![]() |
| Ravi Pranjal |
गजल
आउँछु भन्ने परदेशी फर्कि आएन ।।
तस्विर मात्र हेरिरह्यो मन रमाएन ।।
अँध्यारोमा कहाँ कहाँ खोजुँ उसलाई
आकासमा उदाउनेजून अझै उदाएन ।।
जून तारा साक्षी राखी लगाएको मायाँ
भुलेछकि निष्ठुरीले चिठ्ठी पठाएन ।।
शब्द : रवि प्रान्जल
स्वर तथा संगीत : प्रताप रिजाल ;
तबला : बिनोद भट्टराई
स्रोत युटुब





