Home » » गजल संसार (Gazal Sansar Episode 1): 30-07-2012 - Download

गजल संसार (Gazal Sansar Episode 1): 30-07-2012 - Download

NepaliTalim | 10:12:00 AM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको साहित्यिक रेडियो कार्यक्रम 
"गजल संसार Gazal Sansar"
Date : 30-07-2012 /2069-04-15
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 1) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति30-07-2012 /2069-04-15 बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
 आज देखि कार्यक्रमको नाम परिवर्तन भएको छ पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर आजदेखि गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ ।यो श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा प्रस्तोता शान्ति जीलाई धेरै धेरै धन्यवाद ।
आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download :Click Here to Download Episode 1

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
 मन पर्ने मान्छेले नै, दाई भनेपछी ।।
प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।।

मन जस्को पनि त, दुखिहाल्छ नी
दुःख पर्दा खेरी, बधाई भनेपछी ।।

औकात हजुरको, बल्ल थाहा होला
पुग्दैन उसले..., कमाई भनेपछी ।।

जलिरहेकै मुटु, देख्दा देख्दै पनि
झन जलाउन, सलाई भनेपछी ।।

मायाँ गर्ने मेरो, अर्केछ भनिकन
जब उस्ले मलाई, पराई भनेपछी ।।
Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger