Showing posts with label अतिथि कविताहरु. Show all posts
Showing posts with label अतिथि कविताहरु. Show all posts

कवि दीप मिलनको वसन्त कविता अहाँकै सस्वरमा बाचन सहित (05-05-2016/2073-01-23) : Download

NepaliTalim | 4:46:00 PM | 0 comments
Poet-Deep Milan
 कविता बाचन 
शिर्षक -बसन्त 
आयो पात्रो घर घर नयाँ आशको दीप बाल्दै!
लैजाऊ यी जनलहरको पीर चिन्ता पखाल्दै!!
यो माटोमा अब विरहको गर्नु पर्ने छ अन्त!!
आऊ आऊ सबतिर खुशी बाँड प्यारो वसन्त!!
-
रोएका यी तनमनहरु हाँस्न सक्ने बनाई!
हांस्दै खेल्दै सब मिलिजुली बाँच्न सक्ने बनाई!!
छर्दै फूल्नू रनवन भरी फूल मीठो सुगन्ध!!
यस्तै बास्ना सुमधुर छरे बन्छ मीठो वसन्त!!
-
काला मैला दिन मनुजका लाग्न थालून् किनारा!!
रोएका यी मन लहरको बन्न पाई सहारा!!
हाम्रो पीडा अब विगतको हुन्छ होला नि अन्त!!
नेपालीको अमर ममता बाँड्न आऊ वसन्त!!
-
आऊ आऊ सब मिलिजुली शान्तिको दीप बालौँ
छोडौँ हामी छलठग सबै चन्द्र सुर्जे उचालौँ!!
हाम्रो आस्था पर क्षितिजमा हाँस्न खोज्दैछ मस्त!!
द्यौसी खेलौ अब मिलनको एकतामा वसन्त!!
-
आशाको यो नव किरणमा ज्योति छर्नू तिमीले!
भाषाको यो सब हरफमा अर्थ भर्नू तिमीले!!
हाम्रो इच्छा सघन पथमा दौडिदै जान्छ जन्त!!
हाम्रा आँखा तनमन खुशी पार्न आऊ वसन्त!!
-
हाम्रो बाटो भर दिनदिनै भ्रष्टको नै छ राज!
हाम्रो माटो अपहरणमा पर्न थाल्दै छ आज!!
लुट्ने चुँड्ने सब मनुज याँ बन्दछन् साधु सन्त!!
आऊ आऊ नव युग तिमी भै सुनौलो वसन्त!!
दीप मिलन
रुद्रपुर रुपन्देही
हाल दोहा कतार
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

कविता - सरिता अर्थात नदी -प्रकाश विहीन (26-01-2015)

NepaliTalim | 9:21:00 AM | 0 comments
प्रिय सरिता
तिमी पलपलमा हजारौ चोटहरु सहदै । 
उचालीदै, पछारीदै अनि अतालिदै दौडिदै।
लताकुञ्जसंग लुकामारी खेल्दै रमाउदै,
जीवनको आभा भेट्ने तिव्र आकाँक्षमा पौडिरहेछौ ।
पुग्न गन्तव्यमा
परिवर्तनको संग्राममा होमीएकी छौ ।
तर तिम्रो यात्रालाई,तिम्रो उपस्थितिलाई
समाजले अकै बुझेर
ब्ुझ पचाएर दुःख दिइरहेछ ।
म त्यो अनुभुती गर्न सक्छु , अभाष पनि सरीता ।
‘‘‘
सरिता एउटा नारी एउटा नदी
नदी र नारीको जीवन भोगाई उस्तै
उस्तै तृष्णा अनि पीडा पनि दुरुस्तै ।
एक पटक हरण भएको कुमारीत्व फेरी फर्काउन सकिदैन जसरी
त्यसरी वितेको समय, बगेको नदी फर्काउन सकिदैन ।
..........
आत्ममाको किनबेच हुने यो सहरमा
तिम्रो आस्था र विश्वास पनि किनवेच नहोला भन्न सकीदैन ।
हरेक इच्छा र चाहाहरु बलात्कृत नहोला भन्ने कुनै बलियो आधार छैनन्।
.........
त्यसैले सरिता
तिमीलाई धमिल्याउन बैरीहरु
भयनाक प्रपन्चहरु बुन्न सक्छन् ।
कोमल हृदयमा बज्रपात बर्जान सक्छन् ।
उड्ने पखेटा काटिन सक्छन् ,
हिड्ने खुट्टा भाँचिन सक्छन्, बोल्ने ओट , लेख्ने हात काटिन सक्छन्
तर
आस्था र विश्वास नढाल्नु
अस्मिता नगुमाउनु , स्वाभिमानको धरोहर कहिल्यै भाचिन नदिनु ।
..........
हो सरिता
तिम्रो त्यो सम्मोहक जवानी
हिउँ जस्तो कञ्चन मन
सीमाहिन आकाश बराबर ह्दय
बास्नात्मक समिर जब चल्न थाल्छ सुस्तरी सुस्तरी
सम्मुखका सवै सवै चिजहरुमा
विचलन आउन थाल्छ ।
मस्तिस्कीय नेटवर्कहरुमा गडबडी देखीन थाल्छ ।
काम नलाग्ने हुन सक्छन् , पागल हुन सक्छन् ।
अनि
वैँसले मात्तिएको सिँहले जस्तै
झम्टीनेछन् प्यासको अग्नीमोचानार्थ तिमीलाई ।
............
तर पनि सरिता
तिम्रो आस्था र विश्वास ढल्ने छैन्न
तिम्रो सुकोमल पाइलाहरु अविरल अविराम
यात्रामा निमेशभर रोकीने छैन्न ।
पछार्ने र उछिन्ने जीवनको
अस्थ्य भागदौडको घिनलाग्दो संस्कार तोडेर
जीवनको घुम्ती मोडेर
आस्था र स्वाभिमानको सगरमाथा ओडेर
तिमी आउने छौ ।
............
हो,मलाई विश्वास छ सरिता
रात सधैभरी रहदैन्
एक दिन अवस्य सूर्य उदाउनेनै छ ।
क्रमशःकालरात्रीका पानाहरु पल्टीरहेका छन् ।
अनि फूल भन्दा सुन्दर प्रतिविम्वन् देखिने छ तिम्रो
त्यस पछि
दुनियाँले
हर सम्वोधनहरुमा
विचार र अनुभुतीमा तिमीलाई सम्झीरहने छन् ।
हजारौ अनुनय विनय गर्ने छन्
तिम्रो भ्रमणको लागी
दर्शनको लागी
उनीहरुको प्रेमील वस्तीमा‘।
मायाको क्यानभाष बाट

प्रकाश विहीन
prakashbiheen@yahoo.com
Mr. Prakash Adhikari
Program Cheif of Child 3 Angels Community Radio 94.6 Mhz.Post Box No. 
268Pokhara -15 
KaskiPhone +977-61-431823

कविता "म पोखिन्छु " - खकेन्द्र साउद समर्पण (19-09-2013)

NepaliTalim | 10:58:00 PM | 0 comments
म पोखिन्छु
छताछुल्ल हुन्छु
चारै तिर फैलिन्छु र भिज्छु माटोमा
जब मेरि आमाका
मेरि प्रियाका
निदोष आवाजमा भरिएका
थुप्रै चाहानाका झोला फुक्छन मेरो अगाडि|


बाबाको गगन चुम्बि सपना
डक्टर बन्नु बाबु ,ईन्जिनिएर बन्नु
सबैको अगाडि
मेरो नाम उभ्याउनु र भन्नू
मेरो बाबा  कर्णध्वज हो
तर बाबा
आज सोध्नेलाई भन्छु
म बहादुर का बेटा हुँ
मैले सबे कुरा मिचेको बस सबै कुरा|


आज प्रतेक गल्लि च्याहार्छु अनि सम्झिन्छु
बाबु पढेर ठुलो मान्छे बन्नु है
पोलिन्छु र रन्थनिन्छु
र भन्छु
बाबा छोरो ठुलो मान्छे बनेको छ
गगनचुम्बि महलका गल्लि गल्लिमा डन्डा पिटेको छ
बिहान नहुदै काला मुख बाट थुप्रै गालि खान पाएको छ
तपाईले भन्नु भएझै
बाबु एकदमै ईमान्दार बन्नु है
हो त तेसैले त ति काला मुहार लाई
दुई हात जोडि नमस्कार गर्न कैले भुल्दिन बाबा|


आँखा चौबिसै घण्टा नझिम्काई
यो मुखले ऐयाको स्वर पनि फुक्न पाएको छैन
खाई नखाई गरि सेवा मा  तल्लिन छु
तर फरक यति हो गरिबको सेवामा फुकेका तपाईका आवाजलाइ
चिल्ला कारमा ठेलिएका बदन हरुमा लिपेको छु|

याहा अमिट केहि रहेनछ
कुहिरोमा पनि ध्वासै लागेर
स्वात्तै कालो भएको छ
फलाम जस्तो बलियो धातु पनि
जाबो खियाको शिकार हुदो रहेछ
दिन त फिर्नेरहेछ
सागर सागर भन्छन
खडेरिमा सुकेर आधै हुन्छ
बर्षातमा छल्किन्छ
अब म पनि तेहि दिनको प्रतिक्षामा
यि सुनौला दिनको
जसले झोला भरि सपना पुरा गरि आउनेछ !!

कविता - परदेशी जीवन (गौरब श्रेष्ठ मनकुरा)

NepaliTalim | 11:25:00 PM | 0 comments
Mero Gaurab 
नभन साथी, परदेशी भुमी, धन को, भकारि
नहुदो रैछ, घाउको पीडा, आफैलाई नपरि
बेचेर आफ्नो, प्रत्यक पल, अमुल्य समय
के गर्छौ चैन, फर्केर तीम्ले, जीबन, नै नरहे
पैसाकै पछि, दगुर्दै आज, जीबन, मारेर
नरहे माटो, फुल्दैन फूल बालुवामा सारेर
नभन साथी, परदेशी माटो सुखको, संसार
गरेर केही, देशैमा आफ्नो, मनलाई, सम्हाल
बेचेर धेरै, कमाउनु थोर, अनिद्रा रातमा
धेरैले जीबन, बनाए बेकार, पैसाको मातमा
आफन्त टाढा, मायाको आशमा, छटपटी हुदो,हो
सम्झेर पनि, त्यो गाँउघर, मनकति रुदो हो
नभन साथी, बिदेशको भुमि खुसिको मुहान
नढलि साँझ नबीति आज, हुदैन बीहान
नगर रहर, गएर बीदेश, कमाउने चाहामा
जीबन तीम्रा, जानेछ खेर, पिडा र डाहामा
छोडेर आफ्ना, आफन्त सारा, एक्लै हुनलाई
नगर रहर, बनेर बगर, एकलै रुनलाई

नसोच साथि, पराईभुमि, धन फूल्ने फूलबारि
टिप्नलाई फूल गरेर भूल नबेच घरबारी
नखोज फस्न, बुझेर पनि, धमिलो पानीमा
दु:ख र पिडा अरु क्यै छैन बिदेशी भुमीमा
फूलेको एउटा, फूलनै काफी यो जग हसाँउन
प्रशस्त छन यी दुई हात संसार बसाउन
हटाउ छाँया बीदेशको माया पखाल तनदेखी
भुलेर धन त्यो लोभी जन बाँचौन मनखोली
लन्डन् र पेरीस् अरबको सपना नराखआँखामा
नर्बिस तीमि जन्मेको थीयौ त्यै भीरपाखामा
दुई दीने जीबन आज र भोली पर्सी के हुनेहो
मरेर जादा केही हुन्न साथमा एकलै जानेहो
मनको चैन त्यो धन हैन सन्तुष्टी पलभरको
रमाउदै मन गायको पल सझना जीबनको
(गौरब श्रेष्ठ मनकुरा)


साथमा उहाँकै आवाजमा एक गजल तल सुन्नुहोला 
गजल
खोज्यो भने भगवान भेटिन्छ
मान्छेमा पनि इमान भेटिन्छ

कविता -रामेछापका सबै गा.वि.स.का नामहरुबाट बनेको कविता

NepaliTalim | 4:21:00 PM | 2comments


जाडो आयो घाम तापौला मन्थलीको रापमा
चैत्र लाग्दा लेक चढौला हाम्रै रामेछापमा ।

जुनारको वोटमा नाचौं ओख्रेनीमा गई
सुकाजोर, खिम्ती गई खाउँला दुध दही ।

अनारखेती गर्न थाल सुनारपानी सालु
दोरम्बा र डडुवाले फलाएछन् आलु ।

गुम्देल तिमी जल बाँड वनी अति बनी दानी
भुजी, प्रिती माया गाँस ठासे फलामखानी ।

कृष्णलाललाई जन्म दिने हाम्रै कठजोर
चिया वगान बनाउने बाम्ती, गुप्तेश्वर ।

नागदह, सैपु, गोठगाउँ अनि विजुलीकोट
नयाँ खेती गरी अव कमाउनु छ नोट ।

वेताली, नामाडी, रस्नालु अव वत्ति वाल
फुलासी,, गेलु, पुरानागाउँ गरिवलाई पाल ।

भलुवाजोर,भटौली, पकरवास फलाउ धान
खाँडादेवी तिमी बढाउ यो जिल्लाको मान ।

दिमीपोखरी, हिलेदेवी अर्को खनियापानी
माकादुम र राकाथुम यी आँखाका नानी ।

साँघुटार, देउराली, रामपुर, हिमगंगा
मझुवा नी अघि बढ मन पारेर चंगा ।

चनखु र चिसापानी हामी तिम्रै साथ
लखनपुर, टोकरपुर, गौश्वारा अघि बढाउ हात ।

पिङखुरी, चुचुरे, कुभुकास्थली, गोठपानी
अरु भन्दा कमी छैनौ अघि बढौं हामी ।

गुन्सी, फर्पु, वेथान, गागल अनि दुरागाउँ
सँगसँगै अघि बढ चलाएर नाउँ ।

बाँकी रह्यौ फेरी हामी तिल्पुङ, भीरपानी
सवैलाई सहयोग गर्छौं दयाका छौं खानी ।

तामाकोशी गाउँदै आईन संगित छ्योरोल्पा ताल
रामेछापका गहना हुन् गंगा, पुस्पलाल ।

जदौ ।

हिरालाल आचार्य ″अनारबाजे˝
सुनारपानी, रामेछाप
फोन ०४८ ५४००६९
मार्फत रविन शैलुङ
tbthapa.rabin@gmail.com
Source : http://ramechhapdistrict.com/?page_id=391

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger