Showing posts with label Nepali Ghazal. Show all posts
Showing posts with label Nepali Ghazal. Show all posts

गजलकार सन्तोष गिरी का २ दुई गजलहरु (2 Ghazals by Santosh Giri) -18-01-2018

NepaliTalim | 12:17:00 PM | 0 comments
Santosh Giri
सन्तोष गिरी
१. गजल 
मलाई मात्र थाहा छ म पागल भा छु भन्ने
मलाई मात्र थाहा छ मैले चोट खा छु भन्ने।। 

शरीर धर्तीमा देख्दा सबैले धर्ती मै छ ठान्छ
मलाई मात्र थाहा छ धर्ती छोडि गा छु भन्ने

संसार नै अन्धो लाग्छ मेरो वस्त्र रंगिन भन्दा
मलाई मात्र थाहा छ मैले कात्रो ला छु भन्ने

दुनियाँले फुर्काइ भन्छन् पुग्नु भा छ ठाउँमा
मलाई मात्रा थाहा छ म कहाँ आ छु भन्ने

खुल्ला आकाशमा दिन अनी रात गुजार्छु तर
मलाई मात्र थाहा छ छानो केले छा छु भन्ने

मलाई मात्र थाहा छ म पागल भा छु भन्ने
मलाई मात्र थाहा छ मैले चोट खा छु भन्ने।।
नाम- सन्तोष गिरी
ठेगान - कपिलवस्तु,१८ लुम्बिनी 
आमा- बिष्णु गिरी

२. गजल
चस्केला छाती, खाडीमा मदन, ढलेको समय
एक् थोपा आँसु, नझार्नु देह जलेको समय

भौतिक शरीर , भएनी टाढा, म संगै आत्मा छ
भनेर जान्नु, मध्यनी रातमा, छलेको समय

बिछोडले मुटु, दुखेमा अति , सम्झेर भुलिदेउ
यौवन छँदा , काखमा बसी, चलेको समय

धराको हामी, अतिथि रैछौं, दुईदिनको निमित्त
फर्केर उतै, जानु नै पर्छ , गलेको समय

गए म टाढा, आउँदछ भनी, भर पर्नु अबश्य
चुलाको आगो, भर्भर गरी, बलेको समय।।  
नाम- सन्तोष गिरी
ठेगान - कपिलवस्तु,१८ लुम्बिनी 
आमा- बिष्णु गिरी

Note :
Copyright of Above Ghazal Reserved with Writer 

गजलकार सुरेश पाण्डेयका २ गजलहरू (2 Ghazals by Suresh Pandey) - 01-12-2017

NepaliTalim | 1:17:00 PM | 0 comments

१. गजल
उपहारमा लैजाऊ मुटु साँची राख्नु!!
जिन्दगीमा आफु मात्र बाँची राख्नु!!

बारम्बारको चोटले घाईते भयको छु!
तिमी यो संसारमा सधै नाची राख्नु!!

प्रहार गर्छ्यौ कति यो छातीमा सधैं!!
अभाव होला मेरो पनि जाँची राख्नु!

जिन्दगीमा खेल खेल्यौ दुख लाग्यो!!
त्यो तिम्रो महङ्गो माया फाची राख्नु!!

बाँच्ने रहर कत्ति छैन मर्छु हुँला अब!!
यो लासमा एउटा तुलसी भाँची राख्नु!
सुरेश पाण्डेय 
सुर्खेत विरेन्द्रनगर

२. गजल
सफा र सुन्दर राख्नु पर्छ मन बाले भन्नुहुन्छ!!
संसारमा अरु भन्दा बेग्लै बन बाले भन्नुहुन्छ!!

आफ्नो जिम्मेवारी उठाउनु  पर्छ छोरा भयर!!
सधैं कहाँ रहन्छ यो बालापन बाले भन्नुहुन्छ!!

छोरो यस्तो पनि देखियो वृद्धाआश्रम पठाउने,
यस्ता कति छोरा जन्मेका छन बाले भन्नुहुन्छ!

बुढेसकालमा आमा बाको सेवा सत्कार गरी!!
बस्छस् की  नै मेरो साथ भन बाले भन्नुहुन्छ!!

मैले गर्नु पर्ने कर्तव्य सबै पुरा गरिदिँदा पनि!!
बिस्वास छैन यस्तै सोच्छु झन बाले भन्नुहुन्छ!
सुरेश पाण्डेय 
सुर्खेत विरेन्द्रनगर


Note : Copyright of above ghazals are reserved with Writer 

एच.एल.गौतमको गजल -सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला

NepaliTalim | 10:17:00 AM | 0 comments
सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला !!
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला !!

सानो संसार सजाउनलाई तिम्रो  अनी भनी मेरो "
साचों भन्छु तिम्रै लागी  सारा खु:शी चुन्थे होला !!

वशन्तको स्पर्श साथै ह्रदय भीत्र छरीएर "
अजम्बरी पिरतिको डोरी वाटी् वुन्थे होला !!

आकाशमा उड्थे होला,पातालमा डुल्थे होला"
सोंचे जती पुग्ने भय भर्खर सगरमाथा छुन्थे होला !!

[[२ सादा जीवन भील्मी भय म,नी.तिम्रै हुन्थे होला-"
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला २]]

   सर्जक- एच.एल.गौतम
    (अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।।
Sent from my Samsung device.

गजलकार सुनामी कोसिसका ५ गजलहरू (5 Ghazals by Sunami Kosis) -24-04-2017

NepaliTalim | 5:59:00 PM | 0 comments
१.गजल        
सपना देखेथे सपनै बनेर गयो 
रहरहरुले तँ मेरो हैन भनेर गयो

वाधाको पर्खाल सघर्षले भत्काउदा 
बारम्बार तगारोको पैह्रो म नेर गयो

सुरक्षित मौज्दातमा राख्न खोज्दा मन 
अतितका यादहरुले खनेर गयो

गुहार माग्दा मृत्युसंग बिना निर्णय 
पालो मिच्न हुन्न भन्दै गनेर गयो 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

२.गजल        
यो कदापी पनि अमर हुनै सक्दैन
भगवान हो मन पत्थर हुनै सक्दैन

जसरी सोच्यो त्यसरी कहाँ रंग फेर्छ
अरे यार गाउँ हो यो शहर हुनै सक्दैन

जमिनमा छ मान्छे जमिनकै छ औकात 
आसमानमा उस्को सफर हुनै सक्दैन

डाक्टरले मृत घोषणा गरेर भन्यो 
जुगौ पैले मर्या हो उ भर्खर हुनै सक्दैन 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

३.गजल        
सानोलाई ठूलोबाट खतरा छ अचेल 
बाबूलाई छोराबाटै हमला छ अचेल

सिहंदरबार निदाको छ संसद भवन उस्तै 
जनताको यहि विचार जहाँ छ अचेल

दुश्मन खोज्नु छ भने कमाउनु होस थोरै 
अरे मेहनतमा पनि यो कुण्ठा छ अचेल

हे भगवान यो कस्तो जमाना आउदैछ 
रासनको लाइनमा नि कोटा छ अचेल

एउटा हुदा त जनतालाई यो विधि सास्ती छ 
झन गाउँ गाउँमा सिहंदरबार चर्चा छ अचेल 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

४.गजल        
वेदलाई तुलना गरिन्छ बिज्ञानसंग
मन्दिरका पत्थर दाँजिन्छ भगवानसंग

उ महान हो ममता कि खानी यसै भनिन्छ 
तर बेचिन्छे नारी बजारका समानसंग

समावेशी देशमा भूगोल भाग गरिदैछ 
कसैलाई वास्ता छैन आफ्नो पहिचानसंग

जस्को पतन निश्चित छ थोरै समय पछि 
मात्र उहीँ शशंकित छ मतदानसंग

निरन्तर सत्तामा छन जनताकै मान्छे 
समृद्धि खुबै रछ आदरणीय महानसंग 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

५.गजल        
अखण्ड यो देश अब कस्तो हुन्छ होला 
इतिहास पुर्खाको नि सस्तो हुन्छ होला

जनतालाइ एकजुट हुन नदिएर 
आयातित राजनीति पस्तो हुन्छ होला

सोचेन कसैले यो सिङ्गो देश हो भन्ने
सार्बभौम देशको सान खस्तो हुन्छ होला

न त झुक्यो न त चुक्यो वीरहरुको शिर 
जंङे किल्ला अब चुरे पस्तो हुन्छ होला

स्वाभिमान गिरे पछि देश भक्त मान्छे 
वैराग्येर अमरसिङ जस्तो हुन्छ होला 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

Note :
Copyright Reserved with Writer 

गजल-जस्लाई मईले सम्जीएथें सबैभन्दा माथी (हरी गौतम)_24-04-2017

NepaliTalim | 9:53:00 AM | 0 comments

जस्लाई मईले सम्जीएथें सबैभन्दा माथी.!!
आज उ नै भईदीयो तितो वीगत साथी.!!

फकाएर-झुक्काएर यसो गर्छु भन्दै..,
आफु बनी बिगार्नलाई, गर्छन ना-ना भाती.!!

आफु भन्दा बढी विश्वास,गर्छौ हामी जस्लाई,
उसैले नै धोका दीदा पोल्दो रहेछ छाती.!!

दोष कस्को कसुर कस्को आफन्त नै वैरी,
आज उन्कै कारणले, भयो औशीं राती.!!

भयो अब कसै संग,कुनै संबन्ध छैन,
यस्तो नाता हुनु भन्दा नभएकै जाती.!!

[[२"जस्लाई मैले सम्जीएथें सबै भन्दा माथी.!!
आज उ नै भई दियो, तितो विगत साथी.२"]]

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

गजलकार सुदिप डल्लाकोटीका ५ गजलहरू (5 Ghazals by Sudip Dallakoti)-09-01-2017

NepaliTalim | 1:14:00 PM | 0 comments
१.गजल
अरे यार समयले मलाई नाना थरी बनायो!!
कहिले रुने कहिले हास्ने घरी घरी बनायो!!

म यसरी चाडै नै बदलिने मान्छे हुँदै होईन!! 
एउटा प्रेम रोगले मलाई मन परि बनायो!!!

लाग्छ मेरा आँखामा अतितहरु मडारिदै छ!
बिना मौसम आँखा बाट झर्ने झरी बनायो!!

सबै कुरा भुल्न सक्छु,सकिन तिम्रा यादहरु!
भुल्नै पर्ने अतितहरु यार अजम्बरी बनायो!!

प्रेम ठानेर मैले सबै कुरा सुम्पिदै गए पछि!!
अरे यार मलाई घर न घाटको यसरी बनायो
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

२.गजल
चल्न त समय आफ्नै रफ्तारमा चलेको छ!!
कोहि बिस्वासमा कोहि प्यारमा चलेको छ!!

जुन दिन देखि मैले जिन्दगी जिउन नै बिर्से!!
तेहि दिन बाट जीवन अन्धकारमा चलेको छ!

आत्मा हत्या गर्न धेरै चोटि प्रयास गरेकै हो!
सकिएन मर्न, जीवन उपहारमा चलेको छ!!

भाबिले बिर्से छैटौ दिन जिन्दगी लेख्नलाई!!
भाग्य बिहिन यो खाली निधारमा चलेको छ!
सुदिप डल्लाकोटि
भन्डारा,चितवन

३.गजल
प्रेम गर्ने मैले तेस्तो कुनै आधार भेटिन!!
अरे यार आफ्नै सुहाउदो संसार भेटिन!

प्रेम गर्नु भन्दा पासो लगाउन ठिक बरु!
जीवन जिउन पर्ने खास बिचार भेटिन!!

अरे जिन्दगी जिउन तेहि दिन देखि बिर्से!
खोज्दा खोज्दै जिन्दगीको किनार भेटिन!

जस्को लागि मैले आफ्नो बा आमा भुले!
उसैको मनमा थोरै भए पनि प्यार भेटिन!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

४.गजल
मन भित्र पीडा भए पनि मुस्काउन पर्ने!!
अरे यार जिन्दगी यसरि नै चलाउन पर्ने!!

यो मनमा के छ, कसैले बुझिदिएन पनि!!
आफू रोएर भएनी अरुलाई हसाउन पर्ने!

बिगत छ म सग, म कसरी भुल्न सक्छु!!
पराईलाई नै आफ्नो भनी सजाउन पर्ने!!

यादहरु खोइ किन हो,अझै पनि आउँछ!
अरे बिगत लिएर सधै सधै निदाउन पर्ने!!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

५.गजल
जब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ!
तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ!

मानिसको मन बदलिन समय लाग्दैन पनि!
त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ!

तिमी छौ र म छु भरोसा यहि एउटा लाग्छ!
अरे यार धर्ती रहुन्जेल आकाश रहिरहन्छ!

म मर्न सक्छु होला तर मेरो मन मर्दैन पनि!
तिमिले दिएको चोटको आभास रहिरहन्छ!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

Note : Copyright Owned by Writer 

गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ६ गजलहरू (6 Ghazals by Ganesh Prasad Paudel Bahurupi) -08-11-2016

NepaliTalim | 1:51:00 PM | 0 comments
१.गजल
गजल् चोरहरु गजलकार बने  ,
तिनैका पत्रिकामा समचार बने ।

जस्ले जिन्दगी पोखे मसी बनाएर ,
दुनियाँसामु तिनै निराधार बने ।

कठोर परिस्थितिमा फूल फुलेर ,
कोही खुकुरी कोही तरवार बने ।

जो सहजै तरिन्थे खोला खोल्साहरु ,
बढेर  महासागर अपार बने ।

थोरै थोरै गरि मिच्दै मन सिमाना ,
 शत्रुहरु  पनि खातिरदार बने ।

हिजो अस्ति नरम नौनी हातहरु ,
अचानक कसरी हतियार बने ।

जब मौलिकता मर्यो गाउँघरमा ,
सारङ्गी अनि मादल गितार  बने ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

२.गजल
आएन फर्केर बालापन मेरो ,
दाह्री जुँगा फुल्यो झनझन मेरो ।

सुनेर हाँस्छन् ति केटाकेटीहरु ,
जवानीको मीठो गनथन मेरो ।

प्राण नै त्यागेर लालायित हुन्छ ,
प्रेम सागरमा तनमन मेरो ।

मलाई नाङ्गो देख्थ्यो दुनियाँ अन्धो ,
उन्को मीठो सुवास् पहिरन मेरो ।

ध्यामग्न हन्थेँ उन्को मन् आँगनमा ,
उन्को शरीर् थियो तपोबन मेरो ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

३.गजल
सपनाको महल नयनभरि ,
देखियो हरपल नयनभरि ।

गाजलले छेक्यो दृश्यावलोकन ,
को थियो र असल नयनभरि ।

घुमिरहन्छिन् दिनरात यसरी ,
मायालु ति चंचल नयनभरि ।

मौसम झैं परिवर्तित सपना ,
नभएर  अटल नयनभरि ।

हिलो छिचोल्दै सुन्दरता पोखेर ,
फुले फूल कमल नयनभरि ।

उसले राखेर गयो मृत्युु पश्चात्
मीठा मीठा गजल नयनभरि ।
गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७

४.गजल
प्रकृतिले गर्यो बबालको संगत ,
माछापुच्छ्रे र फेवातालको संगत ।

बाघसँग तिम्रो जम्काभेट् हुनुपर्छ ,
अनि बल्ल बिर्सन्छौ स्यालको संगत ।

मृत्यु देखेर डराउने मनुष्यले ,
कहाँ गर्न सक्छ र कालको संगत ।

जिन्दगीको कथा बुझेन त्यो धनीले ,
गरेर सधैं धनमालको संगत ।

खाली र शुन्यतामा पनि केही पाएँ ,
जबदेखि गरेँ कंगालको संगत ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
रापाकोट-७ स्याङ्जा

५.गजल
छवि बेचेर नाङ्गियो छविलाल ,
कहिले महान थियो छविलाल ?

रगतको पाइला टेकि सत्तामा ,
अँह ! भएन बलियो छविलाल ।

के टिक्ला र टिकेहरुको भरमा ,
अब पक्का लखेटियो छविलाल ।

जनभावना कुल्चेर हिंडिस तँ ,
अब राम्ररी चिनियो छविलाल ।

सिनोमा धोतीले किरा हालिदियो ,
हेर ! कसरी कुहियो छविलाल ।
गणेश प्रसाद पौडेल " बहुरुपी"
 स्याङ्जा रापाकोट-७

६.गजल
जिन्दगी यो दुखिरहेछ प्यार गरेदेखि ,
दिल दिन कसैलाई  हतार गरेदेखि ।

रित्तियो गोजी पसिना बेचेर भरिएको ,
कहिले गाउँ कहिले बजार गरेदेखि ।

सम्बन्धमा पनि हिसाबकिताब खोजियो ,
समयले नै सम्बन्धको व्यापार गरेदेखि ।

व्यापारी नै बनायो माया पिरतीले पनि  ,
मनले मनसँग कारोबार गरेदेखि ।

छल कपट गर्यो चाउरीएको छालाले ,
मायालुले नानाथरी श्रृङ्गार गरेदेखि ।

तर्किन्छे तरुनी तेलमा पानी तर्के जस्तै ,
बुढाले माया लाउने बिचार गरेदेखि ।

सडकमै रह्यो माया बटुवा झैँ बनेर ,
लैजाउ या छोडौँ मन दोधार गरेदेखि ।
 गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७

Note :
All Copyright Reserved with Writer

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger