Home » » BULBUL 192 : (01-05-2013/2070-01-18) - Download

BULBUL 192 : (01-05-2013/2070-01-18) - Download

NepaliTalim | 9:57:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 191
Host : Achyut Ghimire 
Date :  (01-05-2013/2070-01-18)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 बैशाख 18 गते तदनुसार  01-05-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष  कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत  घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 192) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक  मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो  हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ  एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण  बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि  धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष  पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल  उत्पादनमा सहयोगी हातहरुलाई 
। बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति  दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।    बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download
                     
Download :Click Here to Download Episode 192
Listen All Previous Episode


बुलबुलको यो श्रृंखलामा बाचन भएको मेरो गजल
फेरिन्छ ढुङ्गे मुटु मन फेरिन्छ ।।
समय अनुसार चलन फेरिन्छ ।।

पुराना कागज र थोत्रा सिसिहरु
उठाउनेको पनि जिवन फेरिन्छ ।।

नहेप्नु है साना नानिहरुलाई
यहाँ सबैको बचपन फेरिन्छ ।

जीन्दगीको युद्ध लडिरह्यौ भने
समयको पनि सासन फेरिन्छ ।।

यो जमाना कलियुग हो बाबै
मुना फेरिन्छ मदन फेरिन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger