How to Change YouTube Channel Interface or Layout in Nepali

NepaliTalim | 3:40:00 PM | 0 comments












युट्युब च्यानल बनाइसबेपछी सुरुवातमा तपाईको च्यानलमा केवल होम ट्याब मात्र हुन्छ अरु च्यानलमा झैं भिडियो, प्लेसिस्ट, डिस्कर्सन र अबाउट ट्याब देखिँदैन त्यसको लागि च्यानल लेआउटमा केही सेटिङ्ग गर्नुपर्ने हुन्छ । आजको भिडियोमा युट्युब च्यानलको लेआउट कसरी सेटिङ्ग गरि आफ्नो च्यनल ब्यवस्थीत बनाउने बारेमा सिक्नेछौं ।
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Muktak Mala मुक्तक माला -244 (2074-11-13/25-02-2018) : Download

NepaliTalim | 1:59:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-11-13/25-02-2018)
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 फाल्गुन 13 गते तदनुसार 25-February-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -243 (2074-11-28/11-02-2018) मुक्तककार निलान्जला भार्दवाज सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 1:51:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-11-28/11-02-2018)
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 माघ 28 गते तदनुसार 11-February-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

How to Setup Custom Domain (Sub-domain) to Your Blogger Blog ब्लगमा कसरी सबडोमेन राख्ने या भनौ डट कम जस्ता डोमेन कसरी ब्लगमा राख्ने

NepaliTalim | 3:20:00 PM | 0 comments












आजको श्रृंखलामा हामी आफ्नो ब्लगमा कसरी सबडोमेन राख्ने या भनौ डट कम जस्ता डोमेन कसरी ब्लगमा राख्ने सिक्नेछौं । यस भिडियोमा उदाहरणको रुपमा हामीले निशुल्क उपलब्ध भएको डट टिके डोमेनलाई सब डोमेनको रुपमा कसरी ब्लगमा राख्न सकिन्छ र के के प्रकृयाहरु पुरा गर्नु पर्छ सबै देखाउनेछौं  साथै फ्रिनम निशुल्क डोमेनमा कसरी आफुलाई चाहिने डोमेन रजिष्टर गर्ने त्यो पनि सिक्नेछौं । 
Nepali Talim,Nepali Training,Nepali Technical Videos,How to Setup Custom Domain to Blogger Blog,Add Freenom Subdomain Custom Domain for Blogger in Nepali,Add Free Domains to Blogger Blog in Nepali,How to Add dot tk free domaini to blogger in Nepali,How to Create Free Domains on Freenom in Nepali,How to Register Dot TK Free Domain in Nepali,USe Free TK Domain to Blogger in Nepali,How to Setup dot tk free domain to your blog in Nepali,Setup Dot TK Domain on Blog
LIKE | COMMENT | SHARE | SUBSCRIBE

मेरा ६ ओटा प्रेम दिवस विशेष गजलहरु - राम शरण श्रेष्ठ

NepaliTalim | 2:14:00 PM | 3comments
प्रेम दिवश विशेष गजल एक (१)
नजिक सर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
मन पर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

जति मयाँ गर्छौ तिमी त्यो भन्दा बढी तिमीलाई
मायाँ गर्ने कोहि भए प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

साथी मध्ये त्यस्तो मिल्ने तिमी प्रति अति पागल
चैन हर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

नबोलेरै कति कति आँखा आँखा बाट मुटु
मायाँ भर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

पवित्र प्रेम साइनो कहिल्यै नछुदिने बाचा गर्दै
ज्यूने मर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

शुःख दुःख सँगै काट्न आँधि भेल जिन्दगीको
जँघार तर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

सन्बन्धको नयाँ सुरुवात रातो गुलाफ बाट गर्दै
खुसि छर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
मेरो गजल नं. १५६
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
३ फेबु्रअरी २०१२
गत वर्षको प्रेम दिवस विशेष  मेरा गजलहरुबाट


प्रेम दिवश विशेष गजल दुई (२)
यसैपाली आँट्नुपर्ला जे जे होला होला ।।
प्रेम प्रस्ताव राख्नुपर्ला जे जे होला होला ।।

सुरुवात त गर्नै पर्छ जस्ले गरे पनि
आफै कुरा थाल्नु पर्ला जे जे होला होला ।।

प्रेम दिवस मौका पारि मनको कुरा खोल्छु
माने सँगै बाँच्नुपर्ला जे जे होला होला ।।

जिन्दगीको नयाँ यात्रा, थाल्न सहयात्री
उस्को साथ माग्नु पर्ला जे जे होला होला ।।
मेरो गजल नं.२८७
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
७ फेब्रुअरी २०१२
गत वर्षको प्रेम दिवस विशेष  मेरा गजलहरुबाट


प्रेम दिवश विशेष गजल तिन (३)
कतिको प्रेम चल्यो होला प्रेम दिवसमा ।।
कतिको दिल जल्यो होला प्रेम दिवसमा ।।

अस्विकृत भए होलान् कति प्रेम प्रस्तावहरु
कलिलैमा कति सपना ढल्यो होला प्रेम दिवसमा ।।

कोहि अन्र्तमुखी कोहि बर्हिमुखि हुँदा यहाँ
भाग्यले कतिलाई छल्यो होला प्रेम दिवसमा ।।

कोहि भने वषौंदेखि प्रतिक्षामा बस्दै होलान
पर्खाइमा कति मन गल्यो होला प्रेम दिवसमा ।।

मिल्यो होला कतिलाई ज्यूने मर्ने साहारानी
कति नयाँ प्रेम ज्योति बल्यो होला प्रेम दिवसमा ।।

सिलसिला यस्तै यस्तै चल्दै होला वषौं देखि
कतै झर्यो कतै फूल्यो फल्यो होला प्रेम दिवसमा ।।
मेरो गजल नं. १६२.
राम शरण श्र्ेष्ठ
चिसापानी ६, रामेछाप
१६ फेब्रुअरि २०११
गत वर्षको प्रेमदिवस विशेष गजलबाट


प्रेम दिवश विशेष गजल चार (४)
प्रेम दिवसमा प्रेमै प्रेम जोडिएला मन कतै ।।
चकनाचुर कति सपना तोडिएला मन कतै ।।

पाउलान कतिले नयाँ साथी नयाँ जिवन
टुक्रिएला कतै मुटु, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा मल जल गर्नुपर्छ
झुक्किएर जरै सित, गोडिएला मन कतै ।।

कति होला प्रणयमा, रम्दै आनान्दमा मस्त
कतै आँसु धरधरी फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलाफ सँगै विशेष उपहार
लिँदै दिँदै मन साट्दा छोडिएला मन कतै ।।

नहोस् विछोड कसैको,गाह्रो बाँच्न एक्लै एक्लै
होसगर्नु मन दुख्ला चुँडिएला मन कतै ।।
मेरो गजल नं. १६१.
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
१३ फेब्रुअरी २०१२
गत वर्षको प्रेम दिवश गजलबाट

प्रेम दिवश विशेष गजल पाँच (५)
तिम्लाई लिन तिम्रै घर, आउलानी प्रेम दिवसमा ।।
तिमी र म कतै घुम्न, जाउँलानी प्रेम दिवसमा ।।

हाम्रो मायाँ देखि कति, जल्छन् जल्ने जल्दै गरुन
खुलेआम हामी मायाँ लाउँलानी प्रेम दिवसमा ।।

तिमी अनि म मात्र, कोहि हुन्नन् त्यहाँ अरु
एकअर्काको धड्कन समिप, पाउँलानि प्रेम दिवसमा ।।

तिम्रो साथ पाएदेखि जिन्दगीनै स्वर्ग भाछ
डुब्न देउ आँखाभरी बसाउँलानी प्रेम दिवसमा ।।

दुई प्राण एकै भयो एकै धड्कन दुइमुटुको
नछुटिने प्रेमको गीत गाउँलानी प्रेम दिवसमा ।।

तिमी हुँदा समिप मेरो थाहै हुन्न दिन ढलेको
दुबै हाँसी दिनभर रमाउँलानी प्रेम दिवसमा ।।

प्रणयमा तिमी र म मायाँ गर्दै मायाँ साट्दै
एकै हुने बाचा कसम खाउँलानी प्रेम दिवसमा ।।

आआफ्ना मनका कुरा सबै पोख्दै एकअर्कामा
मायाँ मुटु मन भरी छाउँलानी प्रेम दिवसमा ।।

यादगार बनाउँ मिलन भेट हामी दुइ प्रेमिको
प्रणयमा एक उत्सब मनाउँलानी प्रेम दिवसमा ।।
मेरो गजल नंं १६०.
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
१२ फेबु्रअरी २०१२

प्रेम दिवश विशेष गजल छ (६)

मन पर्नेलाई प्रस्ताव राख्दैछु ।।
मायाँ गर्नेलाई प्रस्ताव राख्दैछु ।।

प्रेम दिवसमा, रातो गुलाब दिई
मुटुमा सर्नेलाई प्रस्ताव राख्दैछु ।।

सुटुक्क चोरेर मन पागल बनाई
चैन हर्नेलाई प्रस्ताव राख्दैछु ।।

मेरो शुःख दुःखमा सहारा बनेर
खुसि छर्नेलाई प्रस्ताव राख्दैछु ।।

सर्बस्व ठानेर मलाई सधै साथ
ज्यूने मर्नेलाई प्रस्ताव राख्दैछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजल-अरे दौलत चाँहिदैन मलाइ धन चाहिदैन (प्रकाश मगर बियोगी)

NepaliTalim | 12:35:00 PM | 0 comments
अरे दौलत चाँहिदैन मलाइ धन चाहिदैन
पग्लिएर जिउँछु  पत्थर जीवन चाहिदैन

तिम्रो प्यास बुझाउँछु मदिराको आडमा
बिन्ती प्याला भरी दिनु सितन चाहिदैन

सागरमा थन्काउनु!छ उतै आवस्यकता
एक मुठी दिए पुग्छ अरु पवन चाहिदैन

टुटाउन जाबो पर्खाल किन आनाकानी
मेरो हात हथौड़ा छ लोहा घन चाहिदैन

हुनेगर्छ सुख-दुख मान्छे भइ जन्मे पछि
बियोगमा हौंला तर बियोगीपन चाहिदैन
_______________
प्रकाश मगर बियोगी
सौडियार १ दाङ
हाल भारत

ब्लगको Template कसरी Change परिवर्तन गर्ने र निशुल्क ब्लगको Templates कसरी डाउनलोड गर्ने ।। How to Download Free Blogger Templates 2018 and Install to your Blog

NepaliTalim | 11:01:00 AM | 0 comments

यस श्रृंखलामा हामी आफ्नो ब्लग लाई कसरी राम्रो भन्दा राम्रो देखाउनको लागि ब्लगमा नयाँ सुन्दर टेम्पेट परिवर्तन गर्ने भन्ने सिक्नेछौं । हामी गुगल बाट कसरी निशुल्क रुपमा राम्रो र गुणस्तरिय ब्लगको आवरण डाउनलोड गर्ने र आफ्नो ब्लगमा राख्ने भन्ने यस भिडियोबाट जानकारी पाउनुहुनेछ ।

How to Download and Install Free Responsive Blogger Templates 2018 and How to Change Blog Templates to give professional look to your blog ।। Backup and Restore of Your Blogger Theme or Template Tutorial in Nepali ।। Free Blog Design with New Professional SEO Friendly and Responsive Blogger Theme or Template Complete Tutorial in Nepali,

Through this video we learn how to search free best responsive blogger templates on google or any websites and download it and load to your blog for professional look. Initially, when you register blog there are few default templates available to choose which are good but simple design only but you don't worry we can get a lots of free templates that is easy to download and load on our blog. It should be responsive and SEO Friendly which helps you to get approval for google AdSense more easily. On this video we learn step by step how to download free responsive blogger templates and change the blogger template to your blog which you downloaded. Simple, We learn how to change template of blog.
LIKE | COMMENT | SHARE | SUBSCRIBE





Muktak Mala मुक्तक माला -242 (2074-10-21/04-02-2018) : Download

NepaliTalim | 8:05:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-10-21/04-02-2018)
Facebook Page 

नमस्कार साथीहरु, आज मिति 2074 माघ 21 गते तदनुसार 04-February-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -241 (2074-10-14/28-01-2018) मुक्तककार साबित्रा लुइँटेल घिमिरे" संगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 8:04:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-10-14/28-01-2018) 
Facebook Page 


मुक्तककार साबित्रा लुइँटेल घिमिरे" संगको अन्तर्वाता विशेष

नमस्कार साथीहरु, आज मिति 2074 माघ 14 गते तदनुसार 28-February-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

How to Get Secure Connection to Your Blog ।। Enable HTTPS Version - Blogger Tutorial in Nepali आफ्नो ब्लगको कनेन्शनलाई कसरी सुरक्षीत बनाउने

NepaliTalim | 5:11:00 PM | 0 comments
आफ्नो ब्लगको कनेन्शनलाई कसरी सुरक्षीत बनाउने 
Through this video we learn how learn how to protect your blog with HTTPS Secure connection. Blogger has a option of HTTPS -Hyper Text Transfer Protocol Secure -Version that to be enabled when you create your blog which helps the connection to your blog secure or encrypted form. So, Your visitors trust you to visit your blog. Initially, any blog you create are setuped in HTTP connection, Once you Enable the HTTPS Redirect Your connect will be secured form attackers and hackers. So, HTTPS is better then HTTP.


आजको श्रृंखलामा हामी आफ्नो ब्लग लाई कसरी सुरक्षीत बनाउन सकिन्छ जसले गर्दा आफ्नो ब्लगमा भिजिट गर्ने भिजिटरहरुको विश्वास जिन्त सकियोस र सबै निधक्क हाम्रो ब्लग चलाउन सकुन जहाँ आएका भिजिटरहरुले आफ्नो गोपनियता भंग हुन्छकि भनेर चिन्ता लिनु नपरोस त्यसको लागि आफ्नो ब्लगमा हामी एचटिटिपिएस लाई सुचारु गर्नु पर्ने हुन्छ कसरी गछौं त्यहि आज हामी सिक्नेछौं ।

LIKE | COMMENT | SHARE | SUBSCRIBE

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger