काठमान्डुको नौ तले धरहरा - Kathmandu Ko Nau Tale Dharahara -Song Lyrics

NepaliTalim | 5:49:00 PM | 0 comments
Song Lyrics -Kathmanduko Nau Tale Dharahara

केटा–(काठमान्डुको नौ तले धरहरा)२
(पाए हुन्थ्यो मायाँको साहारा)२
केटी–(काठमान्डुको बिचैमा घन्टाघर)२
(अल्लारेको हुँदैन कुनै भर)२
सबै–ढुङ्गे बगरमा कान्छु ..ढुङ्गे बगरमा ...
केटा–सँगै सँगै घुमाउछु हंङकङ्ग सहरमा
केटी–सँगै सँगै घुमाउनु हंङकङ्ग सहरमा
====================
केटा–धागो लाई पानि हजुर पिपलुलाई बर
यो मायाँको सहरमा बनाइदेउन घर
केटी–(मादलुको तनि हजुर यो आँखाको नानी)२
जस्लाई देख्यो मख्खै पर्ने (यो मर्दको बानी)२
सबै–ढुङ्गे बगरमा कान्छु ..ढुङ्गे बगरमा ...
केटा–हे सँगै सँगै घुमाउछु हंङकङ्ग सहरमा
केटी–सँगै सँगै घुमाउनु हंङकङ्ग सहरमा
केटा–(काठमान्डुको नौ तले धरहरा)२
(पाए हुन्थ्यो मायाँको साहारा)२
======================
केटा–दिनलाई रात हजुर रातलाई दिन
मेरो मायाँ जताततै खोजेर पाईँदैन
केटी–(किनारालाई बाल्टिन हजुर अँधेरीलाई लालटिन)२
झल्को आउँछ मेरो हजुर (तिम्रोनै दिनकादिन)२
सबै–ढुङ्गे बगरमा कान्छु ..ढुङ्गे बगरमा ...
केटा–सँगै सँगै घुमाउछु हंङकङ्ग सहरमा
केटी–सँगै सँगै घुमाउनु हंङकङ्ग सहरमा
केटा–(काठमान्डुको नौ तले धरहरा)२
(पाए हुन्थ्यो मायाँको साहारा)२
केटी–(काठमान्डुको बिचैमा घन्टाघर)२
(अल्लारेको हुँदैन कुनै भर)२
केटा–पाए हुन्थ्यो मायाँको साहारा
केटी–अल्लारेको हुँदैन कुनै भर
केटा–हे पाए हुन्थ्यो मायाँको साहारा
केटी–अल्लारेको हुँदैन कुनै भर
धन्यवाद


चर्चित रक्तिम गीत - सिमली छायाँमा बसी भरिया लामो सास फेरेको - जनताका गायक जीवन शर्मा

NepaliTalim | 10:34:00 PM | 0 comments












Simali Chhayama Bashi Bhariya Lamo Sas Phereko-Complete Lyrics

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भै सक्यो असि झनठूला दुखले घरेको
.....
(छोरा छोरी पालेँ तालेँ यै भारीको भरमा)२
जीवन भरी कैले पनि सुध्रिएन कर्म
(बैशाखको धुपमा पनि सुख पाईन मैले) २
साउनको बाढी पहिरो भन्न पाईन मैले
निमुखो यो सर्बहारा, सातुको कोसेली फुकायो
भिजेको जिउको सारा, डाँडामा पसिना सुकायो ।
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भै सक्यो असि झनठूला दुखले घरेको
...
(छोरी हरू हुर्के बढे घरघर गए) २
छोराहरू पाँचै भाई मुग्लानिया भए
(नातीतिर नातीहरु जन्मे भन्छ कुन्नी) २
मेरो साथी छौरो बाहेक छैन अरु सुन्नी
मागेर थुरेर भएन, पसिना नझारी केही छैन
बोकेर अर्कैको भारी, जीन्दगी थामेको जुहारी
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भै सक्यो असि झनठूला दुखले घरेको
....
(कहिले काँहीँ साथ दिने बुढी थिई घर) २
छोरा छोरी सम्झी सम्झी रून्थीन धरधर
(मलाई भन्दा छिट्टै आयो उस्लाई पापि काल) २
हात खुट्टा सुन्नाएर गुमाई उस्ले चोला
सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो
झन् धेरै साहुको ऋण सम्झेर हृदय सल्कियो
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भै सक्यो असि झनठूला दुखले घरेको
.....
(नुन तेल लुगा छैन महँगो रासन) २
मेरो उमेर भन्दा बुढो सामन्ती साशन
(यो बेबस्था रहुन्जेल पाइन सास फोर्न) २
मै बुढोनी जान्छु अब सामन्तलाई घेर्न
उठहै भरिया ज्यामी यो देश खरानी भैसक्यो २
गैसक्यो यो हाम्रो जुनी अबत अबेला भैसक्यो २

रचना, गायन तथा संगीत
जनताका गायक जीवन शर्मा
एल्बम रक्तिमबाट

ब्रेभ ब्राउजर चलाउनुस पैसा कमाउनुस् -Brave Browser बाट कसरी पैसा कमाउने ।। Earn Money from Brave Browser with Payment Proof in Nepali

NepaliTalim | 4:42:00 PM | 0 comments
ब्रेभ ब्राउजर चलाउनुस पैसा कमाउनुस्
१.सुरुमा ब्रेभ ब्राउजर डाउनलोड गर्नुहोस् (मोबाईल, डेस्कटप दुबैमा उपलब्ध छ)
२. ब्रेभ ब्राउजरमा साइनअप गर्नुहोस,
३, आफ्नो युट्युब च्यानल, ब्लग य ट्विटर जे छ त्यहि कनेक्ट गर्नुहोस
४.महिनाको कमाइ लिनको लागि अनलाईन वालेट चाहिन्छ अपहोल्ड भन्ने त्यहाँ खाता खोल्नुहोस र ब्रेभमा कनेन्ट गर्नुहोस
५. हरेक महिनाको ९ गते गत महिनाको कमाई आफ्नो खातामा ५ ब्याट टोकन पुग्यो भने आफैं जम्मा हुन्छ ।
Download Brave Browser :
Click Here to Download Brave Browser

Click Here to Download Brave Browser

Click Here to Download Brave Browser
Watch Full Tutorial Video Below

नयाँ बर्षको शुभकामना गजल Happy New Year Special Ghazal by Ram Sharan Shrestha

NepaliTalim | 2:34:00 PM | 0 comments











नयाँ बर्षमा चोखो त्यी, प्यारहरुलाई शुभकामना
मित्रतामा पर्यायवाची, यारहरुलाई शुभकामना !!-१
..
समयलाई जित्न सक्ने, जोशहरुको रफ्तार बढोस,
पुरा हुन सबै काम, हतारहरुलाई शुभकामना !!-२
..
मुल्य बृद्दी रोकियोस, सबैका पैसा जोगियोस,
दु:खि र गरिबका, बजारहरुलाई शुभकामना !!-३
..
शान्तिको सन्देश बोकेर, नयाँ बिहान उदाओस,
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना !!-४
..
कसैले दु:ख नपाओस, बाढीं पहिरो नजाओस,
नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना !!-५
..
बिगत जस्तै हुदै नहोस, अन्योल र निराकार,
अब आउने जनताका, सरकारहरुलाई शुभकामना !!-६
..
राजनीतिका काला बादल, हटोस नयाँ सालमा,
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना !!-७
..
महाँमारी नआओस, रोग बाट छुटकारा पाइयोस
डाक्टर नर्श अस्पातल, परिवारहरुलाई शुभकामना !!-८
..
प्रेमका पनि कुराहोस, सोचेका सबै पुरा होस,
नयाँ बस्न लागेका, घरबारहरुलाई शुभकामना !!९
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

Ghazal Bachat Video on YouTube

Muktak Mala मुक्तक माला -328 (2076-11-18) : Download

NepaliTalim | 2:31:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2076-11-18)


नमस्कार साथीहरु, आज मिति 2076 फाल्गुन 18 गते (1-March-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download

गजलकार बिष्णु वली का ५ गजलहरू (5 Ghazals by Bishnu Oli)

NepaliTalim | 4:18:00 PM | 0 comments
१.गजल
मेरो पाइला पाइलामा,ठेस लाग्छ किन,,
मर्नु भन्दा बउलाउन,बेस लाग्छ किन,,

जेगरेपनि मनपरी छ,यहाँ हुनेखानेलाई
मात्र दुखी गरिबलाई,केस लाग्छ किन,,

न यहाँ भित्री मन हेरे,नत हेर्ननै चाहान्छन
इनलाई मन भन्दा राम्रो,फेस लाग्छ किन,,

झिलि मिली बसिएकै छ, ठुलो  महलमा
र पनि प्यारो आफ्नै, देश लाग्छ किन,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया

२.गजल
दशै आयो  भन्छन ,आएनन्  परदेशीलाई,,
खुसी लायो भन्छन ,लाएनन् परदेशीलाई,,

बर्ष दिनको दशैँ ,रमाउछन रे नाच्दै गाउदै
मन बुझ्ने एउटा गीत,गाएनन् परदेशीलाई,,

हल्ला गर्छन सबैले ,दशैँ आयो  दशैँ आयो
कसैले  खुसी  दिन ,चाएनन्  परदेशीलाई,,

कहिले दशैले चोट दिन्छ ,कहिले तिहारले
मनमा शान्ति कहिलै,छाएनन् परदेशीलाई,,

दशैँ आयो  भन्छन ,आएनन्  परदेशीलाई,,
खुसी लायो भन्छन ,लाएनन्  परदेशीलाई,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया

३.गजल
भगवानको सरन ,परेर जान्छ  जिन्दगी,,
सबैको   यहाँ , मरेर   जान्छ   जिन्दगी,,

सुन्दरताको   कहिलै , नगरौ   घमण्ड
एकदिन फुल झै ,झरेर जान्छ जिन्दगी,,

सबै मेरै हो जस्तो ,नगर  यो  दुनियामा
करकलुको पानीझै,तरेर जान्छ जिन्दगी

आज यहाँ छौ,भोली कहाँ हो,थाहा छैन
कुन  दिन  बसाई , सरेर  जान्छ जिन्दगी,,

नसोच  मरेर केही,दिलाउछु आफन्तलाई
मात्र आँखामा आँसु,भरेर जान्छ जिन्दगी,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया

४.गजल
कुटो कोदालो गरी खाउँला,नजाउ परदेश भन्थे बाबा ले,,
फाटेको  टालेर  लाउँला , नजाउ  परदेश भन्थे बाबा ले,,

बाबाको कुरै नसुनी हिडियो घर छोडेर, के के नै गर्छु भनी,,
अर्काको ठाउँ हो दुस्ख पाउला,नजाउ परदेश भन्थे बाबा ले,,

हिड्दैछु  परदेशको  गल्ली  गल्ली , पच्पन्न डिग्रीको घाममा,
गैरी खेत पानी पधेरो धाउँला , नजाउ परदेश भन्थे बाबा ले,,

थाहा छैन कतिखेर के हुन्छ,फर्कनु पर्छकि काठको बाकसमा,
मरे काखमै बाँचे साथमै बाँचउँला,नजाउ परदेश भन्थे बाबा ले,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया

५.गजल
अब फाटेका मन, टाल्दै हिन्छु,,
निभेका दियोहरु, बाल्दै हिन्छु,,

जतिछन सकरातमक,अंगालेर
नकरातमक सबै ,फाल्दै हिन्छु,,

आउँछ  यात्रामा,बाधा अर्जना
डराउदिन पाइला,चाल्दै हिन्छु,,

फुलाउनुछ अब, यहाँ  फुलहरु
पसिनाको सिचाई,हाल्दै हिन्छु,,

फुल्न दिने त ,छैनन् सत्रुहरुले
जो हुन्छ तगारो ,ढाल्दै  हिन्छु,,

प्रतिक्ष्याको फल,मिठो हुन्छ अरे
मनभरी  आसा , पाल्दै  हिन्छु,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया

Note : Copyright Reserve with 

Muktak Mala मुक्तक माला -327 (2076-11-11) : Download

NepaliTalim | 2:25:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2076-11-11)


नमस्कार साथीहरु, आज मिति 2076 फाल्गुन 11 गते (23-Feb-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download

प्रेम दिवश विशेष गजलहरुको बाचन । Valentine's Day Special Ghazal । प्रणय ...

NepaliTalim | 5:30:00 PM | 0 comments



१. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
...
जति माया गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई
माया गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
...
साथी मध्ये त्यस्तो मिल्ने, तिमीप्रति अति पागल
चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
..
नबोलेरै कति कति, आँखा आँखाबाट मुटु
माया भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
..
पवित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै
जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
..
सुखदु:ख सँगै काट्न, आँधी भेल जिन्दगीका
जँगार तर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
..
सम्बन्धको सुरुवात नयाँ, रातो गुलाबबाट गर्दै
खुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप



२. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।
-------------
लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य उसैबाट
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।
-------------
छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।
------------------
एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने
कसै प्रति सच्चा प्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप


३. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी-6, रामेछाप




. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
प्रेम दिवसमा प्रेमै प्रेम, जोडिएला मन कतै ।।
चकनाचुर कति सपना, तोडिएला मन कतै ।।
पाउलान कतिले, नायाँ साथी नयाँ जीवन
टुक्रिएला कतै झन, मोडिएला मन कतै ।।
कलिलो कोपिलमा, मल जल गर्नुपर्छ
झुक्किएर जरैसित, गोडिएला मन कतै ।।
कति होलान् प्रणयमा, रम्दै आनन्दमा मस्त
कतै आँसु धरधरी, फोडिएला मन कतै ।।
कतै मायाँ मात्र मायाँ , कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा, ओडिएला मन कतै ।।
प्रेम प्रतिक रातो गुलब, सँगै बिशेष उपहार
होस गर्नु मन दुख्ला , छोडिएलमा मन कतै ।।
  (
मिति - २०६७ फाल्गुन १)राम शरण श्रेष्ठ (राम)चिसापानी ६, रामेछाप


. राम शरण श्रेष्ठको प्रेम दिवस बिशेष गजल
नयाँ यौटा सम्बन्धको बिस्तार गर्दैछु ।।
उस्लाई भन्ने कसरी हो बिचार गर्दैछु ।।
चोखो प्रेम गर्नेहरु, डराउँदैन भन्छन्
नयाँ जोस अफुभित्र प्रसार गर्दैछु ।।
धेरै सोधे मेरो र उस्को बारे आफन्तले
आज हाम्रो प्रेम रैछ स्विकार गर्दैछु ।।
लेखेकोछु प्रेम पत्र, मनको कुरा समेटेर
अन्तर्मुखीआफ्नो स्वभाव सुधार गर्दैछु ।।
थाहा छैन तिमीलाई, मन पर्छ पर्दैन
जानि जनी प्रेम रोगले, बिमार गर्दैछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

प्रेम दिवसको सबैलाइ शुभकामना

Muktak Mala मुक्तक माला -326 (2076-10-26) : Download

NepaliTalim | 2:22:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2076-10-26)


नमस्कार साथीहरु, आज मिति 2076 माघ 26 गते (09-Feb-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -325 (2076-10-19) : Download

NepaliTalim | 3:49:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2076-10-19) 



नमस्कार साथीहरु, आज मिति 2076 माघ 19 गते (02-02-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger