Episode - 1 ( यो साँझ यो सुबाश) - Download

NepaliTalim | 10:39:00 AM | 3comments
Yo Sanjh Yo Subash - Episode 1 (One )
   



















A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  
 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५


पहिलो भाग परिक्षणको रुपमा तयार पारिएको थियो । गुणस्तर राम्रो नभएकोले राख्न असमर्थ भएको छु । माफ गर्नुहोला । आसाछ कुनै बेला प्रप्त भएमा उपलब्ध गराउने छु ।

Listen 
Missing ...................
I will Upload whenever got it .

Thank you
Ram

नेपालमा सामुदायिक पुस्तकालयको अवस्था र चुनौति

NepaliTalim | 2:08:00 PM | 0 comments
भोला कुमार श्रेष्ठ
एक पुस्तकालय प्रत्येक युग र प्रत्येक देशका महात्माहरुको अमर समुह हो र यो जतिको अनमोल ठाउँ अरु हुँदैन । सुनको मंन्दिर यसको अगाडि नगन्य छ, कुबेरको जुहारखान यस अगाडि तुच्छ । यो एक अबोला सानो तर विशाल विश्वविद्यालय हो । तपाई एक पुस्तकको मोल हिसाव गरिसक्नुहुनेछैन । यो बुद्धिको व्यञ्जनशालालाई ब्यक्ति तथा सरकार कसैले पनि ध्यान दिन सकिरहेको छैन । हामीले तत्काल ठूला पाठशाला मंन्दिर बनाउन सकेनौ तर हामी पुस्तकको विशाल सङ्ग्रह गरेर प्रत्येक टोल टोलमा, गाउँ गाउँमा विद्याप्रति अभिरुचि विकास गराएर जनचेतनाको स्तर चाहिए जति उच्चतामा पुर्याउनको निम्ति कोसिस गर्न त सक्दछौं । नगनुए महापाप हो, राष्ट्र र प्रजातन्त्रको हत्या गर्नु हो । एक एक पुस्तकालय खडा गर्ने एक एक टोलका सेवकलाई म अन्तरआत्माले नमस्कार गर्दछु ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा

उपरोक्त भनाई महाकवि लक्ष्मी प्रसाद देवकोटाको हो । यसले प्रष्ट रुपमा पुस्तकालयको महत्व र आवश्यकतालाई उजागर गरेको छ । जुन, अहिलेसम्म पनि उत्तिकै सान्दर्भिक छ ।

परिचय
ब्यक्ति र समाजको विकास बिना देशको विकास हुन सम्भव छैन । ब्यक्तिलाई समाजमा सक्रिय बनाउनको लागि शिक्षाको अहम भूमिका रहेको हुन्छ । जुन उनिहरुको प्रजातान्त्रीक अधिकार पनि हो । संन्तोषजनक शिक्षा र निःशुल्क पुस्तकालय हो । सामुदायिक पुस्तकालयलाई जन पुस्तकालय वा सार्वजनिक पुस्तकालय पनि भनिन्छ । सामुदायिक पुस्तकालयमा सामुदाय भित्रका जनतालाई आवश्यक पर्ने विभिन्न किसिमका पुस्तक, पत्रपत्रिका, प्रतिवेदन, पोष्टर, नक्शा, विश्वकोश, श्रब्यदृश्य, इन्टरनेट सुविधायुक्त सामग्रीहरुको सङ्कलन गरी राखीएको हुन्छ । सामुदायिक पुस्तकालयले धनी, गरिब, ठूलो सानो, जाति, धर्म, बर्ण, लिङ्ग आदिको कुनै भेदभाव नगरी निरन्तररुपमा ज्ञान र सूचना प्रवाह गरी राखेको हुन्छ । सामुदायिक पुस्तकालय स्थानिय सरकार र जन सहभागितावाट जनहितको दृष्टिलाई ध्यामा राखी प्रायः सबै गाउँघरमा खोलिएको हुन्छ । त्यसैले समुदायिक पुस्तकालयलाई स्थानीय ज्ञानको मूख्य द्धार पनि भन्दछन् ।
युनेस्को ले समेत सामुदायिक पुस्तकालयको महत्वलाई यसरी दर्साएको छ “ प्रजातन्त्रको गजलाई बलियो बनाउन सामुदायिक पुस्तकालायले महत्वपूर्ण खेलेको हुन्छ, यसले राजनीतिक, धार्मिक, सांस्कृतिक चेतनालाई जागृत गराई प्रजातन्त्रको विकासलाई टेवा पुर्याउँछ ।”

सामुदायिक पुस्तकालयको ऐतिहासिक पृष्ठभूमि :
नेपालमा पुस्तकालायको कुरा गर्दा केही ऐतिहासिक पृष्ठभूमिबाट सुरु गर्नु पनेए हुन्छ । लिच्छवी तथा मल्लाकालमा पनि पुस्तकालय नभएका होईनन् । पुस्तकालयको नाम नदिईएता पनि त्यतिखेरका शैक्षिक सामग्रीहरु जस्तै ताम्रपत्र, भोजपत्र, हस्तलिखित ग्रन्थ, शिलालेख आदि राजाको दरवार, धार्मिकस्थल, पुरोहितहरुको घर, मंन्दिर, विहारहरु संङ्ग्रह गरी राखिएका हुन्थे । यसलाई नै पुस्तकालायको सुरुवात मान्नु पर्दछ ।।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपश्चात नुवाकोट दरवार, भक्तपुर दरवार, पाटन दरवार र केहि मठ मंन्दिर, विहारहरुमा छरिएर रहेको ऐतिहासिक सामग्रीहरु जस्तै हस्तकला, ग्रन्थ, पुस्तक, ताम्रपत्र, भोजपत्र आदि हनुमान ढोकाको बसन्तपुर दरवारमा संकलन गरि राखे । यहि संकलित शैक्षिक सामग्रीहरुलाई पुस्तक चिताई तहविलको नामाकरण गरि वि.सं. १८६९ साल भदौ १५ गते श्री ५ गीवार्णयुद्ध वीरविक्रम शाहदेवले लालमोहर जारी गरि एकजना तहविल र दुईजना टहलुवाको ब्यवस्था गरि पुस्तकालयको शुरुवात गरेको पाईन्छ । यहि वसन्तपुर दरवारमा रहेको पुस्तक चिताई तहविललाई राण प्रधानमन्त्री जंगवहादुरले थापाथलीमा रहेको आफ्नो दरवारको जैसिकोठामा ल्याएार राखे । पछि यिनै संकलनहरु दरवार स्कुलमा स्थानान्तरण भएपछि दरवार लाईब्रेरीको नामबाट संकलित भयो भने घण्टाघर लाईब्रेरी र पछि आएर राणा प्रधानमन्त्री वीर शमशेरले आफ्नो नाममा वीर लाईब्रेरी नामाकरण गरी सञ्चालन गर्न थालियो । यहाँनिर उल्लेखनिय कुरा के छ भने सर्वसाधारण जनताको पहुँचभन्दा बाहिर रहेको वीर पुस्तकालय देव शमसेर प्रधानमंत्री भएपछि गोरखापत्र वर्ष १, अङ्क २ मा सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी खुल्ला गरिएको  विज्ञप्ति प्रकाशित गरे ।

वि.सं. २०१३ सालमा राष्ट्रिय अभिलेखालयको ब्यवस्था भएपछि वीर लाइब्रेरीमा रहेको सबै ऐतिहाँसिक सामग्रीहरु राष्ट्रिय अभिलेखालयमा सारिएपछि धेरै बर्षसम्म वीर लाइब्रेरीको नाममा संचालन भएको नाम राष्ट्रिय अभिलेखालयमा आएर टुङ्गीयो ।

विशेष गरि सार्वजनिक पुस्तकालय विकासको लागि युवहरुले गरेको प्रयासलाई पनि उच्च मुल्याङ्कन गर्नुपर्ने हुन्छ । १९ औं शताब्दीको मध्यतिर सारा संसारमा पुस्तकालयको महत्वको विषयमा एउटा आन्दोलननै चल्यो । फलस्वरुप विभिन्न देशका एउटा सार्वजनिक, शैक्षिक पुस्तकालयहरु धमाधम खोलिए । यसको प्रभाव नेपालमा पनि चर्यो । सरस्वति पुस्तकालय खोल्नअघि सरेका ४५ जना युवहरु वि.सं. १९८६ मा देशद्रोहिको अभियोग लगाई प्रधानमन्त्री भीम शमशेरले समात्न लगाए । पछि १०० रुपैया जरिवाना गरेर छाडियो । नेपालको ईतिहासमा यललाई लाइब्रेरी पर्वको रुपमा चिनिन्छ । यसरि सजाय पाउनेहरुमा लक्ष्मि प्रसाद देभकोटा, बैकुण्ठ प्रसाद लाकौल, कृष्ण प्रसाद कोईराला, शंकरदेव पन्त आदि थिए । १०४ वर्षसम्मको एकतन्त्रिय जहानिय राण साशणमा नेपालमा त्यतिखेर स्कुल, पुस्तकालय खोल्नु अपराध मानिन्थ्यो । यस्ता विषम अवस्थामा पनि नेपाली युवाहरुले चेतनाको ज्योति बाल्न केहि सार्वजनिक पुस्तकालयहरु खोलेका थिए । त्यस बखत खोलिएका केहि महत्वपूर्ण पुस्तकालयहरुमा पाल्पाको धवल पुस्तकालय, बुटवलको महावीर पुस्तकालय, विराटनगरको आदर्श पुस्तकालय, धरानको सार्वजनिक विद्या भवन पुस्तकालय, काठमाडौंको प्रदिप्त पुस्तकालय र पाटनको शारदा पुस्तकालय आदि हुन् ।

सामुदायिक पुस्तकालयको वर्तमान अवस्था
नेपालमा सामुदायिक पुस्तकालयको वर्तमान अवस्थाको कुरा गर्दा नेपाल पुस्तकालय सङ्घले १९९७ र २००३ मा गरेको पुस्तकालयको अवस्थाको सर्वेक्षणले बास्तविकतालाई प्रष्ट्याउँछ । नेपालमा करिव ७०० सर्वजनिक सामुदायिक पुस्तकालयहरु रहेको अनुमान छ । ति पुस्तकालयहरु मध्ये धेरैजसो पुस्तकालयहरुको अवस्था भने ज्यादै दयनिय छ ।

दयनिय हुनुका कारणहरु

    जनतामा पुस्तकालय चेतनाको कमी
    दिगो आर्थिक स्रोत केहि नहुनु
    निम्नस्तरको शैक्षिक सामग्रीहरुको संकलन
    कर्मचारीको अभाव
    भौतिक सुविधा न्युन
    सरकारी उदासिनता
    आवश्यक नीति नियमको अभाव

हाल आएर केहि सामुदायिक पुस्तकालयहरुले समुदायमा उल्लेखनीय सेवाहरु प्रदान गर्दै आएका पनि छन् । यसरी सेवा प्रदान गर्ने पुस्तकालयहरुमा रिड नेपालबाट सहयोग प्राप्त गरेका पुस्तकालयहरुले पुस्तक, पत्रपत्रिकाको साथै इन्टरनेट, ईमेल सेवाहरु पनि दिईरहेका छन् । समुदायको विकासमा पनि सक्रिय भुमिका निर्वाह गरिरहेका छन् । यसको साथै केहि नगरपालिका, गा.वि.स. र अन्य संघ संस्थाबाट सहयोग पाइरहेका पुस्तकालयहरुको अवस्था पनि अन्यको तुलनामा समुदायमा राम्रो सेवा प्रदान गर्दै आएका छन् ।

मुस्ताङमा सामुदायिक पुस्तकालय
हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ पश्चिमाञ्चल विकास क्षेत्रको दुर्गम पहाडी जिल्ला हो । कालीगण्डकी नदीको तिरमा रहेको कागबेनी, जोमसोम, माफी, टुकुचे, कोवाङ आदि यहाँका प्रमुख तस्विरहरु हुन् । प्रख्यात मुक्तिनाथ मन्दिरले गर्दा धार्मिक पर्यटन प्राकृतिक सौन्दर्यले गर्दा बैदेशिक पर्यटकहरुको गन्तब्यस्थलको रुपमा मुस्ताङ जिल्ला रहेको छ । विकट भौगोलिक बातावरणले गर्दा शिक्षामा पछि परेको यस जिल्लामा अहिले आएर ५ वटा सामुदायिक पुस्तकालय रहेको तथ्याङ्क भएता पनि ३ वटा सामुदायिक पुस्तकालयले सेवा प्रदान गरिरकेका छन् ।

यस जिल्लामा पुस्तकालयको इतिहासलाई नियाल्दा थाक पुस्तकालय सबभन्दा पुरानो पुस्तकालय हो । पचास वर्ष अघिनै स्थापित यस पुस्तकालयले सन् १९९४ मा रिड नेपालको सहयोग पाएपछि यसले पुनजन्म पायो । रिडको सहयोग पाएका पुस्तकालयहरुमा आर्थिक आर्जन गर्ने हिसावमा यो पहिलो नम्वरमा आउँछ । पुस्तकालय दियो विकासको लागि खोलिएको फर्निचर कारखानाले राम्रो आम्दानी गरिरहेको छ । यस पुस्तकालयले समुदायमा ज्ञान र सुचना मात्र प्रवाह नगरी समुदाय विकासको लागि पुल, स्कुल भवन निर्माणको लागि समेत आर्थिक सहयोग गरेका छन् भने छात्रवृत्ति प्रदान गर्नेदेखि लिएर अन्य काममा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ । टुकुचे गाउँको आफ्नै भवनमा सञ्चालित यस पुस्तकालयले थाकवासीहरुलाई मात्र नभई पर्यकहरुलाई समेत पुस्तकालयको सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रख्यात नेपाली कवि भूपी शेरचनको नामबाट स्थापित भूपी स्मृति थाक पुस्तकालय कोवाङ गाविसमा रहेको छ । २०५७ सालमा स्थानीय सचेत जनसमुदाय स्थापित यस पुस्तकालयले शैक्षिक जागरणमा महत्वपूर्ण योगदान दिंदै आएको छ । “धौलाश्री युगवाणी” पत्रिका प्रकाशनदेखि लिएर कविता, वक्तृत्वकला प्रतियोगिता आदि गरेर मुस्ताङवासिलाई साहित्यिक जागरण उन्मुख गर्दै आएको छ । रिड नेपालको समेत सहयोग पाएको यस पुस्तकालयले बाल शिक्षा केन्द्रको रुपमा पनि रहेको छ ।

रिडको सहयोग र आमा समुहद्धारा सञ्चालित पुथाङ सामुदायिक पुस्तकालय तथा सुचना केन्द्र मुस्ताङको सदरमुकाम जोमसोममा रहेको छ । यस पुस्तकालयमा बालबालिका, विद्यार्थी, महिला, सरकारी कर्मचारीहरु, पर्यटकहरु पुस्तक पत्रपत्रिका अध्ययनको लागि आउने गर्दछन् । कम्प्युटरको सुविधा समेत भएको यस पुस्तकालयमा बालबालिकाको लागि शैक्षिक खेलौना समेत उपलब्ध छ । पुस्तकालयकै अगुवाईमा आमा समुहले सर सफाई राख्ने कामदेखि लिएर स्कुलजान नपाउने केटाकेटीहरुका लागि पुस्तकालयबाट जिल्ला कार्यालयको सहगोगबाट साक्षरता कक्षा सञ्चालन गरिरहेका छन् । पुस्तकालयको दिगो विकासको लागि पुस्तकालय भवनलाई पसल, कबल र हल भाडामा लिएर उठेको पैसाले पुस्तकालय सञ्चालनमा खर्च गरेका छन् ।

रिडकै सहयोगबाछ माथिल्लो मुस्ताङमा सामुदायिक पुस्तकालय खोलिएका छन् । यसरी जिल्लामा सामुदायिक पुस्तकालयको माध्यमद्धारा शिक्षाको जनचेतना र ज्ञान सुचना प्रवाह गरि उल्लेखनिय योगदान पुर्याउँदै आएको छ ।

सामुदायिक पुस्तकालयको विकासमा गरिएका केही प्रयासहरु
सर्वप्रथम वि.सं. २०११ सालमा नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा कुनै पनि शैक्षिक संस्थमा तथा गाउँ गाउँमा अध्ययन र अनुसन्धानको लागि एउटा राम्रो पुस्तकालय हुनुपर्ने कुरालाई जोड दिईएको छ ।

नेपालमा पहिलो पटक जननिर्वाचित सरकारले २०१७ सालमा विभिन्न सार्वजनिक पुस्तकालयहरुलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।
यसको लामो अन्तरालपछि नेपाल राष्ट्रिय पुस्तकालयले पुस्तकालय कानुनको मस्यौदा तयार पारी नेपाल सरकारमा पेशा गरेको थियो । यसको कुनै कार्यान्वयन हुन सकेन ।

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले पुस्तकालयको महत्व र अनिवार्यतालाई विशेष प्राथमिकता दिएको पाईन्छ । प्रत्येक शैक्षिक संस्था र गाउँस्तरमा पुस्तकालयको ब्यवस्था गर्नुपर्ने कुरालाई जोड दिएको छ ।

उच्चस्तरीय शिक्षा आयोग २०५५ को प्रतिवेदनको समेत २०४९ को आयोगबाट प्रस्तुत पुस्तकालय सम्वन्धि सुझावलाई प्राथमिकता दिई जिल्लास्तरमा जिल्ला पुस्तकालय र ग्रामीणस्तरमा ग्रामीण पुस्तकालय र सूचना केन्द्र स्थापना गरिने छ भनी उल्लेख भए तापनि सो भएको पाईदैन ।

स्थानीय दसौं पञ्चवर्षीय योजनाले समेत पुस्तकालयको आवश्यकतालाई जोड दिएको पाइन्छ । दसौं योजनामा ग्रामिण क्षेत्रमा १५ सय टेलिसेन्टर खोल्ने लक्ष्य थियो यसको पनि राम्रो कार्यान्वयन हुन सकेन, गरिब २ सयवटा जति मात्र खोलिए ।

नेपाल पुस्तकालय सङ्घले पुस्तकालय नीति र पुस्तकालय ऐनको आवश्यकताबारे सन् १९९२ मा पुस्तकालयको अवस्थ्को बारेमा सर्बेक्षण गरेको थियो । उक्त प्रतिवेदन सम्वन्धित मन्त्रालयहरुमा पेश गरेको पाइन्छ ।वि.सं. २०६२ देखि शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत पुस्तकालय समन्वय शाखा स्थापना गरी पुस्तकालयको समस्या र विकासमा ध्यान दिंदै आएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले २०६२।०६३ र २०६३।०६४ मा सार्वजनिक पुस्तकालयहरुलाई आर्थिक अनुदान दिएकोमा यस आर्थिक वर्षको लागि पनि बजेट ब्यवस्था गर्न प्रयास भइरहेको छ ।

यो सालको सबभन्दा ठुलो उपलब्धि भनेको पुस्तकालय तथा सुचना सेवा राष्ट्रिय नीति २०६४ पारित हुनु हो । देशमा पुस्तकालय सम्वन्धि कुनै पनि सरकारी दस्ताबेज नभएको अवस्थामा यो नीति आउनु पुस्तकालय विकासको लागि एउटा महत्वपूर्ण कदम मान्नु पर्दछ । यस नीतिले पुस्तकालयलाई शिक्षा र समाजको अभिन्न अङ्गको रुपमा लिएको छ । प्रत्येक गाउँमा सामुदायिक पुस्तकालय हुनुपर्ने कुरालाई यसले जोड दिएको छ ।  छिट्टै नै शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत पुस्तकालय विकास बोर्डको गठन हुदैछ । साथै हालै शिक्षा तथा खेलकुद मन्त्रालयले पुस्तक नीति मस्यौदा समिति पनि गठन गरिसकेको छ ।

सामुदायिक पुस्तकालयको विकासका लागि रहेका केहि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरु
नेपाल राष्ट्रिय पुस्तकालयले २०५२ सालमा युनेस्को डानिया परियोजना लागू भएपछि ४ वटा विकास क्षेत्रमा रहेको सार्वजनिक पुस्तकालयलाई क्षेत्रीय स्तरको पुस्तकालयको रुपमा गरेको छ । जसमा पुर्वाञ्चल धरानमा रहेको सार्वजनिक विद्या भवन पुस्तकालय, पश्चिमाञ्चलको पोखरामा सार्वजनिक पुस्तकालय, मध्यमाञ्चलको नेपालगञ्जमा महेन्द्र पुस्तकालय र सुदुर पश्चिमाञ्चल धनगढीको कैलाली जन पुस्तकालय रहेको छ । ग्रामिण समुदायमा पुस्तकालयको माध्यमद्धारा समुदायको विकास गर्ने उद्देश्य लिएर स्थापना भएको ग्रामिण शिक्षा तथा विकास रिड नामक अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालको विभिन्न गाउँहरुमा ५० वटा दिगो विकासका लागि समेत काम गर्दै आएको छ ।

सरकारी विद्यालय खोल्ने अभियानमा रुम टु रुड नामक गैह्र सरकारी ८ सय ९० वटा स्कूलहरुमा पुस्तकालयमा स्थापना गरिसकेको छ भने करिव १२ सयवटा अन्य स्कूल र सामुदायिक पुस्तकालयहरुलाई पूस्तकहरु उपलब्ध गराउँदै आएको छ । स्कूल पुस्तकालयको माध्यमद्धारा समुदायमा समेत पुस्तकालय सेवा पुगोस भन्ने रुम टु रिडको चाहाना रहेको छ ।
नेपालमा केहि वर्ष यता देखि यस्तै अन्य धेरै सङ्घसंस्थाहरु पुस्तकालयको विकासमा लागिरहेका छन् । उदाहरणको लागि युनेस्को काठमाडौ २५ वटा सामुदायिक अध्ययन केन्द्रहरु देशका विभिन्न जिल्लाहरुमा स्थापना मिसन टु नेपाल, आमा मिलन केन्द्र, सेडपा नेपाल, बल्र्ड भिजन आदिले ट्रंक पुस्तकालयको माध्यमद्धारा समाजमा शिक्षाको विस्तार गर्ने कार्यमा सहयोग पुर्याएका थिए । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले अन्र्तराष्ट्रि«य स्तरको सार्वजनिक पुस्तकालय बनाउने अठोट साथ काठमाडौं भृकुटिमण्डप परिसरमा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय सुरु गरिसकेको छ ।

सामुदायिक पुस्तकाल विकास वर्तमान चुनैतिहरु
यो एक्काईसौं शताब्दीमा एकातिर छापिएका पुस्तक पत्रपत्रिकाहरुको ओईरो लागेको कागलरहित पेपरलेस सुचनाहरुको सुचनाहरुको आईरो लागेको छ । अब छापिएका पुस्तक, पत्रपत्रिकाहरु मात्र राखेर अत्याधुनिक पुस्तकालयको कल्पना गर्नु ब्यर्थ छ । अबको पुस्तकालय यी दुबै कुरालाई समाबेश गरी सञ्चालन गर्नु आवश्यक छ ।

नेपालमा सहर र गाउँको आर्थिक, सामाजिक, शैक्षिक विकासमा ठूलो अन्तर छ । पुस्तकालय तथा सुचना सेवामा पनि यस्तै स्थिति छ । सहि सुचनाको अभावले हाम्रो गाउँ घरमा जनता धेरै पछाडी परेका छन् । अझ पनि कतिपय हाम्रो गाउँ घरमा झडा पखाला लाग्दा पनी खान दिंदैन । यो अशिक्षा र सूचनाको कमिले गर्दा हो । दुर्गम ग्रामिण घरहरुमा रेडियो टेलिभिजनको त कुरै छाडौं पुस्तक पत्रपत्रिका नपुगेको घर र गाउँहरुमा पनि प्रशस्त छन् । यसको लागि प्रत्येक गाउँमा स्कुलमा पुस्तकालय तथा सुचना सेवाको विस्तार गरी सुचनाको पहुँच पुर्याउनु सरकार र समुदायको उक्तिकै जिम्मेवारी छ ।

सामुदायिक पुस्तकालायहरु कुन ऐन नियम अन्तर्गत दर्ता गर्ने हो सोको कानुनी रुपमा ब्यवस्था भएको पाईदैन । जिल्ला प्रशासन कार्यालयमा एउटा गैह्रसरकारी संगठनको रुपमा मात्र पुस्तकालय दर्ता गरिन्छ । जबसम्म यो अवस्था रहिरहन्छ तबसम्म पुस्तकालयको बिकास सम्भव छैन । तसर्थ सामुदायिक पुस्तकालयहरु ब्यवस्थित गर्न छुट्टै ऐनको ब्यवस्था हुनु जरुरी छ ।
विशेष गरेर सामुदायिक पुस्तकालयहरु समुदाय विकासका मेरुदण्ड हुन् । नियमित आर्थिक स्रोतको अभाव, दक्ष जनशक्तिको कमीले गर्दा सामुदायिक पुस्तकालय खुल्ने र बन्द हुने क्रम अहिलेसम्म पनि उक्तिकै छ । यो समस्याको निराकरणको लागि स्थानिय सरकारबाट आफ्नो आयस्रोतको १० प्रतिशत पुस्तकालय विकासमा छुट्याउनु पर्दछ र राज्यले पनि यसमा विशेष ध्यान पुर्याउनु पर्दछ ।

 निष्कर्ष
शिक्षा र समाजको अभिन्न अङ्गको रुपको रहेको सामुदायिक पुस्तकालयहरुलाई सूचना समाज निर्माणमा सक्रिय बनाउन नितान्त आवस्यक भईरहेको छ । सबै प्रकारका पुस्तकालयहरुलाई समेटने गरी नेपाल सरकारबाट पुस्तकालय कानुन बनाई नेपालको सबै गा.वि.स. र नगरपालिकाहरुमा अनिवार्य रुपमा भइरहेका पुस्तकालयहरुलाई  ब्यवस्थीत गर्ने र नभएका गाउँमा स्थापना गर्नु आजको आवश्यकता हो । साथै सन् २०१५ सम्म सबैको लागि शिक्षा पुर्याउने सरकारी प्रतिवद्धतालाई सफल बनाउन र सबै नागरिकलाई सुसूचित गराउन पुस्तकालयको सशक्त भुमिकालाई नकार्न हुन्न ।

एउटा सम्पन्न सामुदायिक पुस्तकालय जहाँ मन लागेको पुस्तक, पत्रपत्रिका पढ्न पाइयोस, रेडियो, टेलिभिजन हेर्न र सुन्न पाईयोस, इन्टरनेटबाट संसारमा भएका घटनाहरु जान्न पाईयोस, समुदायको विकासमा विभिन्न विषयमा छलफल गर्न पाईयोस, अतिरिक्त क्रियाकलापको माध्यमबाट समुदायको विकासमा सरिफ हुन पाइयोस, आफ्नो समुदायको विषयमा अन्यलाई जानकारी गराउन पाईयोस जो नै आज सबै नेपालीहरुको चाहना अनुरुपको सामुदायिक पुस्तकालय हो ।
सन्दर्भ सामग्री

    मानन्धर, कृष्णमान, पुस्तकालय विज्ञान ः एक परिचय, पाठ्यक्रम विकास केन्द्र त्रिवि १९८१
    राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदनहरु
    राष्ट्रिय योजना आयोग, आठौंदेखि दसौं पञ्चवर्षीय योजना
    रेग्मी, शिव ः नेपालमा सार्वजनिक पुस्तकालय हाम्रो पुरुषार्थ वर्ष २६ अङ्क १ पृ.५१—६१
    नेपाल पुस्तकालय सङघ स्मारीका २०६३

लेखक : भोला कुमार श्रेष्ठ
चिसापानी, रामेछाप
केशर पुस्तकालय प्रमुख,
निवर्तमान अध्यक्ष : पुस्तकालाय संघ

 If you want to download in PDF of  this complete article,
Download Link : Click Here to Download

Bulbul Gazal Program- Episode 116

NepaliTalim | 10:46:00 AM | 0 comments
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"(From Aakar)

Episode 116-16th Nov 2011 (Redio Ujyalo 90Mhz BULBUL Gazal Program)


BULBUL DOWNLOAD : Click Here to Download

Listen:




Thank you,
Ram Sharan Shrestha
Chisapani, Ramechhap



Bulbul Gazal Program- Episode 115

NepaliTalim | 4:24:00 PM | 0 comments
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"(From Aakar)

Episode 115-9th Nov 201
 
Downlaod : Click Here to Downlaod
Listen :




 I am updating Remaining Episodes, You will see very soon ...

Thank you ,
Ram Sharan Shrestha

Note :
If you install "Internet Download Manager " in your computer you will see download option when you play online any video or mp3. Link : www.internetdownloadmanager.com


कबिता - कुर्सी ...

NepaliTalim | 4:02:00 PM | 0 comments

Composed Date:- 5th April 2010
================
आहा त्यो कुर्सी ...
त्यो मेरै हो....
न उस्को.......तिम्रोनै ....
केवल मेरो..........मेरै हो ........



पहिला थाहा थिएन अस्तिमात्र चाखेको

क्या नरम क्या मुलायम ..
लाग्दै छ मत भगवान नै हुँकी केहो ...
सबै डराऊछन............मेरो अगाडि ..
किन छोड्ने......जस्तो होस् त्यो मेरै हो
हो हो त्यो मेरै हो ......मेरो मात्र हो ...
आहा त्यो कुर्सी ...
त्यो मेरै हो....
न उस्को.......तिम्रोनै ....
केवल मेरो..........मेरै हो ........



किन सोच्नु देशको देश, नै मै हुँ

मैले खाएकै छु लाएकै छु
सबै चिज पाएकै छु आरुभन्द बढी
हो देशै मेरो हो ....सबै मेरो...
मेरै हुनु पर्छ ....हुनौ पर्छ जसरिनी
नभये म मलाई रिस उठ्छ
रिस उठे आन्दोलन हुन्छ
किनकी मैले कुर्सी पाउनु छ ...
त्यो कुर्सिमा मै बस्नु छ ...
आहा त्यो कुर्सी ...
त्यो मेरै हो....
न उस्को.......तिम्रोनै ....
केवल मेरो..........मेरै हो ........

म पागल हुँदै छु ..

अस्ती मात्र रजिनामा दिएको ...
कुर्सी छोडेको।।। रातभर निद्र लागेन
किनकी आज मसँग कुर्सी छैन ..
होइन अब म कुर्सी बिन बाँच्न सक्दिन ...
त्यसैले हो अब आन्दोलन गरौ
किनकी कुर्सी मेरै हुनुपर्छ...
कोही बोले ठोक्नु...
उर्दी जारी आजै गरौ, चन्दा उठाउ..
सबै आन्दोलन माजाउ
मेरै मात्र नारा लगाउ....
अनी भाग्ने छान् आज कुर्सिमै बस्नेहरु
अनी म बसौला...
किनकी त्यो मेरै लागि बनेको हो
मेरै पेवा हो......मेरो मात्र हो ....
आहा त्यो कुर्सी ...
त्यो मेरै हो....
न उस्को.......तिम्रोनै ....
केवल मेरो..........मेरै हो ........

=================


नेताको लागि मेरो सानो ब्यँग्य

कबिता -तिमीबिना ...

NepaliTalim | 4:00:00 PM | 0 comments
Composed Date : - 5th May 2010
====================

तिमी छौ र म छु ।।
यस्तो नसोचे हुन्छ ।।
सोच्दै नसोचे हुन्छ ......
आज म तिमीबिना
पनि बाँच्न सक्ने भाईसकेको छु ।।


त्यो कुनै बेला थियो, अहिले पनि सम्झन्छु
म बिन तिमी बाँच्न नसक्ने भैसकेका थियौ ।।
आज तिमीलाई म चाहिन्न भने,,
आज तिमीलाई मेरो साथ चाहिन्न भने,
हुन्छ जाउ, अहिले नै जाउ,
फेरी नफर्क..... कहिले पनि नफर्क
अब म मा त्यो सहास बाँकी छैन
फेरी फेरी एकै घात् सहनलाइ.....
त्यसैले म भन्दै छु, फेरी पनि भन्छु
तिमी छौ र म छु ।।
यस्तो नसोचे हुन्छ ।।
सोच्दै नसोचे हुन्छ ......
आज म तिमीबिना
पनि बाँच्न सक्ने भाईसकेको छु ।।




म आफु लाई दोश पनि दिन्न,
यो त साब समय हो, यो कती बलवान छ,
र अती निस्ठुरी पनि ।।
सबै लाई यस्ले आफ्नो बाटोमा लान्छ
जान्न भन्दा पनि, नचाहेर पनि या चाहेर पनि,,
हुन सक्छ भोली तिमीलाई यसको पछुतो लग्ला
य फेरी अर्को बाटो तिर जानु पर्ला,
जे होस् तर म दुखी छैन,, अहं छदै छैन......
किनकी अब नसोच ..............
तिमी छौ र म छु ।।
यस्तो नसोचे हुन्छ ।।
आज म तिमीबिना
पनि बाँच्न सक्ने भाईसकेको छु ।।


अब एउतै कुरा भन्नु छ, म जास्तै आरुलाई फेरी धोका नदेउ
धेरै सँग कसम नखाउ, नपार धेरै लाई जालमा
नत्र स्राप लग्ला, पाप लाग्ला , प्रेमको बेइजात नगर.....
फलोस फुलोस सुखी हुनु
हाँस्नु गाउँनु सबै खोजेको पाउनु ।।
सफल रहोस् आसल रहोस् ,दु:ख नहोस् प्रगती होस् ।।।
यहो मेरो शुभकामना ..... यही कामना ...
तर नसोच म पगल छु तिम्रो प्रेममा......
पगल त तिमी भयेऊ......... धन देखेर.....
ऐस आरम देखेर..........तर मलाई पछुतो छैन
छदै छैन..............अलिकतिपनी छैन ....
तिमी छौ र म छु ।।
यस्तो नसोचे हुन्छ ।।
सोच्दै नसोचे हुन्छ ......
आज म तिमीबिना
पनि बाँच्न सक्ने भाईसकेको छु ।।

BULBUL Gazal Program

NepaliTalim | 3:26:00 PM | 0 comments

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

Download Episode 10- 27th July 2011

Download Link : Click Here to Download

Listen ALL : 

Episode 2 - Srijana Gazal (Download)

NepaliTalim | 4:06:00 PM | 0 comments
 Episode 2  - Srijana Gazal 














Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.


Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.


We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)


Listen 


Download Link : Click here to download episode 2
Thank you
Ram 

Episode 1 - Srijana Gazal (Download)

NepaliTalim | 3:50:00 PM | 0 comments
 Episode 1 - Srijana Gazal 

 












Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.
Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.
We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)


Listen 

Download Link : Click here to download Episode 1

Thank you,
Ram

गजल सिद्धान्तहरु

NepaliTalim | 2:49:00 PM | 0 comments

गजल सिद्धान्तहरु

गजल सिद्धान्तहरु
नेपालका प्रथम गजलकारहरु मोतिराम भट्ट र शम्भु प्रसाद ढुङ्गेल लाई हार्दिक श्रद्दन्जलि ब्यक्त गर्दछु ।
बर्तमान विश्व साहित्यमा लोकप्रियताको सिखर चढ्न सफल गजल विधा आफैमा एक उत्कृष्ट साहित्य विधा हो । गजल अरविमा जन्मिएर उर्दु फारसिमा विकास विस्तार र उत्कृष्टता हाँसिल गरेको गेय विधा हो ।
गजल फारसि सब्द हो जसको अर्थ हुन्छ प्रेमिका संग कुराकानी वा प्रणय वार्ता तर ब्यवहारमा धेरै अगाडि देखिनै प्रेमि वा प्रेमिकासंगको वार्तामा मात्र सिमित छैन ।गजल लेख्न सामान्यतया काफिया, रदिफ, मतला, शेर आदिको जानकारि हुनु आवस्यक छ । जसको एक पंत्ति लाई “मिसरा” भनिन्छ । दुई ओटा मिसरा मिलेर एक सेर बन्छ । सेरको माथिल्लो पंत्तिलाई “मिसरा ए उला” र तल्लो पंत्ति लाई “मिसरा ए सानि” भनिन्छ । जसको दुबै सेरहरु अनुप्रास युत्त हुन्छन् । गजलमा एक भन्दा वढि मत्लाको प्रयोग हुनसक्छ यस्तो गजलमा प्रथम मत्लालाई “मत्ला ए उला” र त्यसपछिको लाई “मत्ला ए सानि” भनिन्न । त्यसपछिका शेरहरुमा “मिसरा ए उला” स्वतन्त्र हुन्छ भने तल्लो मिसरा मत्लाका मिसराहरमा अनुप्रास युक्त हुन्छन् ।गजलका सबैभन्दा महत्वपूर्ण २ तत्वहरु हुन् “रदिफ” र “काफिया” ।। “रदिफ” मत्लाका दुबै मिसराका अन्तिम र शेरको अन्तिम शब्द हो । “काफिया” रदिफको पूर्ववर्ति अनुप्रासयुक्त शब्द हो ।
उदाहरण
पछि पछि सारा विश्व आउनुको के अर्थ ।।
तिमी छैनौ त सारा खुसि पाउनुको के अर्थ ।।
यहाँ रदिफ — के अर्थ हो भने
काफिया — आउनुको, पाउनुको हो
माथिको २ लाईन लाई शेर भनिन्छ ।
यो गजलको पहिलो शेर भएकोले यसलाई मतला भनिन्छ जसमा दुबै लाईनमा काफियाको प्रयोग भएको छ
यस्तै,
काफिया एउटै गजलका शेरहरुमा कहिल्यै पनि दोहोरिनु हुँदैन भन्नुको मतलब एउटै काफिया अर्को शेरमा प्रयोग गर्नु हुदैन । जस्तै, नगाउ, नपाउ, नजाउ जस्ता शब्दहरु काफियाको रुपमा प्रयोग गर्दा अन्य शब्दहरु बनाउ, उठाउ जस्ता “ आउ ” स्वर आउने शब्दहरु प्रयोग हुनु पर्छ देउ, लेउ जस्ता पछाडि “उ” मात्र आउने शब्द प्रयोग हुनु हँुदैन । गजलमा गजलकारको अभिब्यक्ति कौशलको विशिष्टतालाई “अन्दाजेबयाँ” भनिन्छ भने “अन्दाजेवयाँ” को सवालमा गजलको शैली प्रतिक र भावले प्रकट गर्दछ ।
त्यस्तै, गजलको अन्तीम शेरलाई “मक्ता” भनिन्छ जसको अर्थ अन्त्य हुनु हो ।

१. काफिया :
काफियालाई गजलको मुटु भनिन्छ । काफिया प्रयोगमा गजलकार जति सशक्त छ गजल त्यतिनै उत्कृष्ट हुन्छ । काफिया भनेको गजलको थालनि देखि अन्त्य सम्म आउने विन्यास हो । गजलमा एउटै काफिया दुई ठाउँमै आउनु हुँदैन । त्यस्तै पुग्छ संग आएको फुट्छ र माग्ने संग आएको चाख्ने ले पूर्ण काफियाको भूमिका निर्वाह गर्न सक्दैन । मुख र दुःख उच्चारण मुख हुनसक्छ तर दुख् हुन सक्दैन जुनबेला काफिया दोस देखापर्छ ।। सहि र सान्दर्भिक काफियाको प्रयोग गर्न सक्ने खुबिनै गजलकारको विशिष्ट चिनारी हो ।।
उदाहरण,
मुटु तिमीले चोरेर लिएपछी बेचैन छु ।।
ज्यान तिम्रो मुठ्ठिमा दिएपछी बेचैन छु ।।
यहाँ,
काफिया — लिएपछी, दिएपछी हो भने
रदिफ — बेचैन छु हो ।

२. रदिफ:
रदिफ गजलको अनिवार्य तत्व हो । प्रत्येक काफियाको पछि आउने र सुरुदेखि अन्त्य सम्म आईरहने शब्द वा पदावलिनाई रदिफ भनिन्छ । यो नभएको गजल असफल चाहिं हुँदैन तर रदिफ नभएका गजल रदिफ भएका गजलको तुलनामा कम गेय हुन्छ । रदिफ प्रयोगमा गजलकारले सचेत हुनुपर्ने भनेको नै भावअनुकुल उहि शब्दको आवृतिमा हो ।।

३. मतला
:मतला को अर्थ प्रारम्भ र सुरुवात हो । मतला भनेको गजलको प्ररम्भ हो अर्थात गजलको प्रथम सेर वा पहिला दुई हरफलाई मतला भनिन्छ अर्थात दुबैमा काफियाको प्रयोग भएको गजलको पहिलो शेरनै मतला हो ।
उदाहरण,
एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।।

प्रस्ताव यो प्रेमको, राखेकोछु हजुरलाई
सुरुवात मा रोतो गूलाफ, लिएरत हेर्नुस ।।

जिन्दगीमा प्रेम भन्दा, ठुलो कुरा केहि छैन
एक मुस्कान यता तिर, दिएरत हेर्नुस ।।

जीन्दगीको अर्को नाम, दुःख र सुःख हो
घाउ भए पुरानो, सिएरत हेर्नुस ।।
नोट ः
लेखक ः राम शरण श्रेष्ठ
माथिको गजलमा मतला भनेको
...............................
एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।
यहाँ
मिसरा ए उला — एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मिसरा ए सानी — मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।।
र दुबै लाईनलाई मिलाए पछि एउटा शेर बन्छ ।।

४. मक्ता :
अरबिमा समापन अर्थात समाप्तीलाई मक्ता भनिन्छ । गजलका सन्दर्भमा मक्ता भन्नेविक्तिकै गजलको समाप्तीको शेर भन्ने सम्झनुपर्दछ । कतिपय लेखकले जुन शेरमा तखल्लुस प्रयोग भएको छ त्यसलाई मात्र मक्ता भनेको पाईन्छ । याहाँ मक्ता भनेको अन्य हुनु हो चाहे तखल्लुस होस या नहोस ।। तखल्लुस भन्नाले गजलकारले आफ्नो नाम गजलको अन्तिम सेरमा सन्दर्भ भिलाएर प्रयोग गरेका हुन्छन , त्यसैलाई जनाउँछ । अन्तिम शेरमा गजलकारले आफ्नो नाम प्रयोग गर्दछ भने त्यसैलाई तखल्लुस भनिन्छ ।।

५. बहर:
गजलमा प्रयोग हुने फारसि वा उर्दु शास्त्रिय लयलाई बहर भनिन्छ अर्थात गजलमा प्रयोग हुने लय बिधालाई नै बहर हो । गजल लय विहिन हुन सक्दैन.. चाहे त्यो परम्परिक, सैदान्तिक होस वा स्वनिर्मित लय होस । गजल गेय विधा हो त्यसैले यसका लागि लय अनिवार्य हुन्छ । लय, छन्द वा वहर सबैले रचना भित्रको संगित चेतनालाई संकेत गर्दछ ।

६. मिसरा:
शेरका हरेक पंत्तिलाई मिसरा भनिन्छ । मिसराको उचित समायोजनमा एउटा पूर्ण शेर बन्छ । गजलमा समेटिने भिन्न खालका भावनालाई मिसराहरुले उचित समायोजन गरेका हुन्छन् । यो २ प्रकारको हुन्छ हरेक शेरको पहिलो हरफलाई “मिसरा ए उला” र तल्लो वा दोस्रो हरफलाई “मिसरा ए सानी” भनिन्छ ।

७. शेर:
अरबि भाषामा “शेर” भनेको कपाल हो । यद्यपि गजलको सन्दर्भमा शेर भनेको गजलका दुई हरफलाई बुझाउँछ । गजल यिनै शेरहरुको सयुक्त रुप हो । गजलमा यतिकै शेर हुनुपर्छ भन्नेत छैन तर न्यूनतम ३ देखि माथि २२ शेर सम्मका गजल रचना भएको पाईएतापनि ५ शेरको गजल उत्कृष्ट मानिन्छ ।।
तयार पार्ने,
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स, बडा नं. ६, रामेछाप 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger