अडियो पुस्तक -प्रतिलिपि अधिकार एेन २०५९ को पूर्ण पाठ अडियोमा (Full Audio Book of Nepal Copyright Act 2059)

NepaliTalim | 5:28:00 PM | 0 comments
प्रतिलिपि अधिकार सम्वन्धी सबैमा जानकारी दिने उद्धेश्यले हामीले यो भिडियो मार्फत सबैमा नेपाली प्रतिलिपि अधिकार ऐन २०५९ को सस्वर पूर्ण बाचन लिएर आएका छौं । मिति २०५९ श्रावण ३० गते नेपाल राजपत्रमा प्रकाशित भएको यस प्रतिलिपि अधिकार ऐन २०६३ मंसिर ८ गते संसोधन भैसकेको छ । यस बाचनमा हामी यसऐनको प्रस्तावना र परिच्छेद १ देखि परिच्छेद सात सम्म बाचन गर्नेछौं । यस ऐनमा परिच्छेद १ मा यस ऐनको संक्षिप्त नाम र प्रारम्भ त्यस्तै परिच्छेद २ मा प्रतिलिपि अधिकार संरणक्ष र प्राप्ति, परिच्छेद ३ मा प्रतिलिपि अधिकार संरक्षणको अवधि, परिच्छेद ४ मा अनुमति विना प्रतिलिपि अधिकार प्राप्त सामग्री प्रयोग गर्न पाईने अवस्था, परिच्छेद ५ मा प्रतितिपि अधिकारको हस्तान्तरण, परिच्छेद ६ मा संरक्षित अधिकारको उल्लङ्घन र दण्ड सजाय र परिच्छेद ७ मा विषयवस्तु समाबेस गरिएका छन् । बाचनमा अशुद्ध या कुनै गतल बाचन भएको भए हामीमाई माफ गरिदिनुहोला ।
You Can Download Nepal Copyright Act from
http://www.lawcommission.gov.np

Listen Book On YouTube 

Source : Nepali Talim YouTube Channel 

युट्युब चलाउनेले जान्नेपर्ने युट्युबका १२ नियमहरु - युट्युबमा के गर्न हुन्छ र के गर्नु हुन्न । (YouTube Community Guidelines Updated 2018 Complete Tutorial in Nepali)

NepaliTalim | 11:28:00 AM | 0 comments

युट्युब चलाउनेले जान्नेपर्ने युट्युबका १२ नियमहरु - युट्युबमा के गर्न हुन्छ र के गर्नु हुन्न ।

(YouTube Community Guidelines Updated 2018 Complete Tutorial in Nepali) 

हरेक युट्युब क्रिएटरले जान्ने पर्ने कुराहरु 
हरेक युट्युबरले जान्ने पर्ने कुराहरु- तपाई यदि युट्युब च्यानल चलाउनुहुन्छ भने युट्युब कम्युनिटि गााईडलाईन्स (युट्युब समुदाय दिशानिर्देश)को बारेमा जानकार हुनु पर्ने हुन्छ , २०१८ मार्च सम्म आइपुग्दा यस्ता गाईडलाइन्सहरु १२ ओटा रहेकाछन् । आज हामी हरेक गाइडलाइन्सको विस्तृत रुपमा एक एक गरेर सविस्तार जानकारी दिने कोसिस गर्नेछु  । युट्युमा के कस्ता भिडियोहरु राख्न मिल्छ के कस्ता भिडियो राख्यौं भने हाम्रो भिडियो युट्युबले दण्ड गर्छ र हाम्रो च्यानल नै डिडिट गरिदिन्छ र हाम्रो च्यानल सस्पेन्ड गरिदिन्छ जान्नका लागि आजको यो भिडियो हेरौं। 
Learn More about Community Guidelines: 

2018 Updated 12 YouTube Community Guidelines are as follows:
1.Youtube Community Guidelines regarding to Nudity or sexual content - Explained in Nepali
2.Youtube Community Guidelines regarding to Harmful or dangerous content- Explained in Nepali
3.Youtube Community Guidelines regarding to Hateful content- Explained in Nepali
4.Youtube Community Guidelines regarding to Violent or graphic content- Explained in Nepali
5.Youtube Community Guidelines regarding to Harassment and cyberbullying- Explained in Nepali
6.Youtube Community Guidelines regarding to Spam, misleading metadata, and scams- Explained in Nepali
7.Youtube Community Guidelines regarding to Threats- Explained in Nepali
8.Youtube Community Guidelines regarding to Copyright- Explained in Nepali
9.Youtube Community Guidelines regarding to Privacy- Explained in Nepali
10.Youtube Community Guidelines regarding to Impersonation- Explained in Nepali
11.Youtube Community Guidelines regarding to Child endangerment- Explained in Nepali
12.Youtube Community Guidelines regarding to Additional policies- Explained in Nepali

Tutorial on YouTube 

अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला १ (Nepal Income Tax Act 2058 Part 1- (Page 1-23) -Preamble and Chapter 1-Audio Book in Nepali)

NepaliTalim | 2:39:00 PM | 0 comments

नमस्कार साथीहरु, 
तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि  बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयकर ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको पहिलो श्रृंखलामा पेज नं. १ देखि २३ सम्म बाचन हुनेछन् जहाँ आयकर ऐन २०५८ को प्रस्ताबना र परिच्छेद १ बाचन हुनेछ । परिच्छेद १ प्रारम्भिकमा संक्षिप्त नाम, विस्तार र प्रारम्भको बारेमा रहनेछ ।
Narrated by Nepali Talim YouTube Channel

Listen Book On YouTube 

Muktak Mala मुक्तक माला -248 (2074-12-11/25-03-2018) काठमाडौमा सम्पन्न "दलानमा मुक्तक-२" बिशेष कार्यक्रम : Download

NepaliTalim | 1:05:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-12-11/25-03-2018) 
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 चैत्र 11 गते तदनुसार 25-March-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download


साथै,

Full Story -Chat Love by Anamika Sajal (कथा : च्याट लभ - कथाकार अनामिका सजल

Muktak Mala मुक्तक माला -247 (2074-12-04/18-03-2018) मुक्तककार स्व. मदन आचार्य अभागी विशेष : Download

NepaliTalim | 11:55:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-12-04/18-03-2018)
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 चैत्र 04 गते तदनुसार 18-March-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download


नेपाली साहित्यमा निरन्तर लागिरहनुभएका मुक्तककार मदन आचार्य अभागी अब रहनुभएन । चिसापानी नेपाल भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ । 

कथाकार अनामिका सजलको कथा च्याट लभको बाचन (Audio Book-Full Story Chat Love by Anamika Sajal) : Download

NepaliTalim | 4:31:00 PM | 0 comments












Story : Chat Love
Writer : Anamika Sajal
Narrated by Chisapani Nepal Youtube Channel
Writer's Blog : Anamika Sajal Blog

कथा : च्याट लभ कथाकार : अनामिका सजल बाचन : चिसापानी नेपाल





Health Tips in Nepali 1- काँचो केरा खानुका फाईदाहरु Kancho Kera Khanuka Phaidaharu

NepaliTalim | 11:19:00 AM | 0 comments
Health Tips in Nepali 1- काँचो केरा खानुका फाईदाहरु  Kancho Keraka Phaidaharu (Advantage of Eating Green Banana)



नेपाली तालिम युट्युब च्यानलको स्वास्थ्य सबिन्धी टिप्सको पहिलो श्रृंखलामा आज
पाकेको केरा जस्तौ काँचो केरा खाँदा के के फाईदाहरु छन् आजको श्रृंखलामा छलफल गर्नेछौं ।
काँचो केरा पोटासियमको भण्डार,
काँचो केरा मधुमेहको औषधि,
काँचो केरा मोटोपन हटाउन गुणाकारी,
काँचो केरा कब्जीयत हटाउन सहयोगी,
LIKE | COMMENT | SHARE | SUBSCRIBE

कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित” _Poem Loksewa Pidit by Sushma Rupabung Rai

NepaliTalim | 11:10:00 AM | 0 comments
लोकसेवा पीडित
(कवयित्री शुष्मा रुपाबुङ राई)

फेल पार्नै बनाएको लोकसेवामा 
पटक पटक पास गर्ने कोशीस गर्दा- गर्दा
जोबन लोलाएको म एउटा लोकसेवा पीडितलाई
न्याय चाहियो हजुर!

स्वास्नी पीडित
लोग्ने पीडित
छिमेकी पीडित
प्रेमीप्रेमिका पीडित
सबै आफ्नो न्याय खोज्नको लागि
एकजुट भएर साझेदारीमा संस्था खोलिसके
आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित
हुनुन्छ भने एकजुट भइ न्याय मागौ
बढीपीडित र भुकम्पपीडितको राहत खोस्नेहरुले
के देला र हाम्रो जोवनको आहत
तै पनि मन बुझाउने बहाना खोजौ कि भनेर
छटपटाइरहेछ यो मन….

जी.के. को खातिर,
सारा ब्राम्हाण्डको ग्रह, उपग्रह, उल्का
भोल्काको सङ्ख्या,
क्षेत्रफल,लम्बाइ चौडाइ
एकार्काको दुरी र सम्बन्ध
रटेकै हुन्छु
तर
मेरो उत्तरपुस्तिका जाच्ने समयमा
कहिले एउटा ग्रह ब्ल्याकहोलले
खाइदिएर सङ्ख्या घट्दो रहेछ
कहिले अर्को नयाँ ग्रह थपिदो रहेछ
कहिले मायाले एकार्काको दुरी
घटाऊदो रहेछ कहिले रिसले
दुरी बढाउदो रहेछ…

संसारका शक्त्तिशाली शासकहरुको
स्वास्नीको सङ्ख्या देखि
प्रत्येक सुहागरातको तिथिमिती
ठुलाबडाहरुको जन्ममिती देखि
मृत्‍युमितिहरु
कन्ठस्ट गरेकै हुन्छु
तर मैले जाच लेख्ने बेलामा
कहिले अर्को स्वास्नि थपेर
कहिले एउटा मरेर सङ्ख्या घटबढ् हुदो रहेछ..

सत्यगुग देखी त्रेतायुग, द्वापरयुग
र कलियुगहरुमा भएका विश्वयुद्द देखी
गृहयुद्द, प्रेमयुद्दका इतिहासका मितिहरु
घोकेकै हुन्छु
तर मैले लेख्ने बेलाको परिक्षामा, भर्खरै दुई पार्टिका
शिर्ष नेताहरुको ठुलो पदमा भागबन्ड नमिलेर
झगडा गरेको मिती
मैले पढ्ने लोकसेवाको किताबमा छापिनै
बाँकी प्रश्न सोधिदिन्छन…..

जसो तसो लेखाइमा पास भएकै थिए
अन्तर्वातामा बोलाएर सोध्यो
पोखराको बिचमा के छ?
सजिलो प्रश्न भनेर मनमनै फुरुङ्ग हुँदै भने
पोखराको बिचमा फेवातल छ सर !
उस्ले भन्यो -फेल! पोखरा को बिचमा ‘ख’ छ

अर्को पटक पनि अन्तर्वाता सम्म पुगेकै हुँ
फेरी उस्तै खालको प्रश्न गर्‍यो
इलामको बिचमा के छ??
पुरानै मोडेलको प्रश्न भनेर फेरी खुशी हुँदै
उत्तर दिए- इलाम को बिचमा ’ला’ छ सर!
उस्ले कड्किदै भन्यो- फेल! इलामको बिचमा
चियाबारि छ!!

र त म भन्दैछु यो फेल पार्नै बनाएको
लोकसेवामा पटक-पटक पास हुने
कोशीस गर्दा गर्दा कपाल फुलाएको
यो लोकसेवा पीडितलाई न्याय चाहियो हजुर!

आजकाल त आकाशमा चरा उडेको देख्नै हुन्न
समय र मिती टिप्न थालीहाल्छु
घरको मान्छेहरु सङ्गको सम्बन्ध केलाउनलाई
पनि I.Q शुत्र प्रयोग गर्न थालेको छु
एकपटक केटी माग्न जादा, केटीको बाउले
मेरो उमेर सोध्द्दा हतार हतार कलमले
हत्केलामा कोरेर IQसुत्र लाएर आफ्नो
उमेर निकाल्न थालेछु
आफ्नो उमेर पनि थाहा नपाउनेले छोरी
कसरी पाल्छ भनेर धपाइदिए….

सरकारी जागिर खाएर बिहे गरौला भनेको
प्रेमिकाको छोरा नै लाहुरे भईसक्यो
बाबा, आमालाई सुख दिने भनेको
पनि ईतिहास नै हुन लाग्यो
चुकचुक लाग्छ..
बरु उमेर हुँदै अरब गएको भए,
कमसेकम
चुहिने घरको छानो र
फाटेको आमाको चोलो
फेर्ने हैसियत त हुन्थ्यो..

कहिलेकाही घोरिएर सोच्छु,
इतिहासका ठेलिहरु घोकेर
आकाशका जुनाताराहरु गनेर
मान्छेहरुको जन्म र मृत्‍युको मिती रटेर
बाउ छोराको उमेरको अन्तर पत्ता लाएर
पास भएर लोकको सेवा गर्ने योग्य भए पछी
यिनै कुराहरु ब्याबहारमा लागु हुँदा हुन?
बरु कहिलेकाही सुनिन्छन
कार्यालयभित्र तास खेलिरहेका
कोही मस्त सुतिरहेका
कोही घुस लिरहेका
जुन कुराहरु न लोकसेवाको पाठ्यक्रमा
पढ्न नै पर्छ नत घोक्न रट्न नै!

मेरो त घोक्ने कुराहरु घोक्दा घोक्दै
रट्ने कुराहरु रट्दा रट्दै जोवन ढलिगयो
न खेतिबारी खन्ने जोस रह्यो नत
अरब जाने उमेर!!
म लोकसेवा पिडितलाई न्याय चाहियो हजुर
खवरदार! बृदाभत्ता पर्खि चै भन्नु नपाई!

शुष्मा रुपाबुङ(हाल-ब्रुनाई)
Source -Face book 
Note : Copyright of Above poem is reserved with Poet

नेपाल आइडल सिजन २ को अडिसन कहाँ कहाँ हुँदैछन् Nepal Idol Season 2 Auditions Open 2018 -Auditions Bhairahawa, Dhangadi, Hetauda, Dharan, Pokhara, Kathmandu

NepaliTalim | 4:09:00 PM | 0 comments
नेपाल आइडल सिजन २ को अडिसन कहाँ कहाँ हुँदैछन्
Nepal Idol Season 2 Auditions Open 2018 -Auditions Bhairahawa, Dhangadi, Hetauda, Dharan, Pokhara

प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडल

मन जित्छ उसले सुमधुर गाउँछ जस्ले भन्ने नाराका साथ फ्रिमेन्टल मेडियाको अन्तराट्रिय सिंगिङ्ग कम्पेटिसन फ्रेन्चाइज सो नेपाल आइडल सिजन २ सुरु हुन लागेको छ बिभिन्न ठाउँहरुमा अडिसनका मिति तोकिएको छ । आज हामी कुन ठाउँमा कहिले अडिसन हुँदैछ त्यसको बारेमा यो भिडियो रहनेछ।

LIKE | COMMENT | SHARE | SUBSCRIBE

Gharbatai Loksewa Tayari Video Class Episode 1- न्याय परिषदको बारेमा JUDICIAL COUNCIL of Nepal [Nyaya Parishad]

NepaliTalim | 3:48:00 PM | 0 comments
Gharbatai Loksewa Tayari 2 :
JUDICIAL COUNCIL of Nepal 
न्याय परिषदको बारेमा [Nyaya Parishad]

नेपाली तालिमको घरबाटै लोकसेवा तयारी कक्षा श्रृंखलाको आजको श्रृंखलामा हामी नेपालको संविधान अनुसार नेपालको न्याय परिषद भनेको के हो, न्याय परिषदमा को को सदस्यहरु हुन्छन् र न्याय परिषदले के के कामहरु गर्दछन् त्यसको बारेमा यो भिडियो रहनेछ । 
Nepal Nyaya Parishad 
Judicial Council of Nepal
Gharbatai Loksewa Tayari
Nepali General Knowledge
Nepali Intelligent Questions 
Nepali IQ Test 
Question and answer for PSC

In this video we discuss about Judicial Council of Nepal and what are the provision on Nepal Constitution. What will be the Judicial Council Structure, Function and Objective of Judicial Council, what are the right and responsibilities of Judicial Council etc. 
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger