ब्लग र वेबसाईटमा अडियो कसरी राख्ने How to Upload , Embed or Add MP3 Audio in Website or Blog

NepaliTalim | 2:45:00 PM | 0 comments













आजको श्रृंखलामा हामी ब्लगमा कसरी अडियो फाईल अडियो प्लेयर राख्छौं त्यसको बारेमा सिक्नेछौं ।
This episode we learn how to e
Library for Audio Upload
https://archive.org/
Training Video


Thanks

How to Get Free Payoneer Master Card in Nepal-Complete Tutorial in Nepali नेपालमा कसरी Payoneer मास्टर कार्ड निशुल्क प्राप्त गर्ने

NepaliTalim | 9:39:00 PM | 0 comments

How to Get Payoneer MasterCard in Nepal-Complete Tutorial in Nepali




Payoneer MasterCard is MasterCard of Payoneer Account Holder that provides online transfer and digital payment services, send and receive fund into their bank account  from anywhere in the world
You will be awarded by bonus 25$ once you reach total life time transaction of $100.
Signup  

नेपालमा कसरी पेयोनियर मास्टर कार्ड निशुल्क प्राप्त गर्ने । यो भिडियोमा हामिले खाता खोल्ने देखि कार्ड कसरी लिने साथै कसरी अ्याक्टिभेट गर्ने सबै डेमो देखाएका छौं । धन्यवाद । 
Find your postal code in Nepal
http://www.nepalpost.gov.np/

Training Video 

कथाकार प्रताप ओलीको कथा -आकाशे पुलवाली (Story Aakase Pul by Pratap Oli) - 07-09-2017

NepaliTalim | 3:23:00 PM | 0 comments
Story by Pratap Oli_Chisapani Nepal
Pratap Oli
कथा -आकाशे पुलवाली

अचम्म लागिरहेको छ मलाई जुन कुराहरु मैले सुनेको मात्र थिएँ ,त्यो कुरा आफैले देखे र भोगे पनि ! कता ढल्कदै छ हाम्रो संस्कार ? कता मोडिदै छौ हामी नेपाली ? कता हराउँदैछन्,ती चाड पर्व एकादशी,पुर्णीमा र श्रावण महिनाभरी ब्रत बस्ने हाम्रा नेपाली दिदी बहीनीहरु ? खुलेयाम जवानीको मोल मोलाई हुन्छ यहाँ ,खुलेयाम बार्गेनिङग गर्ने गरिन्छ यहाँ महिलाको अस्मिताको ! 

खुलेयाम प्रस्ताव राखिन्छ यहाँ यौन तृष्णाको ! के सबैभन्दा ठुलो कुरा पैसा नै हो त ? कतिसम्म सामान्य बन्दै छ त यो जवानीको खेल ? म काठमाडौंको किर्तीपुर पांगा भन्ने ठाउँमा बस्छु । भर्खरको कुरा हो यो ! मेरो एक जना साथी बझाङबाट काठमाडौंका लागि आउन लाग्नु भएको थियो । हुन त दिउँसो १२ बजे नै आईपुग्ने समय हो कारण हाम्रो देशको बाटोको हालत र चक्काजाम तपाईलाई थाहा नै छ । म कोठामा थिएँ फोन आयो साथी म थानकोट आईपुगे तपाई बसपार्क आउनुस् मलाई लिन । म पनि हुन्छ भन्दै ढोका बन्द गरेर कोठाबाट बाहिर निस्कें ।

काठमाडौंमा मैले अस्ति भन्दा आजभोली बेलुकी पख जाडो बढेको अनुभव गरेँ मैले ,चिसो मौसम बसपार्कमा आकासे पुल नजिक पुगेर साथीलाई फोन गरे ,स्वयम्भुमा बस सामान झार्न लागेको छ रे अझै आधा घण्टा लाग्छ भन्नुभयो साथीले । म गोङ्गबुको आकासे पुल पुग्ने वेलामा कम्तिमा १५ जनाले मलाई क्रमशः दाई होटेल हो भनेर सोधे ? दाई केटी लाने भए पनि मिलाईदिन्छौं । पुलिसको पनि डर हुँदैन ,चिन्तै मान्नु पर्दैन हामी सब मिलाउँछौं भन्थे तर म हैन भन्दै तर्किरहे । अव आधा घण्टा के गर्ने ? म आकासे पुल चढ्न थाले । आकासे पुलको भर्याङ चढ्दै थिएँ ,त्यहाँ साईडमा तन्नेरीहरु जिस्कँदै थिए । मलाई पनि जाने हो भनी सोध्दै थिए ,म वास्तै नगरी भर्याङ चढिरहेँ । त्यत्तिकैमा माथि आकासे पुलको बिच भागतिर पुगेँ ।

चारैतिर हेरेँ उपत्यकामा लोडसेडिङ मुक्त भएपछि चारैतिर उज्यालो झिलीमिली देखिन्थ्यो । लोडसेडिङ नभए त उपत्यकामा बाह्रैमास दिपावली हुँदोरहेछ मैले मनमनै सोचिरहेँ । सडकतिर हेरेँ दिनभरी बाटो काट्न समेत फुर्सद नहुने यो सडक अहिले त अलि खाली खाली देखिन्थ्यो । मैले सोचे सायद राती पनि यस्तै यस्तै कारणका लागी परेको होला ,२४ सै घण्टा अस्तव्यस्त भईरह्यो र त्यति नै प्याक भइरह्यो भने अहिले त यस्तो छ ,यो सडकको हालत के हुन्थ्यो होला ? सायद यो सडकलाई पनि विश्राम चाहिने भएको हुनाले रात परेको होला । झिलीमिली बत्ती आफ्नै तालमा बलिरहेको थियो ,सबै आ-आफ्नो सुर तालमा थिए ,जसलाई अर्काको मतलब थिएन । कुर्दाकुर्दै रातीको नौ बजिसकेको थियो ।

म सोच्दै थिएँ ,अचम्म छन्, यी दृश्यहरु आ–आफ्नै तालका ! त्यत्तिकैमा कोही मेरो नजिकै आएजस्तो लाग्यो ,पुलुक्कै हेरे ,त्यस्तै २४,२५ वर्षकी देखिन्थी तर म त भर्खर २२ पुगेको थिएँ । उनले मलाई तरपनि दाई भन्दै सम्बोधन गरि बोलाईन । उनको अनुुहारमा पुलक्क हेरें,उनुहारमा कहीँ कतै यौवनको प्यास देखिएको थिएन । तर मैले बुझिसकेको थिएँ ,उनी मलाई यौन प्रस्ताव राख्न आएकी थिईन ,मलाई थाहा थियो । उनले सिधै भन्न सकिनन्, सायद यो लाईनमा उनी नयाँ जस्तो लाग्यो । के हेरिरहनु भएको उनले सोधिन ? अनि मैले जवाफ दिएँ केही पनि होईन । अनि माथिबाट हेरिरहनुभएको छ त तलतिर उनले भनिन् । मैले हँ हँ यतिमात्र भने त्यसपछि उनले मलाई मुखै फोरेर भनिन् मसँग जाने हो ? अनि मैले अलि नबुझे जस्तो गरेर जवाफ दिएँ ,कहाँ जाने ? उनले उत्तर दिईन होटेलमा ! मैले सोधे कुन होटेलमा जाने र ? उनले भनिन् ,मलाई के थाहा त केटा मान्छेले पो लाने हो त ?

त्यति भन्दा मलाई उनीसँग थप कुरा गर्न मन लाग्यो । अनि मैले सोधे , कति पैसा लिने ? उनले भनिन्,दुई हजार रुपैँया रातभरीको । अनि मैले भने मैले पाँच सय सुन्या छु नि त ? उनले भनिन् ,त्यो त बुढि मान्छेले लिने हो म त तरुनी छु त ? ए होर,मैले जवाफ दिएँ । अनि थप कुरा गर्न मन लाग्यो उनीसित अनि मैले सोधे घर कहाँ हो हजुरको ? उनले जवाफ दिईन ,किन चाहियो ? मैले फेरी सोधे भन्नु न भन्नु चिन जान गर्दा के बिग्रन्छ र ? उनले सिन्धुपाल्चोक भनिन् , अनि मैले सोधे ,यहाँ कहाँ बस्नुहुन्छ ? बसुन्धारा उनले भनिन् । अनि मैले सोधे ,यहाँ कतिखेर आउनु भएको ? उनी झर्केझै गरी बोलीन ,ह्या के बोलिरा होला ? जाने भए जान्छु भन्नु नत्र जान्न भन्दे भैगोनी भन्दै उतापट्टि फर्किन । मैले उनलाई फकाउँदै भनेँ ,हेर्नुस्,चिनजान गर्दैमा कस्को के जान्छ र ?

आखिर फालेको टपरी त काम लाग्छ भन्छन् ,हामी पानी भोली कुनै दिन काम आउँला नी ! अहिले चिनजान गर्यो भने तपाईको मेरो सम्बन्ध यो आकासे पुलदेखि होटलसम्मको मात्रै त होईन नी । त्यति भनेसी उनले जवाफ दिईन ,अरु के छ बाँकी सोध्न ,सोध्नु न त ? यहाँ कतिखेर आउनु भएको म पहिलो मान्छे हो र मैले सोधेँ । उनले अलि झर्किलो र उत्ताउलो पारामा जवाफ दिईन , एक पटक त गएर आईसके ,फेरी उनको अनुहारमा हेरे यौवनको प्यास कहिँ कति देखिनँ थियो त केवल डर मात्रै ।

फेरी मैले सोधेँ ,हजुरलाई डर लागीरहेको छ हो मसँग बोल्दा ? उनले हाँस्दै जवाफ दिईन ,यस्तो लुतेसँग के को डर ? हुन न त म अलि पातलो भएर पनि होला अनि के त मैले सोधे ? ह्या तपाई पत्रकार हो कि क्या हो ?कति साधेको ? अहिले पुलिसले दुईचार लट्ठीले हान्छ ,अनि थाहा हुन्छ । उनी मसँग बोल्न अलि भm्याउ मानेझै गरी बोल्दै थिईन । तरपनि उनीसँग बोल्न म एकदम उत्सुक थिएँ ,थप प्रश्न माथि प्रश्न तेस्र्याईरहेको थिएँ ,त्यत्तिकैमा आकासे पुलमा केटा मान्छेहरु उनलाई नजर लगाउँदै थिए ,उनलाई इशारा गर्दै थिए,उनलाई बोलाउँदै थिए ,आफुसँग जान भनी तर उनी गईनन् । उनी म भएकै ठाउँमा उभिराखिन्,मैले भने यो काम गर्न अफ्ठ्यारो लाग्दैन ? उनले भनिन्,मेरो जिन्दगीको बारेमा कहानी लामो छ भाई ,कुनै अर्को दिन सुनाउँला ।

मैले सोधे ,अनि बिहे भयो कि नाइँ ? उनले हाँस्दै जवाफ दिईन ,मेरो छोरा त तपाई जत्रै भयो । अहिले १२ वर्षको भयो । अनि छोरी ८ वर्षको । मैले होर भनेँ । उनले लजाउँदै सानो छँदा बिहे भएको भनिन् । अनि मैले भनेँ, बुढा खोई तपाईको,उनले भनिन् किन चाईयो ? हाम्रो डिभोर्स भाको अहिले दुबई छ भन्ने सुन्दैछु ,अर्को बिहे गरेको छ रे ,दुईटा छोराछोरी छ रे भनिन् । फेरी प्रश्न गरे मैले ,किन गर्नु भएको त डिभोर्स ? उनले अलि रिसाँदै भनिन् ,मुर्दा जहिले पनि रक्सि खान्थ्यो ,जहिले पनि बाहिर,बाहिर हिँड्थ्यो ,बाहिर केटीसँग लाग्छ भन्ने सुनेको थेँ । मसँग कहिल्यै राम्रो व्यवहार देखाएन । जहिले झगडा जहिले झगडा अनि यत्तिकैमा डिभोर्स भयो । उनले उत्तर दिईन । उनी भावुक बन्दै गईन ,उनले भनीन् ,छुट्दाखेरी छोराछोरी दिन मानेन ,अनि गाउँमा बसेसी रुन मात्रै मन लाग्यो ।

माईतमा मात्रै कति बस्न ु? आफुले नौ महिना कोखमा राखेर जन्माएको सन्तान आफैसित नभएसी के गरी बस्नु भनेर गाउँकै दिदीसँग काठमाडौं आएँ । काठमाडौंमा म जस्तो दुःखीलाई अनि नपढेको मान्छेलाई कस्ले राम्रो जागिर दिन्छ र ? दिदी पनि यस्तै काम गर्नु हुँदो रहेछ म पनि यस्तै परेँ । कहिलेकाँही आफ्नो गाउँतिरको मान्छे देख्दा छाँगाबाट खसेझै हुन्छू ,यस्तै छ जिन्दगी ! धेरै पैसा कमाएर त्यसको अगाडी एउटा पक्की घर बनाउने सपना छ । अनि छोराछोरीलाई त्यहीँ राख्छु,राम्रोसँग पढाउने छु । त्यसले अहिले अर्को बिहे गरेपछि मेरो छोराछोरीको बिजोग भएको छ । धेरै कमाउने मेरो सपना हो भन्दै आँशु झारिन । म पनि निकै भावुक बनेँ । मैले भने किन रोको नरुनुस् ।

उनीसँग यस्तै यस्तै कुरा गर्दै थिएँ ,मनमा कता कता नरमाईलो लागिरहेको थियो । मुनितिर रोडमा मेरो साथी जस्तै मान्छे देखेँ मैले । झोला बोकेर लुखुर लुखुर हिँडिरहेको । यसो झट्ट फोन हेरेँ ११ पटक मिस्डकल आएको रहेछ साथी कै । प्रायः म कोठामा बस्दा फोन साईलेन्ट मोडमा हुन्छ । त्यही भएर यी आकाशे पुलवालीसँग कुरा गर्दा गर्दै समय गएको पत्तो भएन । हामी त्यहाँबाट कोठामा गयौं । साथी त लामो यात्रा गरेर आएकाले छिटै सुतिसक्नुभयो तर मलाई त्यही आकासे पुलवाली र उनका कुराले झलझली दिलाइरह्यो । मैले सोचे कति प्रतिसोचको भावना मान्छेमा अचेल । हरेक मान्छे गलत काम गर्न ईच्छुक नभएर विवश हुँदो रहेछ र पैसाको लागी जे पनि गर्न तयार हुँदो रहेछ । पैसा भनेको अचेल मान ,मर्यादा,ईमान,ईज्जत सब रहेछ । अव हरेक नाता के पैसाकै स्वार्थमा जोडिएलान् त ?

कथाकार, 
प्रताप ओली 
 जन्मस्थान बझाङ
जन्ममिति २०५०/१२/३०
 सम्पर्क मोवाईलः ९८४८६३५०९४
ईमेलः pratapoli909@gmail.com

Note :
Copyright of above story reserved with Writer.

Thanks

Muktak Mala मुक्तक माला -222 (03-09-2017/2074-05-18) : Download

NepaliTalim | 12:08:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(03-09-2017/2074-05-18) 
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 भाद्र 18 गते तदनुसार 03-09-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -221 (27-08-2017/2074-05-11) : Download

NepaliTalim | 3:02:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(27-08-2017/2074-05-11)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 भाद्र 11 गते तदनुसार 27-08-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

भइरहेको भाइचारा फुटाउने काम बन्द गर्नुस् (नेपाली गजल बिशेष) -गजलकार तथा कवि -बाबु त्रिपाठी

NepaliTalim | 9:47:00 AM | 0 comments
Nepali Ghazal Bahas-Babu Tripathi
Babu Tripathi
भइरहेको भाइचारा फुटाउने काम बन्द गर्नुस्
============================

नेपाली गजलमा हामीले ज्ञानुवाकर पौडेललाई स्वीकार गर्यौँ । मनु ब्राजाकी लाई स्वीकार गर्यौँ ।
ललिजन रावललाई स्वीकार गर्यौँ । डा.कृष्णहरि बराललाई स्वीकार गर्यौँ । बूँद रानालाई स्वीकार गर्यौँ । डा.घनश्याम न्यौपानेलाई स्वीकार गर्यौँ । डा.सनत वस्तीलाई स्वीकार गर्यौँ । रवि प्राञ्जललाई स्वीकार गर्यौँ । करुण थापालाई स्वीकार गर्यौँ । यावत तरिकाले हाम्रो स्वीकार गर्ने सिलसिला क्रमश जारी छ । यो जारी नै रहन्छ ।

गजल बिउँझिएको छ । बिगतका वर्षहरुमा भन्दा अहिले आएर देश देशान्तर गजलका कार्यक्रमहरु अझै बढी हुन थालेका छन् । यो बेलासम्म गजल आइपुग्दा तपाइँहरु छन्द र बहरमा लेख्ने (सबैलाई भनेको होइन) कुन दुलोमा हुनुहुन्थ्यो । अहिले गैर बहरमा लेखिएको गजलको व्यापकता कतिसम्म छ त्यो फेसबुकमा बसेर तपाइँहरुले पत्ता लगाउन सक्नु हुन्न । पत्ता लगाउन मैदानमा उत्रिन सक्नुपर्छ । यसको व्यापकता कति छ त्यसको अनुमान गर्न मैदानमा आउने हिम्मत पनि तपाईँहरुमा छैन । तपाइँहरुको हिम्मत भनेको सामाजिक सञ्जालमा बहुलाउनु मात्र हो । हिम्मत छ भने बहर र छन्दमा लेखिएका गजल लिएर तपाइँ मैदानमा आउनुस् । श्रोताले छिनोफानो गरिदिन्छन् । गजलको चिन्ता तपाइँहरुलाई मात्र हैन हामीलाई पनि छ । तमाम गजल लेख्नेहरुलाई छ । कमसेकम ती गजल लेख्नेहरुको मन सम्म पुग्न म आग्रह गर्दछु ।

तपाईँ सक्नुहुन्छ गजल लेख्नुस् र श्रोताको माझमा जानुस् । श्रोताहरूको स्वीकारोक्ती नै हाम्रो स्वीकारोक्ति हुनेछ । श्रोताहरूले गैर बहरमा लेखिएका गजलहरु गजल हैनन् भन्छन् भने हामी त्यस्तो गजल लेख्न बन्द गरिदिन्छौँ । सक्नुहुन्न भने गैर बहरमा लेखिएका गजललाई लिएर सामाजिक सञ्जालमा कुण्ठा पोख्ने काम बन्द गर्नुस् । यसको व्यापकता देखिर आत्तिने काम बन्द गर्नुस् । तनाब नलिनुस् रोग लाग्ला । गजलको हुर्मत लिने काम बन्द गर्नुस् । कुण्ठीत हुने काम बन्द गर्नुस् । मन हाम्रो पनि छ । हाम्रो मन दुखाउने चेष्टा कृपया नगर्नुहोला ।

गजलका बारेमा छलफल हुन जरुरी छ । बहस पनि जरुरी छ । मात्र सिद्धान्तका कुरा लिएर अरुको भावनामा ठेस पुर्याउने अधिकार कसैलाई छैन । हामीले सिद्धान्त मान्दैनौँ कहिल्यै भनेका छैनौँ । हामी पनि गजललाई कसरी मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा चिन्तित छौँ । हामी कानमा तेल हालेर बसेका छैनौँ । हामी नबोलेका मात्र हौँ । हामी लाटो होइनौँ ।

छन्दमा गजल लेख्नु हुनेहरूलाई हामीले हृदयदेखि स्वागत गरिरहेका छौँ । बहरमा लेखिरहनु भएकाहरुलाई पनि हामीले हृदयदेखि स्वागत गरिरहेका छौँ । हामीले कहिल्यै पनि छन्द र बहरमा लेखिएका गजलहरु गजल हैनन् भनेका छैनौँ । भन्ने पनि छैनौँ ।

गजल लेख्ने र सिक्नेक्रम हाम्रो जारी छ । जारी रहन्छ । यो सिलसिलामा छन्दमा गजल लेख्नु हुने, बहरमा गजल लेख्नु हुने र गैर बहरमा गजल लेख्नु हुने सबैले सबैलाई आत्मीय र सहृदयी तरिकाले गजलको विकास र उन्नतीलाई यहाँ सम्म ल्याइपुर्याएको सुखद् घटना हामी सामु छ ।

अहिले आएर यो सामाजिक सञ्जालमा गजलका केही उपबुज्रकहरू (सबैलाई भन्न खोजेको होइन, जो हिजो अस्तीमात्र यो सामाजिक सञ्जालमा देखा परेका छन्, कोही अलि अगाडि हामी पनि अग्रज हौँ भनी उदाएका छन्, कसैको उदाउने र अस्ताउने काम भइरहेको छ) गजल छन्दमा र बहरमामात्र हुनपर्छ भनेर रोइलो गरेको दुखद् घटना पनि देख्न परेको छ ।

स्वीकार गर्ने सिलसिलामा गैर बहरमा गजल लेख्नेहरुले बहर र छन्दमा लेखिएका गजलकारहरुको गजललाई अस्वीकार गर्ने सिलसिला अगाडि बढ्यो वा बढायौँ भने नेपाली गजलको अवस्था कस्तो होला ।

स्मरण रहोस् (जो सामाजिक सञ्जालमा रोइलो गरिररहेछन् उनीहरुलाईमात्र भनिएको हो) कुखुरालाई अन्डा यसरी पार्न पर्छ भनेर सिकाउने चेष्टा नगरेकै राम्रो । हामी नबोलेका मात्र हौँ । हामी लाटो होइनौँ ।

यो सामाजिक सञ्जालमा गैर बहरका गजललाई लिएर बहर र छन्दमा गजल लेख्नु हुने तपाइँहरु (सबैलाई भन्न खोजेको होइन,) ले फेरि पनि हाम्रा गजलमाथि अपमानका शब्दहरू खर्चिनु भयो भने हामी के गर्न सक्छौँ त्यसको हेक्का तपाइँहरूलाई छ ।

धन्यवाद ।
Note :
Copyright of Above Article Reserved with Writer 

गजलमा लय किन आवश्यक ? - बिपुल सिजापती

NepaliTalim | 8:35:00 PM | 0 comments
Nepali Ghazal, Nepali Gazal Analysis, Nepali Gazal Laya ra Bahar
Bipul Sijapati 
मिति : २०७४ भाद्र ८,बिहिबार (24-Aug-2017)
लेखक -बिपुल सिजापती 

गजलमा लय किन आवश्यक ?
गजलका बारेमा धेरै बहस गरियो तर ती कुनै पनि उत्पादक भने भएनन् । लयलाई लिएर धेरै वर्ष अगाडिदेखि गजलमा विवाद हुँदै आएको छ र अहिले पनि यो विवाद कायमै छ । विवाद हुनु पर्छ र त्यसबाट निस्किएको सत्यलाई सम्मान गर्ने हिम्मत पनि हुनै पर्छ । नत्र बेफ्वाँकको बहस गरेर बस्नुको कुनै तुक छैन ।

साहित्यमा लागि पर्नेले, लेख्छु भन्नेले साहित्यका विभिन्न पक्षहरूको थोरबहुत अध्ययन गर्नै पर्छ ज्ञान राख्नै पर्छ । जरा कहाँ छ भन्ने थाहा नभएकाले काण्ड यहाँ छ र टुप्पो उहाँ पुग्नेछ भनेर फलाक्नुको कुनै अर्थ छैन । किनभने मूल नबुझिकन त्यसका हाँगाहरूका बारेमा मात्र निरर्थक बहस गर्नुको कुनै औचित्य हुँदैन । जंगबहादुरले आफूलाई मेवाडका राणाहरूको सन्तान भनेर लालमोहर हत्याए पनि उनैका सन्तानहरू अझै कुँवर नै लेख्छन् । त्यसैले गजलको मूलसम्म नपुगि, मूललाई नै बेवास्ता गरेर बिना लय पनि गद्य गजल बन्न सक्छ भनेर शेखी झार्नु भनेको जंगबहादुर खाँट्टि राणा भएजस्तै हो । गजलमा लय किन चाहिन्छ भन्ने बारेमा धेरै लेखिसकिएको छ, तै पनि यसलाई पुनः प्रष्ट पार्ने जमर्को गर्दैछु, ता कि, कसैमा भ्रम नहोस् ।

सर्वप्रथम त गजलको इतिहास राम्ररी अध्ययन गर्ने हो भने गजल गाइँदैन भन्ने तथ्य छर्लङ्ग हुन्छ । गजल एक गेय विधा भएता पनि यो कहिन्छ तर गाइँदैन थियो (अहिले गाइने गरिन्छ त्यो भिन्दै कुरा हो) कहिन्थ्यो । जमातको केन्द्रमा बसेर कहिने गजलमा मिसराका दुवै पाउका ध्वन्यात्मक लम्बाइ समान नभएमा (मिटर लामो छोटो भएमा) त्यसको श्रोतामा पर्न जाने असर न्यून हुन्छ । नेपाली लोकगीतहरूमा पनि ध्वन्यात्मक लम्बाइ या मिटरलाई प्रायश समान बनाउने प्रयास यसको प्रत्यक्ष उदाहरण हो । लोकगीत मात्र हैन, संसारका कुनै पनि देशमा गाइने लोकगीत या गीतहरू मिटरमा बाँधिन्छन्, लयमा गाइन्छन् भने गजलमा मिटर या लय आवश्यक छैन भनेर बलमिचाइँ गर्दैमा होला र ! यसैले गजलमा लय नितान्त आवश्यक छ ।

अब प्रश्न उठछ, कहिने गजललाई लयमा किन बाँधियो भनेर ? 
गजल अरबमा जन्मिएको कुरा सर्वविदितै छ र यसको विकाश फारसी भाषामा भएको कुरा पनि सर्वविदितै छ । सङ्गीतमा दुई प्रकारको बाद्ययन्त्र हुन्छन्, तालबाजा र सुरबाजा । हारमोनियम, बाँसुरी आदि सुरबाज स्वरसँगसँगै जान्छ र ढोलक, मादल, तबला, मृदङ्ग, ड्र्मसेट, कंगो, बिंगो आदि तालबाजाले सुरबाजा या स्वरलाई निश्चित् माप भित्र बाँध्छ । सङ्गीतको स नजानेकाहरूले पनि "के ताल न सुरको कुरा गरेको होला" भनेर भन्छन् । अर्थात् कुराको ढाँप र माप नमिल्ने बित्तिकै अनपढ गँवारले पनि थाहा पाउँछ भने, अब गजलको सुरुवाती अवस्थाको कल्पना गरौँ । अरब या फारसमा (इरान) एक त स्थानीय तालबाजा र सुरबाजको निक्कै कमी थियो भने मरुभूमिमा सयौँ माइल परपर रहने गाउँहरूमा ती बाजाहरु पुग्ने अवसर पनि थिएन । अझै पनि अफ्रिकाका थुप्रै ट्राइबहरूले गीत गाउँदा बाद्ययन्त्रको प्रयोग नगरीकन ताल र सुरमा ताली बजाउँछन् । यही तालीको तालमा बाँधिएर थुप्रै मानिसहरूको बीचमा कहिने गजलको लागि लय कति आवश्यक थियो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ ।
गजल यही लयमा बाँधिएर विकसित हुँदै आयो । फारसी भाषामा गजल भित्रिएको धेरै पछि लयलाई उच्चारणको आधारमा गणितिय सूत्रमा बाँधियो, जसलाई बहर भनिन्छ ।
अर्को कुरा, कसिदाबाट नै गजलको विकाश भएको स्पष्ट छ । कसिदा बादशाहहरूको सम्मान प्रशस्तीमा भनिने काव्य हो । दरबारमा बादशाहको अगाडि भनिने कसिदाको पहिलो पाउ निक्कै लामो र दोस्रो पाउ निक्कै छोटो भएको अवस्थामा के त्यो कविले स्याबासी पाउँथ्यो होला र ? के त्यो काव्यको असर हुन्थ्यो होला र ? त्यही कसिदाबाट गजल जन्मेको हुनाले पनि गजल आजपर्यन्त लयमा नै बाँधिएर आएको छ । संसारमा गजल नै यस्तो एक विधा हो जसका केही तत्त्वहरूलाई परिमाजैन गर्न या भत्काउन सकिँदैन । ती मध्ये लय पनि एक हो, बाँकी तत्त्वहरूको बारेमा कुरा उठन अझै दशक लाग्ने सम्भावना देखिँदै छ ।

हिन्दुस्तानमा गजल भित्रिएपछि सुरुमा यो फारसीमै लेखियो, छन्दमा लेखिने प्रचलन धेरै पछि भएको हो । लस्कर-ए-जुबाँ उर्दुमा हिन्दुस्तानका संस्कृत लगायत धेरै भाषाका शब्दहरू भित्रिएका छन् र भित्रिँदो छ । बहरमा गजल लेख्दा संस्कृतका थुप्रै शब्दहरू संस्कृत ब्याकरण अनुसार नमिल्दा त्यसको अर्थ नै परिवर्तन हुने गर्छ, अर्थ नलाग्न सक्छ । यसपछि शुद्ध हिन्दीमै छन्दमा गजल लेख्ने परम्परा पनि चल्यो, जुन आज पर्यन्त कायमै छ । अरबी लिपि प्रयोग गरेर उर्दु, पस्तो आदि भाषामा गजल लेख्ने राष्ट्रहरू पाकिस्तान, अफगानिस्तानमा बहर खारेज गजललाई गजल मानिन्न भने इरान र अरबका सबै देशहरूमा पनि गजल बहरमै लेखिन्छ र त्यहाँ पनि बहर खारेज गजललाई गजल मानिन्न ।

अब कुरा आयो नेपालको । नेपालमा गजल त सन् १८५९ मा बेगम हजरत महलसँगै (जसको चिहान अझै रत्नपार्कको उत्तरपूर्वमा पुलमुनि छ) भित्री सकेको थियो । नेपालगंज, दाङ्ग, बुटवल, राप्ती नदीका छेउछाउ र काठमाण्डौँमा बेगम हजरत महलसँग आएर बसेकाहरूले गजल नलेखेका होइनन् । तर थोरैले लेखे, फारसीमा लेखियो र बुढापाकाको मुखबाट सुनिने बाहेक त्यसको कुनै प्रमाण भने छैन । यो कुरा जंगबहादुरको पालाको हो र यसको धेरैपछि मात्र, देव शम्शेरको पालामा मोतीराम भट्टले बनारसको बसाइमा गजलको बारेमा बुझेर गजल भित्र्याएका हुन् र नेपाली भाषामा गजलको सुरुवात गर्ने व्यक्ति मोतीराम भट्ट नै हुन् । मोतीरामले लखनवी धारको श्रृंगारिक गजल भित्र्याए तर दिल्लीको धारका गजल भने भित्रिएनन् । भक्तिधारामा बगिरहेको नेपाली साहित्यले श्रृंगारिक गजलमा हुने बक्रोक्ति त राम्ररी ठम्याउन नसकेको अवस्थामा दिल्ली धारका गहन सुफिवादका लेप लागेका गजल कसरी बुझुन् ! यसैले मोतीरामपछि धेरै काल नेपालमा गजल ओझेलमा पर्‍यो ।
ज्ञानुवाकर नै ती प्रथम व्यक्ति हुन् जसले नेपाली गजललाई व्युँताए । यसैले उनी स्तुत्य छन्, बन्दनीय छन्, यसमा शङ्का छैन । जतिबेला गजलको बारेमा विस्तृत अध्ययन गर्न न त यथेष्ट पुस्तकहरू थिए, न त पुस्तकालयमा गजल सम्बन्धी राम्रा पुस्तकहरू नै थिए, त्यतिबेलाको त्यो अवस्थामा ज्ञानुवाकरले आफ्नो सुझबुझ र ज्ञानले ठम्याएर गजल लेखे, गजललाई नेपाली माझमा निक्कै चाखलाग्दो विधा पनि बनाए । यसको लागि उनी प्रातःस्मरणीय व्यक्ति हुन्, शङ्का छैन ।

समय बदलियो, नेपालीहरूको पहुँच इन्टरनेटमा हुनथालेदेखि गजल फेरि हाइलाइटमा आउन थाल्यो । गजलका बारेमा चर्चा परिचर्चा हुन थाले, वाचन हुन थाल्यो गजलका बारेमा बुझ्नेहरूको जमात बढदै गयो । गजलमै बिद्यावारिधी गर्नेहरू पनि निस्किए । सनैसनै छन्दका ज्ञाताहरुले गजल छन्दमा लेख्न थाले भने बहरका ज्ञाताले बहरमा । हामी नेपाली अल्छि छौँ, हामीलाई असाध्यै सुविधा चाहिन्छ । हामी परिश्रम र साधना गर्नबाट पन्छिन्छौँ । यसैको असर नेपाली गजलमा पनि पर्‍यो । थुप्रै सर्जकहरू गजलको बारेमा राम्ररी अध्ययन नै नगरी गजल लेख्न थाले । रदिफ काफिया र केही गजलका प्राविधिक शब्दहरूको ज्ञान नै यथेष्ट हो भन्ने ठानेर तुकबन्दी मिलाएर गजल भन्न थाले । यस्तैमा गजल राम्ररी जान्नेहरूले गजलको बारेमा लेख्न बोलन थाले । लयको कुरा छोडौँ, गजलको शास्त्रिय ब्याकरण समेत नअपनाइएका थुप्रै अगजलहरू गहन अध्ययन पश्चात् देखियो ।
समस्या यहीँ आयो । अग्रज या स्थापितहरूले आफ्ना ती रचनाहरूलाई गजल होइन रहेछन् भन्ने कुरा स्विकार्न वहाँहरूको "नाक" बाधक बन्यो, आफूले पाउँदै आएको उपाधि र सम्मान खुस्किने डरले वहाँहरू भयभित हुनुभयो । यही डरले वहाँहरूले आफ्ना रचनाहरूलाई नै मानक बनाउन स्कुलिंग गर्न थाल्नु भयो र अहिले गजलमा एक पटक फेरि बहस चल्दैछ ।

समाधान के ? 
अहिले चलिरहेको विवादको समाधान भनेको बहर, छन्दमा लेखिएको बाहेक स्वतन्त्र लय र मिटरमा लेखिएका गजललाई मान्यता दिँदाँ हुन्छ कि ? भन्ने मलाई लाग्दछ । यो मेरो निजी मान्यता मात्र हो, किन भने म गजलको शास्त्रिय विधान भत्काउन सक्दिन र त्यसको सामर्थ्य पनि छैन । मैले यसो भन्नाको कारण के हो भने, हामीले बहर या छन्दमा अहिलेका र आउँदा पुस्तालाई तयार गरेर गजल लेख्न सक्षम नबनाएसम्म गजलको विकासको लागि यो आवश्यक छ भन्ने मलाई लाग्दछ । नेपालकै झ्याउरे आदि अनेकन छन्द या लयमा पनि गजल लेख्न सकिन्छ । एउटा कुरा हामीले के बिर्सनु हुन्न भने छन्द या बहर पनि लयकै गणितिय सूत्र मात्र हुन, यी कुनै लय नै भने होइनन्, यसबाट लय निकाल्न भने सकिन्छ, जसरी मेरा आदरणीय गुरुवर पोष्टराज चापागाईँले "छन्द शिखर" मा विभिन्न १०१ छन्दहरुको निर्माण गर्नु भएको छ । 

गजल छन्द या बहरको औपचारिक ज्ञान नभएकाले पनि पढदा लय उत्पन्न गरेर कहन्छन्, आफ्नै तरन्नुममा ढालेर पनि कहन्छन् या बिना लय तहफुल लफ्जमा पनि कहिन्छ भने गजलमा लय आवश्यक छैन भन्ने हठ गर्नुले न त नेपाली गजलको उत्थान गर्छ, न त नेपाली साहित्यलाई नै गरिष्ठ बनाउँछ । उल्टो, आउने पुस्ताहरूलाई समेत भ्रमित पारिदिन्छ ।

र अन्त्यमा, आफूले बुझिबुझि पनि, अबुझ जस्तो भएर मरेपछि जे सुकै होस् भनेर सत्यलाई नस्विकार्ने हो भने ठूलै आपत् त केही हुँदैन, तर बन्ने इतिहासले भने बारम्बार कालो अक्षरमा भावी पुस्तालाई स्मरण भने दिलाई नै रहन्छ, जसरी जर्मन र यहुदीहरू हिटलरलाई सम्झन्छन् । यस आलेख कसैको मान मर्दन गर्न या होचो देखाउने प्रयत्न अवश्य होइन, मेरो ब्रम्ह र ज्ञानले देखेको सत्य मात्र उजागर गरेको हुँ ।

Article Source : Bipul Sijapati -Facebook

Note :Copyright of Above Article reserved with Writer

Muktak Mala मुक्तक माला -220 (20-08-2017/2074-05-04) : Download

NepaliTalim | 10:01:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(20-08-2017/2074-05-04)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 भाद्र 04 गते तदनुसार 20-08-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

गजलकार एच.एल. गौतमका १० गजलहरू (10 Ghazals by Hari Gautam) : 22-08-2017

NepaliTalim | 10:59:00 AM | 0 comments
१.गजल
वार गर्नु पुर्व खुकुरिमा...धार हुनै पर्छ.!!
चुप्प लागेर भयन अब... खुखांर हुनै पर्छ.!! 

नेपाल आमालाई वीभाजीत गर्न खोज्नेहरू सुन"
सेनाहरूको आक्रोश हो यो..लाचार हुनै पर्छ.!!

कती बसौ देशको यो,हरीगती देखी साथी?"
चट्टानको रूप लिई सिमानाको..दीवार हुनै पर्छ.!!

राष्ट् बचाउन आफ्नो ज्यानै त्याग्न परोस न वरू"
हाम्रो नेपाल सघाउने सपना...साकार हुनै पर्छ.!!

[[२" वार गर्नु पुर्व खुकूरिमा...धार हुनै पर्छ.!!
चुप्प लागेर भयन अब...खुखांर हुनै पर्छ.!!२]]

एच.एल. गौतम ( अर्घाखाची)
खनदह3! हाल- भारत 

२.गजल
केछ विचार? भन प्यारी, यो सालको  तिजमा..!!
गर्दै छौ त....के  तयारी? यो सालको  तिजमा...!!

  वर्त पुजा राखी हौली...,वाधा  अड़्चन हर्न...!
देवी देउता खुशी पारी,  यो सालको तिजमा...!!

मेरी  सानु  कती राम्री, देखीन्छ्यौ  खै कुन्नी ...!
सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!

   भित्री  मनमा  गुम्सिएका,  पिड़ा  पन्छाएर...!
दु:ख  पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!! 

 जे माग्ने छौ  त्यही दीन,  सम्भव  भयो भने...!
ल्याई दीनेछु  तारा  झारी, यो सालको तिजमा...!!

रमाउने छौ मिली-जुली, आउने महान चाड़मा...!
एक जुट् भई नर र.. नारी यो सालको  तिजमा...!!

[[2"केछ विचार? भन प्यारी, यो सालको तिजमा..!!
गर्दै छौ त....के  तयारी? यो सालको  तिजमा...2"]]

सर्जक- एच.एल. गौतम
(अर्घाखाची) खनदह3!
      हाल- भारत।।

३.गजल
आफ्नै घरको जमीन छोडी, शहरतीर कीन सरउ..!!
हलो-जुगां गरी वरू, लाग्छ गाँउ मै खेती गरउ..!!

हिडी मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ.."
वीच बाटो मै फस्न कीन?जानी जानी जघांर तरउ..!!

सुखी होश या दु:खी जीवन, जे भएनी खुसी छु म.."
दुनीयाको पछी लागी, मधेश तराई कीन झरउ..!!

आफन्तलाई लत्तायर, धन-सम्पती जोर्नु भन्दा.."
सपानाहरू जलाएर, दु:खई  गरी-गरी मरउ..!!

[[२" आफ्नै घरको जमीन छोडी, शहरतीर कीन सरउ..!!
हलो-जुगां गरी वरू, लाग्छ गाँउमै खेती गरउ.."२!!]]

एच.एल. गौतम ( अर्घाखाची)
खनदह3! हाल- भारत 

४.गजल
यो जिवनमा तिमीलाई पाउछु की भनी..!!
  गरीन् के दीलमा वसाउछु की भनी..!!

तिमी म संग रीसाएझैं गर्थ्यौं नि जब.."
  भिन्नै गर्थे केही हसाउछु की भनी..!!

हुन् खोजे संधै नजीक, ईच्छ्याहरू वटुलेर.."
मेरो अनी तिम्रो संसार, सजाउछु की भनी..!!

यादमा तिम्रै तड्पीएर कोरीदीए गजल.."
कल्पनाको ठेंगानामा पठाउछु की भनी..!!

परेलीमा टील-पिलाउदा, मेरो सपनाहरू.."
झारी दीए आ:शु सगै, बगाँउछु की भनी..!!

एच.एल. गौतम (अर्घाखाची )
खनदह3। हाल-भारत!ण

५.गजल
आफ्नै घरको जमीन छोडी, शहरतीर कीन सरउ..!!
हलो-जुगां गरी वरू, लाग्छ गाँउ मै खेती गरउ..!!

हिडी मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ.."
वीच बाटो मै फस्न कीन?जानी जानी जघांर तरउ..!!

सुखी होश या दु:खी जीवन, जे भएनी खुसी छु म.."
दुनीयाको पछी लागी, मधेश तराई कीन झरउ..!!

आफन्तलाई लत्तायर, धन-सम्पती जोर्नु भन्दा.."
सपानाहरू जलाएर, दु:खई  गरी-गरी मरउ..!!

[[२" आफ्नै घरको जमीन छोडी, शहरतीर कीन सरउ..!!
हलो-जुगां गरी वरू, लाग्छ गाँउमै खेती गरउ.."२!!]]

एच.एल. गौतम ( अर्घाखाची)
खनदह3! हाल- भारत 

६.गजल
म वुटवल पुग्छु भन्दा, भन्छेउ पाल्पा गै,छु..!!
थाह थियन त्यो नजरमा, खेलौना पो रै,छु..!!

मूटु झीकि..मान्छे वेच्ने, व्यापार गर्छउ र की?"
भन्छेउ अरे दुनीयालाई, उ गलत म सै,छु..!!

चोखो माँया लत्तायर, धनको पछी लाग्दा."
भन्नु पर्ला कुनै दीन, पछुताउने भै,छु..!!

सुनै सुनको महल होश् या, हीरा चाँदी मोती."
रित्तै आथ्यौं रित्तै जान्छ्यौं, भन्दीनउ केही लै,छु..!!

माँया होश या घृणा मलाई, जे-जे गरेपनी."
तिम्लाई केही पर्यो भने, अघी सर्ने मै छु..!!

[[२" म वुटवल पुग्छु भन्दा, भन्छेउ पाल्पा गै,छु.!!
थाह थिएन त्यो नजरमा, खेलौना पो रै,छु..२"]]

हरी गौतम (अर्घाखाची )
खनदह3। हाल-भारत

७.गजल
चाहीदैन जित वरू, स्विकार गर्छु हार मलाई..!!
तिमी खुसी भई दीए,नदीनु भों प्यार मलाई..!!

वीच बाटोमा देखी कहीले,तिव्र घृणा जाग्यो भने"
सहन्छु म अझै पनी, दीनु पिडा् हजार मलाई..!!

साँचो माँया गरी तिम्लाई,ठुलै गल्ती गरेकै थें"
अझै मन नभरीए,घोषीत गर्नु गद्धार मलाई..!!

रहर छैन वाच्न पनी, तिमी मेरी नभयसी"
झुक्काएर दैवले नी,लाग्छ गरोस प्रहार मलाई..!!

आफ्नै मूटु टुक्रा वनाई,पल-पल तड्पी वाच्नु भन्दा"
हें ईश़्वर लैजाउ आजैं, वरू मृत्यु स्विकार मलाई..!!

[[२"चाहीदैन जित वरू, स्विकार गर्छु हार मलाई..!!]]
[[ तिमी खुसी भई दीए, नदीनु भों प्यार मलाई.२"]]

हरी गौतम (अर्घाखाची)
खनदह3! हाल- भारत।।

८.गजल
उस्को हातमा फोन थमाई,गाली दीन न्,लगाउ अब.!!
फोन लगाई यस्तो भन्नु,भनी तिम्ले न्,अराउ अब.!!

अरू जस्तै तिम्रो रूपमा,विक्ने मान्छे परीन् म"
कागजको डुङ्गा वनाई,फकाई सागर न्,तराउ अब.!!

मेरो चोँखो माँयालाई,मजाक वनाई हीड्छेउ भने"
माफी दीने छैन कहीले,वरू मनै न्,पराउ अब.!!

तिम्रो खुसी देखी मईले,हार्छु भन्दा-भन्दै पनी"
आफै जीत्न जानी-जानी,झुक्काएर न्,हराउ अब.!!

पटक-पटक भेट्छेउ भनी,डिस्ट्रव' गरी राख्दा"
ढुक्क हुनु्"गुड्वाई प्रिय,आउछु भनी न्,डराउ अब.!!

[[२"उस्को हातमा फोन थमाई,गाली दीन न्,लगाउ अब.!!
फोन लगाई यस्तो भन्नु,भनी तिम्ले न्,अराउ अब."२]]

हरी गौतम (अर्घाखाची)
खनदह3" हाल-भारत 

९.गजल
छोराहरू हुर्खाउछन,बा-आमाले खाई नखाई.!!
आज उनी एक्लै हुदा,आ:शु पुछ्ने भएन कोई.!!

त्यही वोटका फुल हौं सबै,भन्ने कुरा विर्सीएर."
एक-आपसमा तेरो मेरो,गर्न थाल्छन् दाजु-भाई.!!

धन कमाउने छोरा भय.,अब शु:ख पाउछु भन्दा"
छुट्टीन् लाई आतुर उनी, भन्छन मेरो हिस्शा खोई?"

वुढेश् कालको सहारा बनी, नरोउ आँमा भन्ने वेला."
दुलाईको कुरा सुनी, वसे उनी भिन्न भई..!!

बा-आमाक आ:शु बेची,सुख खोज्दै हिड्यौं भने"
छोरा-छोरी ठुला हुँदा,तिम्रा दी नि..आउछन एई..!!

[[२"छोराहरू हुर्काउछन,बा-आँमाले खाई-नखाई.!!
आज उनी एक्लै हुँदा आ:शु पुछ्ने भयन कोई."२]]

हरी गौतम (अर्घाखाची)
खनदह3! हाल-भारत

१०.गजल
म एउटा"अपवाद"हुँ कुनै, गजलकार होईन.!!
आफ्नै मूटु चोरी हुदा पनी, वफादार भईन.!!

उस्लाई प्रेमको ध्वनी सुनाउछ भन्दै आज,
गएको त थिए तर..गिटार लईन..!!

उस्ले मेरो मजाक उडाउदै, हाँसी जब.,
एक-पटक त सहे,तर..लगातार सहीन.!!

टुक्रिएको मूटु बाट निस्कीयका शब्दहरूलाई,
बनाउन खोजेको मैले..प्रचार होईन..!!

[[२"म एउटा "अपवाद" हुँ कुनै गजलकार होईन.!!
आफ्नै मूटु चोरी हुँदा पनी वफादार भईन."२]]

हरी गौतम(अर्घाखाँची)
खनदह३|| हाल-भारत 

Note : 
Copyright Reserved of All Above Ghazals with Writer 

गजल- केछ विचार? भन प्यारी, यो सालको तिजमा..!! - एच.एल. गौतम (22-08-2017)

NepaliTalim | 10:37:00 AM | 0 comments
केछ विचार? भन प्यारी, यो सालको  तिजमा..!!
गर्दै छौ त....के  तयारी? यो सालको  तिजमा...!!

वर्त पुजा राखी हौली...,वाधा  अड़्चन हर्न...!
देवी देउता खुशी पारी,  यो सालको तिजमा...!!

मेरी  सानु  कती राम्री, देखीन्छ्यौ  खै कुन्नी ...!
सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!

   भित्री  मनमा  गुम्सिएका,  पिड़ा  पन्छाएर...!
दु:ख  पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!!

 जे माग्ने छौ  त्यही दीन,  सम्भव  भयो भने...!
ल्याई दीनेछु  तारा  झारी, यो सालको तिजमा...!!

रमाउने छौ मिली-जुली, आउने महान चाड़मा...!
एक जुट् भई नर र.. नारी यो सालको  तिजमा...!!

[[2"केछ विचार? भन प्यारी, यो सालको तिजमा..!!
गर्दै छौ त....के  तयारी? यो सालको  तिजमा...2"]]

सर्जक- एच.एल. गौतम
(अर्घाखाची) खनदह3!
      हाल- भारत।।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger