Home » , » घरबाटै लोकसेवा तयारी विशेष - २०७५ जेष्ठ १६ गते बुधबार गोरखापत्रको ज्ञान सागर अंकबाट ३० समसामयिक बस्तुगत प्रश्नोत्तरहरु

घरबाटै लोकसेवा तयारी विशेष - २०७५ जेष्ठ १६ गते बुधबार गोरखापत्रको ज्ञान सागर अंकबाट ३० समसामयिक बस्तुगत प्रश्नोत्तरहरु

NepaliTalim | 2:50:00 PM | 0 comments
२०७५ जेष्ठ १६ गते बुधबार गोरखापत्रको ज्ञान सागर अंकबाट 

१.गोरखापत्र पत्रकारिता पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
उत्तर- भैरव रिसाल
..
२. वि.सं. २०७५ जेठ १३ गते सार्वजनिक गरिएको सावैजनिक संस्थानको वार्षिक स्थिति सामीक्षा प्रतिवेदनअनुसार नाफमा रहेका संस्थान कति छन् ?
उत्तर-२६ वटा
..
३.अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणर्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ?
उत्तर-सन् २०१८ जनावरी २१ देखि
..
४. फयर एन्ड फ्युरी इन्साइड दि ट्रम्प ह्वाईट हाउस नामक पुस्तकका लेखक को हुन् ?
उत्तर-माइकल बुल्फ
..
५. नेपालमा बन्यजन्तुको डिएनए परिक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?
उत्तर-खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा
..
६. बन तथा वातावाराण मन्त्रालयले बन क्षेत्रको सदुपयोग गरि कति रोजगारि सिर्जना गर्ने योजना अघि सारेको छ ?
उत्तर-एक लाख
..
७. काभ्रेको पनौतिस्थित खोपासिमा रहेको नेपालकै तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति हो ?
उत्तर-२ दशमलब ४ मेगाबाट
..
८. अस्ट्रलियामा रहेका व्यावसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष २०१८ अष्ट्रेलियाको कतिऔं धनी बनेका छन् ?
उत्तर-८१ औं
..
९. वि.संं २०७५ मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
उत्तर-कवि तुलसी दिवस (ताम्रपत्र सहित रु १ लाख प्रदान गरिएको)
..
१०. संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले वि.सं. २०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औस्त बसाई अवधि कति रहेको छ ?
उत्तर-१२ दशमलव ६ दिन
..
११. नेपाली साहित्यका क्षेत्रमा अस्व्किृत कवि उपनामले चिनिने स्रष्टा को हुन् ?
उत्तर-डा. कविताराम श्रेष्ठ
..
१२. झण्डै दुई दशकपश्चात् राजविराज विमानस्थल कहिलेदेशि पुन सुचारु भएको हो ?
उत्तर-वि.सं.२०७५ जेष्ठ १० देखि

१३.विकेन्द्रीकरण प्रवद्र्धन पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
उत्तर-स्वशासन अध्ययन प्रतिष्ठान
..
१४. नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत को हुन् ?
उत्तर-र्यान्डी डब्लु बेरी
..
१५. निपा भाइरस पहिलोपटक कहिले र कहाँ फेला परेको हो ?
उत्तर-सन् १९९८ मा मलेसियामा
..
१६.सन् २०१८ मा सञ्चालित इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको उपाधि कसले जित्यो ?
उत्तर-चेन्नाई सुपर किङ्ग्स
..
१७. सम्पूर्ण जीवको विश्लेषण गरी हालै प्रकाशित एक प्रतिवेदनअनुसार पृथ्वीको बृहत् जीवन (जीव र वनस्पती) मा मानव जातिको हिस्साा कति रहेको छ ?
उत्तर-०.१ प्रतिशत रहेको छ (सबैभन्दा ठूलो हिस्सा ब्याक्टेरिया ले १३ प्रतिसत ओगटेको छ )
..
१८. हाल २०७५ बैशाख नेपालको निजामी सेवामा महिला कर्मचारिको हिस्सा कति छ ?
उत्तर-२३ दशमलव १७ प्रतिशत

१९. अहिलेको क्षणमा खुसि बन, किनकी यो क्षण नै तिम्रो जीवन हो भन्ने विचारक हो हुन् ?
उत्तर-उमर खैयाम
..
२०. एउटै परिवारका सदस्यले एकै समयमा सगरमाथाको सफल आरोहणको रेकर्ड राख्ने पर्वतारोहि को हुन् ?
उत्तर-फुर्वा तेञ्जिङ शेर्पा , फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडिकी शेर्पा
..
२१. अर्थमन्त्री युवराज खतिवडाद्धारा वि.सं. २०७५ जेष्ठ १३ मा संघीय संसदमा प्रस्तुत आर्थिक सर्वेक्षणअनुसार चालु आ.व. २०७४।२०७५ मा कुल गार्हस्थ उत्पादन जिडिपी मा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?
उत्तर-२७.६ प्रतिशत
..
२२. भेनेजुयलामा सन् २०१८ मे मा  सम्पन्न राष्ट्रिपतिय निर्वाचनमा विजयी हुने उमेदवारको हुन् ?
उत्तर-निकोलस माडुरो
..
२३. हाल सन् २०१८ संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ?
उत्तर-अमेरिका २२ प्रतिशत
..
२४. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कहिलेदेखी २१ घन्टा संञ्लालनमा आएको हो ?
उत्तर-वि.सं. २०७५ जेठ ७ गते

२५ सामरिक महत्वको मैलुङ–स्युफ्रुवेशी सडकखण्डको लम्बाई कति रहेको छ ?
उत्तर-१७ किलोमिटर
..
२६. सरकारले झापाको शान्तिनगरदेखि डडेलधुराको रुपाललाई जोड्ने मदनभण्डारी मार्ग निर्मण गनेए निर्णय कहिले गरेको हो ?
उत्तर-वि.सं. २०७५ जेठ ६
..
२७. सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७४ बाट कस –कसलाई सम्मानित गर्यो ?
राजनीतिक तथा सैद्धान्तिक विधामा तनहुँका लक्ष्मीभक्त उपाध्याय लम्साल, इतिहास विधामा कास्कीका जगमान उत्तर-गुरुङ  र साहित्य, संस्कृति र विज्ञान विधामा पाल्पाका विष्णु प्रभातलाई ।
..
२८ यो आत्मविश्वास राख्नु, तिमी पृथ्वीको सबैभन्दा बढी आवश्यक मनुष्य हौं । भन्ने बिचारक को हुन् ?
उत्तर-म्याक्सिम गोर्की
..
२९. वर्तमान सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आ.व. २०७५।२०७६ अनुसार कतिअवधिभित्र प्रितिव्यक्ति आय दोब्बर बनाउने योजना छ ?
उत्तर-पाँच वर्षभित्र
..
३०। राजनीति एउटा विज्ञान हो, जसको उपयोग मानिसको कल्याणको लागि हुनुपर्छ । भन्ने विचारक को हुन् ?
उत्तर-अरस्तु
..
धन्यवाद
नोट :
माथिको समसामयिक सामान्यज्ञान प्रश्नोत्तर २०७५ साल जेठ महिनाको १६ गतेको गोरखापत्रको ज्ञान सागर अंकबाट साभार गरिएको हो । साभार गर्ने नेपाली तालिम युट्युब च्यानल ।

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger