गजल- अधुरै रह्यो... रहर आफ्नो त (आफ्नै आवाजमा लयबद्ध)

NepaliTalim | 4:03:00 PM | 0 comments
साथिहरु आफ्नै यौटा गजल लिएर आएको छु जुन गजल लाई लयबद्ध गरिसकेको छु कुनै दिन अवस्य  हारमोनियममा गाइएको यो गजल सुनाउँछु अहिलेलाई आफ्नै स्वरमा यसरि प्रस्तुत गर्दैछु ।।

अधुरै रह्यो... रहर आफ्नो त ।।
अभागी रैछ खप्पर आफ्नो त ।।

जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।

सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।

चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।

कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/
आफ्नै आवाजमा लयबद्ध

BULBUL 180 : (06-02-2013/2069-10-24) सि.पि. गौतमसँगको अन्तर्वाता - Download

NepaliTalim | 10:21:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 180
Host : Achyut Ghimire 
Date :(06-02-2013/2069-10-24)

FB : Facebook Page


(आजको बुलबुलमा गजलकार सि.पि. गौतमका सुमधुर अन्तर्वाता विशेष रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ माघ 24 गते तदनुसार 06-FEB-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 180) लिएर उपस्थित हुनुभएको छ । आजको बुलबुलमा गजलकार सि.पि. गौतम (चन्द्र पकाश गौतम) सँगका सुमधुर अन्तर्वाता विशेष रहनेछ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download

Download : Click Here to Download 180
आजसम्मको बुलबुलका सबै श्रृंखलाहरु सुन्नुहोस् 
 
Thank you

मुक्तक सरोबर (06-02-2013/2069-10-24) - Download

NepaliTalim | 9:52:00 AM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date :  (06-02-2013/2069-10-24)
रेडियो : देबदह 106.6 मेगाहर्ज
 
समय: शुक्रबार बेलुकी 9:20 देखी 
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar

 
आज मिति 2069 माघ 24 तदनुसार 06-02-2013 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने
Listen and Download

Download : Click Here to Download

Thank you

मेरा १० मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 5:29:00 PM | 0 comments
नमस्कार साथीहरु,  म राम शरण श्रेष्ठ ब्लग एडमिन । आफ्ना केहि मुक्तकहरु तपाईहरु सामु लिएर आएको छु ।  

1. मुक्तक
सम्पर्क विच्छेद तिमीले गर्यौ ।।
मान्छेमा विभेद तिमीले गर्यौ ।।
मान्छे सबै एकै हुन के भनेथेँ
खण्डन र खेद तिमीले गर्यौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


2. मुक्तक
आफ्नै देशमा बेचिन्छ मान्छे ।।
पहाड मधेसमा बेचिन्छ मान्छे ।।
बाँच्नको लागि मजबुरिमा परि
एकै निमेसमा बेचिन्छ मान्छे ।।
 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप



3. मुक्तक
प्रतिक्षा जारी वषैंदेखी ।।
तिमीछौ पारी वषैंदेखी ।।
एक दिन मिलन हुनेछ
बसेँ स्विकारी वषैंदेखी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


4. मुक्तक
कोहि चट्टान फोरीरहेछन् ।।
कोहि भने देश चोरिरहेछन् ।।
खै कसरि होला विभेदअन्त्य
उहि घटना दोहोरिरहेछन् ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


5. मुक्तक
दिएको बोली बचन फेरिन्छ ।।
समय अनुसार चलन फेरिन्छ ।।
मंन्दिर मलाई जानै मन लाग्दैन
कहिलेहो नास्तिक मन फेरिन्छ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


6. मुक्तक
तिम्रो प्रस्ताव म मान्दै मान्दिँन ।।
प्रेमका कुरा म जान्दै जान्दिँन ।।
कर नगर आफै हुन्छ मायाँ
साथी हौ अरु ठान्दै ठान्दिँन ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


7. मुक्तक 
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


8. मुक्तक   
जिन्दगीको मैदानमा असल त्यहि हुन्छ ।।
खटिरन्छ डटिरन्छ सफल त्यहि हुन्छ ।।
मौका आउँछ पर्खदैन सदुपयो गर्नुपर्छ
समयलाई बुझ्ने अब्बल त्यहि हुन्छ ।।
 

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


9. मुक्तक  
विर्सिनेलाई सम्झिएर बस्नु हुँदैन ।।
यादहरु आसु बनि खस्नु हुँदैन ।।
दुखिरहन्छ घाउ कोट्याइरह्यो भने
पिडादायी संसारभित्र पस्नु हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

  
10. मुक्तक  
हिमाल झुकेको देखिँन ।।
हावा रुकेको देखिँन ।।
दबाब सहनु कति म
मृत्यु चुकेको देखिँन ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 
 


All copyright Reserved with Writer
  

सिर्जनाका लहरहरु :- Episode 101 -Download

NepaliTalim | 2:08:00 PM | 1comments
सिर्जनाका लहरहरु : 101
SRIJANAKA LAHARHARU

EPISODE- 100
Date : 31-Jan-2013
 
Source : Sirjanaka Laharharu
Host : Khagendra Adhikari


आज मिति 31-January-2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 100 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download


Thank you

गजल संसार - 25 : (04-02-2013/2069-10-22) - Download

NepaliTalim | 10:51:00 AM | 1comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको 
साहित्यिक कार्यक्रम : गजल संसार
Date: (04-02-2013/2069-10-22)
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 माघ 22 तदनुसार 04-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 25 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download 25
Thank you

श्रृजनाका सुशेलीहरु - (2069-10-20/02-02-2013) - Download

NepaliTalim | 5:30:00 PM | 0 comments
Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM

Date :   (2069-10-20/02-02-2013)
 
Host :  Suresh Bidari
FB : Facebook Group

   

आज मिति 2069 माघ 20 गते (02-Feb-2013)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्रस्तेाता साथी सुरेश विडारी विवसले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । आउनुहोस् हामि पनि सुनौ .

Listen and Download

गजल गंगा 05-02-2013 (रेडियो नेपाल)- Download

NepaliTalim | 5:11:00 PM | 0 comments
Interview Special
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल

Email : gazalganga@gmail.com
Facebook : Facebook Page
Web : Radio Nepal
Date : (15-01-2013/2069-10-02)




 नमस्ते साथीहरु,
आज मिति  2069 माघ 02 तदनुसार 15-Jan-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।आज हामी गजलका शि.पि गौतम सँगको अन्तर्वाता विशेष श्रृंखला लिएर आएका छौं र उहाँको गजल सँग्रह आँसुको बारे र उहाँको आफ्नै आवाजमा गजलहरु बाचन हुनेछन् । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।  
Listen and Download


हृदय-स्पन्दन2069-10-18 Listen & Download

https://mohanbihani.blogspot.com/ | 1:29:00 PM | 0 comments

कार्यक्रम- हृदय-स्पन्दन
प्रस्तोताअनु अर्पन
रेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-2069-10-18 गते बिहिबार

प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen Here

Download from Click HERE

Episode : 58 (यो साँझ यो सुबाश-04-02-2013) - Download

NepaliTalim | 1:14:00 PM | 0 comments
ISODE 58 - YO SANJH YO SUBASH
(04-02-2013 / 2069-10-22)

प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page

Phone :  9808826116


आज मिति 2069 साल माघ महिनाको 22 गते तदनुसार  04-02-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  58 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Listen all Previous Episodes


Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger