गजलका थुँगाहरु भाग-6 : (2070-01-09/22-04-2012) (सवाल जवाफ विशेष) :- Download

NepaliTalim | 9:20:00 AM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट  GAZALKA THUNGAHARU-5
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला -५
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना   
मिति : (2070-01-09/22-04-2012) 


नमस्कार साथीहरु,
आज मिति 2070 बैशाख 09 गते तदनुसासर मंगलबार तदनुसार 22-April-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको EPISODE 6 श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
 
 

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजगजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको सवाल जवाफ विशेष श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु
Listen and Download

Download : Click Here to Download Episode 6


Thank you

कृष्ण अबिरलका पाँच गजलहरू (23-04-2013)

NepaliTalim | 9:02:00 AM | 0 comments
कृष्ण अबिरल
गजल----(१)
मैले तिम्रो गजलको भाब बुझिन
गजल प्रति तिम्रो लगाब बुझिन ॥

तिमि त साहित्य नरुचाउने मान्छे
त्यो तिम्रो गजलको किताब बुझिन ॥

आजभोलि उसैसंग देख्छु तिमिलाई
उस प्रतिको तिम्रो ,झुकाब बुझिन ॥

तिमि पनि मायाँमा परेको छौ र ?
हातमा त्यो रातो, गुलाब बुझिन ॥

एकैचोटिमै रित्यायौँ बोतल तिमिले
पानि हो कि त्यो, सराब बुझिन ॥

कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..
गजल----(२)
उ मुस्कुराउछे, मलाई देखेपछि
नजिक आउछे, मलाई देखेपछि॥

आउ बस्न मेरै, काखमा भन्छु म
मोरि सर्माउछे, मलाई देखेपछि॥

म उनकै रुपमा, मस्त भाको बेला
थोरै लजाउछे, मलाई देखेपछि॥

असिमित प्रेम छल्किन्छ उनको अघि
लाजले डराउछे, मलाई देखेपछि॥

म उनकै नजरमा हराएको बेला
शिर झुकाउछे , मलाई देखेपछि॥
कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..
गजल----(३)
बर्षौ पछि भेटदा पनि,प्यार उस्तै छ।
उनको मायाँ लाग्दो ,अनुहार उस्तै छ॥

कस्ति भई होलि ,सोचिरहन्थे सधै।
पहिले झै रुप रंग, आकार उस्तै छ॥

संगै हुदा जिस्किएर,रमाईलो गर्थि उ।
अहिले पनि बानि,ब्यबहार उस्तै छ॥

सधै भरि असल काम गर्नुपर्छ भन्छे।
सादा जिबन उच्च ,बिचार उस्तै छ॥

धेरै पछि आज नजर जुध्यो उनिसंग।
गाँजलु ति नजरको , प्रहार उस्तै छ॥
कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..
गजल----(४)
जब सँगित मा मिठो सुर हुन्छ।
मलाई आनन्द भरपुर हुन्छ॥

तिमि आउछौ मदहोसि चालमा।
झन महेफिल सुमधुर हुन्छ॥

सबै कुरा भुलि अँगालिन्छौ तिमि।
तिम्रो साथ मलाई मन्जुर हुन्छ॥

मलाई छोडि जाने कुरै नगर।
तिम्रो आबश्यकता जरुर हुन्छ॥

एक्कासि म बिउझन्छु निद्राबाट।
सपना सबै चकनाचुर हुन्छ॥
कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..

गजल----(५)
धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।
एक्लै हुदाँ उनको, चुम्बन सम्झन्छु॥

कति छिट्टै हल्लकै बढेकि हिजो आज।
फक्रिएको उनको, यौवन सम्झन्छु॥

आज पनि पुराना यादहरु आउछन।
सँगै खेलि हुर्केको, बचपन सम्झन्छु॥

कहिले काँहि टाढा हुदाँ नआत्तिनु।
कहाँ बिर्सन्छु र, झनझन सम्झन्छु॥

हाम्रो प्रेम उदाहरण हुनुपर्छ भन्छे।
'मुना' सम्झन्छु , 'मदन' सम्झन्छु॥
कृष्ण अबिरल
(B.P. Simkhada)
गितानगर-४,देबनग र..
चितवन..

सिर्जनाका लहरहरु :- Episode 110 - Download

NepaliTalim | 2:30:00 PM | 0 comments
सिर्जनाका लहरहरु : 110
SRIJANAKA LAHARHARU
EPISODE- 105 Date :  18-April -2013


Source : Sirjanaka Laharharu    


Host : Khagendra Adhikari 
आज मिति 18-April-2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 110 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।   सिर्जनाका लहरहरु भाग १०९ कवि हेमन यात्रीको कविता संग्रह पहाड म सितै यात्रा गर्छ बिशेष भाग
Listen and Download

Download :Click Here to Download

Thank you

Muktak Man 5 : (2069-12-30/12-04-2013) : Download

NepaliTalim | 1:02:00 PM | 0 comments
Episode 5
Muktak Man (मुक्तक मन)
Date : (2069-12-30/12-04-2013)
Host : Ashish Danai
FB : Muktak Man

नमस्कार,
आज मिति २०६९ चैत्र 30 गते तदनुसार 12-April-2013 तारिख शुक्रबारका दिन रेडियो मेरो आत्माको मुक्तक विशेष प्रस्तुति मुक्तक मन लिएर कार्यक्र प्रस्तोता आशिष दनाई उपस्थित हुनुभएको छ । आज देखि हरेक शुक्रबार मुक्तक मन रेडियो अनलाईन मेरो आत्माबाट प्रसारण हुनेछ । यहाँ तपाईहरुलेनै मेल muktakman@gmail.com मा पठाउनुभएको र फेसबुक पेजमा पोष्ट गर्नुभएको मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रक के कस्तो भयो हाम्रो फेसबुक पेज या मेलबाट कमेन्ट गरिदिनुहोला ।
धन्यवाद । 

Listen and Download

Download : Click Here to Download Episode 5

Thank you

Muktak Man 4 : (2069-12-23/05-04-2013) : Download

NepaliTalim | 12:18:00 PM | 0 comments
Episode 4
Muktak Man (मुक्तक मन)
Date : (2069-12-23/05-04-2013)
Host : Ashish Danai
FB : Muktak Man

नमस्कार,
आज मिति २०६९ चैत्र 23 गते तदनुसार 05-April-201 तारिख शुक्रबारका दिन रेडियो मेरो आत्माको मुक्तक विशेष प्रस्तुति मुक्तक मन लिएर कार्यक्र प्रस्तोता आशिष दनाई उपस्थित हुनुभएको छ । आज देखि हरेक शुक्रबार मुक्तक मन रेडियो अनलाईन मेरो आत्माबाट प्रसारण हुनेछ । यहाँ तपाईहरुलेनै मेल muktakman@gmail.com मा पठाउनुभएको र फेसबुक पेजमा पोष्ट गर्नुभएको मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रक के कस्तो भयो हाम्रो फेसबुक पेज या मेलबाट कमेन्ट गरिदिनुहोला ।
धन्यवाद ।कार्यक्रम उपलब्ध गराइदिनुहुने मित्र आशिष दनाइ र इन्द्रमान आत्मालाई धेरै धेरै धन्यवद ।
Listen and Download

Download : Click Here to Download
Thank you

कार्यक्रम मेरो अतित (2070-01-08/21-04-2013) - Download

NepaliTalim | 11:58:00 AM | 0 comments
कार्यक्रम मेरो अतित
MERO ATIT
मिति : (2070-01-08/21-04-2013)
सिटिजन एफ.एम. 94MHZ
समय : 10.15PM-11PM
प्रस्तोता :मनोज धमला

सिटिजन एफ एम साथै देशका विभिन्न एफएम हरुमार्फत प्रसारण हुने यो रात्रिकालिन कार्यक्रम यौटा बास्तविक अतित मेरो अतित लिएर आज मिति २०७० बैशाख ८ गते तदनुसार 21th April 2013 आइतवार पनि मनोज धमला उपस्थित हुनुभएको छ । चितवनका शम्बु जीको अतितल लिएर आएका छौं । आजहामी उहाँका अतितका सत्य घटनाहरु लाई कार्यक्रमा बाचन हुनेछ ।  कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र मनोज धमलालाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 

Thank you

श्रृजनाका सुशेलीहरु - (2070-01-07/20-04-2013) - Download

NepaliTalim | 10:03:00 AM | 0 comments
Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz

Time : Every Saturday 9.15PM 
Date :(2070-01-07/20-04-2013)
Host :  Suresh Bidari   
FB : Facebook Group
 

आज मिति 2070 बैशाख 07 गते (20 April 2013)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्रस्तेाता साथी सुरेश विडारी विवसले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । आउनुहोस् हामि पनि सुनौ
Listen and Download

Download : Click Here to Download 

Thank you

Muktak Madhurima (2070-01-05/18-04-2013) - Download

NepaliTalim | 5:56:00 PM | 0 comments
Muktak Madhurima          
Radio : Radio Chitwan 94.6mhz                  
Time : Turusday 9.15pm      
Host : Ramu Acharya      
Date : (2070-01-05/18-04-2013)

आज मिति 2070 बैशाख 05 गते तदनुसार 18-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes


Thank you

Episode 1 : गजल मन्जरी (15-01-2013/2070-01-02 )

NepaliTalim | 3:11:00 PM | 0 comments
EPISODE :- 1
GAZAL MANJARI 
गजल मन्जरी 
मिति : 15-01-2013/2070-01-02
ढुकढुकी एफ. एम . 92.4Mhz
लालबन्दी सर्लाही 
Host: Manoj Bakhrel
Time and Date: 
Every Monday--9 p.m.
Facebook Gazal Manjari
Website : http://dhukdhukifm.com/


नमस्कार साथी,

आज मिति २०७० बैशाख ०२ तदनुसार १५ शोमबारका दिन रेडियो ढुकढुकी एफ एमको ९२ दशमलव ४, लालबन्दी सर्लाहीबाट प्रसारण हुने गजलको कार्यक्रम आज पहिलो श्रृंखला लिएर मनोज खरेल उपस्थीत हुनुभएको छ । सुनेर प्रतिकृया दिनुहोला ।

Listen And Download


Source : Mohan Bihani

साहित्य सिर्जना - 31 :(20-04-2013/2070-01-08) -Download

NepaliTalim | 1:09:00 PM | 0 comments
EPISODE :31
Date : (20-04-2013/2070-01-08)
कार्यक्रम : “साहित्य सिर्जना       
रेडियो : रेडियो मलमला ८८.६mhz      
प्रस्तोता : सुरज थापा मगर   
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे  
फेसबुक : Facebook   

साथीहरु नमस्कार ।
आज मिति 2069 बैशाख 07 गते तदनुसार 20-04-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 31 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 31

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger