Home » , » "अभागी"मुकेश रेउलेका १० गजलहरू (29-06-2013)

"अभागी"मुकेश रेउलेका १० गजलहरू (29-06-2013)

NepaliTalim | 8:33:00 PM | 0 comments
१.गजल  
बिद्रोही सँधै द्वन्दमा रमाउँछ॥
र चक्काजाम बन्दमा रमाउँछ॥

पैसाले भरिपुर्ण भएको मान्छे॥
सुखै सुख आनन्दमा रमाउँछ॥

ऊ एउटा अपाङ्ग नै भए पनी॥
मिठो मुस्कान मन्दमा रमाउँछ॥

गजल लेख्छ कविता पनि लेख्छ॥
कवि हो कवि छन्दमा रमाउँछ॥

न बोल्छ न हाँस्छ र पनि "अभागी"॥
हो फूलका सुगन्धमा रमाउँछ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर

२.गजल
मदिराको गिलास लिएर बोले॥
नशाले नै यो मुटु सिएर बोले॥

अचम्मित नहुनु आज त कोही॥
भन्दैछु अलिकति पिएर बोले॥

हाँसो खुशी रोदन जे जति थियो॥
म सँग भा को जति दिएर बोले॥

पिडाले पल पल मरेको मान्छे॥
सोच्दैछु म कसरी जिएर बोले॥

हारको उपहास परेछ फेरी॥
त्यसैले आज आफै खिएर बोले॥
"अभागी"मुकेश रेउले
बलिया 8 भुरुवा..

३.गजल
सत्यता देखेर दुर-दुर हुनेछन॥
हो पहिचान बेच्न आतुर हुनेछन॥

यहाँ पैसाको लागी कालो ब्यापार गर्न॥
यिनै मानव जाति प्रचुर हुनेछन॥

पापै पापले पुरै घेरीयो मातृभुमी॥
भगवान् सबै सबै मधुर हुनेछन॥
 
अब हेर्दै जानुस बिस्तारै एक दिन॥
चेतनशील प्राणी कुकुर हुनेछन॥

 
रोकौँ कुकर्म सबै नत्र सोझा नुमुखा॥
आत्म हत्या गर्न मजबुर हुनेछन॥
"अभागी"मुकेश रेउले
बलिया 8 कैलाली सुदुर- पश्चिम
 
४.गजल
सराबी बोतल, लिएर लेख्दैछु॥
एउटा गजल, पिएर लेख्दैछु॥

गुमाउनु पर्ने, घातले जिन्दगी॥
त्यसैले नसामा, जिएर लेख्दैछु॥

बिर्सन अतित, म आफ्नै कहानी॥
फाटेको यो मुटु, सिएर लेख्दैछु॥
 
सत्यता हरायो, तै पनी यो मन॥
फेरी कसैलाई, दिएर लेख्दैछु॥

 
अन्धेरी रातमा, सम्झिदै प्रियसी॥
बिस्तारै बिस्तारै, खिएर लेख्दैछु॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
५.गजल
एउटा छुट्टै सँसार देउ भगवान॥
हर्षले बाँच्ने आधार देउ भगवान॥

बेसाहारा भएर रोडमा सुत्नेलाई ॥
सानो झुप्रो घरबार देउ भगवान॥

निसन्तान हुनेहरु रुँदैछन यहाँ॥
सुखी सानो परिवार देउ भगवान॥
 
यो पैसाको खेती गर्ने शोसक हरुको ॥
बिनाश गर्ने बिचार देउ भगवान॥ 

 
बरदान हुनेछ जिन्दगीको अमुल्य॥
सबैलाई उपहार देउ भगवान॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
६.गजल
आफ्नै हुकुमत, चलाएर गयौ॥
गाउँ बस्ति सारा, जलाएर गयौ॥

अपमान भाको, सहन नसकी॥
निर्दोष मानव, ढलाएर गयौ॥

सही मार्ग दीशा, पछ्याउने लाई
कुलत बिषादी, दलाएर गयौ॥
 
हिँसात्मक बन्ने, झगडाको बिउँ॥
मान्छे मान्छे बिच, फलाएर गयौ॥

 
अपराध गर्न, माहिर रहेछौ॥
सबै सबैलाई, छलाएर गयौ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

७.गजल
फुर्सद-फुर्सदमा, गजल बनाउँछु॥
शब्द जोडी चिटिक्क, महल बनाउँछु॥

केही दिन प्रतिक्षा, गर्नुस साथी भाई॥
कसम यो हृदय, अटल बनाउँछु॥

धर्तिमै साहित्यको, वर्षात बर्साउने॥
मोफसलमा कालो, बादल बनाउँछु॥
 
हुँ "अभागी" म पक्कै, दुई मत् छैन यहाँ॥
रचना चोर्नेलाई, असल बनाउँछु॥

 
अचम्मित् भएको छु, फेरी कसले भन्यो....?
गजल सुनाएर, पागल बनाउँछु॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
 
८.गजल 
धड्कन चल्दैछ, अबेर नगर॥
यो रात ढल्दैछ, अबेर नगर॥

जुनेली किरण, तुसारो पातले॥
शरीर गल्दैछ, अबेर नगर॥

भक्कानी आएको,तरङ्गित् प्यासले॥
जवानी फल्दैछ, अबेर नगर॥
 
बाँधी राख्छु अब, आउ अँगालोमा॥
समय छल्दैछ, अबेर नगर॥

 
चम्किलो आभास, दिलाउने बत्ति॥
मधुरो जल्दैछ, अबेर नगर॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

९.गजल
शिला शिलाको धरातल खोज्दैछु म॥
सँसार जित्ने ठुलो बल खोज्दैछु म॥

अझै अडिन छ जातिय भेदभाव॥
पखाल्न लाई शुध्द जल खोज्दैछु म॥

किन? तिमी अबुज बनि प्रश्न गर्छौ॥
जिन्दगीको मिठास पल खोज्दैछु म॥
 
यहाँ सहनेको जमात धेरै भयो॥
प्रतिबादको सानो दल खोज्दैछु म॥

 
रमणिय हरियो सुनसान ठाउँ॥
साहित्य स्रिजनाको स्थल खोज्दैछु म॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम

१०.गजल
शान्त परिवेश, शहरमा हुनु पर्छ॥
दुर्गन्धित बस्तु. नहरमा हुनु पर्छ॥

जहाँ पुगे पनी, एउटा न एउटा त॥
हरेक मानव, रहरमा हुनु पर्छ॥

बिगत सम्झिदै, किन टोलाउँदै बस्नु॥
अब रमाईलो, प्रहरमा हुनु पर्छ॥
 
हाँस्दै बाँच्नलाई, यो चेतनशील प्राणी॥
सँधै सत्यताको, ठहरमा हुनु पर्छ॥

 
गजलगो हरु, भन्दैछन सुन्नुहोस॥
सबैको गजल, बहरमा हुनु पर्छ॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger