Home » , » राज क्षेत्री राहुलका १० गजलहरू (28-06-2013)

राज क्षेत्री राहुलका १० गजलहरू (28-06-2013)

NepaliTalim | 10:52:00 PM | 0 comments
१.गजल   निर्दयि यो ईश्वरले खोस्दा वास,गास मेरो।
लाखौँ जनको बिचमा शुन्य छ आभास मेरो।

यति गरिब किन बनाईस जसको जीउने आधार छैन,
कात्रो पनि हुन्न होला मर्ने बेला पास मेरो।

आफ्ना सबै छिनिसकिस अब के नै बाकि छ र?,
फेरि किन रोक्दैनस एक मुठि शास मेरो।

धेरै थाकेँ जिन्दगीलाई बिसाउने ठाउँ खोज्दा यहाँ,
लैजा प्राण तव ठाँउ पाउँछ कि लाश मेरो।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबइ)

२.गजल
कि वार कि भने पार हुनै पर्छ।
कि माया कि तिरस्कार हुनै पर्छ।

सुरु भो खेल बिचैमा नछोड,
विजय अथवा हार हुनै पर्छ।

भुत्ते भएको भए नलाग्नु पर्ने घाउ,
या तिखो थियो या धार हुनै पर्छ।


कति बस्ने झगडा गरेरै सिमानामा,
कि त खुला नत्र बार हुनै पर्छ।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

३.गजल
वियोगमा टुक्रेका मुटु ति बटुल्ने बानी छ..।
मायाको बद्लामा चोटहरु असुल्ने बानी छ..।

फक्रेर झर्नु पर्छ विधिको विधान पक्कै,
तै पनि केवल अरुकै लागि फुल्ने बानी छ..।

अझै पनि दोधारमा राख कति राख्न सक्छौ,
वर्षौ देखि नै अतृप्त आशामा झुल्ने बानी छ..।



भो नलाग पछि,स्वयम बर्बाद हुनेछौ तिमि,
विना लक्ष्यको अपार गन्तव्य डुल्ने बानी छ..।

भनोस दुनियाले जे-जे,आफ्नो त एउटै,
गजलका मिठा सेरहरुमा घुल्ने बानी छ..।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
४.गजल
पछि भेटौला आज हतारमा छु।
माफ गर्नुहोला म व्यापारमा छु।

सुन्दा दङ्ग पछौ,तर यथार्थ यहि हो,
तन मन बेचिने बजारमा छु।

नाफाको छैन आश एक रति पनि,
माया मन्दिकै त्यो हाहाकारमा छु।



जितेर हुन्छ कि हारेर ठुलै दाउ,
आफ्नै पोल्टो पार्ने सुरसारमा छु।

लिलामि भो यौवन महङ्गो तर,
बेच्ने कि नबेच्ने म दोधारमा छु।
 राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
५.गजल
मन त्यो चोरेको आरोप छ म माथि..।
मुटु नै टोडेको आरोप छ म माथि..।

रोप्दै नरोपेको त्यो विश्वासको,
विरुवा गोडेको आरोप छ म माथि..।

अदृष्य तर सपनामै ठडिएको,
महल फोडेको आरोप छ म माथि..।


चल्दै'थे पाईला तर बिचैमा उनको,
गन्तव्य मोडेको आरोप छ म माथि..।

कल्पनामै लेख्छु तर उल्टो उनैको नाममा,
गजल कोरेको आरोप छ म माथि..।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
६.गजल
प्राण भन्दा धेरै चाहान्थे...कसै कसैलाई।
हृदयकी रानी नै मान्थे...कसै कसैलाई।

सोह्र सिँगारमा सजिएर छाउँदा यि नयन भरि,
साक्षात अप्सरा नै ठान्थे...कसै कसैलाई।

संसारकै अनमोल अनि सुन्दरताले सजिएका,
उपहारहरु म छान्थे...कसै कसैलाई।


दिवा स्वप्नमा त्यो मायालुको बस्तिहरुमा,
भेट्ने आशा लिएर जान्थे...कसै कसैलाई।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)

७.गजल
कसैको यादमा दुई थोपा आँशु पोखेर गजल लेखेँ।
एक छिन यो धड्कन रोकेर गजल लेखेँ।

हृदयमा सजाएको उनको नाम बाहिर लिँदा,
देख्ने डरमा पराईले ढोकेर गजल लेखेँ।

मान्दो रहेनछ यथार्थ लेख्न यत्तिकै यो कलमले,
अलिकति बासी रक्सी धोकेर गजल लेखेँ।


मुटुमा वियोगको चोट,नयनमा मिठो अतित,
मन भरि बेदना त्यो बोकेर गजल लेखेँ।

न रहन्छ बाँस न बज्छ बाँसुरि भन्दै,
मृत्यु संग जीवन जोखेर गजल लेखेँ।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)
 
८.गजल 
दशै आयो घरमा चुलो जल्दैन हामि गरिबको'मा।
साहुको घरमा जस्तै खसि ढल्दैन हामि गरिबको'मा।

पुर्खौ देखि खोले अनि सिस्नु सँग साईनो छ रे,
मिठो मसिनो भन्ने कुरा चल्दैन हामि गरिबको'मा।

वर्ष भरि कुटो अनि कोदालो सग खेल्दा पनि,
साहुको खेतमै धान फल्छ फल्दैन हामि गरिबको'मा।

गर्भ गछु धन भन्दा मनका धनि बन्न पाउँदा,
एक मनले अर्को मन छल्दैन हामि गरिबको'मा।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई

९.गजल
बुझ्न चांहे के छ त्यस्तो साँचो पिरतिमा...।
विश्वास रै'छ अति नै खाँचो पिरतिमा...।

सुवास विनाको फूल बन्दो रहेछ माया,
प्रेमिहरुले नलिँदा चासो पिरतिमा...।

निभाउन नसक्दा दुई अक्षरको माया पनि,
कत्तिले त लगाए रे पासो पिरतिमा...।


भ्रम त्याग,शंका छोड,अनि माया गरि हेर,
टुट्ने छैन तव मात्र हाँसो पिरतिमा...।

राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही(हाल दुबई)


 

१०.गजल
आज यसरि फस्छ....सोचेन उसले सायद।
मायाले पनि डस्छ....सोचेन उसले सायद।

बोलेको वचनले छुराले भन्दा धेरै,
मुटुलाई त्यो धस्छ....सोचेन उसले सायद।

विश्वास दिलाई छाएको पिरतिको छानो,
टुक्रा परेर खस्छ....सोचेन उसले सायद।


कसैको निसानीमा लगाएको मालाले पनि,
पासो बनेर कस्छ....सोचेन उसले सायद।

आफ्नैको दिलमा 'राहुल' नाम प्रति केवल,
घिर्णा जागेर बस्छ....सोचेन उसले सायद।
राज क्षेत्री राहुल
रुद्रपुर,रुपन्देही (हाल दुबई)
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger