आज मिति 2069 चैत्र 24 गते (06 April 2013) सनिबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ। प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्रस्तेाता साथी सुरेश विडारी विवसले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । आउनुहोस् हामि पनि सुनौ .
कार्यक्रम :- साहित्य सिर्जना ( Phone In )
रेडियो :- सामुदायिक रेडियो बुद्ध आवाज ८९ बिन्दु ६ मेगाहर्ज , बाणगंगा ८ बैरीया कपिलबस्तु |
प्रस्तोता :- कमल पौडेल "शब्द शखा "
समय :- बिबिसी नेपाली सेवा पछि
बार :- प्रत्यक सनिबार
चिसापानी नेपाल ब्लगको प्रस्तुती कार्यक्रम : गजल सागर चिसापानी नेपाल : पेज, ग्रुप मिति :(05-04-2013/2069-12-23) प्रस्तोता : राम शरण श्रेष्ठ GAZAL SAGAR
नमस्कार साथीहरु
आज मिती 2069 चैत्र 23 गते तदनुसार 05 April 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (सातौं श्रृंखला Episode 7 ) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेज र ग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।
गजल सागरको आजको सातौं श्रृंखलामा गजलकारहरु अर्जुन पौडेल, आर एस विद्रोही, आरके थापा, कोमल भट्ट, बिरेन्द्र गुरुङ, मानान्धर अभागी, अन्जान श्रेष्ठ अभागी, सन्तोष तिमल्सिना, उमेश आचर्य, रबिन दर्लामी मगर, नरेश बि.क अनुरागी, नवराज भट्ट, न्यौपाने कान्छा सोभाकर, मनु दर्लामी मन, अनमोल गौरब, सौगात गजमेर, रविन न्यौपाने, नरेन थापा र कमल संघर्षका गजलहरु बाचन भएका छन् भने साथमा संगितिक विश्राममा सुमधुर नेपाली गीत गजलहरु रहेका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला । Listen and Download
FB Page : Muktak Sarobar आज मिति 2069 चैत्र 16 तदनुसार 29-03-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
रेडियो हाम्रो संसार डट नेटको गजलहरुकोसाहित्यिक कार्यक्रम : गजल संसार
Date: (01-04-2013/2069-12-19) Host : Shanti Pakhrin Source : Website आज मिति 2069 चैत्र 19 तदनुसार 01-April-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 33 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौं Listen And Download
गजल संगम (Gazal Sangam)
मिति : (2069-12-21/03-04-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ Phone : 056-526186 Facebook : Gazal Sangam
आज मिति 2069 चैत्र महिनाको 21 गते तदनुसार 03-April-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । Listen and Download
आज मिति 4th April 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 108 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।
Muktak Madhurima Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-12-22/04-04-2013)
आज मिति 2069 चैत्र 22 गते तदनुसार 04-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download :
Listen All Previous Episode
Thank you
२०६९-१२ -२२ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ................... 01-साहित्यप्रेमी कपिल लामिछाने कस्तो हुन्थ्यौ होला साच्चै देउता हुने भए !! माया गर्ने मलाई कोहि एउटा हुने भए !! __________________ बिर्सिदिन्थे सारा दुनियालाई म ,, सँगै जिउने सँगै मर्ने समझउता हुने भए !! @साहित्यप्रेमि कपिल लामिछाने दाङ्, तुल्सीपुर@ हाल दोहा, कतार बाट..!!!
02-Jaya Bhabuk सपनि मा वावु भन्दै वोलाउछिन रे मेरी अॉमा / विपनि मा सम्झिएर टोलाउछिन रे मेरी ऑमा / सॉच्चै घट्ना घट्या रै छ पर्देशी त्यो भुमि मॉ , चारै तिर मनका कुरा खोलाउछिन रे मेरी ऑमा/ जयराम वि .क. {जयॉ भॉवुक} धधवार ७ बर्दिया हाल मलेिसया जोहोर,,,,,
04-आरके थापा मुक्तक खस्रो पातको बोट हजुर , नहुर्केकै राम्रो । मै हुँ भन्दै घमन्डले , नफुर्केकै राम्रो । । दुश्मनले खुट्टा तानी , टेक्लान छाती माथि , अहमताले त्यो पाखुरी , नसुर्केकै राम्रो । । । -आरके थापा,बोच-दोलखा हाल साउदी अरब
05-Ghayl Deepak Karki सपना देखे को थिए कतै हराऐको रहे छु बिऊजीए मात्र एतै कराएको रहे छु ॥ काहा छौ कस्ती छौ मेरो याद ऑऊछ ऑऊदैना, तेस्तै बिसय लिएर डराऐको रहे छु॥ घाएल दिपक कार्कि बनकटवा 9 समझना बजार लालपुर बाॅके हाल इन्डिया गुजरात राजकोट
06-Madan Muskan Khatri <<< मुक्तक >>> * स्वाभिमानि नेपालि हुँ कसैसंग डर्दैन ! नरोउ सानु यो युदूमा तिम्रो काले मदैँन !! * भात पस्कदै गर !जितेरै आउने छु ~ ढुक्क हौ सिरको सिदुर पुछ्नु पदैन !!! मदन मुस्कान खत्री दाङ now . study in india.
07-Raju Poudel हजुर बा लाइ पिडालु कै गानो प्यारो लाग्छ आफ्नै घरको आगनि र छानो प्यारो लाग्छ चैत लाग्यो गर्मि बढयो त्यसैले पो हो कि प्यारि भनछिन काकरा कै चानो प्यारो लाग्छ -राजु पौडेल, रूद्र्पुर रूपनदेहि, दोहा कतार
09-निस्चल प्रेमी कान्छा पराईको दिलमा तिमी खुलेर गयौ अतीतका ति सपनालाई भुलेर गयौ हुन्नरैछ सोचेजती रंगीन जिन्दगानी जे जतीथ्यो मेरो दिलमा असुलेर गयौ । -निस्चल प्रेमी कान्छा रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी हाल मुम्बई भारत
10-Bikalpa Babu दबिएको श्वरहरु, बोल्ने छन् एकदिन मन्दिरका पत्थरहरु,बोल्ने छन् एकदिन तिम्रो अन्याय र अत्याचारको बिरुद्दमा गाउँ बस्ती शहरहरु,बोल्ने छन् एकदिन -बिकल्प बाबु गितानगर-1,चितवन
11-Artimus Siru असत्य लाई अघि बढाई सत्य छुपाउँछौ ! साँचो कुरा मनमै सडाई सत्य छुपाउँछौ !! सोधे भने मैले केही बोल्नै छाडी दिन्छौ ! धुरी माथि मलाई चढाई सत्य छुपाउँछौ !! सुमित्रा अधिकारी "शिरु " गोरखा
12-Dipendra Chapagain तिम्रो मेरो सम्बन्ध टुटि गयो भने अजम्बरी माया प्रेम छुटि गयो भने निश्चित छ अन्त्य ‘विरता र गौरवको’ देशको अस्मिता दैवले लुटि गयो भने ।। दिपेन्द्र चापागाँई, कपिलवस्तु, लुम्बिनी । हाल-मुम्बई
13-सनम गोले े जस्लाई आफ्नो सम्झन्छु उसैबाटा धोखा हुन्छ । सुन्दर फुल झारिदिने हावाको त्यो झोका हुन्छ । सर्वस्व सम्झी मन मन्दिर मा सजाउदा कसैलाई छिया छिया बनाईदिने बन्दुकको त्यो खोका हुन्छ । सनम गोले दामन ,मकवानपुर हाल मलेशिया
14-Shanti Adhikari मुक्तक तिमी लड्न खोज्दा साथ दिएकै त हुँ । दु: ख पिडा पाउदा आँशु पिएकै त हुँ । जिन्दगीमा भर मन्ने हुन्न कसैको । हरपल छट्पटिमा जिएकै त हुँ ।। शान्ति अधिकारी बाके
15-Anuragi Binod Gaire लाचार यो जिन्दगि जीउनु अझै कति। बलेसिको आशुँभेल पिउनु अझै कति। झुत्रा झुत्रा भएको छ मन फाटेर मेरो, सान्त्वनाको सियोले सिउनु अझै कति। -अनुरागि बिनोद हाल क्षितिजको देशबाट
गीत >अँधेरी जस्तै जुन बिनाको, पन्धेरी जस्तै पानि बिनाको, तिमि नभय मेरो जिन्दगानी आँखा जस्तै नानि बिनाको ............अन्जु पन्त को आवाजमा .....
16-Bk Khagendra Nepali अझै नि नेपालको कथा उस्तै छ शोषित पिडित जन्ताको व्यथा उस्तैछ कसले भन्छ देशलाइ नया नेपाल भनेर अझै नि गरीब ठग्ने व्यवस्था उस्तैछ -खगेन्द्र वि क लेखफर्सा सुर्खेत हाल भावनगर गुजरात भारत
17-Baral Suryamani चाहेर पनि सक्दिन होला मेरो लक्ष भेटाउन। तिम्रो मायाले लागेको छातीको दाग मेटाउन।। तेसै तेसै नचाहेरै टाढा भयौँ आज हामी। दोष सबै तिम्लाई दिई सक्दिन घाँटी रेटाउन।
18-अन्जान श्रेष्ठ अभागी मुक्तक~~~~~~ तिम्रै पछि बसी कपाल तानेको बिर्स्यौ क्यारे ।। सगै आँखा झुत्दा सरले हानेको बिर्स्यौ क्यारे ।। संगै बस्ने गर्थ्यौँ हामी दुई एउटै बेन्चमा ।। तिम्ले मलाई संगै बस्दा जानको बिर्स्यौ क्यारे ।। अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा
20-Rai Munkmen Ramesh मुक्तक यहाँ हैन मुटु त्यहा छिया परेछ मसिना को भात मा बिया परेछ जवानि मा रुपको घमंड गर्दै बसेऊ बुढी भैछौ ओठमा कठै खिया परेछ राई"मुक्मेन"रमेश हाल साउदी धन्यवाद
21-Dahal Nirash Vai सपनिमा देखे रगँले भिजेको उनको चोलि ।।।।।। कसरि खेलिन होला एक्लै हिजो होलि।।।।। सम्झनामा बित्दै छ दिन रात अाज याहाँ।।।। एक चोटि सुन्दापनि अान्नद अाउछ उनको बोलि।।।।। निरास भाई हाल दोहा कतार,,
22-कवि लिम्वू जातको कुरा गर्छ्यौ तिमी अछुतो नि थिईन म त प्यालाभरी बीष राख्यौ अमृत भनी पिईन म त जान्छौ तिमी अर्कैसंग निम्तो बाँडी हिड्छौ मलाई आसमा बसे आउछौ की सुपारी पनि लिईन म त । साहित्य अनुरागी ! कवि लिम्वू~[ आवरा पागल ] पाँचथर थर्पू-५ हाल: जापान
23-Mohan Bihani मुक्तक ************************ फगत यो जीवन भार भए पछी करेन्ट बिनाको तार भए पछी । बाँच्नुको अर्थ छैन यो जुनीमा जता तेतै लम्पसार भएपछि। मोहन बिहानी भक्तिपुर सात सर्लाही http://mohanbihani.blogspot.com/2013/03/2069-12-1528-03-2013download.html मोहन बिहानीको ब्लग: मुक्तक मधुरिमा (2069-12-15/28-03-2013)Download mohanbihani.blogspot.com
24-तिलक निस्कर्ष त्यो काहा थियो मेरो म त रित्तो थिय आफै भित्र खालि खालि अस्तित्वो थिय तिमीले सोच्यौ यो चट्टान सरि छ, तर म खडाइ बारको सानो भित्तो थिय रत्ननगर ७ चितवन
25-श्रीकान्त कहेराज़ चुनाबको माहोल नबन्दै तुहिदैछ आज भ्रसठ नेता को बिचार कुहिदैछ आज एउटा टुंगो लाग्नु पर्छ नत्र काहा हुन्छ सारा नेपालीको आँसु चुहिदैछ आज कृष्ण मन्दिर चोक
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु , Live- radio chitwan 94.6 www.radiochitwan.com.np Download - www.radiochitwan.com.np www.facebook.com/radiochitwan www.facebook.com/muktakmadhurima http://chisapaninepal.blogspot.com/ http://mohanbihani.blogspot.com/ www.ashishdanai.com.np www.muktakmadhurima.blogspot.com
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ चैत्र 21 गते तदनुसार 03-April-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 188) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । Listen and Download
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : -(2069-12-20/02-04-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : Radio Ekata
फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु,
आज मिति 2069 चैत्र महिनाको 20 तदनुसार मिति 02-April-2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । Listen and Download