Home » , » घरबाटै लोकसेवा तयारी -विषयगत प्रश्नोत्तर - व्यावसायिक लेखा प्रणाली भनेको के हो ?

घरबाटै लोकसेवा तयारी -विषयगत प्रश्नोत्तर - व्यावसायिक लेखा प्रणाली भनेको के हो ?

NepaliTalim | 4:12:00 PM | 0 comments

अभिलेख व्यावसायिक आर्थिक कारोवारको व्यवस्थित आभिलेख गर्ने तथा सो को यथार्थ प्रतिवेदन गर्ने स्रेस्तालाई व्यावसायिक लेखा प्रणली भनिन्छ । यसले सेवाभन्दा नाफा नोक्सानलाई महत्व दिन्छ । व्यावसायिक आर्थिक कारोबारमा नाफा नोक्सानको अवस्था चित्रण गर्नु यसको उदेश्य हो । यो नगदमा आधारित लेखा नभई प्रोद्भावी लेखामा आधारित छ । जसअनुसार नगद र बाँकी लेनदेन दुबै कारोबारको अभिलेख हुन्छ । यसले आर्थिक कारोबारमा मितव्ययिता, पारदर्शिता एबम् जवाफदेहितालाई जोड दिन्छ । दोहोरो लेखा प्रणालिमा आधारित यस लेखाले लेखाका सर्वमान्य सिद्धान्तको अवलम्बन गर्दछ । यो लेखा प्रचलित सरकारी कानुनको अधिनमा रही आफ्नै कानुनद्धारा सञ्चालित हुन्छ । यस लेखाको नियन्त्रण व्यावसायको सञ्चालक वा मालिकबाट हुन्छ । सबै व्यावसायिक लेखामा एकरुपता नहुन सक्छ । भाषा र फारम फरक हुन सक्छ । व्यावसायिक लेखाको अन्तिम लेखापरीक्षण मान्यता प्राप्त व्यावसायिक स्वतन्त्र ब्यक्ति वा संस्थाबाट हुन्छ । 


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger