पूर्वेली गाउँलेका ५ गजलहरू (२० असार २०७१)

NepaliTalim | 9:43:00 AM | 0 comments
पूर्वेली गाउँले
१. गजल
मर्नु बाँच्नु पारी मलाई,छोडी निष्ठूरीले । 
सँगै बाँच्ने बाचा कसम,तोडी निष्ठूरीले ।

मेरो चोखो मायाँ उनले,पल्मै लत्याएर,
मेरै सामु पराई घुम्टो, ओडी निष्ठूरीले ।

झूप्रो त्यागी महलको,सुख रोजी उनले,
सिउँदो पुछी चुरा पोते,फोडी निष्ठूरीले ।

सँगै यात्रा  गर्दै जाँदा, दोबाटोमा एक्लो,
मलाई छाडी अन्तै नाता,जोडी निष्ठूरीले ।

मरूभूमी जस्तै उजाड, पार्दै मेरो जीवन,
खुशी रोप्दै पराई दिल, गोडी निष्ठूरीले ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

२. गजल
इशारामै संसार चल्ने, पैसाभित्र के छ त्यस्तो ?
धन बिना इज्वत ढल्ने,पैसाभित्र के छ त्यस्तो ?

राष्ट्रघाती गद्धारहरू, गोली ठोक्छु भन्नेहरू,
घुस पाउँदा नाडी गल्ने,पैसाभित्र के छ त्यस्तो ?

मै हुँ भन्नेहरूलाई नी, पैसा हानी झटारोमा,
अपराधीले आँखा छल्ने,पैसाभित्र के छ त्यस्तो ?

गरीब'ले साँढेहरूको, लछार पछार खेप्नु पर्ने,
बिरोध गरे बस्ति जल्ने, पैसाभित्र के छ त्यस्तो ?

सिंहासनमा आफू बसी, अरनखटन गरे पुग्ने,
ओठमै हिरा मोती फल्ने,पैसाभित्र के छ त्यस्तो ?
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

३. गजल
तिम्रो साँचो प्रेमको मूल्य,तोकिएला होस गर ।
जवानीलाई पैसासँग, जोखिएला होस गर ।

औकात पनि बिर्सिएर, हदै सम्म भयो भने,
चुरीफुरीले उम्लिएर, पोखिएला होस गर ।

भोलीको दिन देखिन्दैन, समयले जे नी गर्छ,
हाँस्दा हाँस्दै सबै खुशी,खोसिएला होस गर ।

मायाँ गर्ने बाहानामा,स्वार्थ लुट्ने धेरै हुन्छन्,
मौका छोपी मुटुमा झिर,रोपिएला होस गर ।

समयले कोल्टे फेरे, आँखा तर्लान् आफन्तैले,
पाईलै पिच्छे ठेस लागि,ठोकिएला होस गर ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

४. गजल
घाम पानी छेल्ने झुप्रो, बनाउन नी सकिएन ।
छाक टार्ने मेलो मेसो, कमाउन नी सकिएन ।

रोई रोई चिच्याउँदै, बेहालमा छन् बाल बच्चा,
भोकाएका छोरा छोरी, मनाउन नी सकिएन ।

श्रम गरी कमाकोले, घर र धन्दा नचले'सी,
बाउ हुँ भन्ने कर्तब्य, जनाउन नी सकिएन ।

तप्प तप्प झार्दै आँसु, आफ्नै खप्पर छाम्दै बसें,
आँसु पुछी रोको मन, थमाउन नी सकिएन ।

कैले सुख नदेख्ने म, आकांक्षालाई परै राखौं,
जे छ त्यस्मै खुशी बनी, रमाउन नी सकिएन ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

५. गजल
कुरा बुझी जनता आफै, उठ्नुपर्छ अब ।
अत्याचारको बिरूद्धमा,जुट्नुपर्छ अब ।

दुष्टहरूको सड्यन्त्र सबै, भत्किने गरी,
आँधी बनी धैर्यको बाँध,फूट्नुपर्छ अब ।

दलाली र गद्दारहरू, यसै छोड्नु हुन्न,
झुन्ड्याएर पाता फर्काई,कुट्नुपर्छ अब ।

शक्तिको आडमा दिउँसै,डाका मार्नेलाई,
जेलमा हाली सर्वस्व नै, लुट्नुपर्छ अब ।

स्वार्थ पुरा गर्न देश, बन्धक राख्नेहरू,
गोली ताकी सिधै टाउको,भुट्नुपर्छ अब ।
पूर्वेली गाउँले
यासक-४,पान्थर
हाल-द कोरिया

Mail from Purbeli Gaule  : 
नमस्कार,
   यस चिसापानी ब्लगको सम्पूर्ण एडमिन ज्यूहरूमा । तपाईहरूको ब्लगको निम्ति आफ्नो गजलहरू प्रेषण गरेको छु । प्रकाशित हुन्छ भन्ने आसामा छु । अन्तमा तपाईहरूको ब्लगको उत्तरोत्तर प्रगतिको कामना ।

गजल बिम्ब (2071-03-19/03-07-2014) गजलकार एम पि केयरलेस सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 10:05:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-03-19/03-07-2014)
Email : gajalbimba@gmail.com

गजलकार एम पि केयरलेस  सँगको दोस्रो अन्तवार्ता विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 असार 19 गते तदनुसार 03-July-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  यहि सिलसिलामा आज हामी सँग अन्तवार्ता विशेष श्रृंखलामा गजलकार एम पि केयरलेस सँगको दोस्रो अन्तर्वाता  लिएर आएका छौं । उहाँसँगको अन्तरंग कुराकानी का साथसाथै उहाँका गजल उहाँकै आवाजमा सुन्नेछौं ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Note :-
उहाँ सँगको पुरानो अन्तवार्ता सुन्नको लागि यहाँ क्लीक Click Here गर्नुहोला ।
MP Careless

गजल सुधा (01-07-2014/2071-03-18) बृहत संयुक्त गजल संग्रह हैसियत विशेष : Download

NepaliTalim | 5:10:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब बिहिवार
प्रस्तोता : कमल सरगम 
Email :  shrutisambeg@unn.com.np
www.radiochhahari.com 
 (01-07-2014/2071-03-18)


नमस्कार, 

आज मिति 2070 असार 18 गते तदनुसार 01-July 2014 बिहिबार अनलाइन रेडियो  रेडियो छहारी कठमान्डौ ,नेपालि सन्चार नेट्वोर्क्  अस्ट्रेलिया  बाट एकै साथ प्रसारीत कार्यक्रम् निक्ष्यल् साहित्य  लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक बिहिबार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download 

Episode 59 - मुक्तक माला (29-06-2014/2070-03-15) : Download

NepaliTalim | 12:20:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(29-06-2014/2070-03-15)
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 असार 15 गते तदनुसार 29-June 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखला मुक्तक माला ५९ मा बाचन भएको मेरा २ मुक्तक 
देउता जस्तै हुन्छन् कोहि कोहि त
मुटुमै बास चुन्छन् कोही कोही त
मनको तार मन सँग जोडिदिएर
सँगै हाँस्छन् रुन्छन् कोही कोहि त
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

मुनाको मदन कहिल्यै फर्केन
मान्छेको बचपन कहिल्यै फर्केन
उ निष्ठुरी रहेछ बल्ल थाहा भो
ढुँगाको मन कहिल्यै फर्केन
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

BULBUL 252 : (02-07-2014/2071-03-18) : Download

NepaliTalim | 12:02:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 252
Date :  (02-07-2014/2071-03-18)

आज बुधवारीय बुलबुलको श्रृंखला
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 असार 18 गते तदनुसार -2014-July-02 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 252) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Best to use opera mini to download


रेडियो नेपालको गजल गंगा (2071-03-17/01-07-2014) - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-03-17/01-07-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 असार 17 तदनुसार 01-July-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (2071-03-16/30-06-2014) मुक्तक मेला बिशेष : Download

NepaliTalim | 2:28:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-03-16/30-06-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 असार 16 तदनुसार 2014 June-30 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -42 : (30-06-2014/2071-03-16) : Download

NepaliTalim | 1:08:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(30-06-2014/2071-03-16)

नमस्कार साथीहरु,

आज मिति 2071 असार 16 गते तदनुसार 30-June 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 42 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

श्रृंखला 110: वहकिने मन (2071-03-16/30-06-2014) मुक्तक मेला बिशेष : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-03-16/30-06-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 

 नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा राजधानीमा भएको ''मुक्तक मेला''मा वाचन गरिएका मुक्तकहरु 'वहकिने मन'को आजको श्रृंखलामा

नमस्कार,

आज मिति 2071 असार 16 तदनुसार 30-June 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 110 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Use Opera mini to best download

त्रिवेणी TRIBENI (24-06-2014/10-03-2071) गजलकार शबु शुधा सँगको अन्तवर्वाता बिशेष - Download

NepaliTalim | 6:28:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (24-06-2014/10-03-2071)

गजलकार शबु शुधा सँगको अन्तवर्वाता बिशेष 

नमस्कार साथीहरु,

आज मिति 2070 असार 10  गते तदनुसार 24 June 2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger