त्रिवेणी TRIBENI (28-08-2015/2072-05-08) : Download

NepaliTalim | 5:49:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (28-08-2015/2072-05-08)


नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 08 गते तदनुसार 25-Aug-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

गजल सुधा (04-09-2015/2072-05-18) गजलकार मानन्धर अभागी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:24:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(04-09-2015/2072-05-18) 

गजलकार मानन्धर अभागी सँगको अन्तवार्ता विशेष

नमस्कार, 

आज मिति 2072 भाद्र 18 गते तदनुसार 04-Sep-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download



Muktak Madhurima (10-09-2015/2072-05-24) - Download

NepaliTalim | 5:11:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date (10-09-2015/2072-05-24) 

आज मिति 2072 भाद्र  24 गते तदनुसार 10-Sep-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -121 (06-09-2015/2072-05-20) : Download

NepaliTalim | 3:58:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(06-09-2015/2072-05-20)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 20 गते तदनुसार 06-Sep-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

गजलको कार्यक्रम बुलबुल BULBUL 313 (09-09-2015/2072-05-23) गजलकार गोपी कृष्ण ढुंगाना सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 1:35:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 313
Host : Achyut Ghimire Bulbul  
Date :(09-09-2015/2072-05-23)

गजलकार गोपी कृष्ण ढुंगाना सँगको अन्तवार्ता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 भाद्र 23 गते तदनुसार 
09-Sep-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 313) लिएर उपस्थित हुनुभएको छ ।

Gopi Krishna Dhungana
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at Youtube

रमेश अनुरागका ३ मुक्तकहरू-10-09-2015

NepaliTalim | 10:47:00 AM | 0 comments
१.मुक्तक
जीन्दगीमा  पिडा नपरेको मान्छे को नै होला
आँखाबाट आँशु नझरेको मान्छे को नै होला
अरूको बाध्यतामा रमाउन नहुने हो मित्र
बाँच्नलाई सम्झौता नगरेको मान्छे को नै होला
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत

२.मुक्तक
कति सपना गहबाट दर्किएर टुट्यो
कति सपना सिसाजस्तै चर्किएर टुट्यो
थियो चहाना कसैसंग नटुटोस सम्बन्ध
त्यहि पनि किन आज तर्किएर टुट्यो
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत


३.मुक्तक
बाटो हेरियो अनि दिन गनेर, बसियो
यति लामो इन्तजारमा तिमि छौ भनेर, बसियो
पानी र यो जीन्दगानी रहेनछ भर कसैको
 खै किन ? यति लामो खडेरी सहेर, बसियो
चिसापानी नेपालको लागि
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत

Thank you 

श्रृंखला 168: वहकिने मन (07-09-2015/2072-05-21) : Download

NepaliTalim | 5:49:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(07-09-2015/2072-05-21) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 भाद्र 21 तदनुसार 07-Sep-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 168 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

Ekal Kabita Baachan 32 : (05-09-2015/2072-05-19) कवि सुजित गुरुङ्ग : Download

NepaliTalim | 5:50:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 32
Date :- (05-09-2015/2072-05-19) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 भाद्र 19 गते तदनुसार 05-Sep-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 32आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि सुजित गुरुङ्ग लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube

सागर भण्डारी 'बिभोर' का ८ गजलहरू : (07-09-2015)

NepaliTalim | 5:17:00 PM | 2comments
सागर भण्डारी "बिभोर" 
श्रृष्टा परिचय
साहित्यिक नाम = सागर भण्डारी "बिभोर" 
वास्तविक नाम = अम्बिका प्रसाद भण्डारी
माता = उमाकान्ति भण्डारी
पिता = गणपति भण्डारी
स्थाई ठेगाना = पाल्पा यम्घा दर्पुक एक
हाल   =   साउदी अरब रियाद
आबद्ध सङ्घ सस्था 
(1) परिवर्तन सर्गम साहित्यीक प्रतिष्ठान
(2) दधि- स्मृति साहित्य समाज कपिलवस्तु
(3) बिश्व नेपाली साहित्य महासङघ्

१. गजल
बग्छ अमृत धारा, आँमाका स्तन बाट
मैले  बिष दिएँ की,  मेरो जीवन  बाट

भगवान् नै  हुन्छन्,  माता पिता सदै

नमानेरै  भयो,  भूल  यो  मन  बाट

टुहुरो बालक ले,  भन्छ  तारा बनि

हेर्नुन्छ  मलाई,  आँमा  गगन  बाट

न  त  सेवा  गरें,  बाचुन्जेलि  मैले

दिल दुखाएँ हुँला  तीखा बचन बाट

खोज्दै हिंडें इस्वर, तीर्थ र पत्थरमा

पाऊँ कसरी मुक्ति, मोह बन्धन बाट

पश्चाताप  भयो,  आजीवन  मलाई

गर्दैछु चिन्तन्,  बिचार मन्थन बाट
सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल  मरुभूमि

२.गजल

मेरो बाटोमा एकातिर धार अर्को तीर काडाको छुरा भए
लहूलुहान पाइला पुगेनन गन्तब्यमा र इच्छा अधूरा भए

तिम्रा साना साना खुसिहरुमा आफ्ना गमहरु पीएर बाच्छु

नसजाउ  प्रियसी  हातै  भरी  ति रँगिन फुटेका  चुरा भए

दुःखै दुःखका खजानाहरु तिम्रा पनि मेरा पनि उस्तै छन्

नगुमस्याउ  कुन्ठीत हुन्छन्  भन है तीता मीठा कुरा भए

बिचरा यी गरीबका जिन्दगी कहाँ छन र जिन्दगी जस्ता

हेर  अमिरहरु  भोगमा  छन  पशुझैँ  सुन्दरी र सूरा भए

निमुखालाइ किन दबाउछस्   ए नाथे हतियार देखाएर

युध्द गर अन्यायको बिरुद्धमा यदि बलिया पाखुरा भए

खुसिहरु  बिधवा  भए  मेरा  सपनाहरु  चकनाचूर  हुँदा

कस्ले सुमसुम्याओस् यी घाउ कठै सन्तानहरु टुहुरा भए

धेरै बिकास गर्यो बिज्ञानले मानौं आकास आँगन हो तर

मान्छे प्रति मान्छेहरुका सोंच किन होला यती साँगुरा भए
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
हाल मरुभूमि


३.गजल
जस्ले हासेर जिउने त्यो कला दिएर गयो
बियोगमा  मृत्युको  घडीपला दिएर गयो

मुस्कानले सुकाइदिन्थ्यो मेरा आसुहरू सधै
फूल  हैन  फुलिरहने  गमला  दिएर  गयो

उ यहीं कतै भएको आभास हुन्छ किन किन
आइरहने  यादको  श्रिंखला  दिएर  गयो

चेतनामा बिचारको  त्यस्तो मसाल जलाई
हार्नेलाइ संसार जित्ने  हौसला दिएर गयो

कर्कलाको पानी झैँ हो हुनत जिन्दगी तर
दुष्मन सङ्ग लिनै पर्ने  बदला दिएर गयो
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
हाल मरुभूमि

४.गजल
भएन अब केहि त, आँफै नगरी भएन
उ नजिक नआए,  मैं उतै नसरि भएन

आँमालाइ  चाहिने,  घर धन्दा  गर्ने  खाले
तिमी भन्दा अरु कोही, मलाई सुन्दरी भएन

देखाइदिन्छु सबैलाई, मेरी बनाई तिमीलाई
भगाएर  मन्दिरमै , सिउँदो  नभरी  भएन

आँमा भन्नुहुन्छ सधै, घरै सुनो सुनो भयो 
आँगन्मा खेल्ने हाँस्ने, अझै मञ्जरी भएन

कसम खाई भन प्रिय, जुनि जुनि तिम्रै हुन्छु
तिम्रै  खुशिका  लागि,  जंघार  नतरी भएन
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
हाल मरुभूमि

५.गजल
पलायन हुँदा लगाएँ  माटोको  टिका मैले
आँमाको चरण छोई झारें अश्रु ढिका मैले

मेरो पनि उस्को पनि उस्तै उस्तै छ आरोप
जलाइरहें  खुसिहरु  जिन्दगीका  मैले

तिम्रा  परेला  ओभाना  नहुनुको  कारण
तिमीलाई माँयाँ गर्ने जानिन तरीका मैले

अस्तित्व नै छैन याँहाँ पैसा मात्र ठुलो भयो
महसूश  गर्दैछु  यो  संसार नै  फिका  मैले

खेती गरी जहानको   पालिदैन पेट पनि
भोगेकै छु अभाव र पीड़ा गरीबिका मैले
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
हाल मरुभूमि

६.गजल
बिच बाटो मै अलमल किन यो बटुवा हुन्छ
प्रेम रोगले ग्रसित जस्तो रोग सरुवा हुन्छ

मेरो संसार तिमीनै मेरो जिन्दगी तिमी हौ
जस्तो की भ्यागुताको संसार तेहि कुवा हुन्छ

ए मन बता दौडेर समयलाइ उछिन्छस?
गन्तब्यमा पुग्ने आखिर तेहि कछुवा हुन्छ

ऋतु जस्तै तिमी पनी बदलिन्नौ भने कहिल्यै
पतझड़ झैँ उजाड़ हुन्न जीवनमा पालुवा हुन्छ

सङ्गै जिउने सङ्गै मर्ने बाचा कसम खाऊँ प्रिय
तिमी बिना मर्छु म त सबै खुसी बिधुवा हुन्छ
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
हाल मरुभूमि

७.गजल
बाटो  बिना  उडिरहने  मन  राख्ने  ठाउँ  छैन
हिड्दा हिड्दै थाकेको यो तन राख्ने ठाउँ छैन

कतै  कतै  छैन  बरै भोक  मेटने अन्न  पनि
ति अमिरहरुको चिन्ता धन राख्ने ठाउँ छैन

जीवन मृत्युको दोसाँधमा सास फेरीरहेछु
सेलायो भने मुटु धड्कन राख्ने ठाउँ छैन

तातो  हावा  खाँदै  बगरमा  म ढलेको बेला
जम्मै यादहरू नआवो झन राख्ने ठाउँ छैन
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
हाल मरुभूमि

८.गजल
लोक लय
नरुनु आमा दसैंमा तिमि सम्झेर  मलाई 
लगाउनु टिका जमरा पनी हर्स मा रमाई

छितिज पारी बिवश छू म बांचेकै हासेंकै
आसीस दिनु प्रणाम गरें सीर यो नुगाई

छिमेकी  घर  पिडीमा सबै  हाँसेर  बसेका
अरुका जोड़ी प्यारिले देख्दा कस्तो भो पर्खाई

नबस्नु भोकै हे मेरी आमा ब्याथाले सताउछ
पकाई रोटी परिकार अनेक हँसाई खुवाई

आंसुले बाटो छेकेर भन्यौ नजाऊ प्रदेस
आउछु भनी  गरेथें बाचा हुंदा म बिदाई

छुटियो साथ मेटियो बाटो कसरी आंऊ म
बाबुले भन्छ बाबा खै ममी ल्याएको मिठाई

प्रतिक्षा लामो निरास भयो अधुरो जिन्दगी
लुटाई खुसी जवानी सारा प्रदेश्मा  बिताई

अभागी रैछु फूटेको कर्म भाग्यमा लेखेको
बुझाऊ प्यारी सम्झाई मन परेली भिजाई
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा

हाल मरुभूमि

Thank you 

रश्मी रोदनको प्रेम पत्र (2015-09-07)

NepaliTalim | 5:17:00 PM | 0 comments
Rasmi Rodan
विषय -प्रेम पत्र (Love Letter)
लेखिका -रश्मी रोदन  (Rasmi Rodan)
मिति -२०६४/१२/२२

निष्ठुरी,
ज्वालामुखी विस्फोट भएसरी विस्फोट भइरहेको यो प्यासी र घायल हृदयबाट मीठो सम्झना र न्यानो माया तिमीलाई। यो असान्त र जलिरहेको मुटुबाट तिमीलाई अबिरल शुभकामनाका पुष्पगुच्छाहरु समर्पित गरेकी छु, सायद यहि नै मेरो तर्फबाट पहिलो अनि यहि नै अन्तिम सौगात हुन सक्छ। मन त थिएन यी सबै कुरा लेखेर तिम्रो ब्याक्तिगत जिवनमा आघात पुर्याउने तर पनि हेरन, उठिसकेको यो कलम ब्याकुल छन् मनभित्रका ओझिला र चोटिला भावनाहरु कागजको पानामाथी पोखिन। अब त बाकी नै पनि रह्यो र? सेतो कागजमा मनको भावना पोख्नु सिवाय! यति अधिकार त मलाई दिन्छौ होला नि हैन?

समयको दौरान पछि आज अनायस मायाको भेग थाम्न नसकिने भेल बनेर उर्लिएका छन्। सायद आजसम्म तिमीले त मलाई बिर्सी सक्यौ होला र र म पनि तिम्रो झुठो मायालाई बिर्सने चेष्ठा गर्दै थिएं तर आज तिम्रो नाटकिय मायाको खाकहरु मेरो स्मृतिको पानामा प्रतिबिम्ब बनेर आए र त्यही नशालु नयन, मन्ध मुस्कानले मलाई नै जिस्काइ रहेको भान हुन्छ।ती रंगिन गोधुली साझहरु तिम्रो स्मृतिको तहमा छन् वा छैनन् त्यो त म भन्न सक्दिन तर मेरा यी मानसपटलमा भने हरपल छाया बनेर पछ्याइ रहेका छन्। तिमिले दिएका हरेक अमूल्य सुझाबहरु मेरा लागि उपहार थिए, तिम्रो त्यही सुझाबमा नै मैले आफ्नो भविस्य खोज्थें अन्तत: तिम्रो त्यो पापी नयनको गहिराई भित्र डुबेर।

अझै पनि पुर्णिामाको रातहरुमा जूनको शितलता ओढि सपना बुन्न खोज्छु, कतै मेरो अँध्यारो जिवनमा तिमी रोशनी बोकि आउछौ कि भनी, बर्षातको भेलमा पानीसंगै बग्न खोज्छु, कतै तिमी समुन्द्रको किनारमा मेरो माया लिएर तैरिन्छौ कि भनी। अध्यारो रातहरुमा चम्किला ती ताराहरुलाई हेर्छु, कतै तिमी यसरी नै मेरो यो मायालाई चिह्याई रहेका छौ कि भनी। तर मलाई राम्रोसंग थाह छ यो सब मेरो निरर्थक प्रयास मात्र हुन्। जबकी तिमी टाढा क्षितिज पारिको बिलकुलै नौलो संसारमा रमाई रहेकाछौ तिम्रो नितान्त ब्याक्तिगत दुनियामा।

जलाउन सक्दिन म तिम्रो तस्बिरहरु जुन मएरो मन मस्तिष्कमा सजिएका छन्। बिर्सन सक्दिन तिम्रा मिठा सुझाबका कोसेलीहरु जहाँ मेरो भविस्य कोरिएको छ, भुल्न सक्दिन ती प्रेमका चौतारीहरु जहाँ मैले आफ्नो बियोगको पिडाहरु बिसाउनु छ, न त बिर्सन सक्छु तिम्रो त्यो चुम्बनको छहराहरु जहा मैले जलनको आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न सक्दिन तिम्रो नाम जुन मेरो नामसंग जोडिएको छ (...........) तर पनि के गर्नु सअमय दहएरै अघि बढिसकेको छ, बस् अब त बिगतका मिठा स्मृतिहरुमा अँध्यारो भविस्य सजाउनु बाहेक अन्य बिकल्प नै रहेन।

अन्ततः
तिम्रो जिन्दगीले सधैं सफलताको शिखरताको चुमुन्, कुनै पनि अवस्थामा तिमीलाई मआयाको अभाव महशुस गर्नु नपरोस्, यदि म भिक्षा माग्दै तिम्रो दैलोमा पदारो पर्न आएछु भने "सेवा नै धर्म हो" भन्ने भावनाले तिम्रो महल भित्रबाट एक मुठी चामल भिक्षा दिनु........ 
तिम्रो सुन्दर भविस्यमा कुनै पनि अवस्थामा म तगारो बनेर तिम्रो जिन्दगीलाई अवरोध पुर्याउन आउने छैन.......... बिदा........ बिदा......... बिदा .........तिमीबाट सदा सदाको लागि बिदा।
-उहीँ तिम्रो खुशीमा रमाउने 
रश्मि रोदन
नलान ९ धादिङ

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger