बिम्ब प्रतिबिम्ब (2071-04-11/28-07-2014) : Download

NepaliTalim | 11:23:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-03-16/30-06-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 साउन 11 तदनुसार  28th July 2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता 
रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (2071-04-11/28-07-2014) : Download

NepaliTalim | 11:09:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-03-16/30-06-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 साउन 11 तदनुसार  28th July 2014 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता 
रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

Episode 64 - मुक्तक माला (03-08-2014/2070-04-18) : Download

NepaliTalim | 10:57:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(03-08-2014/2070-04-18)
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 श्रावणा 18 गते तदनुसार 03-August-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -47 : (04-08-2014/2071-04-19) : Download

NepaliTalim | 9:45:00 AM | 2comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(04-08-2014/2071-04-19) 

नमस्कार साथीहरु,

आज मिति 2071 श्रावण 19 गते तदनुसार 04-Aug 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 47 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

गजलकार राज श्रेष्ठ तिर्थका ५ गजलहरू (२० श्रावण २०७१)

NepaliTalim | 8:56:00 AM | 0 comments
१. गजल 
थाहै हुन्न कतीबेला कस्ले यो मन छुन्छ,
माया भन्ने गरिँदैन यो त आँफै हुन्छ!

ओंठहरु चुपचाप हुन्छन,मनहरु कुरा गर्दा,
एउटा मनले कुरा गर्दा,अर्को मनले सुन्छ!
 
मन आखिर मन नै हो पिडाहरु लुकाएर,
मुहर मा हाँसो छर्दै, भित्र भित्रै रुन्छ!

माया यो सपना हो बिउँझनै पर्छ आखिर,
तर पनि मन भरी, हजार सपना बुन्छ!

मन हरु दुखे पनि आँखा हरु हाँसी दिन्छ,
दु:ख पिडा आसुँ सारा ,मन भित्रै थुन्छ !

थाहै हुन्न कतीबेला कस्ले यो मन छुन्छ!
माया भन्ने गरिदैन यो त आँफै हुन्छ !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप

२. गजल
भो कुनै अलमल नगरि आउ !!
दिल अदल बदल नगरि आउ  !!

जमाना खराब छ,टोलछिमेकमा,
भो कुनै खलबल नगरि आउ !!

छुट्टीन्न साथ होस् सयौं बाधा,
भो कुनै हल चल् नगरि आउ !!  

नहोला फैसला तिम्रो पक्ष मा,
भो कुनै छलफल नगरि आउ !!

लामो छ यात्रा यो छोटो समय,
भो खेर पल पल नगरि आउ !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप

३. गजल
बरदान होस् हाम्रो माया,कुनै अभिशाप नहोस् !!
बलिरहोस् प्रेम को दियो,जलेर सखाप नहोस् !!

मनको कुरा खोल्न सकुँ,साँचो सत्य बोल्न सकुँ,
सधैं तिम्रो पूजा गरुँ, मन मा कुनै पाप नहोस् !!

बन्धन सारा तोड्न सकुँ,अटुट नाता जोड्न सकुँ,  
हाम्रो चोखो सम्बन्ध बिच,कुनै दुरी नाप नहोस !!

तिमी मुटु,तिमी आत्मा,तिमी जिउने आधार मेरो,
दुखायेँ भने तिम्रो मन,मलाई कहिल्यै माफ नहोस् !!

मनलाई सोध सवालहरु,जवाफ तिमी भित्र नै छ,
स्वीकार,अस्वीकार सबै मन्जुर,कुनै करकाप नहोस् !!

तिम्रा पिडा लिन सकुँ, अशिम खुशी दिन सकुँ,
राज सँग को सम्बन्धले, कुनै पस्चाताप नहोस् !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप

४. गजल
अली कती माया त्यो दिएर हेर !
अली कती माया यो लिएर हेर !!

मायामा जिउनुको मज्जा बेग्लै,
अलि कती मायामा जिएर हेर !!

शराब हो माया तर खराब हैन,
अली कती माया यो पिएर हेर !!  

काटेको जिबन,त्यो फाटेको मन,  
अली कती माया ले सिएर हेर !!

जलन प्रेमको,हुन्छ अती शितल,
अलीकती मायामा सल्किएर हेर !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप

५. गजल
यँहा प्यारमा तिमी पनि छौ,मपनी छु !!
इन्तजार मा तिमी पनि छौ,मपनी छु !!

जिन्दगी एउटा यस्तो खेल भइदियो कि,
जितहार मा तिमी पनी छौ,मपनी छु !!

पुण्य हैन शायद ठुलै अपराध भो प्रेम,
कारागार मा तिमी पनी छौ,मपनी छु !!

हाँशो भो माया सबको चासो भो माया,
अखबार मा तिमी पनी छौ,मपनी छु !!

प्रेमदीप जल्दैथियो हुरीआइ निभाइदियो,
अन्धकार मा तिमी पनी छौ,मपनी छु !
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप 

प्राइम एफ एमको अनुरागमा गजलकार पुरुसोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष- Download

NepaliTalim | 3:25:00 PM | 0 comments
साहित्यिक विशेष प्रस्तुती अनुराग
प्राइम एफ एम १०४.५ मेगाहर्ज
मिति : (2071-04-10/26-07-2014)
प्रस्तोता : घायल योग्दा नवराज 
समय : शनिवार बिहान १० देखि ११ बजे 
Website : www.primefm.com.np 



नमस्कार, 

आज मिति २०७१ असार १० गते तदनुसार २६ जुलाई २०१४ शनिवारका दिन प्राइम एफ एम १०४.५ मेगाहर्जको साहित्यिक विशेष प्रस्तुती अनुरागमा यहाँहरु सबैलाई धेरै धेरै स्वागत छ । आजको बसाईमा रसुवाका गजलकार पुरुसोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष रहनेछ । 
Listen and Download

Download :  Click Here to Download

नयाँ बुलबुल - 45 : (02-08-2014/2071-04-17) गजलकार आवाज शर्मा सँगको अन्तवर्ता विशेष : Download

NepaliTalim | 2:05:00 PM | 0 comments
NEW BULBUL EPISODE - 45
Date : (02-08-2014/2071-04-17)


आजको शनिवारिय बुलबुलको श्रृंखलामा गजलकार आवाज शर्मा सँगको अन्तवर्ता विशेष  रहनेछ । 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 असार 17   गते तदनुसा 02-Aug-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -45) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download
Aawaj Sharma

Sabari 'साबरी' मुक्तक विशेष (02-08-2014/2071-04-17) : Download

NepaliTalim | 1:02:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(02-08-2014/2071-04-17)



नमस्कार मित्रहरु,

आज मिति 2070-साउन  17 गते तदनुसार 02-Aug-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

रामचन्द्र चौधरीका ७ गजलहरू _(04-08-2014)

NepaliTalim | 1:00:00 PM | 0 comments
Ram Chandra Chaudhari
१. गजल 
अचेल अलि सारै दबाव मा छ जिन्दगी |
थोरै भन्दा धेरै अभाव मा छ जिन्दगी ||

जता-ततै, तेरो मेरो मपाइको खाडल मात्रै |
यो तामझाम देखि तनाव मा छ जिन्दगी ||

कोहि गगन छोई सके, आफ्नो भने यहाँ |
तरंग बिहिनको यो बहाव मा छ जिन्दगी ||

आडम्बरी यो दुनिया बीच चल-खेल धेरै |
अनि त सबैमाझ नकाव मा छ जिन्दगी ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

२. गजल
सकिन त्यो तिम्रो बनावटी मुस्कान चिन्न म |
गल्तिहरु मेरै थियो दोष तिमीलाई दिन्न म ||

ति तिम्रा इच्छाहरु अनि चाहनाहरु पुरा गर्न |
आफ्ना दु:ख बेची सकिन खुशीहरु किन्न म ||

साथ छुट्यो, नाता टुट्यो हुँदाहुँदा अचेल यहाँ |
आफ्नै ठान्नेहरु माझ बिस्तारै भए भिन्न म ||

फेरी नि ति सम्झनाका पलहरु मनमा साँच्दै |
तिम्रो प्यारमा बाध्य छु मद्होस भै हिन्न म ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

३. गजल
माया र प्रित बिनाको छुट्टै संसार नहोला |
मैले जति हजुरलाई गर्ने कतै प्यार नहोला ||

खुशी छौ रे भुलेउ मेरो मायालाई पराईसामु |
तर मेरो जस्तो माया उसमा अपार नहोला ||

सुनकै बडेमान महल भए पनि उसंग हजुर |
म जस्तै माया गर्ने दिलको दरबार नहोला ||

टाढियो तिमि एकाएक यो जिन्दगीबाट सानु |
यो जीवनमा अब कुनै खुसीको बहार नहोला ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

४. गजल
बगैचा बीच फूल्ने सुन्दर फूल नहुँला हजुर |
तिमीले खोजेको घरानिया कुल नहुँला हजुर ||

तकदिर कहाँ मेरो मन्दिरमा चढिने फूलसरी |
मत मन्दिरमा फहराउने तुल नहुँला हजुर ||

खै के? कुन्नि प्यासहरु हजुरको लहराउँदो |
त्यो अतृप्त प्यासहरु मेट्ने मूल नहुँला हजुर ||

भूल गरेर कहिले कसैको चित्तहरु दु:खाउँदिन |
कतै मत स्वीकार्न मिल्ने भुल नहुँला हजुर ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

५. गजल
बर्षातमा रिमझिम झर्ने झरी हुनु तिमी |
आकाशमा निर्बाध उड्ने चरी हुनु तिमी ||

दु:ख, पीडाले अतालिएको छ समाज यहाँ |
दु:खहरु, पीडाहरु हर्ने परी हुनु तिमी ||

जता हे-यो भेदभावको खाडल मात्रै यहाँ |
तर समानताको प्रतिमूर्ति सरी हुनु तिमी ||

साँच्चै सबैलाई प्यार बाँड्ने फूल जस्तै |
हरेक आँगनी, डालिहरु भरी हुनु तिमी ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल


६. गजल
मिलन पछि, निकैनै दु:खद बिछोड थियो |
तिमि छुट्टिने बाटोमा घुम्ती - मोड थियो ||

तिमिसंगै खुशीले रमाएका पल मन भित्रै |
उमंगहरु त्यहाँ अनेकन जोड - तोड थियो ||

प्रितमय संसार थियो, झुमेको थियो तिमी |
त्यही बीच चुम्बनहरुको निकैनै होड थियो ||

थोरै मेरो थोरै तिम्रो प्रितमय मिलनहरुको |
आहा ! त्यो पलहरु साच्चैनै बेजोड थियो ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

७. गजल
कुना, कन्दरा हरेक आँगनबाट उठ्नु पर्छ अब |
एकतामा बाँधिन हरेक नेपाली जुट्नु पर्छ अब ||

सत्ताशिन अगुवा देश फुटाउने होडमा छ्न यहाँ |
तर नेपाली खबरदारी आवाज फुक्नु पर्छ अब ||

रोएकी छिन नेपाल आमा, रोएको छ नेपाल |
आऊन सबै मिली उनको आँसु पुछ्नु पर्छ अब ||

के पहाड, के हिमाल, के तराई सबैतिरबाट |
हातेमालो गर्दै एकताको माला उन्नु पर्छ अब ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

Muktak Madhurima (2071-04-15/31-07-2014) - Download

NepaliTalim | 12:41:00 PM | 0 comments
Muktak Madhurima  
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2071-04-15/31-07-2014)


आज मिति 2071 श्रावण 15 गते तदनुसार 31-July-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger