गजल संसार - 35 : (15-04-2013/2070-04-02) - Download

NepaliTalim | 12:29:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको          
गजलहरुको  साहित्यिक       
कार्यक्रम :  गजल संसार  
Date:  (15-04-2013/2070-04-02)  
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2070 बैशाख 02 तदनुसार 15-April-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 35 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download

Download : Click Here to Download


नयाँ बर्ष २०७० को शुखद उपलक्षमा चिसापानी नेपाल भिजिट गर्नुहुने सम्पूर्ण लाई म ब्लल अथर राम शरण श्रेष्ठ शुख, शान्ति र उत्तरोत्तर प्रगति तथा यो वर्ष फलदाइ रहोस भन्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । 

BULBUL 190 : (17-04-2013/2070-01-04) - Download

NepaliTalim | 10:42:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 170
Host : Achyut Ghimire 
Date :  (17-04-2013/2070-01-04)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 बैशाख 04 गते तदनुसार  17-April-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 190) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:


Thank you

कार्यक्रम मेरो अतित (2070-01-01/14-04-2013) - Download

NepaliTalim | 9:58:00 AM | 0 comments
कार्यक्रम मेरो अतित
MERO ATIT
मिति : 2070-01-01
सिटिजन एफ.एम. 94MHZ
समय : 10.15PM-11PM
प्रस्तोता :मनोज धमला

सिटिजन एफ एम, रेडियो छहारीका साथै देशका विभिन्न एफएम हरुमार्फत प्रसारण हुने यो रात्रिकालिन कार्यक्रम यौटा बास्तविक अतित मेरो अतित लिएर आज मिति २०७० बैशाख १ गते तदनुसार 14th April 2013 आइतवार पनि मनोज धमला उपस्थित हुनुभएको छ । काठमाडौं बाट सिमाजीको अतित आजको कार्यक्रमको विशेषमा रहेको छ । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी निस्चल प्रेमी कान्छालाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

राजु चालिसे "बिछोड" का ५ गजलहरू

NepaliTalim | 5:41:00 PM | 0 comments
1.गजल

धोका खाएँ उसैबाट ,जस्लाई  माया  गरे  धेरै ।
 कुरी बसें बाटो हरु ,......बनाउँछु भनी मेरै ।।

विश्वाश गरें भर परें ,यही हो मेरो जिबन भनी ।
सपना रैछन मेरा रहर, छिन् भर मै गयो  खेरै ।।

ऊ त खुशी होली शायद ,मायाँ गर्ने अरु  नै छ ।
समाप्त होस् मेरो जिबन ,उस्कै याद मा तड्पिएरै ।।

बुझाउन सक्दिन यो मन ,छैन आधार बुज्ने पनि ।
छोडि जाने निस्ठुरी लाई,.....बसेको छु सम्झेरै ।।

मरी गयँ भने पनि ,...गर्छु मायाँ सधैं भरी ।
 यो आत्मा मा बस्नु तिमी ,सधैं भरी धड्केरै ।।

राजु चालिसे :बिछोड"
हाल::दुबइ.......


2.गजल
हत्या हिंसा बढ्दै छ यो, शहर कस्तो अनौठो ।
काटमार मै ब्यस्त मान्छे,रहर कस्तो अनौठो ।।

आफ्नै दिदी बैनी अब, सुरक्षित छैनन् यहाँ ।
मान्छे भित्र फैलिएको , जहर कस्तो अनौठो ।। 

बलत्कार त हिजो भन्दा , आज धेरै बढ्दै छ  ।
निर्दयी भै गर्छ मान्छे , प्रहर कस्तो अनौठो ।।

हिजो मात्र होइन यहाँ,आज भोली पर्सी पनि ।
 बिग्रिदैछ मान्छे झन झन्,लहर कस्तो अनौठो ।।

हाथ जोडी आँशु झार्दै,जिबनको भिक माग्दा पनि ।
बाध्यता मै शोषण हुन्छन,कहर कस्तो अनौठो ।     

सुनी दिने कस्ले यहाँ,जान्छ की इज्जत भनी ।
पिडा मन मै साँच्नु पर्ने, डर कस्तो अनौठो ।।

राजु चालिसे "बिछोड"        
कपिलवस्तु भलवाड ८, हाल::दुबइ 

3.गजल
दुई आँखा बन्द हुन्छ तिम्रो सम्झना मा ।
हाँस्दा हाँस्दै मन रुन्छ तिम्रो सम्झना मा ।। 

यो मुटुमा तिम्रै मायाँ बोकी हिड्ने गर्छु ।
मनले धेरै सपना बुन्छ तिम्रै सम्झना मा ।। 

दुरी टाढा भएपनी घुम्छौ मेरै वरी परी ।
 मेरै दिलले बोली सुन्छ तिम्रै सम्झना मा ।।

तिम्लाई खुशी बनाउन रुन्न भन्छु तर पनि ।
 झरी आशु मुख धुन्छ तिम्रै सम्झना मा ।।

मायालु त्यो बोली सधैं पाईरहुँ तिमी बाट ।    
झर्कियौ भने मुटु छुन्छ तिम्रै सम्झना मा ।।  

राजु चालिसे "बिछोड"
कपिलवस्तु  भलवाड ८ भर्तापुर 
हाल::दुबइ  

4.गजल
आफ्नो मुटु आफै देखी छुट्दा धेरै रोएँ ।
 दैबले नि मेरो खुशी लुट्दा धेरै रोएँ ।। 

मन भित्र सजिएका  मिठा सपना हरु ।
 चक्नाचुर भई सिसा सरी फुट्दा धेरै रोएँ ।।

सँगै जुनी काट्ने भनी खाको कसमहरु ।
बिचबाटोमा आई आज टुट्दा धेरै रोएँ ।। 

जिन्दगीले खुशी लुटी आँशु  मात्र दीई ।
 एक्लो पारी आज मलाई कुट्दा धेरै रोएँ ।। 

अनायासै निर्दोस मेरो यो  जिबन मा । 
बिछोड को तुफानले  चुट्दा धेरै रोएँ ।।  
राजु चालिसे "बिछोड"    
कपिलवस्तु,भलवाड ८    
हाल:: दुबइ 

5.गजल
पराई को सिन्दुर, हालेर गयौ ।
 यो मेरो जीबन् ,गालेर गयौ ।।

सम्हाल भनी, दियँ   यो मुटु ।
 छीया छिया पारी, फालेर गयौ ।।

तिम्रै हुँ भनी खाकी थियौ कसम ।
 आर्कैलाई मन मा पालेर गयौ ।।

 गर्छु नि मायाँ, सधैं लाई भन्दै ।
 फाटेको..  मुटु, टालेर गयौ ।।

खरानी जस्तै, भएँ म आज ।
 जिउँदो यो लास, बालेर गयौ ।। 

राजु चालिसे "बिछोड"कपिलवस्तु
हाल : दुबइ 

Episode : 68 (यो साँझ यो सुबाश-16-04-2013) - Download

NepaliTalim | 11:10:00 AM | 0 comments
EISODE 68 - YO SANJH YO SUBASH   
(16-04-2013 / 2070-01-03)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश    
Email : hajurkopatra@gmail.com       
Website : http://ransimedia.com       
Facebook : YSYS Facebook Page 
Phone :  9808826116


आज मिति 2070 साल बैशाख महिनाको 03 गते तदनुसार   16-April-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-68 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।


साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु    

Listen and Download

Download : Click Here to Download Episode 68
Listen All Previous Episodes

Thank you

नयाँ बर्ष २०७० को शुखद उपलक्षमा सम्पूर्ण चिसापानी नेपाल भिजिट गर्नुहुने र कार्यक्रम मन पराईदिनुहुने स्रोताहरुलाई हार्दिक मंगलमय शुभकामना । यो वर्षले सबैको घरघरमा हर्ष उल्लास, खुसी, शुख, शान्ति र उत्तरोत्तर प्रगति लिएर आओस यहि मुरि मुरि शुभकामना ब्यक्त गर्दछु ।
राम शरण श्रेष्ठ
चिसापानी , नेपाल 

बहकिने मन-४९ : (2070-01-02/15-04-2013) - Download

NepaliTalim | 9:34:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN  
TODAY'S EPISODE 49
DATE :  (2070-01-02/15-04-2013)
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161    
Facebook : Bahakine Man 
FM: CIN Network
 
आज मिति 2070 बैशाख 02 तदनुसार 15-April -2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 67  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन Episode 49 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति  
Listen and Download

Download : Click Here to Download Episode 49
Listen All Previous Episodes:


Thank you

Episode 18 : Gazal Batika (गजल बाटिका) - Download

NepaliTalim | 3:46:00 PM | 0 comments
सुक्लाफाटा एफ.एम ९९.४ 
रेडियो बार्हसिङ्हा एफ.एम १०२.२
को गजलको प्रस्तुती
Gazal Batika (गजल बाटिका) 
Gazal Batika : 18 


गजल बाटिका" हरेक सोमबार राती समय अनुसार सवा नौ बजे देखी १० बजे सम्म रेडियो सुक्लाफाटा एफ.एम ९९.४ Mhz र रेडियो बार्हसिङ्हा एफ.एम १०२.२ Mhz बाट प्रसारण हुने रेडियो कार्यक्रम हो ।गजल बाटिका बिशुद्द गजल बाचन् , गजल संग्रह समिक्षा , गजल सम्बन्धी छलफल , गजल सवाल जवाफ प्रस्तुत गर्ने गर्दछौ । र अर्को कुरा यो कार्यक्रममा हामी गीतको ठाउँमा पनि गजलहरु मात्र बजाउने गर्दछौ । ।www.sfm994.com यो लिन्क्मा गजल बाटिका संसार भर सुन्न सकिन्छ ।
यो कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने www.arjunpaudel.blogspot.com  ब्लगका मित्र  अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download Episode 18

Thank you

गजलका थुँगाहरु भाग-5 : (2070-01-02/15-04-2012) नयाँ वर्ष २०७० विशेष :- Download

NepaliTalim | 2:42:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU-5
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला -५
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना   
मिति : (2070-01-02/15-04-2012) 


नमस्कार साथीहरु,
आज मिति 2070 बैशाख ०२ गते तदनुसासर मंगलबार तदनुसार 15-April-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको तेस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजगजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु
Listen and Download

Download : Click Here to Download Episode 5
Thank you

श्रुति शंबेग श्रृङ्खला "कथाहरु" 12-April-2013 - Download

NepaliTalim | 2:28:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : आजका नेपाली कथा संगालो
सम्पादक : अनमोलमणी
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज
प्रकासन : वि एन पुस्तक संसार
मिति : 2069 चैत्र ३०

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2069 चैत्र ३० गते तदनुसार १२ April 2012 ,Friday का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । युवा पुस्ताका केहि उत्कृष्ट कथाहरु संगालेर प्रकाशित कथा संग्रह "आजका नेपाली कथा संगालो कथा संग्रह" बाट आज हामी केहि कथाहरु सुन्नेछौं ।
आजका नेपाली कथा भन्ने पुस्तकबाट बाचन हुने कथाहरु
१.कृष्णा कुँवरको कथा  सेराज अहमद
२.अनमोलमणीको कथा निलो रुमाल हराएपछी
Listen and Download

Download : Click Here to Download

साहित्य सिर्जना - 30 : (13-03-2013/2069-12-31) -Download

NepaliTalim | 10:41:00 AM | 0 comments
EPISODE :30
Date : (13-03-2013/2069-12-31)
कार्यक्रम : “साहित्य सिर्जना       
रेडियो : रेडियो मलमला ८८.६mhz      
प्रस्तोता : सुरज थापा मगर   
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे  
फेसबुक : Facebook   
Email : radiomalmala@gmail.com   

साथीहरु नमस्कार ।
आज मिति 2069 चैत्र 31 गते तदनुसार 13-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 30 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 30

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger