Home » » गजल - के भयो र एउटा साथ ... (रचना : जितेन्द्र मल्ल ) : सुन्नुहोस् (Ke Bhayo Ra Euta Sath Chhutyo Chhutna Diye-Ghazal by Jitendra Malla)

गजल - के भयो र एउटा साथ ... (रचना : जितेन्द्र मल्ल ) : सुन्नुहोस् (Ke Bhayo Ra Euta Sath Chhutyo Chhutna Diye-Ghazal by Jitendra Malla)

NepaliTalim | 5:38:00 PM | 0 comments

के भयो र एउटा साथ, छुट्यो, छुट्न दिए !
मन भन्नु सीसा न हो, फुट्यो, फुटन दिए !

दिनु साटो खोस्न मात्र, जान्यो भाग्य ले नि !
अलिकती ख़ुशी थियो, लुट्यो, लुट्न दिए !

दोष तिम्रो हो की मेरो, या त नियति को ?
अन्योल को भुमरी ले, भूट्यो, भूट्न दिए !

जिंदगी यो जसो-तासो, जिउनु पर्छ सोचे !
अठोट लीइ मन मेरो, उठ्यो, उठ्न दिए !

(के भयो र एउटा साथ, छुट्यो, छुट्न दिए !
मन भन्नु सीसा न हो, फुट्यो, फुटन दिए !)

--------------------------------
रचना : जितेन्द्र मल्ल
स्वर तथा संगीत : केशव पौडेल

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger