1.गजल
रैन रहेछ हाम्रो भाग्य,एक अर्काको हुन लाइ
लेखिएछ यस्तो भाग्य,एक्ला एक्लै रुन लाइ
चखेवाको जोडि जस्तै,कस्को नजर् लाग्यो बरै
भनि सवाल गर्ने होला,के दिउं जवाब् जुन लाइ
सातै शुर तिमी थियौ,बेशुरा छन् मेरा आलाप
खै कसोरि सम्झांउं भन,बिरहि त्यो धुन लाइ
तिम्रो पनि मेरो जस्तै,हाल खबर उस्तै होला
अभागि भो हाम्रा आँखा,मात्रै आँशु चुन लाइ
2.गजल
कति पर बस्छौ अझै,अलि वर आउन अब
बैंस छँदै मनमिल्ने,माया तिमी लाउन अब
आला काँचा देख्यौ कि त,उरन्ठेउला सझिएर
तिम्रै मनको गरा भरि,मलाइ तिमी दाउन अब
गीत गजल लेखि दिंउला,हाम्रो माया पिरतिको
शुरमिलाइ राग आलापमा,तेहि गीत गाउन अब
बाचा कसम धेरै टुट्छ,पिरतिमा हिज आज
कहिल्यै पनि नटुटिने,कसम तिमी खाउन अब
निधो गर समय छंदै,भोलि फेरि आउने छैन
मेरा सबै जिउ ज्यान,माया तिमी पाउन अब
3.गजल
के रयो र जिन्दगीमा,तिमी संग छुटे पछि
हाँस्ने हाँसो रुने आँशु,तिमीले नै लुटे पछि
घात लाइ माया भनि,मैले बिस्वास गरि रहेँ
थाहा पाएँ तेहि बिस्वास,तेन्द्रो बनि चुटे पछि
नखेले रै बाजी जित्यो,दुनियाको नजर भरी
समय लाइ कस्ले सक्थ्यो,तिमी तिरै जुटे पछि
मेरो मनको बस्ती जलाइ,खरानीको ब्यपार गर्यो
के सम्झिन्थ्यो अतित लाइ,साँउ नाफा उठे पछि
एकाहोरो रहेछ माया,मैले तिम्लाइ गरि रहें
सहे कै छु पिंडा आज,आफ्नै गल्ति खुटे पछि
झल मल्ल बल्यछौ रे,यो बबुरो त्यागे पछि
कुन रंगको माया पायौ,अभाग संग छुटे पछि
4.गजल
रैन रहेछ हाम्रो भाग्य,एक अर्काको हुन लाइ
लेखिएछ यस्तो भाग्य,एक्ला एक्लै रुन लाइ
चखेवाको जोडि जस्तै,कस्को नजर् लाग्यो बरै
भनि सवाल गर्ने होला,के दिउं जवाब् जुन लाइ
सातै शुर तिमी थियौ,बेशुरा छन् मेरा आलाप
खै कसोरि सम्झांउं भन,बिरहि त्यो धुन लाइ
तिम्रो पनि मेरो जस्तै,हाल खबर उस्तै होला
अभागि भो हाम्रा आँखा,मात्रै आँशु चुन लाइ
5.गजल
यो ज्यूँदो लास माथि एउटा सनाखत् गरेर जाउ
सक्छौ यदि भने समबेदनाको फुल छरेर जाउ
चाहा थिएन तिमीमा बिझ्ने बिझेछु आन्जानमा
झिकेर फ्याँक काँडा अनि घाउ सबै भरेर जाउ
हतार् होला तिमि लाइ अन्तै कतै फुल्ने रहरमा
फुलेर झुले हुन्छ सारा आकाशका तारा जडेर् जाउ
ठेस नलागो कहिं कतै तिम्ले हिंड्ने ति पाउमा
यात्रा संधै सफल रहोस जाउ अगाडि बढेर जाउ
6.गजल
आयौ जब मन भरि तृष्णा भरेर आयौ
ओइलियो थुंङ्गा मायको सुवास छरेर आयौ
पर्खाइ मैले गरे कै थें गोधुलिले नेटो काट्यो
एक्लो थिएं दो-बाटोमा आँशु धारा झरेर आयौ
ढिला हिड्यो या बिचैमा अल्मल पर्यो कतै
हाम्रो मिलनको अन्तिम साइत टरेरे आयौ
खै कसोरि खोलुँ तिम्रो लागि मनको ढोका
तिम्रो निम्ति संदा संदलाइ बन्द गरेर आयौ
मेरा केहि दोष् होलान् तिम्रो केहि गल्ति होला
नसम्झनु धोका भनि म परिबन्दमा परेर आयौ
बाबुराम राइ(राइ बबुरो)
झापा,तोप्गाछि-५,
हाल काठमाण्डौ