नेपालमा क कसले के के चलन चलाएका रहेछन् ?
- इन्द्रजात्रा – गुणकामदेब
- बालकको सालनाल काट्ने चलन –अंशुवर्मा
- तामाको पैसा –रत्न मल्ला
- गौसुकी –शिवदेव तृतिय
- गाईजात्रा –जयप्रकाश मल्ल कतै कतै प्रताप मल्ल पनि उल्लेख र्भको पाइन् ।
- इन्द्रजात्राको दिन कुमारिको रथ घुमाउने –जयप्रकाश मल्ल
- इन्द्रजात्रामा लिंगो गाड्ने –प्रतापसिंह शाह
- सुनको असर्फी –रणबहादुर शाह
- सेतो मच्छिन्द्रनाथको रथयात्रा –प्रताप मल्ल
- विर्ता बाँड्ने चलन–प्रधानमन्त्री वीर शमशेर जवरा
- मध्यान्ह बाह्रबजे तोप पड्काउने –प्रधानमन्त्री देव शमशेर जबरा
- कार्यालय समय १० देखि ५ बजे सम्म गर्ने –प्रधानमन्त्री देव शमशेर जवरा
- टोपीमा व्याच लगाउने –प्रधानमन्त्री चन्द्र शमशेर जबरा
- शनिबारका दिन सार्वजनिक विदा दिने–प्रधानमन्त्री भीम शमशेर जबरा
- नवदुर्गा नाच र महालक्ष्मीको नाच –सुर्वण मल्ल
- लुमडी, भद्रकाली नाचको प्रचलन –राजा रत्न मल्ल
- झ्यालमा रङ्गिन ऐना राख्ने–राजा रणजीत मल्ल
- कृष्ण जात्रा, लाखे जात्रा, कुमारीको पुजा –राजा गुणकाम देब
- नाग र बासुकिको पुजा –राजा मानदेव
- रातो मच्छिन्द्रनाथको रथयात्रा –राजा नरेन्द्रदेव
- नरसिंह अवतार नृत्य–सिद्धिनरसिह मल्ल
- बिस्केट जात्रा – राजा जगज्योति मल्ल
- मोहर (महेन्द्र मल्ली) –महेन्द्र मल्ल
- कागजी मुद्रा – श्री ५ त्रिभुवनको पालामा प्रधानमन्त्री जुद्ध शमशेरले
- पशुपतिमा महास्नान गराउने–राजा अभय मल्ल
- झ्यालमा अनेक किसिमका बुट्टा हाल्ने– राजा नरेन्द्रदेव
- पशुपतिको पुजारीमा भट्ट ब्राम्हण राख्ने –राजा यक्ष मल्ल
- अपराधीलाई कसुरको मात्राअनुसारको आर्थिक दण्ड– जयस्थिति मल्ल
- चाँदतोडाको प्रचलन, बग्घी चढ्ने– जनरल भीमसेन थापा
- अड्डा अदालतमा कोर्ट फी र लिफाफाको चलन–प्रधानमन्त्री जुद्ध शमशेर
YouTube Video
0 comments:
Post a Comment