गजल- छध्म भेष धारी कति हुन्छन हुन्छन

Ram | 12:47:00 PM | 0 comments















छध्म भेष धारी कति हुन्छन हुन्छन
प्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न 
..
आफैलाइ देउता भन्दा पनि ठुलो 
सम्झने पुजारी कति हुन्छन हुन्छन 
..
माया एउटा संग हुन्छ हुने बेला 
नजरको जुहारी कति हुन्छन हुन्छन 
..
कौडी झार्दैनन आपदको बेला 
धनवान् भिकारी कति हुन्छन हुन्छन 
..
तिमी धेरै भाउ नखोजेनी हुन्छ 
रामका पियारी कति हुन्छन हुन्छन
राम शरण श्रेष्ठ 
चिसापनी रामेछाप 
01-01-2015

Muktak Mala मुक्तक माला -329 (2076-12-02) : Download

NepaliTalim | 12:20:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (2076-12-02) 



नमस्कार साथीहरु, आज मिति 2076 चैत्र 02 गते (15-March-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download

गजलकार तेजनाथ दंगालकाे गजल- परदेश जाने यो मेरो ठहर भयो

NepaliTalim | 6:10:00 PM | 0 comments


 

परदेश  जाने  यो  मेरो  ठहर भयो 

जीवन धान्न  यहाँ  सधैं  कहर भयो ।


लालपुर्जा  साहुको बन्दकिमा पर्‍या छ

त्यसैले   घुट्को  पानी  पनि जहर भयो ।


काम खोजौ यहाँ   पाउन  गाह्रो  भयो 

एक छाक सितो देख्न पनि रहर भयो ।


काम र दाम साम हुनेका लागि भयो 

बेसिको गोठ  मेरो लागि शहर  भयो  ।


आयका श्रोत  बन्जर तार टाारी भयो 

घडााको  पानी  अब   नहर   भयो ।

नाम : तेजनाथ दंगााल 

ठेगाना : चाबहिल  काठमाडौं  

Note : Copyright Reserved with Writer 

कथा सुन्नुहोस - शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहा छ ? - एक प्रेरणादायी छोटो कथा

NepaliTalim | 10:51:00 PM | 0 comments


एउटा  ब्यापारी  एउटा  गाउँमा  गयो  र  भन्यो,

" म  तपाईंहरुसँग  कुकुर  खरिद  गर्न  आएको  हुँ । गाउँमा  जति कुकुर  छन्  म  प्रति  कुकुर  रु. एक  हजारको  दरले  दिन्छु ।"

गाउँलेहरुले  गाउँमा  भएका  जति  कुकुर  ल्याए  र  उसलाई  रु. एक-एक  हजारको  दरमा  बेचे । 

केहि  हप्तापछि  फेरि  उ  गाउँमा  गएर  भन्यो,

" अब  म  प्रति  कुकुर  रु. दुई  हजार  दिन्छु ।"

फेरि  गाउँलेहरुले  गाउँमा  बाकी  रहेका  र  वल्लो-पल्लो  गाउँमा भएका  सबै  कुकुरहरु  समातेर  ल्याए  र  रु. दुई  हजारको  दरले  बेचे ।

फेरि   केहि  हप्ता  पछि  उ गाउँ  गयो  र  अब  प्रति  कुकुर  रु.पाँच हजारमा  किन्ने  कुरा  सुनायो । अनि आफु  बिशेष  कामले  शहर बाहिर  जाने   र  उ  नआइन्जेल  कामको  जिम्मा   आफ्नो असिस्टेन्टले  जिम्मा  लिने  कुरा  बतायो  र  फेरि  भेटौंला  भनेर  बाटो  लाग्यो ।

गाउँलेले  असिस्टेन्टलाई  भने,

" हामीसँग  भएको  सबै  कुकुरहरु  बेचिसकेका  छौ , हामीसँग 

अरु  छैनन् ।"

असिस्टेन्टले  आइडिया  लगायो,

" ल  म  तपाईंहरुलाई  एउटा  आइडिया  दिन्छु, त्यो  के  भने  मेरो मालिकसँग  भएको  कुकुरहरु  रु. चार  हजारमा  किन्नुहोस्  र

मेरो  मालिक  आएपछि  उनीहरुलाई  रु.पाँच  हजारमा  बेच्नुहोस् । तपाईंहरु  सबैलाई  रु. एक - एक  हजार  फाईदा  हुँनेछ ।"

यो  कुरामा  सबै  गाउँलेको  चित्त  बुझ्यो । उनीहरुले  आफैले  एक हजार  र  दुई  हजारमा  बेचेको  कुकुरहरु  चार- चार  हजारमा  किने । 

त्यसपछि  हप्ता  बित्यो, महिना  बित्यो  र  साल  बित्यो । गाउँमा  न  ब्यापारी  गयो  न  असिस्टेन्ट  नै । जता  हेर्यो  गाउँमा  कुकुरहरु  मात्रै ।😂😂😂

कथाको श्रोत 

छोटो कथा सेयर बजारमा लगानी गरेको पैसा कसरी डुब्छ भन्ने सिर्षकमा सेयरमान्डु फेसबुक ग्रुपमा सामाजीक संजालबाट साभार भनेर विना लेखकको नाम एक जना ग्रुप मेम्बरले पोष्ट गर्नुभएको रहेछ कथा घुमाउरो तथा भाव गहिरो भाबको वियोगान्त लाग्यो र यस्ले दिन खोजेको सन्देश पनि सकारात्मक लाग्यो त्यसैले यो कथा तपाईहरु सामु बाचन गरेर लिएर आएको छु । 

Listen in Audio Bachan 

आय कर बिबरण बुझाउन म्याद थप Myad Thap लिने Online प्रकृया -How to Take Get Date Extension from IRD

NepaliTalim | 12:48:00 PM | 0 comments

 आय कर बिबरण बुझाउन म्याद थप Myad Thap लिने Online प्रकृया । Request for Filing Date Extension 

#MyadThap #DateExtension #InlandRevenueDepartment 

नयाँ ब्यावस्था - म्याद थपको लागि सबमिट गरिसकेपछी स्वत केही दिनमा कर कार्यालयले तपाईको म्याद थपको आग्रह स्विकृत गरि भेरिफाई गरिदिन्छ । कर कार्यालयमा जानुपर्दैन । सबमिसन नं. टिपेर राख्नुस र भेरिफाई भयो भएन हेर्दै गर्नुस् । मेरो अनुभब भन्दा केही मिनेटमै भेरिफाई भैसकेको छ । फेरिफाई भैसकेपछी तपाईको केवाइटी भनुभएको सम्पर्क नं. मा जानकारी प्राप्त हुनेछ ।  

--------------

यस भिडियोमा हामी असोज मसान्त भित्र आय विवरण बुझाउन नसक्ने करदाता जसले डे३ बुझाउनुपर्ने हुन्छ उनिहरुले म्याद थप कसरी लिने पूरा प्रकृया सहित एक उदाहरण पनि लिएर आएको छु ।

१.म्याद थप असोज मसान्त भित्र क कस्ले लिने त ?

असोज मसान्त सम्म कर विवरण बुझाई नसकेका करदाताहरुले म्याद थपको स्विकृति लिई सक्नुपर्दछ  तर यस्तो म्याद थप कर छुट प्रमाण पत्र लिएकाहरुले भने अनिवार्य असोज मसान्त भित्र आय विवरण बुझाई सक्नुपर्नेछ नत्र कर छुट प्रमाण पत्र नवीकरण गरिनेछैन । 

२.यदि असोज भित्र आय विवरण बुझाएन र म्याद थप पनि नलिएको हकमा लग्ने जरिवाना ?

निर्धारण योग्य आयको ०.१ प्रतिशत बार्षिकको दरले हुने रकम र प्रति महिनामा रु. १०० दरले जुन बढी हुन्छ सो रकम जरिवाना स्वरुप लाग्नेछ 

३.म्याद थप लिने प्रकृया यसप्रकार छ?

१. म्याद थप लिनको लागि करदाता लगइन पासवर्ड अनिवार्य चाहिन्छ । 

२. करदाताको केपाईटि भेरिफाई भएको हुनुपर्छ । 

३. प्रक्रिया

१. www.ird.gov.np मा login गर्नुहोस । 

२. Taxpayer Portal मा Click गर्नुहोस । 

३. General मा क्लीक गर्नुहोस । 

४. Taxpayer Login गर्नुहोस । 

५. Request for Filing Date Extension मा Click गर्नुहोस । 

६. आर्थीक बर्ष, बढाउने मिति र बढाउनुका कारण लेखेर Save सेभ गर्नुहोस । Submission No. आउनेछ । 

८. Submit गर्नुहोस ।

९. Submit भएको फाइल प्रन्ट गरेर Tax Office मा बुझाउनुहोस र Verify भएपछी KYT Update गरेको बखर ताखेको मोबाइलमा म्यासेज पठाउनेछ । 

१०. Verify भैसकेपछी एक कपि प्रिन्ट गरेर राख्नुहोला । 

Watch Video




Online Taxpayer Login कसरी लिने ? How to Create Online Taxpayer Login User & Password from IRD

NepaliTalim | 12:44:00 PM | 0 comments

 Online Taxpayer Login कसरी लिने ? How to Create Online Taxpayer Login User & Password from IRD



#TaxPayerLogin #OnlineTaxPayerPassword #TaxPayerUserandPassword In this video, we learn how to create and reset online Taxpayer Login PAN User ID and Password with demonstration.
Watch Tutorial Video


Online Taxpayer KYT Update Process -(KYT) Know Your Taxpayer करदाताले अनलाइन KYT कसरी अपडेट गर्ने ?

NepaliTalim | 12:41:00 PM | 0 comments

 Online Taxpayer KYT Update Process -(KYT) Know Your Taxpayer करदाताले अनलाइन KYT कसरी अपडेट गर्ने ?

#KYTUpdateOnline #IRD #Knowyourtaxpayer 

Inland Revenue Department IRD just released the notice that every tax payer has to update their taxpayer information in IRD website and which can be done online. Taxpayer has to submit their current location information, contact person name, email and mobile number through online. It process called know your taxpayer (KYT) and every taxpayer has to submit KYC to enjoy the service from IRD. Without KYC Update taxpayer can't verify VAT return, Exise Return as well as annual income tax return and other service which regularly providing by IRD. Now KYT verification is compulsory for all tax payers. The process is very easy, Once you get taxpayer dashboard you will find KYC menu and massage also can been seen the display for KYC Update. Taxpayer can click the menu and input the company update location information, contact person information and mobile number then once it submit OTP send to that mobile number which to be put for update submission

Watch Tutorial Video



कालो चष्मा लाउहै मैयाँ विशाल बजारको -Kalo Chasma Lau Hai Maiya -Song Lyrics

NepaliTalim | 5:51:00 PM | 0 comments
१,
केटाः कालो चष्मा लाउहै मैयाँ विशाल बजारको
नगर्नु है सुर्ता मौयाँ दुईचार हजारको
केटी : कालो चष्मा आँखैमा मेरो विशाल बजारको
डर लाग्छ बरु मलाई लोभी नजरको
केटा : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
केटी : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
......
केटाः हे कालो चष्मा लाउहै मैयाँ विशाल बजारको
नगर्नुहै सुर्ता मैया दुईचार हजारको
केटीः कालो चष्मा आँखैमा मेरो विशाल बजारको
डर लाग्छ बरु मलाई लोभी नजरको
....
२,
केटाः रातो रातो साडी तिम्रो निलो किनारा
जीवनमा साथ दिने मै हुँ साहारा
केटीः ठेकी भित्र फनफन घुम्छ मदानी
मायाँ तिम्रो कस्तो रैछ दन्ते मोहनी
केटा : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
केटी : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
…….
केटाः कालो चष्मा लाउहै मैयाँ विशाल बजारको
नगर्नुहै सुर्ता मैया दुईचार हजारको
केटीः कालो चष्मा आँखैमा मेरो विशाल बजारको
डर लाग्छ बरु मलाई लोभी नजरको
..........
३,
केटा : चोरी चोरी दुधको दर खाँदा झन मिठो
लुकी छिपी मायाँ मलाई लाईदेउ छिटो छिटो
केटी : तिमी भयौ बिस मात्र म त अठार
मायाँ लाउन नगरन तिमी हतार
केटा : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
केटी : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
.......
केटाः कालो चष्मा लाउहै मैयाँ विशाल बजारको
नगर्नु है सुर्ता मैयाँ दुईचार हजारको
केटी : कालो चष्मा आँखैमा मेरो विशाल बजारको
डर लाग्छ बरु मलाई लोभी नजरको
केटा : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
केटी : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
केटा : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
केटी : ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर
धन्यवाद

काठमान्डुको नौ तले धरहरा - Kathmandu Ko Nau Tale Dharahara -Song Lyrics

NepaliTalim | 5:49:00 PM | 0 comments
Song Lyrics -Kathmanduko Nau Tale Dharahara

केटा–(काठमान्डुको नौ तले धरहरा)२
(पाए हुन्थ्यो मायाँको साहारा)२
केटी–(काठमान्डुको बिचैमा घन्टाघर)२
(अल्लारेको हुँदैन कुनै भर)२
सबै–ढुङ्गे बगरमा कान्छु ..ढुङ्गे बगरमा ...
केटा–सँगै सँगै घुमाउछु हंङकङ्ग सहरमा
केटी–सँगै सँगै घुमाउनु हंङकङ्ग सहरमा
====================
केटा–धागो लाई पानि हजुर पिपलुलाई बर
यो मायाँको सहरमा बनाइदेउन घर
केटी–(मादलुको तनि हजुर यो आँखाको नानी)२
जस्लाई देख्यो मख्खै पर्ने (यो मर्दको बानी)२
सबै–ढुङ्गे बगरमा कान्छु ..ढुङ्गे बगरमा ...
केटा–हे सँगै सँगै घुमाउछु हंङकङ्ग सहरमा
केटी–सँगै सँगै घुमाउनु हंङकङ्ग सहरमा
केटा–(काठमान्डुको नौ तले धरहरा)२
(पाए हुन्थ्यो मायाँको साहारा)२
======================
केटा–दिनलाई रात हजुर रातलाई दिन
मेरो मायाँ जताततै खोजेर पाईँदैन
केटी–(किनारालाई बाल्टिन हजुर अँधेरीलाई लालटिन)२
झल्को आउँछ मेरो हजुर (तिम्रोनै दिनकादिन)२
सबै–ढुङ्गे बगरमा कान्छु ..ढुङ्गे बगरमा ...
केटा–सँगै सँगै घुमाउछु हंङकङ्ग सहरमा
केटी–सँगै सँगै घुमाउनु हंङकङ्ग सहरमा
केटा–(काठमान्डुको नौ तले धरहरा)२
(पाए हुन्थ्यो मायाँको साहारा)२
केटी–(काठमान्डुको बिचैमा घन्टाघर)२
(अल्लारेको हुँदैन कुनै भर)२
केटा–पाए हुन्थ्यो मायाँको साहारा
केटी–अल्लारेको हुँदैन कुनै भर
केटा–हे पाए हुन्थ्यो मायाँको साहारा
केटी–अल्लारेको हुँदैन कुनै भर
धन्यवाद


चर्चित रक्तिम गीत - सिमली छायाँमा बसी भरिया लामो सास फेरेको - जनताका गायक जीवन शर्मा

NepaliTalim | 10:34:00 PM | 0 comments












Simali Chhayama Bashi Bhariya Lamo Sas Phereko-Complete Lyrics

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भै सक्यो असि झनठूला दुखले घरेको
.....
(छोरा छोरी पालेँ तालेँ यै भारीको भरमा)२
जीवन भरी कैले पनि सुध्रिएन कर्म
(बैशाखको धुपमा पनि सुख पाईन मैले) २
साउनको बाढी पहिरो भन्न पाईन मैले
निमुखो यो सर्बहारा, सातुको कोसेली फुकायो
भिजेको जिउको सारा, डाँडामा पसिना सुकायो ।
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भै सक्यो असि झनठूला दुखले घरेको
...
(छोरी हरू हुर्के बढे घरघर गए) २
छोराहरू पाँचै भाई मुग्लानिया भए
(नातीतिर नातीहरु जन्मे भन्छ कुन्नी) २
मेरो साथी छौरो बाहेक छैन अरु सुन्नी
मागेर थुरेर भएन, पसिना नझारी केही छैन
बोकेर अर्कैको भारी, जीन्दगी थामेको जुहारी
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भै सक्यो असि झनठूला दुखले घरेको
....
(कहिले काँहीँ साथ दिने बुढी थिई घर) २
छोरा छोरी सम्झी सम्झी रून्थीन धरधर
(मलाई भन्दा छिट्टै आयो उस्लाई पापि काल) २
हात खुट्टा सुन्नाएर गुमाई उस्ले चोला
सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो
झन् धेरै साहुको ऋण सम्झेर हृदय सल्कियो
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भै सक्यो असि झनठूला दुखले घरेको
.....
(नुन तेल लुगा छैन महँगो रासन) २
मेरो उमेर भन्दा बुढो सामन्ती साशन
(यो बेबस्था रहुन्जेल पाइन सास फोर्न) २
मै बुढोनी जान्छु अब सामन्तलाई घेर्न
उठहै भरिया ज्यामी यो देश खरानी भैसक्यो २
गैसक्यो यो हाम्रो जुनी अबत अबेला भैसक्यो २

रचना, गायन तथा संगीत
जनताका गायक जीवन शर्मा
एल्बम रक्तिमबाट

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger