Home » » Muktak Madhurima - (2069-03-28/2012-0712) - Download

Muktak Madhurima - (2069-03-28/2012-0712) - Download

NepaliTalim | 9:15:00 AM | 0 comments
Muktak Madhurima Episode of (2069-03-28/2012-0712) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 असार 28 गते तदनुसार 2012 July 12 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download : Click Here to Download 2069-03-28

Listen All Episodes :

आज अर्थात 2011-07-12 गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 

२०६९-०३-२८ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-मोहन बिहानी
**********मुक्तक****************
सुख खोज्ने रहरले पसियो शहर
पिडा र अभाव मात्रै भो हर प्रहर
दु:ख टाँसियो फेबिकोल जसरि टपक्क
आबश्यकता भो अब जीवनमा जहर ।
Copyright @ मोहन बिहानी भक्तिपुर-७ सर्लाही http://mohanbihani.blogspot.com/


02-Dipak Karakheti
तिमी सँग नाता, म तोड्न भन्दिन
सुकोमल तिम्रो हात, म छोड्न भन्दिन //
अर्को लाई साच्न, ऊ मन्मा जान्दिन
ताती आउ जात , म खोज्न भन्दिन //
मिती:-21श्राबाण-२०६९(05/07/2012)
-दिपक काराखेती ,हाल:-(अबुधाबी,UAE)

03-स्याङ्जाली रमेश .
तिम्ले जस्तै झुटो गफ छाट्न जानिएन
सेतो जति दुधै भनि ढाट्न जानिएन
भेद भाब बिरुदैमा लाग्ने मान्छे म त
सोझा साझा फस्ने जाल बाट्न जानिएन
-स्थाई घर अजुन चौपारी
हाल मरुभूमिको छाती बाट

04-Dasuram Paudel
महङ्गी त्यो उनको माँया, कीन्न सकीनम!
अली फरक देखेँ आज, चीन्न सकीनम!!
सुस्त सुस्त आँउछु भनी, पठाइदीए साथी!
गरीब परेँ उनको साथमा, हीड्न सकीएम!!
Dasuram paudel,Dhatibang-5
arghakhanchi
hal chandigard india.

05-Krishna Paudyal
सुङ्दा लाग्ने जहर छ हाम्रो देशमा
फटाहाहरुको लहर छ हाम्रो देशमा
त्यो असल यो दोषी नछुट्टाऊ अब
भन्ने खालको कहर छ हाम्रो देशमा
-कृष्ण पौड्याल बम्घा एक गुल्मी

06-Ashish Danai Muktak....
तिमलाई माया गरी बस्ने फुर्सद कहाँ छ र?
तिमलाई खुसि छरी बस्ने फुर्सद कहाँ छ र?
तिमी सोच्छेउ होला मैले तिमीलाई बिर्सिएछु,
तिम्रै लागि मरी बस्ने ___ फुर्सद कहाँ छ र?
आशिष दनाई
लमजुङ, दनाईगाउँ
हाल- काठमान्डौ
go to www.ashishdanai.com.np to listen all episodes of Muktak Madhurima ( मुक्तक मधुरिमा )

07-Sunil Neupane Marling
बिकट गाउको बास हेर ।
खाने तिनका गास हेर ।।
अकाल मै मरेका छन
साक्षी छ इतिहास हेर ।।।
सुनिल न्यौपाने मार्लिङ
जुनियाँ दुई गुल्मी
snmarling.blogspot.com

08-ß-kash Neupane
के हुन्छ र मैले आशु पिएर तिमि लाइ
पल पल मरेर पनि जिएर तिमि लाइ
नजोडिने गरि फुटायर हिडेकि हौ तिमि
टुक्रा टुक्रा भएको मन सिएर तिमि लाइ
बिकाश न्यौपाने
बारा ,हाल uae

09-Artimus Siru
देखावटी मायाभित्र कता कता हराएर, तिम्रो सामु खुल्न सकिन !
शितलता को आशामा तिम्रो त्यो मन को बाग मा डुल्न सकिन !!
सायद सक्ने भए भुलिदिंथे होला तिम्रो त्यो मुहार सजिलै
तिम्रो मायाको आशा त छदै थिएन, अझै मैले भुल्नसकिन !!
सुमित्रा अधिकारि
गोर्खा

10-Saroj Dhital
सँधै भरी, जिवन जिउने, आश रैछ माँया..
अरु भन्दा, धेरै धेरै, खास रैछ माँया..
जले पनि, गले पनि, बले पनि, माँया बिचमा..
माँयालुको, ह्रदयको, पास रैछ मायाँ..
डाँछी 3 काठमाडो

11-Ganesh Paudel
असार को झरी जस्तै रुझ्यो जिन्दगि
मक्कियको डोरी जस्तै धुज्यो जिन्दगि
चारै तिर धोका अनि समस्या मा रुमलिदा
आसु संगै पिडा हरु मै बुझ्यो जिन्दगि
गणेश पौडेल
रत्ननगर ३ ,बेलसी

12-Abhagi Mukesh
विदेशीको दास, हुनु पर्यो आज॥
कोमलो कपास, हुनु पर्यो आज॥
मारिदा हरेक, ईच्छाहरु मेरा॥
बेवारिशे लास, हुनु पर्यो आज॥
"अभागी"मुकेश रेउले
बलिया 8 लम्कि कैलाली
हालः मुम्बई

13-समिक्ष्या घिमिरे
पिरतीको सुरु थियो फसाउनलाइ कान्छु भन्थ्यौ,,,,,
हजारौको बिचको रोजाई केवल तिमि छान्छु भन्थ्यौ,,,,,
मेरी प्यारी धड्कनमा छौ, दिलको रानी तिमि भन्दै,,,,,,
तिमि बिना जिउनु परे संसार छोडी जान्छु भन्थ्यौ,,,,,
समिक्ष्या घिमिरे ....चैनपुर -७ लदरी चितवन

14-सिद्धार्थ गौतम
'पीडाले मन पोले पनि बाच्नु पर्दो रहेछ,
आसु जति बगेपनि हास्नु पर्दो रहेछ,
'बिछोडमा कस्तो हुन्छ साचो माया गरिहेर,
samjhanaka mitha pal साच्नु पर्दो रहेछ,
-सिद्धार्थ गौतम "अविरल"
नेपालगंज-१६ मुक्तिपुर बाँके

15-दिपक धमला
कतिकति रातहरु घरकै लागि जागिरहे
जागीजागी प्रथानामा घरलाई मागिरहे
टाढाटाढा कति टाढा जुनभन्दा धेरै टाढा
तेही जुन हेरीहेरी घरनै ताकिरहे

16-Kabindra Ghimire
आज भोली दिउसै देखि मात्तिएर आउछ ऊ ।।
भबिष्यको चिन्ता गर्दै आत्तिएर आउछ ऊ ।।
हत्केलामा डिग्री पासको पत्र देखाउदै,,,
साले सरकार काम दे भन्दै च्याठ्ठिएर आउछ ऊ ।।
-कबिन्द्र घिमिरे ओखरपौवा-5 नुवाकोट

17-Prakash Acharya Abiral मुक्तक्
तीमी ले नै मलाई हास्न सीकायौ
दुख र पीडा पीएर फेरी बाच्न सीकायौ
इछ्या र चाहना थीएन जीवन्मा
अतीत सारा भुलाएर नाचन सीकायौ
-चैन्पुर्-२,ज्यामीरे


18-शेखर अनुराग त्रिपाठी
सक्छौ भने अब बहाना न बनाऊ.
झुठो गवाही दिने जमाना न बनाऊ.
कुन दिनको हिसाब माग्दै छौ तिमि.
आँसु दिएर यो पल सुहाना न बनाऊ.

19-Manu Darlami
सुदूर बस्ती नाङ्गो र भोको छ कस्ले देख्छ ।
आफ्नै ललात् ठोकेर रोको छ कस्ले देख्छ ।
दूरको मन पट्ट फुट्दा नि छर्प्रस्ट नगरी
एकसरो बाधेका आशाका पोको छ कस्ले देख्छ


20-Bikalpa Babu 
नटिपे फुल पनि , झरेर जान्छ सानु
बैश बुदो भइ, मरेर जान्छ सानु
मलाई नसुम्पे पनि, जिबन तिम्रो यहां
कुनै दिन कसैले, हरेर जान्छ सानु

21-बिक्रम अर्पण मगर
मेरा निम्ति काडइ काँडा,छर्दा सम्म तिम्रै थिए म
पराइ सम्झी डेरा अन्तै, सर्दा सम्म तिम्रै थिए म
के को कमि देख्यौ र खै मेरो माया भित्र,
खोक्रो बचन घाती कुरा , गर्दा सम्म तिम्रै थिए म
@बिक्रम अर्पण
पांचथर,now:मलेशिया

*******
CHISAPANINEPAL.BLOGSPOT.COM अगाडिका सबै भागहरु एकै ठाउँमा सुन्न र डाउनलोड गर्नको लागि चिसापानी नेपाल ब्लगमा लगइन गर्नुहोला । http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
CHISAPANINEPAL.BLOGSPOT.COM सधै साथीहरुले मौका पाउनुपर्छ त्यसैले यो हप्ता मैले मुक्तक पोष्ट नगर्ने निर्णय गरेँ ।
********

22-Moharaj Sharma Mohan
एक्लो जीवन बोझ लाग्छ कहिले भेटु हुन्छ सानी
यथार्थ कुरा छाड सपनामा नि मन रुन्छ सानी
ितमी कहाँ म कहाँ दुई िकनार भई बाच्नु पर्यो
कहिले काही सम्झनाले मुटु िभत्रै छुन्छ सानी
~मोहराज शर्मा मोहन
धुल्लु बास्कोट २ बाग्लुङ
रेडीयो चितवनको साहित्यक कार्यक्रम
मुक्तक मधुरीमा अडियो कार्यक्रम डाउनलोड
गर्न यो लिक मा जानुहोल
https://m.facebook.com/story.php?story_fbid=202714166522327&id=200171620032277&_ft_=fbid.202714166522327
www.facebook.com/mohan0kamal
https://m.facebook.com/story.php?story_fbid=202714166522327&id=200171620032277&_ft_=fbid.20271416652
m.facebook.com

23-इज्मा पोखरेल
अति सुन्दर कल्पनामा हराउने भाछु अचेल,
सपनीमा तिम्रै नाम लि कराउने भाछु अचेल,
जवानी यो चड्दै जादा भेट भयो तिमीसंग,
रिसाउछौ कि गल्ति गर्दा डराउने भाछु अचेल,
.इजमा पोखरेल. पर्सा-चितवन

24-Lg Kanchha
प्रेम एउटा देखावटी लाग्छ डर मायाको ,
अध्यारोमा आफैदेखी बिलाईजाने छायाको ,
लाग्छ कहिले मलाई पनि माया लाउ लाउ जस्तो.......
तर पनि पाईन्ऩ यहाँ आफ्नै दाँयाबाँयाको....!!
**एल.जी.कान्छा**
(पर्सा, चितवन)

25-प्रीति शर्मा
तिम्रो सामु लजाएर,यो शिर मेरो झुक्छ अचेल..!
यादले हरपल सताउदा,मुटु किन दुक्छ अचेल..!
संसार सारा भूलाउने,कस्तो माया दियेउ मलाई..!
हेर्न खोजे तस्बिर तिम्रो,ढुकढुकीमापो लुक्छ अचेल..!!
सुजिता पौडेल''प्रीति''चैनपुर ज्यामिरे चितवन

26-रिता सिलवाल
जुनताराको माझमा छु ,आकाश तिर हेर मलाइ
याद आउदा कल्पनामै ,अंगालोमा बेर मलाइ
तिमि बिना अधुरो छ ,अजम्बरी साथ् मेरो
त्यहि मुटुमा धड्किदैछु , हर साश मा फेर मलाइ
चैनपुर १ ज्यामिरे

27-तिलक निस्कर्ष
खोज्दा खोज्दै थाकिछौ मलाइ नखोज्नु मै भलाइ तिम्रो
जिबन काट्ने सारथि भनि मलाइ नरोज्नु मै भलाइ तिम्रो
जिन्दगि यो तिमि बाट, धेरै पर पुगिसक्यो आज सानु
अतित अनि भबिस्य स्वरूप अब , नसोच्नु मै भलाइ तिम्रो
रत्ननगर ७ , चितवन

28-प्रेम प्रसाद भट्ट
देश हाक्ने युबा हरु होटेल डिस्को धाउन थाले
राष्टियता लाइ बिर्सियर बिदेसी गीत गाउन थाले
आधुनिक जमानाको आधुनिक फेशन भनि
नया पाइन्ट प्वाल पारि फेशन भनि लाउन थाले
शहीद स्मृति बहुमुखी क्याम्पस , टांडी

29-श्रीकान्त बराल कहेराज
शहीदको बलिदान खेर गयको आभास भाछ
नया नेपाल झन् पुरानो भयको आभास भाछ
जिम्बेबार मानिस हरु कुर्सीमोहमा रमाउदा
आफ्नै भूमिमा प्रबाशी भै रयको आभास भाछ
कृष्णमन्दिर चोक

30-अविरल भण्डारी
अन्धकार हुन्छ नहुदा साथमा आँखाको नानि हौ तिमि
धर्ति भन्दा अथाह ठुलो मायाको खानि हौ तिमि
फुल रुपी सुन्दरी भै छर्छौरे बास्ना जताततै
बिर्सन काहा सक्छु र तिमीलाई यो मनकी रानी हौ तिमि
शहीद स्मृति बहुमुखी क्याम्पस , टांडी
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/mohan0kamal
www.facebook.com/piratikodori
धन्यबाद
मुक्तक मधुरिमाको फेशबुक पेज लाइ सहयोग गर्नुहुने ß-kash Neupane लाइ धेरै धेरै धन्यबाद ........
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger