डकुमेन्ट्री १९५० को नेपालको अवस्था

NepaliTalim | 7:19:00 AM | 0 comments
डकुमेन्ट्री १९५०को नेपालको अवस्था
फेसबुकमा मैले भेटेको यो डकुमेन्ट्री १९५०को नेपालको अवस्थालाई चित्रण गरेको छ ।



Thank you

सर्च नेपाल डकुमेन्ट्री

NepaliTalim | 7:15:00 AM | 0 comments
फेसबुकमा मैले भेटेको यो डकुमेन्ट्री असाध्यै राम्रो रैछ जसलाई सर्च नेपालले तयार पारेको हो ।


Thank you

साहित्य सँगालो (2069-06-06/22-09-2012) - Download

NepaliTalim | 11:43:00 PM | 0 comments
कार्यक्रम : साहित्य संगालो 
मिति  : (2069-06-06/22-09-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ 
(स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
Facebook : Sparsa

आज हामी तपाई सामु मिति 2069 असोज 06 तदनुसार 22 September 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर कार्यक्रम प्रस्तोता अशोक गौतम क्षितिज उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि यो बसाईलाई साथ दिउँ । कार्यक्रमका यो भाग उपलब्ध गराईदिनुहुने साथी अशोक गौतमलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Thank you

गजल सुन्नुहोस् - नखोलेरै राखिएको बन्द यौटा खाम थियो

NepaliTalim | 7:24:00 PM | 0 comments
सर्जक: ललिजन रावल
कृतिः एउटा बन्द खाम
विधा: गजल संग्रह
स्वर :विनोद दाहाल
संगित :  रवि प्राञ्जल

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो
Listen 

दौलत विक्रम विष्टको उपन्यास "चपाईएका अनुहार" - Download

NepaliTalim | 4:37:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
======================
कृति: चपाईएका अनुहार(Chapaiyeka Anuhar)
लेखिका :दौलत विक्रम विष्ट (Daulat B. Bista)
विधा : उपन्यास (Novel)
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
=====================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

श्रुति शंबेगको शुक्रबारको श्रीङ्खलामा हामी दौलत विक्रम विष्टको उपन्यास चपाईएका अनुहार लिएर आएका छौं । यो उपन्यास पहिलो पल्ट २०३० सालमा प्रकाशन भएको थियो हाल २०६७ साल सम्म आईगुग्दा ८ औ संस्करण सम्म प्रकाशन भईसकेको छ । आउनुस् हामी पनि सुनौं ।
A NOVEL CHAPAIYEKO ANUHAR WRITTEN BY DAULAT BIKRAM BISTA FROM SHRUTISAMBEG  
LISTEN AND DOWNLOAD
Episode 1 (2069-04-12/27-07-2012)

Download : Click Here to Download 1
Episode 2 (2069-04-19/03-08-2012)

Download : Click Here to Download
Episode 3 (2069-04-26/10-08-2012)

Download  : Click Here to Download 3
Episode 4 (2069-05-01/17-08-2012)

Download : Click Here to Download 4
Episode 5 (2069-05-08/24-08-2012)

Download : Click Here to Download 5
Episode 6 (2069-05-15/31-08-2012)

Download : Click Here to Download 6
Episode 7 (2069-05-22/07-09-2012)

Download : Click Here to Download 7
Episode 8 - (2069-05-29/14-09-2012)

Download : Click Here to Download 8
आज देखि चपाइएका अनुहारको बाचन समाप्त भएको छ । 

Episode 9 - (2069-06-05/21-09-2012)

Download : Click Here to Download 9-Final

Thank you


Thank you

गजलका पानाहरु -8 : (22-09-2012)- Download )- Download

NepaliTalim | 4:11:00 PM | 0 comments
GAZALKA PANAHARU : 8
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
 समय : हरेक शनिवार 
फेसबुक : Gazaka Panaharu


आज मिति 2069-06-06 तदनुसार 22-09-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download

Download : Click Here to Download 8

Thank you

Episode 4 : साहित्य सिर्जना 22-Sep-2012 - Download

NepaliTalim | 12:03:00 PM | 0 comments
EPISODE : FOUR -4
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

       


साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 4th श्रीङ्खला लिएर आज मिति 2069 असोज 06  गते तदनुसार 22 सेप्टेम्बर 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download 4

Thank you,


श्रृजनाका सुशेलीहरु - (2069-06-06/22-09-2012) - Download

NepaliTalim | 11:13:00 AM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM
Date : (2069-05-23/08-09-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
 
आज मिति 2069 असोज 06 गते (22 SEP-2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
Listen and Download

Download : Click Here to Download

Thank you

गजल गंगा 18-Sep-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 2:48:00 PM | 0 comments

RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल

समय : हरेक मंगलबार ९.१५ देखि

कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal 
Date : 18-Sep-2012 (2069-06-02)

नमस्ते साथीहरु,
हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता नविन दाहाल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।  आजको श्रीङ्खलामा प्रिय दर्षिनिको गजल संग्रह चित्र जिन्दगीका बारेमा केहि चर्चा साथै गजलहरु र युगिन साहित्य समाज देवदह रुपन्देहीका श्रष्टाहरुले बाचन गरेको गजलहरु उहाँहरुकै आवाजमा लिएर आएका छौं ।
Listen and Download

Download : Click Here to Download

Thank you

Muktak Madhurima - (2069-06-.4/20-09-2012) - Download

NepaliTalim | 2:01:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-06-01/20-09-2012)

आज मिति 2069 असोज 04 गते तदनुसार 30th   Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download
Download : Click Here to Download  
Listen All Previous Episodes
२०६९-०६-०४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Gobinda Acharya Maya
तिमी आयौ जिन्दगीमा लाग्यो वहार आए जस्तो
जिउँने रहर वढ्दै थियो सहयात्री पाए जस्तो
कोपिलामै झर्नु रैछ विश्वासका यि थुंगाहरु
पाइला मोड्यौ निष्ठूरी भाछ मुटू खाए जस्तो
-गोबिन्द आचार्य माया
बिरेन्द्रनगर -७,चितवन
हाल: साउदी अरब, अल खोबर

02-न्यौपाने माइला
यती राम्री छौ कि जुन सँग दाज्न सक्दिन !
संगीत का सबै धुन्,सँग दाज्न सक्दिन !!
जुगौ जुग बचाउने छ मलाई त्यो माया ले अनि,
अमृत को त्यो गुण्,सँग दाज्न सक्दिन !!
-न्यौपाने माइला
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori

03-Mohan Bihani 'छेस्का'
नजरको बाण हानेकै हो,
स्वरुपले तिम्रो तानेकै हो,
हजारौको भिड बिचमा पनि,
तिमीलाई मैले छानेकै हो।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/

04-Rai Munkmen Ramesh मुक्तक
कोहि आउने र कोहि जानेले जिन्दगी छेकिन्न
मन परेको कुनै पनि चिज को मूल्य लेखिन्न
स्वर्ग जान ईच्छा हुने मर्नु भन्दा पछि हट्ने
मरण भन्दा पहिलै नै त पक्कै स्वर्ग देखिन्न
-राई"मुक्मेन"रमेश
हाल-साउदी:

05-Khadga G Magar प्रदेशि चेलिको पिडा (मुक्तक)
यसपालिको तिजमा पनि, आउन पाईन आमा
रातो सारि चुरा पोते, लाउन पाईन आमा //
प्रदेशका दुःख पिडा, मनै भरि सांची
बेदनाक स्वरहरु, गाउन पाईन आमा //
खद्ग जी.एम.
कतार बाट

06-Arjun Chaudhary
धुजा धुजा भएको मुटु सिलाई देलन प्रिर्या,
धन छाडि मन सँगै मिलाई देउन प्रिर्या,
तिमी उता म एता तडपिएर बस्नु भन्दा,
स्वीकार्य छ बिष घोली पिलाई देउन प्रिर्या....
ARJUN CHAUDHARY,PADAMPUR 6@

07-श्रीकान्त बराल कहेराज
आऊ नेपालि देश लाइ बचाउनु पर्ने भाछ
देश सारै बिमार भो जचाउनु पर्ने भाछ
परदेशको पसिनाको ट्याक्स पनि खान्छन नेता ,
आऊ इ नेता लाइ जमिनमा पचाउनु पर्ने भाछ ....
कृष्ण मन्दिर चोक

08-मोहन रावल अनमोल 'अस्तु' ______"मुक्तक"_______
ऊन्ले सोधे तिम्रो अस्तु मरिसक्यो भनिदिनु ।।
फक्रिएर पुस्पक ओईलि झरिसक्यो भनिदिनु ।।
सानो अस्तु झुपरे बष्ति बाढि आई बगाई लिदा ।
बाध्यताले अन्तै बासाई सरिसक्यो भनिदिनु ।।
-मोहन रावल अनमोल "अस्तु" बान्नातोलि-5{अछाम}
हाल-बिरानो शहर मुम्बई
+918291079880

09-Nirdoshi Pokhrel
तिजमा दिदि खुसियाली छाउन पाईन।
साथमै बसी गित मैले गाउन पाईन॥
भेट भएन भनी दु:खी नहुनु होला।
बाबालाई भन्छु म लिन आउन पाईन॥
lokbahadurpokhrel(nirdoshi)
benimadipur~7 devi nagar tadi nawalpresi.... Hall~mumbai..india

10-अभागी कान्छा गाउले >>>>>
माया गर्छु भनेर, तन सारेर जानेलाई !
चोट हजार दिई, मन मारेर जानेलाई !!
ठेस नलागोस, हरेक पाइला पाइलामा
देखावटी मलाई, आशु झारेर जानेलाई !!
-अभागी कान्छा गाउँले
तोपगाछी, झापा <<<<<

11-Bus Anta
राती राती सुटुक्क आउन प्यारी मलाई भेट्न,
धेरै दिन भाईसक्यो आउन प्यारी प्यस मेट्न।
घरी घरी नतडपाउन बाँच्न मलाई गाह्रो भयो.
चोखो माया गरिसके, नखोज प्यारी मुटु रेट्न।
-from basanta bhattarai....
chabahil ktm

12-Baral Suryamani
खुशि तिम्रो घटेको देख्नु नपरोस् जिन्दगीमा।
दुःखको कुनै कहानी तिम्रो लेख्नु नपरोस् जिन्दगीमा।
सँधैभरी हाँसि राख्नु माया प्रेम गाँसि राख्नु,
फूलै फूल होस्बाटोभरी काँडा टेक्नु नपरोस् जिन्दगीमा।।
-घट्टेकुलो काठमाण्डौ

13-अर्जेल मायाको शागर अर्जेल
"हाँसी हाँसी बिताईरहेछु दुख का पलहरु!
मनमै लुकाएर राखेको छु आँशु का भलहरु
अझै पनी संघर्ष म गरिरहे को छु
मिल्छकी भन्दै यहाँ परीश्रम का फलहरु

14-Saroj Dhital
बिष रैछ जिवन यहा जिउँदा जिउँदै मरे..
मात रैछ जिवन यहाँ पिउँदा पिउँदै मरे..
उद्रिएछन् लक्षहरु च्यातिदै छ जिवन पनि..
च्यातिएको मेरो जिवन सिँउदा सिँउदै मरे..
-डाँछी 3 काठमाडौ

15-Nabaraj Kharel
खडेरीमा एक थोपा, पानि खोज्दै आँए म त ।
अब पानि पिलाउने, नानी खोज्दै आँए म त ।।
सुख दुःख हास्दा रुदा जिन्दगीमा साथ दिने,
माया गर्ने मायालुको, खानी खोज्दै आँए म त
Nabaraj kharel danchhi 9,ktm
Mero fan banna chahane haruko lagi mero mobile no.9841232064

16-Ram Sharan Shrestha
उस्ले चाहेकै पार्टी सरकारमा छ ।।
त्यसैलेत जागिर पनि भन्सारमा छ ।।
मौका यहि हो केहि गर्नेपर्छ भन्दै
बेर्फुसदी उ अति हतारमा छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६ , रामेछाप ।
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्नको लागि चिसापानी नेपाल
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima लगइन गर्नुहोला ।

17-Raag Gazmer Raz
तिर्दैछु दस्तुर जिन्दगीको
के थियो कसुर जिन्दगीको
के थाहा यो चोला यति महँगो होला
आँशु भो जरुर जिन्दगीको

18-Amrit Shrestha
दिल भित्र उस्को तस्वीर थमाउनु बेकार थियो
उसै सँग केही बेर रमाउनु बेकार थियो
छाडी जाने धोकेवाजलाई भन्नु के छ र ?
जुनि सगै काट्छु भनि हात समाउनु बेकार थियो
(Amrit shrestha pokhara 12 kaski)

19-Gyan Tramu Magar <मुक्तक>
एकअर्का विना पनि जिऊनु सक्नुपर्छ।
प्रलय आए जहर पिऊनु सक्नुपर्छ॥
भन्ने गर्ने शब्दहरु भर्खर जस्तो लाग्छ।
तिम्रो पालो अब मुटु सिऊनु सक्नुपर्छ॥
-ज्ञान तरामु <सेतु>
ठुलोलुम्पेक चार
कसिंन्थला गुल्मी
हाल (दृष्टि-वाटिका साहित्य समाज) मुम्बई भारत

20-Ashish Danai मुक्तक
गरिबलाई झुपडीकै बास नेपालमा
कसको गर्ने गरिबले आश नेपालमा
राजतन्त्र मेटिएर गणतन्त्र आयो तर
गरिबलाई कहिल्यै हुन्न खास नेपालमा
-आशीष दनाई
बेसिशहर, लमजुङ
Click to Listen And Download Muktak Madhurima---
www.ashishdanai.com.np

21-Krishna Prasad Simkhada
पहिलो पटक मन पराय तिम्रो रुप हेरे
दोस्रो पटक माया लाग्यो तिमीलाई खुब हेरे
तेस्रो पटक परिचय भयो नाम थाहा पाय तिम्रो
चौथो पटक लुकी लुकी तिम्रो फेसबूक हेरे
-कृष्ण प्रसाद सिम्खडा
-गितनगर्-४

22-Jyoti Khatiwada Anischit
यो मुटु अहिले चस्कँदो छ बेसरी
सम्झनामा तिमी नआईदेउन घरिघरी
याद तिम्रो भुलाउन जहर नै पिउँ कि
तिमीलाई भुल्न सकिन मैले कसैगरी ।
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा
हाल त्रि चन्द्र वहुमुखी क्याम्पस ।

23-निस्चल प्रेमी कान्छा
मन तिम्रो खाली भए आऊन पृत लाईदिन्छु
भन्छौ भने तिम्रो निम्ती चितवन तिर धाईदिन्छु
संगीनीको खोजी गर्दै निस्चल मन समालेर
जुनीभरी हासी खुसी जिन्दगीम सजाईदिन्छु ।।
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि - वाटिका साहित्य समाज मुम्बई भारत

24-Mahesh Jung Thapa
भन्दै हिड्छे रे उ, उसले मलाइ छाडि रे।
मेरो छायाँ पर्दा सामु, उसले आँखा माडि रे।।
पुणिमाको रात पनि औँसि लाग्न थाल्यो अचेल,
मलाइ भन्थि उसको माया, अर्कै संग बाडि रे।।
-महेश जंग थापा
कुशादेवी-4, काभ्रे
हाल ;बसुन्धारा, काठमाण्डौ

25-Lalu Gm
सकिन नी तिम्रो दिलमा, डेरा जमाई बस्न सानु।
चोखो पिरतीको नाता, जुनी भरीलाई कस्न सानु।।
झुटो मायामा लठ्याएर, अर्कैसंग रमायौ तिमी।
बाध्यछु आज तिम्रो दिलको गहिराइमा फस्न सानु।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

26-Thapa Kale Magar
कोइली भन्छ नरौं तिमी मेरोनी उस्तै कथा छ।
जिन्दगीले थगेपछि बिरक्तीएको ब्यथा छ।।
न्याउली भन्छ जाऊ कही एकान्तको बस्ती तिर।
गरिब मारी ढुकुटी भर्ने देश्को यस्तो प्रथा छ।।।।
-मनु थापा ठूलो लुम्पेक एक गुल्मी हाल प्रदेशी भूमी मुम्बई भारत।।।

27-Surya Chemjong
तिमी नै भन त के म त्यो संग रिसाऊँ?
तिमीलाई चाहने जो-जो संग रिसाऊँ !
सताउँछौ तिमी छौ र पो त आफ्नो भन्ने
तिमी संग नरिसाए,को संग रिसाऊँ ??

28-Dipak Karakheti मुक्तक
दियो जतै बल्दैछ, यो बिरनो मुलुकमा
साझामा सधैं जल्दैछ, यो बिरनो मुलुकमा //
जता हेर्यो उस्तैछ , यो पैसाको माहुलो
असल साथी भुल्दैछ, यो बिरनो मुलुकमा //
-दीपक काराखेती
हाल:- अबुधाबी(UAE)

29-Bikalpa Babu 
बगेर आशु आँखाको मुलमा सँजाए तिमीलाइ
मन्द बास फैलाउने फुलमा सँजाए तिमीलाइ
दोधार मन सोच्छ हजार आज किनकिन
मार्ने दिल तिखो शुलमा सँजाए तिमीलाइ
-बिकल्प बाबु
गितानगर चितवन

30-Dipendra Chapagain
आइदिन्छ सम्झना घात दिने निष्ठुरीको
तड्पाई तड्पाई रात दिने निष्ठुरीको
माया गाँसिनु र छुटिनु त रित भएछ
घातक एक नजरले मात दिने निष्ठुरीको ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु ।
हाल मुम्बई

31-स्याङ्जाली रमेश मुक्तक
छुट्टै अनौठो कहानी छ उस्को
क्या मस्त मस्त जवानी छ उस्को
दुनियाँ सारा लोभिंएकै देख्छु
त्यो हेर्ने नजरै बैमानी छ उस्को
©
स्याङ्जाली रमेश
मरुभूमिको छातीबाट
स्थाई घर अर्जुनचौपारी

32-Umesh Shrestha
बादलहरु जिस्काऊँछन् तिम्रै ईशारा मा
घरि घरि मुस्कुराऊँछन् तिम्रै ईशारा मा
सम्झी तिमीलाई मुस्कुराऊँछु फेरी मन उस्तै
हावा पनि सुम्सुम्याऊँछन् तिम्रै ईशारा मा
(उमेश श्रेष्ठ "गुम्सिएका मन को बहार" )
चिसापानी-४ रामेछाप

33-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
को छ म संगै बाँच्ने अनी म संगै मर्ने ?
मेरो हातको चुरापोते अनी सिन्दुर भर्ने
कोही छ भने आऊ तीजको मेलामा भेट्न
हामी त्यहि तीजको मौकामा भागेर बे'गर्ने
hetauda makawanpur hal doha qatar

34-तिलक निस्कर्ष
तिमि थियौ माया गर्ने, पिडा पनि दियौ तिम्ले
मेरा सपनाको केन्द्र हरु नछोडेर लियौ तिम्ले
म पनि त तिमि बाट धेरै टाढा पुगी सके ,
गुनासो केहि छैन बाकि, पराइ संग जियौ तिम्ले
रत्ननगर ७

35-अविरल भण्डारी
कसैले नदेख्ने अदृश्य साश हैन अविरल
शोसक र सामन्तीको दाश हैन अविरल
यो धर्तीमा जन्मे पछी केहि गरेर छाड्छ छाड्छ
देश को निम्ति जिउदै मर्या लाश हैन अविरल
कुमरोज ३ गबई

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger