Home » » गजल- चलिरहेछ आजसम्म..

गजल- चलिरहेछ आजसम्म..

NepaliTalim | 10:53:00 AM | 0 comments
चलिरहेछ आजसम्म, पहल उहि पूरानो ।।
म पढ्छु सम्झँदै, गजल उहि पूरानो ।।

म दुख्छु पल पल, सजल भै नयनमा
किन हुन्छ सधै, तलतल उहि पूरानो ।।

बाध्यता दुबैतिर, उस्तै देख्दा देख्दैपनि
हुन्छ झै लाग्छ, सफल उहि पूरानो ।।

अहँ छैन रतिभर, विर्सिएको छैन मैले
उस्तैछ मुटुभरि, हलचल उहि पूरानो ।।

प्रतिक्षामा सधै यता, कुरिरहेछ राम पनि
यादहरु उस्तैछन्, पलपल उहि पूरानो ।।
Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
 http://chisapaninepal.blogspot.com/
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger