Episode 60 - मुक्तक माला (06-07-2014/2070-03-22) : Download

NepaliTalim | 4:13:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(06-07-2014/2070-03-22) 
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 असार 22 गते तदनुसार 06-July 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

श्रृंखला 111: वहकिने मन (2071-03-23/07-07-2014) : Download

NepaliTalim | 11:04:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-03-23/07-07-2014) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 असार 23 तदनुसार 07-07 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 111 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Best download from Opera mini

गजलका फूलहरू -43 : (07-07-2014/2071-03-23) : Download

NepaliTalim | 5:00:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
 (07-07-2014/2071-03-23) 

नमस्कार साथीहरु,

आज मिति 2071 असार 23 गते तदनुसार 07-July 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 43 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

Episode : 102 (यो साँझ यो सुबाश-08-07-2014) - Download

NepaliTalim | 4:21:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(08-07-2014 /2071-03-24)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश   
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असार  महिनाको 24 गते तदनुसार 08-July 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-102 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
Listen and Download

Download : Click Here to Download

नयाँ बुलबुल - 41 : (05-07-2014/2071-03-21) : Download

NepaliTalim | 6:04:00 PM | 0 comments
NEW BULBUL EPISODE - 41
Date : (05-07-2014/2071-03-21) 

आजको शनिवारिय बुलबुलमा देउडा भाषका गजलहरु विशेष रहनेछ जसलाई दिृष्टी गजल बाटिका मुम्बइका अध्यक्ष गजलकार लक्ष्मण मिलन विष्टले संकलन गरेर त्यसको नेपाली अनुवाद सहित बुलबुललाई पठाउनुभएको थियो । 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 असार 21   गते तदनुसा 05-July-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -41) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

मनोज गिरीका २५ मुक्तकहरू_(२३ आषढ २०७१)

NepaliTalim | 9:51:00 AM | 0 comments
मनोज गिरी
१. मुक्तक 
माया गरी उसका लागी बेकार धाएछु 
पापिनी संग मनका बह बेकार गाएछु  
शान्त थियो मुटु मरुन्जेल रुवाएर गई 
निष्ठुरी संग चोखो माया बेकार लाएछु 
मनोज गिरी
छापहिले ५ गुल्मी

२.मुक्तक 
धोका पछिको मान हुदैनरहेछ
आँसु संगै मुस्कान हुदैनरहेछ 
भोगाइले सबैको येस्तै येस्तै भन्छ 
बाचेको छुट्टै पहिचान हुदैनरहेछ
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
तिम्रै लागि सबैथोक गरेपछि झरे
खोज्दा साथ् अन्तै सरेपछि झरे 
सकेसम्म गरे सकिन त गरु के 
बाच्छु भन्दा तिम्रैलागी मरेपछि झरे 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
तिम्रो माया केहाल हुदैछ 
मेरो यता बेहाल हुदैछ 
तिमि राम्रै हुनु त्यता 
ठिकै छु म जेहाल हुदैछ 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
उनकै प्यारले लुट्यो पहिले 
उनकै यारले टुट्यो जहिले
जे जे मन लाग्छ गरुन 
त्यसैले मुटु फुट्यो अहिले 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
के के हो याँहा उनैले चाहेको हुदैछ 
सुक्क सुक्क उनैले गाएको हुदैछ 
मलाई मात्र दोषी देख्छ किन समाज 
झुठो साइनो उनैले लाएको हुदैछ
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
जे जे म गर्दै छु उनैले चाहेको गर्दै छु 
समाजको डर ले भागी भागी गर्दै छु 
सक्दिन म बाच्न मर भन्छेउ तिमि 
तिम्रै लागि वर मागी मागी गर्दैछु 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
हरपल रुन्छु अनि हरबखत कराउछु 
तिम्रै नाम लिन्छु अनि हरबखत डराउछु 
बनायौ लास ज्युदो सकिन म मर्न 
तिमी देख्छु सपनीमा अनि हरबखत बर्बराउछु 
मनोज गिरी
छापहिले ५ गुल्मी

.मुक्तक 
कुकूर मराई जिन्दगि होला जस्तो छ 
ज्युदो लास किराले छोला जस्तो छ 
के नाम दिनु र अब जिन्दगीलाई 
चपाई चपाई थुकेको भोला जस्तो छ 
मनोज गिरी
छापहिले ५ गुल्मी

१०.मुक्तक 
छोडिदिनुस उसका कुरा मुटु सार्नेलाई 
मर्छु भनि आज आई बोलि बार्नेलई
देख्दा अबदेखि नजर उसलाई नदिनु है 
बाहनको नाम देखाई आँसु झार्नेलाई 
मनोज गिरी
छापहिले ५ गुल्मी

११.मुक्तक 
मार मैले भनेकै छु आफै जानेन कसैले 
ज्युदै जलाऊ भने पनि मानेन कसैले 
बाच्न पनि कति गाह्रो ज्युदो लास बनि 
ज्युदो लास लाई गोलि किन हानेन कसैले
मनोज गिरी
छापहिले ५ गुल्मी

१२.मुक्तक 
धोका दे'को जिन्दगीलाई बधाई सम्म दिन सक्छु 
बेहाल भ'को जिन्दगीमा नसा सम्म पिन सक्छु 
फलोस फुलोस भन्दिन मखरानी होस् उनको जिबन 
के नै पाउनु छ र अब मुटु जलाई लिन सक्छु 
मनोज गिरी
छापहिले ५ गुल्मी

१३.मुक्तक 
तिम्रा लागि प्रेम बारबार हुदैछ 
नया प्रेमी खोज्न हतार हुदैछ 
मायामा के खोज्छेउ तिमि पाईनौ र के 
कस्ती छौ तिमि कस्तो संग घरबार हुदैछ 
मनोज गिरी
छापहिले ५ गुल्मी

१४.मुक्तक 
तिम्रा लागि भनेरै वर्षाको भेल गनिन
मर्न तयार भए कस्तो हो जेल भनिन
गर्न के नै बाकी रह्यो भन तिम्रै लागि
चोखै गरे झुठो मायाको खेल बनिन
मनोज गिरी
छापहिले ५ गुल्मी

१५.मुक्तक 
तिमी र म बाच्ने जगत एउटै हो
जे जे भन तिमी रगत एउटै हो
चाहे तिमी ब्राह्मण म दलित परौ
पुराण अनि भागवत एऊटै हो
मनोज गिरी
छापहिले ५ गुल्मी

१६.मुक्तक 
उनको प्यार कोहि किन्दैछ 
राम्री वा चाम्री यसरि बिन्दैछ
कस्ती लाग्छ उसलाई गर्छ अब के 
प्यार गर्ने नगर्ने कुरा छिन्दैछ
मनोज गिरी
छापहिले ५ गुल्मी

१७.मुक्तक 
राम्री हुनुले जिन्दगि पुग्दैन प्रियसी 
चोखो प्रेम मुहारमा झुक्दैन प्रियसी 
कस्तो हो तिम्रो माया कता गयो आज 
जे जे भन तिमि मेरो माया सुक्दैन प्रियसी 
मनोज गिरी
छापहिले ५ गुल्मी

१८.मुक्तक 
जानी जानी होइन मित्र तोड़नुहुन्न बाचा आमाका
टुक्रियेनी आफ्नो मन मोड्नुहुन्न बाचा आमाका
एक छाक खानुबरु आमाको साथ् नछोड्नु है
मर्नु बरु न्यानो काखमा नछोड्नु बाचा आमाका
मनोज गिरी
छापहिले ५ गुल्मी

१९.मुक्तक 
सपना ती सहर पस्दाका
रुदा रुदै आसु खस्दाका
क्षण ती कस्ता होलान्
हासी खुसी संगै फस्दाका
मनोज गिरी
छापहिले ५ गुल्मी

२०.मुक्तक 
हासिरहनु सधैतिमी हास्दिन म भनेको छु
तिम्रैलागी मर्छु भनि मर्ने दिन गनेको छु
कस्तो रैछ कुन्नी चोखो भन्ने तिम्रो माया
तिम्रै लागी बाच्छु भन्दा ज्युदो लास बनेको छु 
मनोज गिरी
छापहिले ५ गुल्मी

२१.मुक्तक 
बिर्सन बाध्य बनायौ तिमीले
आगोमा घिऊ खनायौ तिमीले
के रैछ कुन्नी त्यो पापी मनमा
रुवाईमा पिडा थमायौ तिमीले
मनोज गिरी
छापहिले ५ गुल्मी

२२.मुक्तक 
प्रेमको नाममा सक्त नहुनु
प्रेमीको नांऊमा भक्त नहुनु
भोगाईले यस्तै यस्तै भन्छ
ज्युदै मर्नु बरु रक्त नहुनु
मनोज गिरी
छापहिले ५ गुल्मी

२३.मुक्तक 
घरी घरी तुच्छ बचन लाऊदा तिमीले
मलाई छोडि अर्कै संग धाउदा तिमीले
कस्तो राम्रो ठान्यौ कुन्नी धायौ ऊसैलाई
थाहा होला पछि पछि धोका पाऊदा तिमीले
मनोज गिरी
छापहिले ५ गुल्मी

२४.मुक्तक 
जन्मे देखि पाएका छौ साथ आमाको
अघि बढोस भन्ने सधै बात आमाको
सफलताको सिढी चढ्न भनिन आमा सधै
गल्ति कम गर्दा खाईएन लात आमाको
मनोज गिरी
छापहिले ५ गुल्मी

२५.मुक्तक 
अन्जानमै जिन्दगि ​मा भूल भो के गरु 
अहिले तिम्लाई मन नपर्ने फूल भो के गरु
निश्चल मनले माया गरे अभिशाप भो आफ्नै लागि 
के भन्नु तिम्रो मन नै चुलबुल भो के गरु
मनोज गिरी
छापहिले ५ गुल्मी

मनोज गिरी
छापहिले ५ गुल्मी
हाल (बुटवल बहुमुखी क्याम्पस ) बुटवल ५ रुपन्देही

नोट :-
माथिका सबै मुक्तकहरू मनोज गिरिले मेलमा पठाउनुभएको हो, र मुक्तकको सर्वाधिकार लेखकमा निहित रहनेछ । 

युवराज राई (अब्जसे ) का ५ गजलहरू _01-07-2014

NepaliTalim | 1:08:00 PM | 0 comments
1.गजज
शुखको त्यो संसारमा बार हुँदोरैछ! 
दु:ख भित्रै जिवन काट्ने धार हुँदोरैछ!

सपनाहरु सयौँ मर्छन बाटो नपाएरै,
मरेका ती लाश बोक्ने कार हुँदोरैछ!

यस्तो गर्छु उस्तो गर्छु मन डुलाएर,
कल्पना मै जीवन सबै पार हुँदोरैछ!

बाँचुन्जेल तेरो मेरो तैंछाड मैछाड पनि,
मरे पछि प्रार्थी शरीर बे'कार हुँदोरैछ!

सम्झनाको साझा थलो सुन्य भए पछि,
प्रतीक्षामा मौनताका झार हुँदोरैछ!
-------------------------
युवराज राई (अब्जसे )
उदयपुर

"गजल" (असार विशेष)
हलोर जुवा बोकेर बेसी धाएर किसान!
रोप्दछ धान असारे गीत गाएर किसान!

मलर जल लगाई कन आफ्नैती खेतमा,
खुशीछ धेरै मानोको मुरी पाएर किसान!

हरा'र भरा गांउ'र बस्ती छोडेर बेसीमै,
झुलेको बाला स्याहार गरे आएर किसान!

असारे झरी दिन्रात परि मक्केको कटेरो,
सखारी बसे सालीम्बो काटी छाएर किसान!
-------------------------
युवराज राई(अब्जसे)
उदयपुर

3.गजल_
जिन्दगीमा दम्दार चाहियो मनको भाषा बोल्न सक्ने!
शुख दु:ख सबै कुरा दिलै देखी खोल्न सक्ने!

भन्दिना म एस्तो उस्तो माग पनि पसार्दिन,
एति माग्छु छिमेकमा असल उत्तम घोल्न सक्ने!

मर्दा पर्दा पित्र सम्म जाँड् रक्सीले चल्ने मेरो,
सस्कार लाई ध्यानमा राख्दै छपनीमा मोल्न सक्ने!

महिना भरी तिसैदिन घर धन्दाको काम चल्दा,
थाकाईले मात्या बेला बाहानामा टोल्न सक्ने!
_____________
युवराज राई (अब्जसे )
उदयपुर

4."गजल"
उठ्छौ भने एक अर्काको समात संग उठ!
अत्याचार लाई फांसी दिने जमात संग उठ!

म ठुलो तं सानो कुरितिका पर्दा च्यात्न,
सबै धर्म संस्कृति र अजात संग उठ!

कोही छैन अधिकार को भागेदारी धेरै थोरै,
समान व्याभार बराबर्को सौगात संग उठ!

दिनु परे बलिदानै काफी मेरो लागी,
सम्झिएर अध्यारो यि'रात संग उठ!

नत्र तिमी यस्तै यिनका व्याभार मा परि,
जीवन भर दासी बन्छौ दुईहात संग उठ!
-------------------
युवराज राई(अब्जसे)
उदयपुर

5 .गजल
उमेर बैश ढल्केर जान्छ नगरौं घमण्ड!
जस्को'हो श्रिष्टी उसैले लान्छ नगरौं घमण्ड!

तुच्छता धेरै गरेर शिर हुदैन शिखर,
आदर गरे सबैले मान्छ नगरौं घमण्ड!

भावीको लेख कर्मको बाटो हुंदैन देखेको, सबैले
आफ्नो पाखुरी खान्छ नगरौं घमण्ड!

पुरानो पात सुकेको जात झरेर बगर,
बेह्रेर सुर्ती सबैले तान्छ नगरौं घमण्ड!

अम्रित जोखी पैसाले किन्नु पाईन्न बजार्मा,
(हातको मैला)कत्तीनै ढान्छ नगरौं घमण्ड!
~~~~~~~~~~~~~~~~~~~
युवराज राई(अब्जसे)
उदयपुर

नाम:युवराज राई (अब्जसे )
जिल्ला :उदयपुर
गा वि स जाल्पा चिलाउने
वाडा न 1
जन्म वि.स 2043
ईस्  1987
फोटो फेस्वुक प्रोफाएल पिक्चर
fb id yubarajrai66@gmail.com

चर्चित धुनहरु (RAVI SHANKAR) -बृहत कलेक्सन

NepaliTalim | 5:32:00 PM | 0 comments
नमस्कार साथीहरु,
चर्चित सितार बादक स्व. रभिशंकरका बहुचर्चित सितार धुनहरु लिएर आएको छु । सुनेर आनान्द उठाउनुहोला
Listen Molody (Savishankar Special)

Note : Source : Youtube.com

Thank you

हिन्दि गजलका चर्तित धुनहरु –बृहत कलेक्सन

NepaliTalim | 5:32:00 PM | 0 comments
हिन्दि गजलका चर्तित धुनहरु –बृहत कलेक्सन
सुमधुर हिन्दि गजलका धुनहरु
नमस्कार साथीहरु,
आज तपाईहरु सामु केहि अति चर्चित हिन्दी गजल र भजनका धुनहरु लिएर तपाईहरु सामु उपस्थित भएको छु जुन श्रुतिसम्बेगबाट तपाईहरुले सुन्नेभएकै होला जसमा, रङ्गि सारि गुलावि चुनरिया रे, मेरे बाँके छलिया, जा जा रे अपने,  उल्फतकि नयी मञ्जील आदि थुप्रै धुनहरु हुनेछन् सुन्न नभुल्नुहोला ।
Listen Hindi Melody Collection


Thank you,
Chsiapani Nepal
http://chisapaninepal.blogspot.com

Episode : 101 (यो साँझ यो सुबाश-01-07-2014) - Download

NepaliTalim | 5:32:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(01-07-2014 /2071-03-17)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश   
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असार  महिनाको 17 गते तदनुसार 24th June 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-101 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger