Home » » Muktak Madhurima - (2069-03-21/2012-07-05) - Download

Muktak Madhurima - (2069-03-21/2012-07-05) - Download

NepaliTalim | 12:25:00 PM | 0 comments
Muktak Madhurima Episode of 05-07-2012 (2069-03-21) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download





आज मिति 2069 असार 21 गते तदनुसार 2012 July 05 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download

Download  : Click Here to Download-2069-03-21

Download Link : 
Listen All Episodes


आज अर्थात 2069-03-21 गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 
 २०६९-०३-२१ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Ram Sharan Shrestha मुक्तक
जिन्दगीको मैदानमा सकेसम्म लड्नुपर्छ ।।
पछार्दै समयलाई जित्दै अधि बढ्नुपर्छ ।।
तयारिमा निर्भर गर्छ भविष्यको परिणाम
हराउन चाहानेले चतुर भई खट्नुपर्छ ।।
-राम शरण श्रेष्ठ
चिसापानी -6 रामेछाप
मुक्तक मधुरिमाका अगाडिका सम्पूर्ण भागहरु चिसापानी नेपाल ब्लगबाट
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima सुन्न र डाउनलोड गर्न सकिन्छ।
धन्यवाद

02-Krishna Paudyal
असल होईन खराब काम मात्र भयो।
बन्द हड्ताल र चक्काजाम मात्र भयो॥
नचाहेरै हो कि या त कुनै बाध्यताले।
नेपाली हाम्रा नेता भन्न नाम मात्र भयो॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी


03-Kamal Tag Dhakal
दुइ घुटकि चाखया मातरै तिमले रकसि पियो भनछेऊ.
एउटी सँग घुमन जाँदा तिमले धोका दियो भनछेऊ.
तिमि सँग गA ,ऊ रिसाउने ऊ सँग गA, तिमि॥
हात मात्रै के लमकाथे सबै कुरो लियो भनछेऊ.


04-Raag Gazmer Raz
मेरो एउटा कथा छ
दुखिरहने व्यथा छ
लेखा जोखा केको गरौ ं
मन भन्ने ज्यथा छ


05-Saroj Dhital
तिम्रो शहर,छोड्दै छु म,जे जे गर्छौ गर..
बाटो अन्तै, मोड्दै छु म, जे जे गर्छौ गर..
तिम्लाई मेरो,भावनाको,कदर छैन भने..
बाचा कसम,तोड्दै छु म,जे जे गर्छौ गर..
बाटो अन्तै, मोड्दै छु म, जे जे गर्छौ गर..
डाँछी 3 कठमाडौ


06-Prakash Acharya Abiral
टुक्रा टुक्रा पार्ने भयौ नि यो देशलाई
सिमापारी सार्ने भयौ नि यो देशलाई
पहिचान को नाममा आफ्नैलाई लडायर
जातिय युद्धमा झार्ने भयौ नि यो देशलाई
-चैन पुर्-२,ज्यामिरे चितवन


07-अर्जेल मायाको शागर अर्जेल
प्रदेश तिर लागे आमा धन कमाउन भनी "
दैवले नै चोट दियो दिन गनी गनी'
कश्तो भाग्य रैछ मेरो:
दुख मात्रै पाछु आमा छैन मनी सनि


08-गणेश पौडेल
तिमि बिना दिउसै रात परे जस्तो लाग्छ
स्वर्ग छोडी नर्क बसाई झरे जस्तो लाग्छ
अनगिन्ति पिडा हरु ले यो मुटु मा बास लिदा
ढुक ढुकी को हरेक पल मा मरे जस्तो लाग्छ
गणेश पौडेल 'समिप'
रत्ननगर .३ बेल्सी

09-राज चौधरी
फोस्रो मुस्कान नै किन चहियो र,हिर्दयामा चोट पारी सके पछी!!
सितल छहारी नै किन चहियो र,मन नै जलायर मारी सके पछी!!
राज चौधरी(रामकुमार चौधरी भानुचोव्क-७ हाल दोहा कतार)
*****मुक्तक मिलेको छैन है **********

10-Bikalpa Babu
प्रेमका सारा नासोहरु, लिएर जाउ सानु
मर्छु म तिमी अम्रित, पिएर जाउ सानु
भो हल्ला नगर यहाँ, मर्यो भन्छयौ रे
ठिकै छ दाग बत्ति, दिएर जाउ सानु
gitanagar 1 chtwn


11-ß-kash Neupane
म शब्द दिन्छु तिमी संगीत भरी गाउ है काली !
माया को माला म उन्छु तिमी मन मा लाउ है काली !!
टाढा छु आजभोलि बाध्यता अनि बिवसता ले गर्दा,
अपार माया छ यो दिल मा आयर छाउ है काली !!
बिकाश न्यौपाने,बारा ,हाल uae

12-कमला पौडेल
भगवान कसम टन्न रक्सि पिउन मजा आउछ ,
जवानी मै घरमा एउटी लिउन मजा आउछ,
पर्खियर बितेका ति चाद भुल्न,
बूढा बुढी बुढेशकाल मा जिउन मजा आउछ,


13-Abhagi Mukesh
भ्रममा परेछौ, हराएको छैन॥
हो म म्रितु देखी, डराएको छैन॥
अझै सामर्थ्य छ, लड्न सक्ने साथी॥
थाकी डाको छोडी, कराएको छैन॥
"अभागी"मुकेश रेउले
बलिया 8 लम्कि कैलाली
हालः मुम्बई


14-मोहन बिहानी **********मुक्तक****************
तिम्रो यादमा फाटेको मन एक्लै सिउनु पो मज्जा
जमझट भन्दा कहिले काँहि एक्लै पिउनु पो मज्जा,
सङ्गै बस्ता ठाक ठाक ठुक ठुक पारी रन्थ्यो जहिले नी ,
तिमि नेपाल म अरबमा एक्लै जिउनु पो मज्जा।
***************************************
मोहन बिहानी
भक्तिपुर-७ सर्लाही http://mohanbihani.blogspot.com/

15-Nabodit Nabaraj
कुन्नि के ले तान्यो यो मन धेरै तल झरेंछु म |
उर्लिएका जंघार पनि थाहै नपाई तरेंछु म |
काँडासंग आफूलाई जोगाएर आएँ हिजो
तर आज खै कसरी फूलको धारमा परेंछु म |
-नवराज " नबोदित "
Leguwa,Dhankuta
from-Doha,Qatar

16-प्रेम प्रसाद भट्ट
तिम्रो मनको कुरा अब बताउछ मलाइ कल्ले
दिन दिनै मिस कल हानि सताउछ मलाइ कल्ले
स्वार्थि यो दुनियामा तिमि टाढा भय पछी
रिसाउदा चकलेट दि फकाउछ मलाइ कल्ले
शहीद स्मृति बहुमुखी क्याम्पस , टांडी

17-अमृत लामिछाने
तिम्रो मेरो आँखा जुध्यो माया बसाउँ जस्तो लाग्छ
चिनेको छैन जानेको छैन आफ्नो बनाउ जस्तो लाग्छ
सच्चा मनले माग्यो भने कालिका ले दिन्छिन अरे
यी हात ले तिम्रो सिउदों आजै , रंगाउ जस्तो लाग्छ
पिठुवा ७ माधापुर

18-अविरल भण्डारी
लाउन त लाय माया तरबार कै धार भयो
दुइ मुटु के गास्नु खै आफ्नै जिबन भार भयो
अमेरिका र बिन लादेनको युद्ध जस्तै रैछ प्रेम
निसस्त्र जुध्दै थिय म कमिलो संगै हार भयो
शहीद स्मृति बहुमुखी क्याम्पस , टांडी

19-श्रीकान्त बराल कहेराज
देश खस्यो खाडलमा देशप्रेमी उठौ अब
कोहि चुप नबसौ हामि सबै जुटौ अब
नेताको हातमा पर्दा स्वोर्ग नर्क भयो
हामि आफै अघि बढौ कोहि न छुटौ अब
कृष्णमन्दिर चोक

20-तिलक निस्कर्ष
कहा थियौ तिमि मेरो मुटु ,जल्दा खेरि सानु
पिडा ले बेचैनी भयर म, ढल्दा खेरि सानु
आज कुन मुख लियर, साचो माया गरे भन्छौ
तिम्रै प्रेमले घात गरि मलाइ छल्दा खेरि सानु
रत्ननगर ७ , चितवन

21-Gyanendra Sharma Abiral
सक्दिन भो भारि अब बोक्दा-बोक्दै थाकें !
एक पछी अर्को दुख भोग्दा भोग्दै थाकें !
जता छोयो तेतै दुख्छ करकरी जिउ खायो,
छाती भित्रै धुलो पसो खोक्दा-खोक्दै थाकें !
-गणेश शर्मा अविरल
बाग्लुंग

22-कपिल लामिछाने
आमा तिम्ले ताते गर्दै डुलायको याद आउछ...
हो,हो भन्दै काखमा राखी फुलायको याद आउछ...
कोखाई,कोखाई मेरो बाबु भन्दै हिडायर...
घन्टौ लगाई दुध भात खुलायको याद आउछ...
कपिल लामिछाने तुलसीपुर दांग, हाल दोहा ,कतार


23-Moharaj Sharma Mohan मुक्तक
साँचो माया गर्थेउ भने सिन्दुर सँग डर किन
मनले शत्रु ठान्छ भने मुखले सर किन
बुझ्न गाह्रो छ पत्थर मन किन फुल भयो
सबै लुटेपछी ज्युन लाई पराईको घर किन
~मोहराज शर्मा मोहन
धुल्लु बास्कोट बाग्लुङ,हाल अबुधबी UAE
रेडीयो चितवनको साहित्यक कार्यक्रम मुक्तक मधुरीमा अडियो कार्यक्रम डाउनलोड गर्न यो लिक मा जानुहोला
www.facebook.com/mohan0kamal
https://m.facebook.com/story.php?story_fbid=331842516898763&id=200171620032277&m_sess=sozGYZ1B-iqukpPtG&ref=pb&_ft_=fbid.331842516898763
सम्हालियका मनहरु [गजल सँग्रह]

24-इजमा पोखरेल
देशलाई ज्वोरो आउदखेरी आतिन्छु म तेसै तेसै ,
छटपट्टिमा पागलसरि मात्तिन्छु म तेसै तेसै ,
डाक्टर बैद्य सबले जाचे निको हुने पत्तो छैन,
बेथा झन् झन् बढ्दैगछ तात्तिन्छु म तेसै तेसै ,
इजमा पोखरेल,पर्सा-चितवन ..

25-Ashish Danai Muktak by Ashish Danai
*********************
फकिर हुँ म, घुम्दै हिंड्ने गर्छु,
प्रेम नगरिमा झुम्दै हिंड्ने गर्छु
कस्ले वास्ता गर्छ, र म जस्ताको?
सुख दु:ख मै चुम्दै हिंड्ने गर्छु
************************
अशिष दनाई
गाउँशहर-२ दनाईगाउँ, लमजुङ
listen and download all episodes of muktak madhurima from www.ashishdanai.com.np
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai
www.ashishdanai.com.np
A full Collection of Nepali Literature, Sahityasanjal


26-Rajani Sharma
घरदेशको माया बोकी प्रदेश कति बसौं आमा ?
गरिबताले कसेको मन अझै कति कसौं आमा ?
साहुको नजरमा त ऋण नचुकाउदा खसेकै थें
विदेशीको पनि पाऊ मोलि अझै कतिखसौं आमा?
घरदेशको माया बोकी प्रदेश कति बसौं आमा???
रजनी शर्मा पोखरा


27-Sa-mixchya Adh
दिनदिनै फिल्म हलमा "धाउछौ" र त रिस उठ्छ ..!
केटि देखे फर्केर गित "गाउछौ" र त रिस उठ्छ ..!
मलाई त राम्रै लाग्थ्यो के सोच्लान बाउ-आमा...,
कानमा मुन्द्रा नलाऊ भन्छु "लाउछौ" र त रिस उठ्छ ..!
~समिक्षा अधिकारी {सौराहा}

28-Sunil Neupane Marling
कडा रहेछ पिउन गाह्रो भो ।
धेरै फाटेछ सिउन गाह्रो भो ।।
स्वार्थि दुनिया सग ललड्दै
गला रेटेर जिउन गाह्रो भो ।।।
सुनिल न्यौपाने "मार्लिङ"
जुनिया दुइ गुल्मी नेपाल
snmarling.blogspot.com


29-Anita Rijal
धेरै फुल्यौ प्रेम का लागि झर अब कान्छु . . !
सदै हिडे एउटइ गल्लि सर अब कान्छु . . !
पन्छी सरि स्वोतन्त्र भै उडी रछौ अजै
साइनो जोडी बन्धनमा पर अब कान्छु . . !
(अनिता रिजाल from बछौली )

30-Yam Magar
संगै बसी सपना बुनेको याद आयो
माया गरि ठाउं चुनेको याद आयो
सगै मर्ने होइन सगै बाचौ अनेक कुराहरु
यस्तो नभन भनि मैले उनको मुख थुनेको याद आयो
याम मगर उदयपुर
हाल दोहा कतार

31-Surya Chemjong
माग बरु जिन्दगानी सक्छु सारा दिन
सक्तिन म तिमीलाई तर तारा दिन
चाहेको हुँ मुटु भित्र राख्न तिमीलाई
सक्छौ कि त मलाई त्यो अभिभारा दिन?

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/mohan0kamal
धन्यबाद
   
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger