मेरा ५ मुक्तकहरू

NepaliTalim | 10:16:00 AM | 0 comments
1.मुक्तक

भाग्याको परिक्षामा सामेल सब मान्छे ।
हतारमा भेटिन्छन् अचेल सब मान्छे ।

..................................................
सबैलाई जिन्दगीले ठगिरहेकै हुन्छ
समयको दासत्वमा ओझेल सब मान्छे ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


2. मुक्तक
पाइलै पिच्छे सम्झौंता रहेछ जिन्दगी ।
लड्दा लड्दै सकिँदै गएछ जिन्दगी ।
..............................................
तिमी छैनौ जितहरु हार जस्तै लाग्छन्
यादहरुको संग्राहलय बनेछ जिन्दगी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


३. मुक्तक
हुन्छन् घमण्डी मान्छेहरु धेरै ।।
अहमताकै बन्दी मान्छेहरु धेरै ।।

फरक हुन अभिमान र स्वाभिमान
सोच सामन्ती मानछेहरु धेरै ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


4. मुक्तक
यो मुटुबाट निस्कासित गर्दैछु ।
अधिकार तिम्रो बर्जित गर्दैछु ।
.................................
मुटु ढुङ्गा बनाउँदैछु अब म
प्रेमको सिमा सिमित गर्दैछु ।
राम शरण श्रेष्ठ
चिसापानी, ६, रामेछाप


5. मुक्तक
दिलको सबै कित्ता, पास गरिदिएँ मैले ।
मुटु मेरो तिमीलाई, खास गरिदिएँ मैले ।
.................................................
राजिनामा प्राण पनि, चढाएर आजदेखी
आफुलाई तिम्रो नै, दास गरिदिएँ मैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

श्रृंखला 87 - वहकिने मन (2070-10-06/20-01-2014) - Download

NepaliTalim | 9:57:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-10-06/20-01-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 माघ 06  तदनुसार 20-01-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 87 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

गजल थुँगा (2070-04-28) पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता : Download

NepaliTalim | 5:32:00 PM | 0 comments
सिटिजन एफ एम 94mhz प्रस्तुति 
नेपाली गजल विशेष कार्यक्रम
कार्यक्रम : गजल थुँगा 
अन्तवार्ता विशेष
प्रस्तोता शितल तामाङ्ग


नमस्कार साथीहरु,

सिटिजन एफ एम ९४ मेजाहर्जको साहित्यि विशेष कार्यक्रम गजलका थुँगा लिएर सितल तामाङ्ग उपस्थित हुनुभएको छ । आजको गजल थुँगको अन्तवार्ता विशेष श्रृंखलामा गजलकार ऋषिराम पाण्डे र पुरुशोत्तम रसुवा हुनुहुन्छ । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालिका सितल तामाङ्ग लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-10-01/15-01-2014) : Download

NepaliTalim | 5:27:00 PM | 0 comments
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-10-01/15-01-2014)

नमस्कार साथीहरु,

आज मिति 2070 साल माघ महिनाको 01 गते तदनुसार 15-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

Thank you 

चार लाईन मुक्तक (2070-10-03/2014-01-17) : Download

NepaliTalim | 5:17:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
(2070-10-03/2014-01-17) 


नमस्कार साथीहरु,

आज मिति 2070 माघ 03  गते तदनुसार 17-January-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

मेरो रचना (2070-10-05/19-01-2014) : Download

NepaliTalim | 11:47:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2070-10-05/19-01-2014)


नमस्कार साथीहरू,

आज मिति 2070 माघ 05 गते तदनुसार 19-01-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

गजल बिम्ब (2070-10-02/16-01-2014) कैफियत संयुक्त गजल शंग्रह बिशेष : Download

NepaliTalim | 11:31:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-10-02/16-01-2014)
Email : gajalbimba@gmail.com

आज कैफियत संयुक्त गजल शंग्रह बिशेष हुनेछ ।

नमस्कार साथीहरु,

आज मिति 2070 माघ 02 गते तदनुसार 16-01-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

गजलका फूलहरू -23 : (13-01-2014/2070-09-29) : Download

NepaliTalim | 4:21:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति  
उत्पादन तथा संचालक 
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(06-01-2014/2070-09-22)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 29 गते तदनुसार 13-January-2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम तेइसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

गजल मालामा रमेश क्षितिज बराल सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 3:55:00 PM | 0 comments
साहित्यिक कार्यक्रम गजलमाला 
रेडियो : सुनाखरी मोरङ्ग 
समय : हरेक सोमबार ९.१५ बेलुकी
मिति  : २२ पौष २०१४


नमस्कार,


आज मिति २०७० पौष २२ गतेका दिन रेडियो सुनाखरी एफ एम १०२.६ मेजाहर्जको साहित्यि प्रस्तुति गजलमाला लिएका आएका छौं। आजको गजल मालामा मोरङ्ग मधुमल्लाका गजलकार रमेश क्षितिज बराल सँगको अन्तवार्ता विशेष रहनेछ । सुनेर के कस्तो भयो प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Thank you 

Episode : 77 (यो साँझ यो सुबाश-14-01-2014) - Download

NepaliTalim | 12:11:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(14-01-2014 /2070-09-30)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2070 पुष महिनाको 30 गते तदनुसार  14-01-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-77 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । कार्यक्रम विशेष कारण बस केही समय देखी ७५ श्रृंखलासम्म आएर बन्द भएको थियो आज देखी श्रृंखला ७६ देखी पुन सुचारु भएको जानकारी सबै सबैमाझ गराउन पाउँदा ज्यादै खुसि लागेको छ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download :Click Here to Download Episode 77

यो श्रृंखलाबा बाचन भएको मेरो गजल
कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।

गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।
13-Dec-2013
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger