त्रिवेणी TRIBENI (13-05-2014/30-01-2071) - Download

NepaliTalim | 2:38:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (13-05-2014/30-01-2071)


नमस्कार साथीहरु,

आज मिति 2070 बैशाख 30  गते तदनुसार 13-05-2014  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2071-01-18/01-05-2014) - Download

NepaliTalim | 2:08:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (2071-01-18/01-05-2014)


आज मिति 2071 बैशाख 18 गते तदनुसार 01-May-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 246 : (21-05-2014/2071-02-07) : : Download

NepaliTalim | 1:49:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 246
Host : Achyut Ghimire  
Date : (21-05-2014/2071-02-07)

बुधवारीय  श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 जेठ 21 गते तदनुसार -2013-May-21 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 246) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -37 : (19-05-2014/2071-02-05) प्रवासका अक्षरहरु गजल सँग्रह बिशेष : Download

NepaliTalim | 6:04:00 PM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(05-05-2014/2071-01-22)

प्रवासका अक्षरहरु गजल सँग्रह बिशेष

नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 05 गते तदनुसार 05-May 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 37 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2071-02-02/15-05-2014) खकेन्द्र साउद समर्पणको गजल सँग्रह 'आवरण' विशेष : Download

NepaliTalim | 5:48:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-02-02/15-05-2014)
Email : gajalbimba@gmail.com

अछामका गजलकार खकेन्द्र साउद समर्पणको गजल सँग्रह 'आवरण' विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 01 गते तदनुसार 15-May-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Episode 53 - मुक्तक माला (18-05-2014/2070-02-04) : Download

NepaliTalim | 5:18:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(18-05-2014/2070-02-04)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 04 गते तदनुसार 18-April 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (10-05-2014/2071-01-27) : Download

NepaliTalim | 5:12:00 PM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(10-05-2014/2071-01-27)


नमस्कार मित्रहरु,

आज मिति 2070-01-27 गते तदनुसार 10-May-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

श्रृंखला 104: वहकिने मन (2071-02-05/19-05-2014) : Download

NepaliTalim | 3:36:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-01-05/19-05-2014) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 जेठ 05 तदनुसार 19 May 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 104 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Episode : 95 (यो साँझ यो सुबाश-20-05-2014)- Download

NepaliTalim | 1:05:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(20-05-2014 /2071-02-06)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 जेठ महिनाको 06 गते तदनुसार 20-May 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-95 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
कहाँ कसरि सुन्ने 'यो साँझ यो सुबाश' : 
नेपालका रेडियोहरु: 
रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 
रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 
रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 
रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 
लगायतका रेडीयोहरु, 
Listen and Download

Download : Click Here to Download

टिका खड्का (राष्ट्रप्रेमी)का ५ गजलहरू (20-May-2014)

NepaliTalim | 10:31:00 AM | 0 comments
Tika Khadka Rastrapremi 
१.गजल -
न त भित्र न बाहिर संघारमा परेको छु ।।
आगो या म पानी रोजूँ दोधारमा परेको छु ।
.
खै कसोरी पार गरूँ ? खतराको सिमारेखा ।
खुकुरीको घेरा माँझ तरबारमा परेको छु ।।
.
सबै मेरा खुशी लुटी आफू हाँस्दै बाँचेकाछन् ।
मानवता रित्तिएको संसारमा परेको छु ।।
.
कति सम्म दुख्छ छाती केही क्षणमा थाहा होला !
भर्खरै त फूलहरुको प्रहारमा परेको छु ।।
.
आजै या त भोलि बग्छ भर् रहेन जिन्दगीको ।
बर्खे भेल् छ उर्लिएको किनारमा परेको छु ।।
समाप्त ,
.
२.गजल-
त्यो बैरीलाई  मेचीकाली तर्न दिनु हुन्न
हाम्रो माटो  पराइ देशमा पर्न दिनु हुन्न
.
कालापानी हाम्रो मुटु सुस्ता खेल्ने आगन
झनै प्यारो  टनकपुर   हर्न दिनु हुन्न
.
ती पुर्खाले कोरेका हुन्  रगतले  सिमा
दशगजा   जंगे पिलर  सर्न दिनु हुन्न
.
यहिँ जन्मे गौतम बुद्ध ती शान्तिका दुत
होइन भन्ने फगत प्रचार गर्न दिनु हुन्न
.
उठौ जागौं देशका खातिर 'राष्ट्रप्रेमी' हरु
हामी भित्र  राष्ट्रियता   मर्न दिनु हुन्न ।
समाप्त ,,
३.गजल-
सपनाको  भेटघाट   सपनाकै  बात मिठो
तिम्रो याद बल्झाइ दिने घटनाकै बात मिठो
.
उर्लिएको त्यो नदीको स्वर सुन्दै डर लाग्छ
पहाड माँझ झर-झर झर्ने झरनाकै बात मिठो
.
शिखर चढ्छु बादल भेट्छु लाखौँ तारा छुन्छु भन्छ
यो साथीको हिम्मत अनि योजनाकै बात मिठो
.
खप्दै विशाल झरी हुरी काँडा माँझ् त फुलेकै छ
अझै फूलको आगो चुम्ने चाहनाकै बात मिठो ।
समाप्त,,
४.गजल-
देश् बनाउन सबको लगाव हुनुपर्छ
असल काममा सधैँ झुकाव हुनुपर्छ
.
पढ्नेहरु सबै  झार्दै थिए आँसु
त्यो दु:खद गजलको किताब हुनुपर्छ
.
यो मुटु किन हो यसरी दुखेको ?
सायद तिम्रो प्रेमको अभाव हुनुपर्छ
.
आहा! कति मिठो सुवास चलि रा'छ
यति मगमगाउने गुलाब हुनुपर्छ
.
सुरा पिउँदै कट्यो कयौं रात उसको
त्यो सायरलाई ठूलै तनाव हुनुपर्छ
समाप्त ,
५.गजल
हिजो फुट्ने सिसा थिएँ आज पत्थर भएँ भन्छ ।
एउटा मान्छे मृत्यु जिती सदा अमर भएँ भन्छ ।।
.
हजारौँले चोखो प्रीति सजाएर गएदेखी ।
मुटु पनि पिरतीको रंगिन् शहर भएँ भन्छ ।।
.
जबदेखी पानी सँग नाता टुट्यो मुहानको ।
सुसाउदै बग्ने नदी सेती बगर भएँ भन्छ ।।
.
जवानीले मात्तिएको गुलाबको बातै मिठो ।
भँवराले चुमेपछि झनै सुन्दर भएँ भन्छ ।।
.
छातीभित्र देश बोकी पौरख गर्छ "राष्ट्रप्रेमी"।
पसिना चै माटो चुम्दै हाँस्दै अत्तर भएँ भन्छ ।।
.
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग,

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger