सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE 87
Source : http://www.sirjanakalaharharu.comनमस्कार आज मिति 2012-07-20 शुक्रबारका दिन सिर्जनाका लहरुहरुको फेरी यौटा नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सँगै सुनौ सिर्जनाका लहरहरु ।
Listen and Download
Download : Click Here to Download
Note:
यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
म त्यो बगरमा, सुन फलाउँछु ।।
म मेरो देश अब , आफै बनाउँछु ।।
दिन्छन् निरन्तर, पुग्ने गरी मलाई
हो त्यहि धर्तिमा, हलो चलाउँछु ।।
हेर्नुस् त ती जाँगरिला, कमिलाहरुलाई
म पनि त्यस्तै..., पसिना बगाउँछु ।।
मलाई चाहिएन, सुनका महलहरु
म बरु सानै..., झुपडिमा रमाउँछु ।।
स्वाभिमान सगरमाथाझैं अटल भएको
यहाँ म हर ढुकढुकिमा.., बुद्ध पाउँछु ।।
हिमाल पहाड तराई दुख्दा म दुख्छु
सबै नेपाली रमाउँदा म मुस्काउँछु ।।
राम शरण श्रेष्ठ
चिसापानी-6 रामेछाप ।
http://chisapaninepal.blogspot.com/
Thank you,
0 comments:
Post a Comment