Showing posts with label Gharbatai Lok Sewa Tayari Videos in Nepal. Show all posts
Showing posts with label Gharbatai Lok Sewa Tayari Videos in Nepal. Show all posts

राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु भाग २।। FAQ of Revenue ।। Gharbatai Loksewa Tayari 18

NepaliTalim | 12:55:00 PM | 0 comments
राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु भाग २।। FAQ of Revenue ।। Gharbatai Loksewa Tayari 18

राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु ।।
Frequently Asked Questions related to Revenue and Taxation in Nepal in Gharbatai Loksewa Tayari 18.

#RevenueFAQ #RevenueQNA #IRDNepal #DRINepal #LoksewaTayari
This episode is very helpful especially to those who are preparing Nepal Government Job Lok Sewa Preparation for Sakha Adhikrit.
The main sources of this question and answer is GoN Revenue Department
Official Website
https://ird.gov.np
http://dri.gov.np

LIKE | COMMENT | SHARE | SUBSCRIBE

राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु भाग १ ।। Gharbatai Loksewa Tayari 17 - FAQ of Revenue

NepaliTalim | 12:52:00 PM | 0 comments
राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु भाग १ ।। Gharbatai Loksewa Tayari 17 - FAQ of Revenue



राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु
नमस्कार साथीहरु, आजको श्रृंखलामा हामी राजस्व सम्वन्धीत विभिन्न प्रश्नोत्तरहरु लिएर आएका छौं । हामी आज राजस्व संग सम्विन्धीत विषयवष्तुमा रहेर ५० ओटा प्रस्नोत्तरहरु रहनेछन् जुन प्रश्नोत्तरहरु लोक सेवा तयारी गर्दौ गर्नुभएका साथीहरुको लागि पनि अति उपयोगी रहनेछ ।
#TaxationinNepal #NepalRevenueDepartment #RevenueQuestionsAnswer #RevenueFAQ

For More Information Please, visit
http://dri.gov.np
LIKE | COMMENT | SHARE | SUBSCRIBE

नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ? मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस

NepaliTalim | 5:36:00 PM | 0 comments

















नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ?
घरबाटै लोकसेवा तयारीको श्रृंखला १४ मा नेपाल राष्ट्र बैंक परिक्षाको लागि विशेष सहयोगी भिडियो लिएर आएको छु । आजको श्रृंखलामा हामी नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ त्यसको बारेमा जानकारी दिनेछौं । Detailed Explained of Issuing Bank Notes and Coin in Nepal
LIKE | COMMENT | SHARE | SUBSCRIBE



मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस 
मुल्य स्थिरता एवं ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैंकले तर्जुमा गरेको नीति मौद्रिक नीति हो । यसले मुद्राको परिमाण, उपलब्धता र लागतको व्यवस्थापन गर्छ । मूल्य स्थिरता, शोधनान्तर स्थिरता तथा वित्तीय क्षेत्रको स्थिरता मौद्रीक नीतिको उद्धेश्य हो ।  मौद्रीक नीतिको यहि उदेश्य प्राप्त गर्न मौद्रीक अधिकारीले प्रयोग गर्ने औजार मौद्रीक उपकरण हुन् । जुन निम्नानुसार छन् ।
क) प्रत्यक्ष उपकरण
१. निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण
२. कर्जाको सिमा निर्धारण
३. नैतिक दबाब

ख. अप्रत्यक्ष उपकरण
१. बैंक दर
२. अनिवार्य नगद मौज्दात
३ खुला बजार कारोबार

घरबाटै लोकसेवा तयारी विशेष - २०७५ जेष्ठ १६ गते बुधबार गोरखापत्रको ज्ञान सागर अंकबाट ३० समसामयिक बस्तुगत प्रश्नोत्तरहरु

NepaliTalim | 2:50:00 PM | 0 comments
२०७५ जेष्ठ १६ गते बुधबार गोरखापत्रको ज्ञान सागर अंकबाट 

१.गोरखापत्र पत्रकारिता पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
उत्तर- भैरव रिसाल
..
२. वि.सं. २०७५ जेठ १३ गते सार्वजनिक गरिएको सावैजनिक संस्थानको वार्षिक स्थिति सामीक्षा प्रतिवेदनअनुसार नाफमा रहेका संस्थान कति छन् ?
उत्तर-२६ वटा
..
३.अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणर्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ?
उत्तर-सन् २०१८ जनावरी २१ देखि
..
४. फयर एन्ड फ्युरी इन्साइड दि ट्रम्प ह्वाईट हाउस नामक पुस्तकका लेखक को हुन् ?
उत्तर-माइकल बुल्फ
..
५. नेपालमा बन्यजन्तुको डिएनए परिक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?
उत्तर-खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा
..
६. बन तथा वातावाराण मन्त्रालयले बन क्षेत्रको सदुपयोग गरि कति रोजगारि सिर्जना गर्ने योजना अघि सारेको छ ?
उत्तर-एक लाख
..
७. काभ्रेको पनौतिस्थित खोपासिमा रहेको नेपालकै तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति हो ?
उत्तर-२ दशमलब ४ मेगाबाट
..
८. अस्ट्रलियामा रहेका व्यावसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष २०१८ अष्ट्रेलियाको कतिऔं धनी बनेका छन् ?
उत्तर-८१ औं
..
९. वि.संं २०७५ मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
उत्तर-कवि तुलसी दिवस (ताम्रपत्र सहित रु १ लाख प्रदान गरिएको)
..
१०. संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले वि.सं. २०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औस्त बसाई अवधि कति रहेको छ ?
उत्तर-१२ दशमलव ६ दिन
..
११. नेपाली साहित्यका क्षेत्रमा अस्व्किृत कवि उपनामले चिनिने स्रष्टा को हुन् ?
उत्तर-डा. कविताराम श्रेष्ठ
..
१२. झण्डै दुई दशकपश्चात् राजविराज विमानस्थल कहिलेदेशि पुन सुचारु भएको हो ?
उत्तर-वि.सं.२०७५ जेष्ठ १० देखि

१३.विकेन्द्रीकरण प्रवद्र्धन पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
उत्तर-स्वशासन अध्ययन प्रतिष्ठान
..
१४. नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत को हुन् ?
उत्तर-र्यान्डी डब्लु बेरी
..
१५. निपा भाइरस पहिलोपटक कहिले र कहाँ फेला परेको हो ?
उत्तर-सन् १९९८ मा मलेसियामा
..
१६.सन् २०१८ मा सञ्चालित इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको उपाधि कसले जित्यो ?
उत्तर-चेन्नाई सुपर किङ्ग्स
..
१७. सम्पूर्ण जीवको विश्लेषण गरी हालै प्रकाशित एक प्रतिवेदनअनुसार पृथ्वीको बृहत् जीवन (जीव र वनस्पती) मा मानव जातिको हिस्साा कति रहेको छ ?
उत्तर-०.१ प्रतिशत रहेको छ (सबैभन्दा ठूलो हिस्सा ब्याक्टेरिया ले १३ प्रतिसत ओगटेको छ )
..
१८. हाल २०७५ बैशाख नेपालको निजामी सेवामा महिला कर्मचारिको हिस्सा कति छ ?
उत्तर-२३ दशमलव १७ प्रतिशत

१९. अहिलेको क्षणमा खुसि बन, किनकी यो क्षण नै तिम्रो जीवन हो भन्ने विचारक हो हुन् ?
उत्तर-उमर खैयाम
..
२०. एउटै परिवारका सदस्यले एकै समयमा सगरमाथाको सफल आरोहणको रेकर्ड राख्ने पर्वतारोहि को हुन् ?
उत्तर-फुर्वा तेञ्जिङ शेर्पा , फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडिकी शेर्पा
..
२१. अर्थमन्त्री युवराज खतिवडाद्धारा वि.सं. २०७५ जेष्ठ १३ मा संघीय संसदमा प्रस्तुत आर्थिक सर्वेक्षणअनुसार चालु आ.व. २०७४।२०७५ मा कुल गार्हस्थ उत्पादन जिडिपी मा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?
उत्तर-२७.६ प्रतिशत
..
२२. भेनेजुयलामा सन् २०१८ मे मा  सम्पन्न राष्ट्रिपतिय निर्वाचनमा विजयी हुने उमेदवारको हुन् ?
उत्तर-निकोलस माडुरो
..
२३. हाल सन् २०१८ संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ?
उत्तर-अमेरिका २२ प्रतिशत
..
२४. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कहिलेदेखी २१ घन्टा संञ्लालनमा आएको हो ?
उत्तर-वि.सं. २०७५ जेठ ७ गते

२५ सामरिक महत्वको मैलुङ–स्युफ्रुवेशी सडकखण्डको लम्बाई कति रहेको छ ?
उत्तर-१७ किलोमिटर
..
२६. सरकारले झापाको शान्तिनगरदेखि डडेलधुराको रुपाललाई जोड्ने मदनभण्डारी मार्ग निर्मण गनेए निर्णय कहिले गरेको हो ?
उत्तर-वि.सं. २०७५ जेठ ६
..
२७. सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७४ बाट कस –कसलाई सम्मानित गर्यो ?
राजनीतिक तथा सैद्धान्तिक विधामा तनहुँका लक्ष्मीभक्त उपाध्याय लम्साल, इतिहास विधामा कास्कीका जगमान उत्तर-गुरुङ  र साहित्य, संस्कृति र विज्ञान विधामा पाल्पाका विष्णु प्रभातलाई ।
..
२८ यो आत्मविश्वास राख्नु, तिमी पृथ्वीको सबैभन्दा बढी आवश्यक मनुष्य हौं । भन्ने बिचारक को हुन् ?
उत्तर-म्याक्सिम गोर्की
..
२९. वर्तमान सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आ.व. २०७५।२०७६ अनुसार कतिअवधिभित्र प्रितिव्यक्ति आय दोब्बर बनाउने योजना छ ?
उत्तर-पाँच वर्षभित्र
..
३०। राजनीति एउटा विज्ञान हो, जसको उपयोग मानिसको कल्याणको लागि हुनुपर्छ । भन्ने विचारक को हुन् ?
उत्तर-अरस्तु
..
धन्यवाद
नोट :
माथिको समसामयिक सामान्यज्ञान प्रश्नोत्तर २०७५ साल जेठ महिनाको १६ गतेको गोरखापत्रको ज्ञान सागर अंकबाट साभार गरिएको हो । साभार गर्ने नेपाली तालिम युट्युब च्यानल ।

घरबाटै लोकसेवा तयारी १६- नेपालमा क कसले के के चलन चलाएका रहेछन् त हेराैं ?

NepaliTalim | 4:51:00 PM | 0 comments

नेपालमा क कसले के के चलन चलाएका रहेछन् ?
  • इन्द्रजात्रा – गुणकामदेब
  • बालकको सालनाल काट्ने चलन –अंशुवर्मा
  • तामाको पैसा –रत्न मल्ला 
  • गौसुकी –शिवदेव तृतिय
  • गाईजात्रा –जयप्रकाश मल्ल कतै कतै प्रताप मल्ल पनि उल्लेख र्भको पाइन् । 
  • इन्द्रजात्राको दिन कुमारिको रथ घुमाउने –जयप्रकाश मल्ल
  • इन्द्रजात्रामा लिंगो गाड्ने –प्रतापसिंह शाह
  • सुनको असर्फी –रणबहादुर शाह 
  • सेतो मच्छिन्द्रनाथको रथयात्रा –प्रताप मल्ल
  • विर्ता बाँड्ने चलन–प्रधानमन्त्री वीर शमशेर जवरा 
  • मध्यान्ह बाह्रबजे तोप पड्काउने –प्रधानमन्त्री देव शमशेर जबरा 
  • कार्यालय समय १० देखि ५ बजे सम्म गर्ने –प्रधानमन्त्री देव शमशेर जवरा 
  • टोपीमा व्याच लगाउने –प्रधानमन्त्री चन्द्र शमशेर जबरा
  • शनिबारका दिन सार्वजनिक विदा दिने–प्रधानमन्त्री भीम शमशेर जबरा
  • नवदुर्गा नाच र महालक्ष्मीको नाच –सुर्वण मल्ल
  • लुमडी, भद्रकाली नाचको प्रचलन –राजा रत्न मल्ल 
  • झ्यालमा रङ्गिन ऐना राख्ने–राजा रणजीत मल्ल
  • कृष्ण जात्रा, लाखे जात्रा, कुमारीको पुजा –राजा गुणकाम देब
  • नाग र बासुकिको पुजा –राजा मानदेव
  • रातो मच्छिन्द्रनाथको रथयात्रा –राजा नरेन्द्रदेव
  • नरसिंह अवतार नृत्य–सिद्धिनरसिह मल्ल
  • बिस्केट जात्रा – राजा जगज्योति मल्ल
  • मोहर (महेन्द्र मल्ली) –महेन्द्र मल्ल
  • कागजी मुद्रा – श्री ५ त्रिभुवनको पालामा प्रधानमन्त्री जुद्ध शमशेरले
  • पशुपतिमा महास्नान गराउने–राजा अभय मल्ल
  • झ्यालमा अनेक किसिमका बुट्टा हाल्ने– राजा नरेन्द्रदेव
  • पशुपतिको पुजारीमा भट्ट ब्राम्हण राख्ने –राजा यक्ष मल्ल
  • अपराधीलाई कसुरको मात्राअनुसारको आर्थिक दण्ड– जयस्थिति मल्ल
  • चाँदतोडाको प्रचलन, बग्घी चढ्ने– जनरल भीमसेन थापा
  • अड्डा अदालतमा कोर्ट फी र लिफाफाको चलन–प्रधानमन्त्री जुद्ध शमशेर


YouTube Video

Gharbatai Loksewa Tayari 9- All Objective and Subjective Question Answer from Gorkhapatra 2075-01-05

NepaliTalim | 4:45:00 PM | 0 comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
घरबाटै लोकसेवा तयारी श्रृंखला ९ मा आजहामी यो हप्ता २०७५ बैशाख ५ गते बुधबारका दिन गोरखापत्रको ज्ञान सागर अंकमा प्रकासित भएको सबै समसामयिक सामान्यज्ञान ३० ओटा बस्तुगत प्रश्नोत्तर र ८ ओटा वस्तुगत प्रश्नोत्तरहरू लिएर आएको छौं । यो श्रृंखला नेपाल सरकारको लोकसेवा आयोगले लिने लोकसेवाको परिक्षा, बिभिन्न सरकारी संस्थानहरुको परिक्षा आदिको लागि अत्यन्त उपयोगी रहनेछन् ।
This is 9th Episode of Gharbatai Loksewa Tayari. In this episode we brought you from subjective and objective question answer from Gyansagar of Gorkhapatra published on  2075-01-05. All Objective question answers are related to current affairs and which will be really helpful to Loksewa Examination.
Loksewa Exam Preparation Online Free Class  by Nepali Talim
Subjective and Objective Question for Loksewa Exam

जम्मा ३० बस्तुगत समसामयिक प्रश्नोत्तरहरू
साथै
७ विषायगत प्रश्नहरू यसप्रकार छन्
१.नेपालको संविधानअनुसार राज्यले पर्यटनसम्वन्धी के कस्तो नीति लिने ब्यवस्था छ ?
२.नेपालको भौगोलिक अवस्थाले मुलुकको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा के कस्तो प्रभाव पारेको छ ?
३. शरिर स्वस्थ राख्न खानुपर्ने तीन खानेकुराहरु के के हुन् ?
४. जैविक विविधताले मानिसलाई पुर्याएने पाँच वटा फाईदा उल्लेख गर्नुहोस् ?
५. निजामती कर्मचारीलाई कुन अवस्थमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरि सेवाबाट हटाउन सकिने ब्यवस्था छ ?
६.कार्यपालिकाले गर्ने प्रमुख पाँचवटा कार्य उल्लेख गर्नुहोस् ।
७. भन्सार महसुलबारे संक्षेपमा उल्लेख गर्नुहोस् ।
८. निजामती कर्मचारीको तलबभत्ता के कस्तो आधारमा पुनरावलोकन गर्ने ब्यवस्था छ ?

जसमा उत्तर जान्न भिडियाे हेर्नुहाेला
Gyan Sagar from Gorkhapatra Date 18 April 2018 ( 2075-Baishak-05, Wednesday)
Gharbatai Loksewa 

Gharbatai Loksewa Tayari 8 :- नदिका किनारमा अवस्थीत सहरहरुको नामावली

NepaliTalim | 3:17:00 PM | 0 comments

LIKE | COMMENT | SHARE | SUBSCRIBE घरबाटै लोकसेवा तयारी श्रृंखला ८ नदिका किनारमा अवस्थीत सहरहरुको नामावली


Gharbatai Loksewa Tayari 7:- नेपालको संविधान बमोजिम राज्यको राजनीतिक उद्देश्य के रहेको छ ?

NepaliTalim | 3:06:00 PM | 0 comments

LIKE | COMMENT | SHARE | SUBSCRIBE
नेपालको संविधान बमोजिम राज्यको राजनीतिक उद्देश्य के रहेको छ ? उल्लेख गर्नुहोस
घरबाटै लोकसेवा तेस्रो पत्र तयारी
खरिदार परिक्षा तेस्रो पत्र तयारी
नायब सुब्बा परिक्षा तेस्रो पत्र तयारी
Source : Gorakhapatra Chaitra 2074
Listen on YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger