
१. गजल
सपनै सपनाको महल बन्यो जिन्दगी ,
फुलेर हिलोबिच कमल बन्यो जिन्दगी ।
लेखियो केर्दै मेट्दै कोरा कापीका पानामा ,
मिलेर मीठा शब्द गजल बन्यो जिन्दगी ।
भोग्दै नयाँ यात्रामा दुख दर्द पिडाहरु ,
अन्तिममा आएर सफल बन्यो जिन्दगी ।
हलचल भएर बाटो बिराउदा बिराउदै ,
भानु झैँ गगनमा अटल बन्यो जिन्दगी ।
आशिर्वाद पाएर या परिश्रम गरेर ,
यति धेरै कसरी असल बन्यो जिन्दगी ।
- गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७
२.गजल
कति कुर्छौ...