगा बगाई खेल्ने कुलो आहिले नहर भएछ
एउटा सानो झुपडी थियो पहिले गाउँको त्यो एक कुनामा
त्यही सानो झुपडी बल्ल आहिले घर भएछ
आशिष दनाई
लमजुङ, दनाईगाउँ
हाल- काठमान्डौ
go to www.ashishdanai.com.np to listen and download all episodes of Muktak Madhurima ( मुक्तक मधुरिमा )
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai
www.ashishdanai.com.np
A full Collection of Nepali Literature, Sahityasanjal

23-Prakash Acharya Abiral
नेताजी देशलाई त नरम्ररी लुट्यौनी
दीउसै नेपाली जनतालाई भुट्यौनी
रमीते बनाएर सोझासाझा जनतालाई
जुधाउन एक आपशमा झुठा भासन चुट्यौनी

24-Rajkumar Shrestha
मनमा तस्वीर धमिलो छैन,तैपनि कल्पिन्छु,
कस्ती भयौ होली तिमी यी पाँच छ सालमा?
साँच्चै! म चिनुँला तिमीलाई,खै थाहा छैन?
कति परिवर्तन आए होलान्~त्यो ज्युडालमा?
ऐ!तर त्यस्तो होईन,म कँहा बिर्सनेवाला छु
धत कति लाटी,के बद्लिएको छ नेपालमा?
(राजकुमार जी तपाइको मुक्तक नियम संगत छैन , त्यसैले कार्यक्रम मा स्थान दिन असमर्थ
छौ ..........मुक्तक मधुरिमा)

25-कल्पना पौडेल 'जिज्ञासु'
उराठ जिबन सिँगार्न मायाको भर लाग्छ
क्षेणिक खुसी होकी त्यो पनि डर लाग्छ
प्रेम प्यासी जोबन अब कतै झुक्न थाल्यो
मेरो माया स्विकार्न उस्लाई पनि कर लाग्छ
(kalpana sharma nawalparashi gaidakot)

26-Kinar Sangam Yattra Pun किनार संगम।
गाउ: उल्लेरी,दाङसिंग-9, (कास्कि)
हाल दोहा, कतार।
मुक्तक:
हरेक पल एक युग, जलेर जांछ।
हरेक पल कोहि लाश, बोकेर जांछ।
कैले तिम्रो घरको बाटो, हुदै गरी त,
कैले मेरो घरको बाटो, भएर जांछ।
धन्यवाद। शुभ-पल।
मिति: 26/07/2012

27-Kamal Tag Dhakal Ratanagar-8
चट्टान जस्तै यो जिन्दगी कहिले फूटछ थाहै छैन॥
माया पनि केहो केहो कहिले छुटछ थाहै छैन॥
सधैभरि सङगै सङगै बस्ने मन हुदॉ पनि
दैवले नि खुसी सारा कहिले लुट्छ थाहै छैन॥

28-Rose Roji
मन भित्रको एउटा फुल झरेपछि आउनु.
मलाई दुख अनि चोट परेपछि आउनु.
अहिले सम्म यक्लै बाचे अब तिम्रो खाचो छैन.
अब धेरै बाच्दीन म मरेपछि आउनु.
Ratanagar 13

29-Sudhan Kandel
जिन्दगीको हिसाब किताब गर्न बाँकी छ हो साथी
भर्न्ज्याङ चौतारी खोला नाला तर्न बाँकी छ हो साथी
जोस जाँगर खटाए पो बुढेस्कालमा सुख होला
यो कुरालाई ध्यान दिनु है मर्न बाँकी छ हो साथी ।।
-सुदन कंडेल खर्ज्याङ 9 गुल्मी
हाल मुम्बई भारत बाट

30-बिपिन संघर्ष सलामी
ऐना भन्छ निधारमा मुजै मुजा भा छ
यसो लाग्छ जिन्दगानी धुजा धुजा भा छ
भन्थ्यौ तिमी ईश्वर संग मेरो लामो आँयु माग्छु
कुन मन्दिरमा छौ कहाँ तिम्रो पुजा भा छ॥
बिपिन संघर्ष सलामी
दिपायल ८ डोटी ॥

31-Amrit Shrestha
यो दिल को तस्वीर मेट अनि उसैको बन
सधैं अब उशैलाई भेट अनि उसैको बन
नदी को दुई कि नारा जस्तै भयौ हामी
पैला मेरो घटि रेट अनि उसैको बन ।
(Amrit shrestha, pokhara 12 kaski)


32-Manu Darlami
टुक्रिएको सपनाहरु जोडेर भाग्दैछ कसैले
सम्झनाका पाइलाहरु छोडेर भाग्दैछ कसैले
अतितका छालहरु थुनिएका थिए आँखामा
उही आँखैनेरको डील फोडेर भाग्दैछ कसैले

33-Pawan Gharti Magar Bibash मुक्तक,
शान्ति फुल्ने फूलहरु, फुलाउनु छ यहि देशमा!
लहलह धान्का बाला, झुलाऊनु छ यहि देशमा।
खुन पसीना बगाएर युवा शक्ति जुटाएर,
बिकासको मुल बाटो खुलाउनु छ यहि देशमा।
-पवन घर्ती मगर
हाडहाडे गुल्मी
हालः यू ए ई

34-Khadga G Magar
सिंगो देश नेपाल हाम्रो,हिमाल पहाड़ तराई
हामी सबै नेपाली हौ,कोहि छैन पराई
पुर्खा हाम्रा लडेकाथे, गौरवले बांचेकाथे,
शांति कहा आको छ र, मांछे मांछे मराई//

35-Bhim Khadka
तिम्रो तस्बिर सिरानीमा राखेर म बाचेकोछु
तिमीलाई पाऊन देबी देउता भाकेरम बाचेकोछु
कहिले काहिँ जवानीको आँदि हुरी चल्दा खेरी
हरेस खाई जिन्दगीमा थाकेर म बाचेको छु
-भिम खड्का ' नेचुरल '
गोदावरी 4 कैलाली
हाल मुम्बई

36-Preety Sharma
भित्र भित्रै मुटु जल्दा चोट कसले देख्छ र...
दुख नपरी येथार्थका सब्द कसले लेख्छ र...!!
यो मन मुटु खुसि बनि हास्न चाहन्छ सदा सदा ...
खुसि भित्र पीडाको आगो कसले टेक्छ र...!!
Sujita paudel''preety''chainpur jyamire chitwan.study at shaheed smiriti multiple campus

37-Anil Bhatta
मुटु फाट्यो,दिलै फाट्यो टाल्ने आधार पाइन मैले....
ऊनको माया, फलामे भो अन्तै माया लाइन मैले....
कसम थियो, तिम्रो मेरो जुनी जुनी साथ् दिने....
तिमि संग कसम तोडी अर्को कसम खाइन मैले....

38-प्रेम प्रसाद भट्ट
तिम्ले माया गर्छु भन्यौ तिम्रै भर परे म त
तिम्ले जे जे गर्दै गयौ ,त्यहि त्यहि गरे म त
राम्रो काम गर्छु भन्दा अनायासै गल्ति हुँदा
तिम्ले साथ् छोडी दियौ बिछोडको पीडाले मरे म त
SSMC टांडी

39-अविरल भण्डारी
घाम हेरेनी जुन हेरेनी राम्रो कुन चाहि छ त
बरु आँखै अन्धो भाको जाति भन्छु म त
नया नेपाल बन्ने कुरा छेपारोकै कथा भयो
देश बनाउने भाषण गर्थे बिग्रे प्रचण्ड त
SSMC टाँडी

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/mohan0kamal
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
समिर पोख्रेल ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
मोहराज शर्मा मोहन ,धुल्लु बास्कोट बाग्लुङ,हाल अबुधबी UAE
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

सिर्जनाका लहरहरु :- Episode 89 -Download

NepaliTalim | 10:37:00 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE 89
Source : http://www.sirjanakalaharharu.com



नमस्कार  सिर्जनाका लहरुहरुको फेरी यौटा नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सँगै सुनौ सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download

Thank you,
Chisapani Nepal

सूचना-सूचना-सूचना (विश्वाव्यापी प्रतियोगिता)

NepaliTalim | 10:19:00 AM | 0 comments

विश्व साहित्य अनलाइन कार्यक्रम नामक विश्वाव्यापी प्रतियोगिताको आयोजना गरिने I

 ज्ञानेन्द्र गदल, अमेरिका -
बदलिँदो २१ औ शताब्दीमा आधा आकाश ओगटेका महिलाहरुको अन्तर्निहित क्षमतालाई सबैका सामु प्रस्फुठित गर्ने उदेश्यले "विश्व साहित्य अनलाइन कार्यक्रम" नामक विश्वाव्यापी प्रतियोगिताको आयोजना गर्न लागिएको हो । "पुराना प्रतिभाले सम्मान पाउनुपर्छ, नयाँ प्रतिभाले स्थान पाउनुपर्छ" भन्ने नाराका साथ उक्त कार्यक्रम 'द ह्वाईट जोन' नामक संस्थाले आयोजना गर्न लागेको हो । खासगरी पूर्विय मुलुकमा बिद्यमान अव्यव्यहारिक सामाजिक संस्कार र मान्यताहरुको सिकार भएका महिलाहरु जस्ले आफूभित्र रहेका भावना र भोगाइलाई सार्वजनिक रुपमा बाँड्न नसकी कतिपय अवस्थामा आफ्नो कला क्षमता, प्रर्तिभालाई लुकाएर राख्नु पर्ने वाध्यता पनि छ र यही गुम्सिएर रहेका प्रर्तिभालाई प्रस्फुठन गराउने अभिप्रायले संसारभरि रहेका युवा तथा महिलाहरूलाई समेटेर जागरुक बनाउँदै उत्प्रेरणा प्रदान गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको हो । यहाँहरुको प्रतिभा र क्षमताको सम्मान गर्ने र भविष्यमा राष्ट्र राष्ट्रियता र महिला शसक्तिकरणको सन्दर्भमा मिलेर झन् धरै काम गर्न बाटो खुल्ने आशाका साथ अमेरिकामा दर्ता भई विश्व व्यापी संगठन विस्तार गर्ने क्रममा रहेकोले यो कार्यक्रम आयोजना गरिएको हो ।

यस प्रतियोगिताका निम्न नियमहरु रहेका छन् :

वैदेशिक रोजगार, राष्ट्र, राष्ट्रियता र महिला शसक्तिकरणलाई प्रोत्साहित गर्ने किसिमका अनुभव र भोगाईलाई कविता, गजल, मुक्तक, गीत र लघु कथाका रुपमा २५० शब्दमा नबढाई मौलिक एवम अप्रकाशित रचना संक्षिप्त परिचय र फोटो सहित तलको इमेल ठेगानामा पठाई दिनहुन हार्दिक आह्वान गरिन्छ । पुरुष साहित्यकार पनि यस प्रतियोगिता सहभागी हुन सक्ने छन् ।

# २०१२ जुलाई १५ सम्म प्राप्त सबै रचनाहरु निर्णायक मण्डलले छानेको उत्कृस्ट १५ रचनालाई फेसबुक https://www.facebook.com/thewhitezone.orgn मा २०१२ अगष्ट १ मा प्रकाशित गरिने छ ।

#२०१२ अगस्ट ३० सम्ममा सबै भन्दा धेरै लाइक (Like) प्राप्त गर्ने रचना पुरस्कृत हुने छ । लाइक (Like) को आधारमा पहिलो, दोस्रो र तेस्रो हुनेछ ।

पुरस्कार :

१. प्रथम पुरस्कार : एक लेप्टप, प्रमाणपत्र ।
२. दोस्रो पुरस्कार : आइ पड , प्रमाण पत्र ।
३. तेस्रो पुरस्कार : इ - फोटो फ्रेम, प्रमाण पत्र ।
४. उत्कृष्ट ७ रचनालाई प्रमाण पत्र ।

# उत्कृष्ट रचनालाई हाम्रो स्मारिका र हाम्रो वेव साइडमा राखिने ।
# सम्भव भए आफ्नो रचनाको रेकड पनि पोष्ट गर्न सक्नुहुनेछ ।
# प्रतियोगीले आफूले भाग लिएको जानकारी हामीलाई इमेल (creations@thewhitezone.org) गरेर २०१२ जुलाई १५ सम्म जानकारी गराउनु पर्नेछ ।
# प्रतियोगीका निर्णायक मण्डलको जानकारी २०१२ अगष्ट १ सम्म गोप्य राखिने छ ।
#यस प्रतियोगितामा कुनै विवाद आएमा सो समाधानको सम्पूर्ण अधिकार "द ह्वाइट जोन" महिला शसक्तिकरण विभागमा निहित हुनेछ ।

रत्ना बराईली
महिला सशक्तिकरण विभाग प्रमुख ,
द ह्वाइट जोनु, केन्द्रीय कार्यसमिति

Episode - 37 ( यो साँझ यो सुबाश-2012-07-31) - Download

NepaliTalim | 3:35:00 PM | 0 comments
EPISODE 37 - YO SANJH YO SUBASH
(31-07-2012 / 16-04-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न 23  एफ.एमहरु बाट ।
======================================
उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Web : http://ransimedia.com

आज मिति 2069 साल श्रावण महिनाको 16 गते तदनुसार 2012-July-31, Tuesday मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 37 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
  १. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
१५.
यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
+ कार्यक्रम यो साँझ यो सुबाश अब I-phone मा पनि सुन्न मिल्ने छ. हरेक दिन २२००० बढी ले प्रयोग गर्ने I-phone Application- 'NEPALI FM' मा हाम्रा सम्पूर्ण शृंखलाहरु सुन्न सक्नु हुनेछ। 
आदि आदि ....
बजे प्रसारण हुन्छन् ।
आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube and Web : http://ransimedia.com कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । 
यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु 
Listen Download

Download : Click Here to Download 37
All Previous Episodes

उत्कृस्ट गजल छनोट-२  सम्बन्धमा 

कार्यक्रमको २६ औ श्रीङ्खलादेखि ३९ सम्म बाचन भएका गजलहरुबाट हामी उत्कृष्ट गजल छान्ने छौ कृपया तपाईहरुलाई कुन गजल मन प¥यो हामीलाई मेल, फेसबुक या मोवाईलमा म्यासेज गरेर पठाउनुहोला ।
विस्तृतमा
के ?
बिगत मा जस्तै, कार्यक्रम ‘यो साँझ यो सुबाश’ ले फेरी एक पटक ‘यो साँझ यो सुबाश’ मा बाचन भएका गजलहरु मध्ये बाट एक गजल लाई उत्कृस्ट गजलको रुपमा छनोट गर्दै छ.
किन?
गजलकार हरुलाई प्रोत्साहन प्रदान गर्न. गजलकार र उसको सृजनालाई सबै सामु सम्मान गर्न, र परिचय गराउन.
कहाँ?
रंसी मिडियाको प्रस्तुति साप्ताहिक रेडियो कार्यक्रम ‘यो साँझ यो सुबाश’
www.ransimedia.com
www.facebook.com/yosanjhyosubashwithpradipgiri
को?
शृंखला २६ देखि ३९ सम्म बाचन भएका गजल र सम्बन्धित गजलकार हरु.
कार्यक्रमको शृंखला २६ देखि ३९  सम्ममा बाचन भएका गजल हरु बाट, कार्यक्रम उत्पादक रंसी मिडिया को ‘निर्णायक मण्डल’ ले  एक दर्जन गजल लाई भोटिंग (मत) का लागि मनोनयन गर्ने छ.
कसरि?
मनोनयन मा परेका गजल बाट उत्कृस्टको छनोट दुइ प्रक्रिया बाट गरिनेछ,
१. फेसबुक (५० प्रतिशत) **
२.’निर्णायक मण्डल’ (५० प्रतिशत)
**सामाजिक संजाल फेसबुकमा प्राप्त “लाइक” –एक लाइक बराबर एक मत मानिनेछ.
कहिले?
मनोनयन सार्बजनिक अगस्त १२  तारिख , २०१२, रति १२ बजे (टेक्सासको समय) मा www.Ransimedia.com र कार्यक्रमको फेसबुक पेज मार्फत गरिनेछ.
फेसबुक मा भोटिंग अगस्त १९ तारिख, २०१२ , रति १२ बजे सम्म खुला रहनेछ.
उत्कृष्ट गजल को नतिजा कार्यक्रम को ४० औ शृंखला, अगस्त २१ तारिख, २०१२ मा जानकारी गराईनेछ.
नोट:
समपुर्ण अधिकार ‘यो साँझ यो सुबाश’ टिम मा निहित रहनेछ.
यो छनोट प्रक्रिया मा समाबेश हुन नचाहने गजलकार ले अगस्त १५ अगावै जानकारी गराउनु पर्ने छ.
धन्यवाद ,
यो साँझ यो सुबाश परिवार ।
 

Note
यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
मन पर्ने मान्छेले नै, दाई भनेपछी ।।
प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।।

मन जस्को पनि त, दुखिहाल्छ नी
दुःख पर्दा खेरी, बधाई भनेपछी ।।

औकात हजुरको, बल्ल थाहा होला
पुग्दैन उसले..., कमाई भनेपछी ।।

जलिरहेकै मुटु, देख्दा देख्दै पनि
झन जलाउन, सलाई भनेपछी ।।

मायाँ गर्ने मेरो, अर्केछ भनिकन
जब उस्ले मलाई, पराई भनेपछी ।।
Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


 

बहकिने मन (2069-04-15) - Download

NepaliTalim | 3:28:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
NEPALI MUKTAK SPECIAL PROGRAM
DATE : (2069-04-15/ 30-07-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
==============================
आज मिति २०६९ श्रावण 15  तदनुसार २०१२ जुलाई 30 गते सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशका ३१ विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन ।
Listen and Download

Download :Click Here to Download

सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशका ३१ विभिन्न एफ एम स्टेशनहरुहरु बाट  रेडियोमा एकैसाथ

१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही

Thank you,

गजलका शेरहरु -(2069-04-15/30-07-2012) - Download

NepaliTalim | 11:41:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : (2069-04-15/30-07-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे 
अनलाईन सुन्न : http://www.radioekata.com.np 
 फेसबुक पेज  : https://www.facebook.com/gazalkasherharu

 
 
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 15 तदनुसार मिति 2012-July-30 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ ।  कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेशिनै धेरै धेरै धन्यवाद । 
तपाईहरुलाई थाहै छ हामी गजल संरचनाको बारे जानकारी दिँदैछौ यहि क्रममा आज पदमुलक रदिफको बारेमा चर्चा हुनेछ । 
Note :
साउनको अन्तिम हप्तामा गजल सवाल जवाफ को श्रीङ्गला रहनेछ । यदि तपाईसँग सवाल गजल छ भने या हामीले प्रस्तुत गरेका सवाल गजलको जवाफ गजल छ भने हाम्रो फेसबुक पेज या पत्र मार्फत सहभागिता जनाउन सक्नुहुनेछ । आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
Listen and Download

Download : Click Here to Download

Thank you,
Chisapani Nepal

गजल संसार (Gazal Sansar Episode 1): 30-07-2012 - Download

NepaliTalim | 10:12:00 AM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको साहित्यिक रेडियो कार्यक्रम 
"गजल संसार Gazal Sansar"
Date : 30-07-2012 /2069-04-15
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 1) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति30-07-2012 /2069-04-15 बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
 आज देखि कार्यक्रमको नाम परिवर्तन भएको छ पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर आजदेखि गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ ।यो श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा प्रस्तोता शान्ति जीलाई धेरै धेरै धन्यवाद ।
आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download :Click Here to Download Episode 1

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
 मन पर्ने मान्छेले नै, दाई भनेपछी ।।
प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।।

मन जस्को पनि त, दुखिहाल्छ नी
दुःख पर्दा खेरी, बधाई भनेपछी ।।

औकात हजुरको, बल्ल थाहा होला
पुग्दैन उसले..., कमाई भनेपछी ।।

जलिरहेकै मुटु, देख्दा देख्दै पनि
झन जलाउन, सलाई भनेपछी ।।

मायाँ गर्ने मेरो, अर्केछ भनिकन
जब उस्ले मलाई, पराई भनेपछी ।।
Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


सिर्जनाका लहरहरु :- Episode 88 -Download

NepaliTalim | 4:06:00 PM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE 88
Source : http://www.sirjanakalaharharu.com



नमस्कार आज मिति  2012-07-27 शुक्रबारका दिन सिर्जनाका लहरुहरुको फेरी यौटा नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सँगै सुनौ सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download 88

Thank you,
 

गायक तथा गजलकार रोहित राना सँगको अन्तर्वाता - Download

NepaliTalim | 8:10:00 AM | 0 comments
BFBS Radio को  कार्यकर्म चिनारी भन्ने कार्यक्रममा लिईएको  गायक तथा गजलकार रोहित राना सँगको अन्तर्वाता लिएर आएको छु ।
Listen and Download 

Download : Click Here to Download

Thank you,

गजल शरोबर-Gazal Sarobar -28-07-2012 - Download

NepaliTalim | 10:38:00 PM | 0 comments
RADIO KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 2012-07-28 / 2069-04-13
FM : Kalika FM 

आज मिति २०६९ श्रावण १३ गते शनिवार तदनुसार 2012-July-28, तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । आजको बसाईमा बरिष्ठ अग्रज गजलकार ललिजन रावल सँगको अन्तर्वाता लिएर गजल शरोवरमा उपस्थित भएका छौं । । आउनुस् हामी पनि सुनौ । 
(GAZAL SAROBAR - INTERVIEW WITH LALIJAN RAWAL)
LISTEN AND DOWNLOAD


Thank you,

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger