Home » » Muktak Madhurima - (2069-04-04/2012-07-19) - Download

Muktak Madhurima - (2069-04-04/2012-07-19) - Download

NepaliTalim | 2:17:00 PM | 0 comments
Muktak Madhurima 
Episode of (2069-04-04/2012-07-19) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 श्रावण 04  गते तदनुसार 2012 July 19 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download :  Click Here to Download

Listen All Episodes :


आज अर्थात 2011-07-19 गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 
२०६९-०४-०४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-ß-kash Neupane
मेरो माया काडा ठान्छौ भने !
मलाई पराइ मान्छौ भने !!
के नै पो भन्न सक्छु र म,
छाडी मलाई जान्छौ भने !!
बिकाश न्यौपाने
बारा ,हाल uae
अब बाट मुक्तक माधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori

02-Kapil Lamichhane
Variyou ki khali chu ki tastai kathmandu...
Gardina ki kasila ki wastai kathmandu...
Kina time chuhaunchu bagamati ka dhara....
Sadaka jam lutpat cha ki ustai kathmandu....
Kapil lamichhane, Dang,tulsipur, hal Doha,QATAR...

03-Pawan Subedi
एउटा कुरा भन्छु तिम्ले,मान्छ्यौ र सानु?,
सँगै जिउने मर्ने कसम,खान्छ्यौ र सानु?,
मर्न तयार यदी तिम्ले,मर भन्छ्यौ भनेपनी,
त्यती रुखो बचनको तीर,हान्छ्यौ र सानु?,
-पवन सुबेदी(पृथक)
कावासोती,शिबमन्दिर-2,न.प.

04-Samikshya Ghimire
Aajavoli kina yo man run6 thaha 6ina,,,,,
Aashule nai kina gala dhun6 thaha 6ina,,,,,
Van6an sable maya mutu vitra hun6,,,,,
Tara malai mutu kahan hun6 thaha 6ina...
Samikshya Ghimire.Chainpur-7, ladari, Chitwan.


05-Ashish Danai
*********Muktak@ashish******
तिमी आफ्नै गाउँ बेच्ने सुर म छौ,
आफु जन्मिएको ठाउँ बेच्ने सुर म छौ
आखिर मर्दा लानु त छैन यो पैसा,
जसका लागी आफ्नै नाउँ बेच्ने सुर मा छौ....
************************************
आशिष दनाई
लमजुङ, दनाईगाउँ
हाल- काठमान्डौ
go to www.ashishdanai.com.np to listen all episodes of Muktak Madhurima ( मुक्तक मधुरिमा )

06-Ganesh Paudel
raksi bhanda maya ko tyo mat mitho lagyo
jhuto nai hos piratiko bat mitho lagyo
nadhatera manko kura prasta bhannu parda
sangai basi katiyako rat mitho lagyo

ganesh paudel'SAMIP'
r.n.t 3 belsi


07-lg Kanchha
रम्थे बस्थे सबैसँग एकान्तनै मित भयो ,
सु:ख थियो हिजोसम्म दु:ख पिडाकै जीत भयो,
चोखै माया असफल भयो स्वार्थी यो दुनियामा.....
मिलन ठान्थे सँसार आज बिछोडकै रित भयो.....!!
**एल.जी.कान्छा**
[पर्सा ,चितवन]


08-Krishna Paudyal
बाध्यतामा कदम चाल्नु पर्दैन।
ब्यर्थै सरिर गाल्नु पर्दैन॥
सक्छौ साथ दु:खमा देऊ।
चन्द्र सामु दियो बाल्नु पर्दैन॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी

09-Nirdoshi Pokhrel
बोलाईन मलाई भेट्न जानु छ।
मेरो उपहार उन्लाई लानु छ॥
माया गर्छु भन्छिन विस्वास लाग्दैन।
देवी देउता भाकी कसम खानु छ॥
-लोक बहादुर पोख्रेल बेनिमनिपुर सात सर्दी नवलपरासी

10-Abhagi Mukesh
देशलाई बचाउन, जागौँ हो युवा॥
आफ्नै हक अधिकार, मागौँ हो युवा॥
कति बस्नु विदेशीको, दासी बनेर॥
उठी सबै नेपालमा, लागौँ हो युवा॥
-"अभागी"मुकेश रेउले
बलिया 8 लम्कि कैलाली,हालः मुम्बई


11-Prakash Acharya Abiral मुक्तक
तीमी थीयौ र त आए नी तीम्रो गाउँमा
मुटु दीयौ र माया लाए नी तीम्रो गाउँमा
आहा त्यो रुप्, छटा अनी अधर्ले बोलायौ
र त पीरती बीसाउन पाए नी तीम्रो गाउँमा
-चैन्पुर्-२,ज्यामीरे


12-स्याङ्जाली रमेश >
मोटर बाईक चलाउने होसियार हुनुपर्छ
ट्राफिकहरु पनि यहाँ ईमान्दार हुनुपर्छ
दुर्घटना जताततै भाको देख्छु गल्लि गल्लि
बाटो गतिलो बनाउने सरकार हुनुपर्छ
स्यांङ्जाली रमेश
-मरुभूमिको छाती बाट

13-Saroj Dhital
रामु दाई र मुक्तक मधुरिमा टिमको लागि यो मुक्तक पस्किएको छु
अरु भन्दा, धेरै धेरै, मधुरीमा खास रैछ..
रामु दाईको, गला छेउमै, सरस्वतीको बास रैछ..
नयाँ आवाज, नयाँ शैली, नयाँ अरे स्रस्ठाहरु..
सदा, स्रोताहरु बिचमा, आफ्नो पनको, आभास रैछ..
-डाँछी 3 काठमाडौ

14-Sunil Neupane Marling
नाना थरी नभएका बोल्दै छौ रे गाउमा ।
गोप्य राख्ने ति कसम खोल्दै छौ रे गाउमा ।।
तिमीले नै बलजफती गर्न खोजे पछी
एक्लिएको ह्रिदयलाइ पोल्दै छौ रे गाउमा ।।।
-सुनिल न्यौपाने "मार्लिङ"
जुनियाँ दुई, गुल्मी नेपाल
snmarling.blogs pot.com

15-Artimus Siru
टुक्रियको मुटु मेरो जोडन खोज्दा दुख्छ यो छाती !
तिम्रो त्यो मन ले अरु लाई रोज्दा दुख्छ यो छाती !
छचल्कि दिन्छ यो मन भित्र तिम्रो मात्र माया,
तर तिमी ले मलाइ पराइ सोच्दा दुख्छ यो छाती !
सुमित्रा अधिकारि(धिताल)
गोर्खा


16-Bikalpa Babu ......मुक्तक....,
जसरी जुन तारा बिना रात, रहन सक्दैन
पवन एकनास यहाँ एक्लै, बहन सक्दैन
तिमी र मको सम्बन्ध प्रगाद, हुने छ हेर
छाड्यौ भने 'बिक्लप' चोट, सहन सक्दैन
-bikalpa babu
gitanagar-1,chitwan


17-Kabindra Ghimire
यहाँ म ठुलो जनमास देख्दैछु ।।
अब यि सबको उठिबास देख्दैछु ।।
म बाच्दैछु यहाँ त्राहि-त्राही ले,,,
आँखै अगाडी उसको लाश देख्दैछु ।।
-कबिन्द्र घिमिरे , ओखरपौवा 5 नुवाकोट.....

18-Rajesh Prempidit
राजेश प्रेमपिडीतको मुक्तक
"निभ्नै लागेको,दियो हो माया
टुप्पो बिहिन,सियो हो माया
न फूल्छ,नफूलाउँछ
प्रजनन बिहिन,बियो हो माया।
-सुन्दर सुदुरपश्चिम धनगढीँबाट


19-Ram Sharan Shrestha मुक्तक
छ प्रश्न केहि , उ क्तर उ दिँदैन ।।
म लड्न लाग्दा, भर उ दिँदैन ।।
म भन्छु बरु, आफ्नै हातले मार
तर प्यून खोज्छु ज हर उ दिँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, तल्लो टोल
रामेछाप ।
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com

20-Ijma Pokharel
afai jivan din6 ani afai mirtyu lin6 daiba,
ghar aaganako umanga ra khusiyali 6in6 daiba..
manvari ajhai dherai bachne aasa vayepani,
tappa tipi pariwarlai aasu matra din6 daiba...
ijma pokharel. parsa-chitwan..
गीत >दैब तेरो मायाको खेलाले आज मेरो यो गति पार्दियो
राम कृष्ण ढकालको आवाजमा ........
************************************************************
21-अविरल भण्डारी
तिम्रै यादले भौतारिदै आसु पिउदैछु म
छिया छिया पार्यौ मुटु टाल्दै सिउदैछु म
सधै मनको ढुकढुकीमा बास दिन्छु भन्थियौ
बिना घरको बटुवा भै एक्लै जिउदै छु म
शहीद स्मृति बहुमुखी क्याम्पस, टांडी

22-मोहन बिहानी **************मुक्तक *****************
आफ्नो गल्ति जति अर्को तिर सार्छौ किन ए नेता ?
सोझा साझा जनतालाई अप्ठयारामा पार्छौ किन ए नेता ?
भुस्याहा कुकुर हड्डिमा लडे जस्तै आफु आफु लडेर,
झुठो आश्वासन बाँड्दै जनतालाई भोक भोकै मार्छौ किन ए नेता ?
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

23-स्याङ्जाली रमेश मुक्तक
पक्कै उस्को भोको पेट अघाएको हुनुपर्छ
शंका लाग्छ केहि प्याक लगाएको हुनुपर्छ
खैला बैला मच्चिदै छ भट्टीतिर देखिरा'छु
भट्टीवाली कान्छी लाई सताएको हुनुपर्छ
.-स्थाई घर अर्जुन चौपारी ४
हाल मरुभूमिको छाती बाट

24-सुजल बाबु बस्नेत
खै किन किन तिम्रो मुहार हेर्न मन लाग्यो !
तिम्रै यादमा एउटा गजल केर्न मन लाग्यो !
सौन्दर्यताको अनुपम उपहार बसन्ती साँझमा;
तिमीलाई न्यानो अँगालोमा बेर्न मन लाग्यो !
-सुवास "सुजल"
सोलुखुम्बु हाल:- चारआली झापा


25-Sunita Raee
सुबास सुजलको मुक्तकको जवाफी मुक्तक:-
सिरानीको फोटो हेर्नु, मेरो मुहार हेर्न मन लाग्दा !
चाँडै भेट्ने बाचाहरू, केर्नु गजल केर्न मन लाग्दा !
बर्षौँ भयो नदेखेको, सँग सँगै मेलापात नगरेको;
आउ चाँडै मेरा प्यारा, अँगालोमा बेर्न मन लाग्दा !!
:-सुनीता राई "नानु"
मोरङ, कोशी
हाल- कञ्चनजँघा ईन्सटिच्युट अफ हेल्थ साईन्सेस बिर्तामोड, झापा

26-Manu Darlami
पाइला सार्न गाह््रो होला आफै गोरेतो खनेर आउ
आउ तिमी ह्रमास आउ हो बरु आउछु भनेरै आउ
म त बर्शा हु केवला आंसु कै समुन्द्रमा मिल्दछु
रुझाउ भिजाउ बरु अझै,अझै साउन बनेरै आउ

27-Dipak Dhamala
Aafna sabai chahana r kalpanaharu pani jhukdo rahe6 badhyatama parepa6i
sukhama ramaune man pani dukhado rahe6 aankhabat anayasai aansu jhare pa6i
eklo vayako 6u jiwanama timile malae dine maya antai sarepa6i
nasa lie jiune gareko 6u timile malae ghrina garepa6i
solukhumbu
hal: doha qatar


28-Surya Chemjong
अन्तिम सासले,खोजीरह्यो तिमीलाई
मर्ने बेला उस्ले,सोधीरह्यो तिमीलाई
बतासले फूल, झारे पनि हाँगा बाट
सुवाशले सधैँ, रोजीरह्यो तिमीलाई


29-Sandeep Ghimire
असमयको मृत्‍युसँग साक्षात्कारको रहर छ
हर्दम मृत्‍यु भोग्ने यहाँ अजिबको शहर छ
अजीबको शहरमा साक्षात्कारको रहरले
स्वर्निम मृत्‍यु सुनिस्चितको मेरो एउटा ठहर छ
Sandeep ghimire


30-Deepak Ghimire
hijo aaja timro yaadle satauna 6odeko 6,
yo pawanle timro khabar batauna 6odeko 6,
samayeko hurile haaami bichma duri lyaye pa6i ,,
yo man ma hijo timi thiyeu manle pattaunai 6odeko 6.


31-Pawan Gharti Magar Bibash मुक्तक,
पहाडको गीत गाई तराईमा नाँच्न पाऊ!
हिमालको ओत लागी जुनी भरि बाँच्न पाऊ!
देश्कै रक्षा गर्न परे लुटाएर आफ्नै खुसी,
मुटू भरि नेपालको चोखो माया साँच्न पाऊ!
पवन जी एम्
हाडहाडे गुल्मी
हालः यू ए ई


32-Rohit Kumar
कसैको आश छैन मलाई,
आफ्नै बिश्वाश छैन मलाई,
कसरी रमाँऊ तिम्रो खशिमा,
जिदँगि खास छैन मलाई,
-'अबोध'रोहित कुमार खत्री,
हस्तीचौर-३ गुल्मी,
हाल-मरभुमिको छाती


33-Pawan Subedi
जिवन हैन मृत्यु भागमा पर्यो भन्दिनु,
नफर्कने गरी बसाई सर्यो भन्दिनु,
खै त पवन कता गयो भोलि सोधिहाले भने,
उस्ले त आत्मदाह गर्यो भन्दिनु...
-पवन सुबेदी(पृथक)
शिबमन्दिर-2,कावासोती,न.प.


34-Preety Sharma
aruko lagi hoen kebal timrai lagi bacheki 6u...
6yenik nata hoen maanma chokho maya sacheki 6u...!
timi aafai bujhne garnu mero maanka har kura...
timlai khusi dilau vani pida lukai haseki 6u...!!
Sujita paudel''preety'' chainpur jyamire chitwan study at shaheed smiriti multiple campus

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/mohan0kamal
www.facebook.com/piratikodori
धन्यबाद
मुक्तक मधुरिमाको फेशबुक पेज लाइ सहयोग गर्नुहुने ß-kash Neupane र "हल्का रमाइलो" पेज लाइ लाइ धेरै धेरै धन्यबाद ........
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger