गजल गुञ्जन (2070-09-03/18-12-2013) : Download

NepaliTalim | 3:46:00 PM | 0 comments
GAZAL GUNJAN : 
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति : (2070-09-03/18-12-2013)


नमस्कार साथीहरु,
आज मिति 2070 पौष महिनाको 03 गते तदनुसार 18-Dec 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

सिर्जनाको प्रतिबिम्बमा गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 2:41:00 PM | 0 comments
Purushotam Paudel Rasuwa

Gazal Special Program
Sirjanako Pratibimba
Host : Krishna Kattel
Interview Special 
कार्यक्रम : सिर्जनाको प्रतिबिम्ब
प्रस्तोता : कृष्ण कट्टेल





नमस्कार साथीहरु,

आज कार्यक्रम सिर्जनाको प्रतिविम्बमा प्रशारण भएको युवा गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष लिएर आएको छु । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम प्रस्तोता कृष्ण कट्टेलज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

श्रृंखला 83 - वहकिने मन (2070-09-08/23-12-2013) - Download

NepaliTalim | 10:47:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-09-08/23-12-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 पौष 08 तदनुसार 23-Dec-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 82 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download :Click Here to Download Episode 83


कार्यक्रम 'मेरो रचना' (2070-09-03/18-12-2013) : Download

NepaliTalim | 10:13:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-09-03/18-12-2013)

नमस्कार साथीहरु,

आज मिति 2070 साल पौषमहिनाको 03 गते तदनुसार 18-Dec-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download

चार लाईन मुक्तक (20-12-2013/2070-09-05) : Download

NepaliTalim | 10:07:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 

कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
 (20-12-2013/2070-09-05)

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 05 गते तदनुसार 20-Dec-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Episode 22 - स्वर्णिम साँझ : (12-12-2013/2070-08-27) : Download

NepaliTalim | 4:08:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज

कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (12-12-2013/2070-08-27)


नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 27 गते तदनुसार 12-Dec-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

गजल बिम्ब (2070-09-04/19-12-2013) गजलकार नबिन चिराग सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 3:06:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :(2070-09-04/19-12-2013)

आजको गजल बिम्बमा ढकारी ७ रिमा अछामका गजलकार  उद्गार साहित्यिक समाजका अध्याक्ष नबिन चिराग सँगको अन्तवार्ता विशेष हुनेछ ।

नमस्कार साथीहरु,

आज मिति 2070 पौष 04 गते तदनुसार 19-Dec-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज त्यसैगरी अछामको रेडियो सोसाइटि एफ एम रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
Nabin Chirag

-->

त्रिवेणी TRIBENI (17-12-2013/2070-09-02) 'तस्विर' विशेष - Download

NepaliTalim | 4:16:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति   (17-12-2013/2070-09-02)



नमस्कार साथीहरु,

आज मिति 2070 पौष 02  गते तदनुसार 17-Dec-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । आजको त्रिबेणी कपिल अञ्जानको गजल सँग्रह तस्विर विशेष रहनेछ ।  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download

Download :Click Here to Download

BULBUL 224 : (18-12-2013/2070-09-03) : Download

NepaliTalim | 12:53:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 224
Host : Achyut Ghimire  
Date :  (18-12-2013/2070-09-03) 
FB : Facebook Page

आजको बुधवारिय बुलबुलमा तपाइहरुकौ गजल र रात्री गनथन विशेष हुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 पौष 03 गते तदनुसा 18-Dec-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 224) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

बि एस् पृथकका ५ गजलहरू ( ४ पौष २०७०)

NepaliTalim | 11:38:00 AM | 0 comments
बि एस् पृथक
१. गजल
मेरो बाटो भरि काडा र भिर बनाएर 
पठायो दैवले अभागी तक्दिर बनाएर

बा आमालाइ सुख दिन मुग्लान छिरेको म
झन् आए जस्तै लाग्छ चिन्ता पिर बनाएर

नेपाल आमाको अस्तित्व जोगाउन नसके
के काम भो बेकार बलियो शरिर बनाएर

म भुल्न भन्दै यादहरु मेटाइरहेको छु
तर मुटु बस्छ उनकै तस्विर बनाएर

बि एस् पृथक
गोर्खाली


२. गजल
छातीमा आधी चल्छ अनि पिउने गर्छु
पिडाले मुटु जल्छ अनि पिउने गर्छु

बिस्वाश गरेर आफ्नो सर्वश्व सुम्पिदा 
झन् उसैले नै छल्छ अनि पिउने गर्छु

चाइदैन धन बिहान् साझ् खान पुगे हुन्छ
सानो सप्ना नी ढल्छ अनि पिउने गर्छु

आफ्नै आखा सामु हासो खुशीहरुमा
दनदनि आगो बल्छ अनि पिउने गर्छु

बिगत देखि आज सम्म सम्झिएर ल्याउदा
केबल नमिठो पल छ अनि पिउने गर्छु
पुरानो गजल
बि एस् पृथक
गोर्खाली


3. गजल

मैले आमाको तस्वीर छुनुको कारण छ
त्यही तस्वीर आशुले धुनुको कारण छ

भन्नेहरुले मलाइ पागल रैछ भन्लान्
भक्कानिदै घरि घरि रुनुको कारण छ

स्वर्ग भन्दा नि प्यारो देश नेपाल छोडेर
समुन्द्र पार खाडी मुलुक आउनुको कारण छ

सपनीमा अति सताइरहेछ मलाइ
पक्कै उन्को छुनु र मुनुको कारण छ

अर्कै थियो नी मेरो हिजोको पहिचान
आज म "बि एस् पृथक" हुनुको कारण छ
 August 21-2013
बि एस् पृथक 
गोर्खाली 

4. गजल

नेपालमा यस्तो गरीबी कसरी भयो....?
दुखदायी परिस्थीती कसरी भयो....?

राष्ट्रको ढुकुटी लुट्न तल्लिन छन् सबै
यि नेता परजीवी कसरी भयो....?

भस्ट्रचार गुन्डा गर्दि नेताकै हातमा
यस्तो घृणीत राजनीती कसरी भयो....?

भगवान बुद्धको शान्ती कार्यक्रममा पनि
हत्यारा चोर अतीथी  कसरी भयो....?

सुन्दर शान्त र विशाल नेपालको आज
यस्तो खराब परीधी कसरी भयो....?
05-27-2013
बि एस "पृथक"
   गोर्खा

5. गजल
मेरो प्यारो अजा अजीलाइ मिठो सम्झना
बुवा आमा निनी नानीलाइ मिठो सम्झना

म ठिक छु तेता सब सन्चै हुनुहुन्छ होला
सम्झने र भुल्ने जतीलाइ मिठो सम्झना

राम्रो सङ्ग पढ्नु आफ्नो खुट्टामा उभिनु
दिदीलाइ अनि बहिनीलाइ मिठो सम्झना

मेरो सुख अनि दुखमा सधै साथ दिने
दाजु भाइहरु अनि साथीलाइ मिठो सम्झना

प्रदेश गएसी फोने गरेन बिर्स्यो नभन्नु
मामा माइजु काका काकीलाइ मिठो सम्झना

म सङ्गै जुनी काट्ने मिठो सपना बुन्दै
मलाइ पर्खेकी पियारीलाइ मिठो सम्झना

हरिया वन खोला नाला मेरो सुन्दर गाउ
उकाली अनि ओरालीलाइ मिठो सम्झना

मैले जस्तै प्रदेशीनु नपरोस् कसैले
नेपाली र मातृभुमीलाइ मिठो सम्झना

टाढा भएनी कैले पनि माया नमार्नु
गरिरहनु प्रदेशीलाइ मिठो सम्झना

बि एस् पृथक
गोर्खाली


माथिका सबैगजलका सर्बाधिकार लेखकमा निहित छन् ।


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger