गजल सागर श्रृंखला - १: (आगो गजल संग्रह विशेष) - Download

NepaliTalim | 2:53:00 PM | 0 comments
अमला अधिकारीको 
चर्चित गजल संग्रह "आगो"  
विशेष गजल बाचन  
कार्यक्रम : गजल सागर
बाचक : राम शरण श्रेष्ठ 

अमला अधिकारी, अहिले नेपाली साहित्य विशेष गरि नेपाली गजलको क्षेत्रमा उहाँलाई नचिन्ने कमै मात्र होलान् । सिन्धुलीका गजलकार अमला अधिकारिको गजल संग्रह "आगो"  २०६९ भदौ २८ गते विमोचन भएको थियो । हाल अमला अधिकारीको गजल हरेक गजल सिक्न चाहानेको लागि प्रेरणको श्रोत बनेको छ किनकी उहाँले गजलको माध्यमबाट उठाउनुभएका विचार अत्यन्तै उत्कृष्ट छ । उहाँको गजलले हाल जन्मिरहेका कयौ गजल सिन्दैगरेका सर्जकलाई बाटो देखाउने काम गरेको छ । आज उहाँकै गजल संग्रह बाट केहि गजल बाचन लिएर आएको छु । आसा छ तपाईहरुलाई पनि मन पर्नेछ ।
Listen and Download

Download : Click Here to Download 1

Thank you

गजल संसार - 28 : (25-02-2013/2069-11-14) - Download

NepaliTalim | 2:02:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको   
गजलहरुको  साहित्यिक 
कार्यक्रम :  गजल संसार   
Date: (25-02-2013/2069-11-14)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 फगुन 14 तदनुसार 24-Feb-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 28 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download 

Download : Click Here to Download Episode 28
Thank you
यो श्रृंखलामा बाचन भएको मेरो गजल
....................
प्रेमको सितार, बज्दैछ मनमा, नसाझै गरेर ।।
के गर्यौ यस्तो, प्रेमको शिक्षा, मुटुमै भरेर ।।

सुस्तरी आई, चोरेर लग्यौ, मुटुनै यसरी
गएछ पछि, पछ्याई तिम्लाई, मननै सरेर ।।

सक्दिन हाँस्न, नभए तिमी, नछोड नतोड
हलचल भयो, मनहरु यहाँ, केहोयो छरेर ।।

न भोक प्यास, न निद यहाँ, तिम्रैछ सम्झना
बैचैन हुन्छु , सम्झेर तिम्लाई ,मनलग्यौ हरेर ।।

भईयो रोगी, प्रेमको यस्तो, देउन औषधी
भैदिए टाढा, त्यागेर मलाई, जाउँला मरेर ।।
..............
रामशरण श्रेष्ठ "राम"
चिसापानी गा.वि.स.
वाड नं. ६,रामेछाप
12th October 2010,
करिब तिन वर्ष पहिलाको यो मेरो गजल सायद धेरै साथीहरुले पढ्न पाउनुभएको छैन होला । पहिला नेपाली गजल डटकममा पोष्ट गरेको थिएँ ।
Posted note: http://nepaligazal.com/gazal/nepali/8637201017.html

Episode : 61 (यो साँझ यो सुबाश-26-02-2013) - Download

NepaliTalim | 12:47:00 PM | 0 comments
EISODE 60 - YO SANJH YO SUBASH
(26-02-2013 / 2069-11-15)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116
 
आज मिति 2069 साल फागुन महिनाको 15गते तदनुसार  26-02-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-61 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 61
Listen All Previous Episodes:

Thank you

शब्द शरोबर : (25-02-2013/2069-11-14) - Download

NepaliTalim | 10:16:00 AM | 0 comments
SHABDA SHAROBAR
Host : Bimal Marmik
Time : Tuesday 9.15pm
Date :  (25-02-2013/2069-11-14)
Fm: Radio Manaslu 103.9mhz

Email: shabda.sarobar@gmail.com
FB : ShabdaSharobar

नमस्कार साथीहरु
आज मिति 2069 फगुन 14 तदनुसार 24-02-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download: Click Here to Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल
एउटा हातको तालि भयो, तिम्रो मेरो मायाँ ।।
खै कहाँ बाट जाली भयो, तिम्रो मेरो मायाँ ।।

पराईकै कुरा सुन्यौ, मेरो भन्दा बढी
अनि भाँडो खाली भयो, तिम्रो मेरो मायाँ ।।

मन मुटु चोरी लग्यौ, बेच्यौ कता कता
संकट यसै पाली भयो, तिम्रो मेरो मायाँ ।।

तिम्रो भर मलाई थियो, मेरो तिम्लाई सोच्थें
फूलबिनाको माली भयो , तिम्रो मेरो मायाँ ।।
Date :- 28th June 2010
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Posted: http://nepaligazal.com/gazal/nepali/462292010129.html

बहकिने मन (2069-11-14/25-02-2013) - Download

NepaliTalim | 9:52:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-11-14/25-02-2013) 

Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161
 

Facebook : Bahakine Man
FM: CIN Network


आज मिति 2069 फागुन 14 तदनुसार 25-02-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 62  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।      
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

Thank you

चिसापानी एक, वर्ण अनेक (चिसापानी गा.वि.स. रामेछाप)

NepaliTalim | 5:32:00 PM | 0 comments
चिसापानी एक, वर्ण अनेक

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि लगभग ४ किलोमिटर पश्चिमोत्तर दिशामा अवस्थित चिसापानी गाउ“ विकास समितिको पूर्वमा मन्थली र कठजोर (तामाकोशी नदी), उत्तरमा गेलु र चनखु (महादेव र बफर खोला), पश्चिममा पुरानागाउँ र दक्षिणमा भटौली गाविस (कर्कले खोला) स“ग जोडिएको छ । चिसापानी गाविसले रामेछाप जिल्लाका ५५ गाविसमध्येको १३६५.१७ हेक्टर क्षेत्रफल ओगटेको छ ।

चिसापानी गाविसलाई प्रकृतिले त सि“गारेको छ नै, त्यसमा झन् स्थानीय जात–जाति, भाषा–भाषी, रहनसहन र सांस्कृतिक परम्पराको विविधताले गर्दा जिल्लाका अरू गा.वि.स.भन्दा छुट्टै परिचय बनाएको पाइन्छ । यो गाविसमा निम्नानुसार जनजातिका मानिसहरूको बसोबास पाइन्छ ।
यो गाविसका विभिन्न जात–जाति, भाषा–भाषी, रहनसहन र संस्कृति हेर्दा लोभलाग्दो पाइन्छ । यस गाविसमा निम्नानुसार जातजातिका मानिसहरूको बसोबास रहेको छः
१. ब्राहृमण २.  क्षेत्री  ३. नेवार  ४. मगर  ५. माझी  ६. सार्की  ७. सन्यासी  ८. कामी  ९. दमाई  १०. घर्ती÷पहरी   ११. बादी आदि । यी जातजातिहरूको कतिपय फरक स्थानीय परम्परा र संस्कृति रहेको देखिन्छ । यसलाई सम्पूर्णतामा उतार्ने प्रयास गरिएको छः

१. ब्राéण
यो जाति वैदिक परम्परामा आधारित र तागाधारीको रूपमा रहेको पाइन्छ । यिनीहरूलाई स्थानीय भाषामा बाहुन भनेर चिनिन्छ । यिनीहरू सम्पूर्णलाई जनाउँदा ब्राहृमण भनिए पनि विभिन्न थरमा रहेका पाइन्छन् । ढुङ्केल, घिमिरे, सुवेदी, दाहाल, पाठक, त्रिपाठी, सिलवाल, कँडेल, (कुमाई) आदि थरमा विभाजित ब्राहृमणहरू विभिन्न वडामा छरिएर रहेका भए पनि वडा नं. २ मा ढुङ्केलको बाहुल्यता पाइन्छ भने वडा नं. ७ मा घिमिरेको । यिनीहरूको परम्पराअनुसार चौको काटेको चुल्हामा रहेर धोती फेरेर खाना खाने, कर्म नचलाएका छोराछोरीले पकाएको नखाने, बासी नखाने आदि रहेको भए पनि धोती फेर्ने चलन युवापुस्ताले क्रमशः कम गर्दै लगेको पाइन्छ । छोरी चेलीलाई पहिलोपटक रजस्वला हुँदा एघार दिनसम्म दाजुभाइ, बाबु, काकाले अनुहार हेर्नु हुँदैन भन्ने परम्परा यिनीहरूमा अद्यावधिक पाइन्छ ।

यस्तो समयमा आफ्ना चेलीबेटीलाई नजिकैको पायक पर्ने पानी चल्ने जातिको घरमा लगेर राख्ने चलन छ । एघार दिनको नुहाइधुवाइपछि उनीहरूलाई घरमा आउन अनुमति दिइन्छ । ब्राहृमण जातिमा रजस्वला नभएकी छोरी विवाह गरिदिने पुरानो चलन भए पनि शैक्षिक विकास अर्थात् गाउँको विद्यालयमा पढ्न पठाउन थालेका कारण हाल उमेर पुगेपछि नै विवाह हुने प्रचलन छ । यहाँ ढुङ्केल, घिमिरे, दाहाल, पण्डित कर्मकाण्डमा पनि पोख्त छन् । उनीहरू छिमेकी गाविस पुरानोगाउँ, चनखु, गेलु आदि ठाउँमा आफ्नो पेशामाध्यमले बाँधिन सफल भए तापनि युवापुस्तामा यो पेशाप्रति झुकाव पाइन्न । यसको मूल कारण आधुनिक शिक्षाको प्रभाव हो ।

(क) न्वारन÷पास्नी
सामान्यतः यहाँका मानिसहरू परम्परामा आधारित रही एघार दिनमा नवजात शिशुको न्वारन अर्को गोत्रको कर्मकाण्डी बाहुनद्वारा गराउँछन् । तर, समाजमा देवकार्य, पितृकार्य आदि रोकिएको छ भने सात दिनमा वा अत्यन्त आवश्यक परेमा तीन दिनमा पनि अप्ठ्यारो फुकाउने चलन छ । तापनि, यो आंशिकरूपमा मात्र प्रयोगमा ल्याइन्छ । अन्यथा, परम्पराअनुसार चलाइन्छ । न्वारन जति दिनमा गरे पनि सुत्केरीलाई २१ दिन पानी बार्न लगाइन्छ र २२ दिनमा पानी फुकाइन्छ । यो परम्परामा आधारित चलन हो । न्वारन नगरिएको बालकलाई घाममा तेल लगाई आमालाई ज्वानो, मासु, घ्यूलगायतका तागतिला खाद्यवस्तु दिने पुरानो चलन पाइन्छ । तर, हाल यसलाई पूर्णता दिन सकेको देखिँदैन । सुत्केरी भएको समयमा नाल बेडाउँदा बाँसको कप्टेरो वा हँसिया आदिले काट्ने चलन भए पनि हाल सुत्केरी–सामग्रीको प्रयोग गरिन थालेको छ । सुत्केरीलाई अगेनाको छेउमा राख्ने चलन भए पनि हिजोआज सुत्केरी राखेको ठाउँमा आगो बाल्ने चलन छ ।
पास्नीलाई अन्नप्रासन भनिन्छ । पास्नी गर्दा छोरीको ५ वा ७ महिनामा गरिन्छ भने छोराको ६ वा ८ महिनामा गरिन्छ । यो परम्परादेखि चलिअएको भए तापनि ऐच्छिक रूपमा स्वीकारिएको छ । यो कार्यमा कर्मकाण्डी बाहुनद्वारा होम, जप पनि गराइन्छ ।


(ख) व्रतबन्ध (कर्म चलाउने)
पुरानो चलनअनुसार ८ वर्षमा व्रतबन्ध गरेर जनै लगाउने बाहुनका छोराहरू अहिले यो नियमलाई आंशिकरूपमा मान्छन् । व्रतबन्ध प्रायः श्रीपञ्चमी पारेर गर्ने चलन भए तापनि अहिले आर्थिक कठिनाइको मारमा परेर सामूहिकरूपमा ओल्लो÷पल्लो घर वा दाजुभाइको एकै स्थानमा व्रतबन्ध गर्ने चलन छ । व्रतबन्धमा आफ्ना गुरु, पण्डित वा बाबुबाट गायत्री मन्त्र सुन्ने चलन हालसम्म कायम छ । व्रतबन्ध गरेपछि बिहान गायत्री अर्थात् सन्जे जप्नुअगाडि नुहाइधुवाइ गर्ने पुरानो चलन भए तापनि युवापुस्ताले यस परम्परालाई पूर्णरूपमा निरन्तरता दिन सकेको पाइन्न ।

(ग) विवाह
सामान्य परम्पराअनुसार छोरोको उमेर १५–१६ वर्ष पुगेपछि र छारीको उमेर १२–१३ वर्ष पुगेपछि विवाह गर्ने चलन भए तापनि शिक्षा र सामाजिक चेतनाको विकासले गर्दा हाल छोराको विवाह २५–३० वर्षमा र छोरीको विवाह २०–२२ वर्षमा गर्ने गरेको पाइन्छ भने ३५–४० वर्षसम्ममा विवाह गर्नेको संख्या पनि केही मात्रामा पाउन सकिन्छ । आजीवन विवाहबन्धनमा बाँधिन नचाहनेको संख्या पनि न्यून मात्रामा पाइन्छ । साटासाट परम्पराको विवाह अहिले छोरीको संख्या बढेका कारण बाहुनको सतमा बसेका अर्को थरको बाहुनलाई दिने परम्परा कायमै छ । अन्य जातिसँग विवाह टोकरपुर, सिन्धुपाल्चोकतिर हुने गरेको भए तापनि अहिले स्थानीय बाहुनसँग नै लिने दिने चलेको छ ।

वरियाती विवाहमा पुरानो चलनअनुसार श्लोक हाल्ने, खाँडो जगाउने, डोली बोक्ने, कल्सौली बोक्ने र रात राख्ने परम्परा भए तापनि अहिले थोरै मानिस र पञ्चैबाजाबिना नै बेहुलीको घरमा जाने र दिउँसो विवाह गर्ने, मन्दिरमा सिन्दुर हाल्न लगाई घर पठाइदिने चलन बढेको पाइन्छ । विवाहमा केटा–केटीका अभिभावकको बोलवाला हुन्छ । परम्परागत चलनअनुसार विवाहमा जन्त आएका मानिसलाई बेहुलीभत्तेर बेलुका र जन्ते–बाख्रो बिहान खुवाउने चलन भए पनि हाल दिउँसोको विवाहमा पुलाउ, दही, च्युरालगायतका हल्का खानाको व्यवस्था गर्ने चलन भित्रिएको पाइन्छ ।
विवाहमा सकेको दाइजो दिने चलन परम्परादेखि हालसम्म कायमै रहेको छ । तर, यो प्रथाको आंशिकरूपमा विरोधको आवाज उठेको पाइन्छ ।

विवाहपश्चात् घरायसी व्यवहारमा रम्ने चलन रहे तापनि ब्राहृमण युवा जागिरका लागि नेपालका प्रशासनिक, सैनिक र प्रहरीमा समेत रहेका पाइन्छन् । यस गाविसका युवा शिक्षण पेशामा अधिक पाइन्छन् । विवाह भएका छोरालाई घरबार सुम्पिएर बूढा ब्राहृमण केही पर गएर आश्रम बनाई बस्ने पुरानो चलन रहेकोमा हाल यो परम्परा लोप भएको पाइन्छ । आश्रम बनाई, घरपरिवार त्यागी जोगी बेनेको समयमा कसैले आÇनी पत्नी पनि साथमा लगेर सन्तान जन्मिएको खण्डमा त्यस्ता सन्तानको जात “सन्यासी” कायम गर्ने गरेको पाइन्छ ।

(घ) मृत्यु संस्कार
यस गाविसका ब्राहृमण परिवारमा कर्म चलेको र कर्म नचलेको मानिसको मृत्युमा फरक–फरक संस्कार पाइन्छ । कर्म नचलेको बालकको मृत्यु भएमा जुठो ३ दिन वा स्थानीय नियमअनुसार बार्छन् । अनि, घरमा रुद्री गरेर चोखिने चलन छ । तर, कर्म चलेको मानिसको त्यसरी नचलाई १२ दिनसम्म जुठो बारेर एक वर्षपश्चात् चोखिने परम्परा छ । मृतकका छोरा र श्रीमतीले प्रत्येक महिना मासिक श्राद्ध गरेर वर्षदिनमा चोखिने परम्परादेखि चलिआएको चलन कायमै छ ।
काजक्रिया बस्दा काँचो धागोले छेकेर एउटा ढिकुर
(ओडारजस्तो) बनाइन्छ । अनि त्यसमा मृतकका छोरालाई क्रियापुत्री राखिन्छ । छोरा नभए अन्य व्यक्ति खोजी उसलाई क्रियापुत्री राखिन्छ । मृतककी श्रीमती भए छुट्टै राखिन्छ । क्रियापुत्रीलाई नजिकको पँधेरामा लगेर मृतकको नाममा ढिकुरो उठाउन लगाई दैनिक कर्मकाण्डद्वारा पूजा गर्न लगाइन्छ र एक छाक भात, घ्यू, मरिच, अदुवासहित खान दिइन्छ । तर, नुन खाने चलन छैन । तथापि, प्राकृतिक नुनको प्रयोगमा बन्देज मानिँदैन । १० दिनमा ढिकुरो फुटाइन्छ र ११ औ“ दिनको दिन आÇनो गच्छेअनुसार शøयादान गरिन्छ । यो दान कर्मकाण्डी पुरोहित बाहुनले लिने चलन परम्परादेखि रहेको छ । तर, त्यस दिन ब्राहृमणले यो एघारौ“को दान अस्वीकार गर्ने गरेको पाइए पनि चलन अद्यावधि कायमै छ ।

१२ औ“ दिन गाउँघर, छरछिमेकका सम्पूर्ण दाजुभाइ आई कार्यसिद्धि गराई क्रियापुत्रीलाई कपडा दिने चलन छ । जुठो परेका मानिसले आÇना माता–पिता, श्रीमान्को नाममा एक वर्षसम्म सेतो लुगा पहिरिने चलन छ । तापनि, यसलाई हाल स्वेच्छिक बनाएर समाजमा लिइएको पाइन्छ ।

२. क्षेत्री,खत्री
यो जातिका मानिसहरू गाउँ विकास समितिको १, २, ३, ४, ७ आदि वडामा छरिएर रहेका पाइन्छन् । परापूर्वकालदेखि ‘बहादुर’ कहलिँदै आएका क्षेत्रीहरू नेपालको शाही सेना तथा प्रहरी सेवामा सेवारत पाइन्छन् । ब्राहृमणले आफूभन्दा तल्लो भनिने जातकी महिलालाई स्वास्नी तुल्याई जन्मेका सन्तानलाई गाउँको चलनअनुसार खत्री,जैसी भनिन्छ ।

(क) न्वारन
सुत्केरी हुँदा बाहिर ढिकेटो, पाली गोठमा राख्ने पुरानो परम्परा भए पनि सुरक्षा दिन नसकिने, आगो बालेर ताप्नुपर्ने र बेला–बेलामा खाना बनाउनु र खुवाउनुपर्ने भएकाले हाल यस्तो अवस्थामा रहेका श्रीमती÷बुहारीलाई घरको एक कुनामा राखेर आगो बाली सुरक्षा पु¥याउन थालिएको छ ।
बच्चा जन्मिएको ११ औ“ दिनमा कर्मकाण्डी बाहुनलाई पुरोहित लगाएर यिनीहरू आÇनो बच्चाको न्वारन गराउँछन् । ब्राहृमणले पनि जन्मेको समय हेरेर योग, नक्षत्र आदि मिलाई नाम राख्छन् । पहिला बालक जम्मिएको ६ दिनको राति भावीले बच्चाको भाग्य लेख्न आउँछ भनेर ढोका खुला राखिने चलन रहेकोमा हाल छैटी मनाउने र केही देवीदेवताको पूजा गरी दियो बाल्ने गरिन्छ । गाउँको सांस्कृतिक र परम्परागत अवस्थालाई ध्यानमा राखेर हाल ३ दिन, ५ दिन र ७ दिन आदिमा पनि न्वारन गरिन्छ ।

(ख) कर्म चलाउने
आठ वर्षमा व्रतबन्ध गर्ने परम्परा रहे पनि अहिले यस परम्परालाई ऐच्छिक रूपमा स्वीकारिन्छ । आर्थिक दुरावस्था, समयाभाव आदिका कारण विवाहको अघिल्लो दिन वा सोही दिन पनि व्रतबन्ध गराएर बेहुलो सिँगार्ने चलन पनि चल्न थालेको पाइन्छ । व्रतबन्ध गर्नुअगाडि र विवाहमा बेहुलो सि“गार्नुअगाडि बुकुवा दल्ने चलन छ ।

(ग) विवाह
आठ वर्षमा कर्म चलेका क्षेत्री जातिका मानिसहरू १२ देखि २५–३० वर्षसम्ममा विवाह गर्दछन् । प्रायः १४–१५ वर्षमा विवाह गर्ने परम्परा अद्यावधि लागू छ । छोरीलाई रजस्वला हुनुपूर्व विवाह गर्ने परम्परा यस जातिमा पनि पाइन्छ । तर, हिजोआज २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने मानसिकता विकास भएको पाइन्छ ।

यस जातिका खेतीवाल, पुँजीपतिहरूले सातवटीसम्म श्रीमती जम्मा गरेको देखिए पनि हाल बहुविवाह गर्ने चलन कम पाइन्छ । पुरानो समयमा उखानै थियो– मर्दका सातवटी स्वास्नी हुन्छन् । यिनीहरूमा अर्काकी श्रीमती भिœयाउने, जारी तिर्ने, जात्रामा समाई ल्याउने, घाँस–पात, मेला–पर्वबाट समेत फकाएर ल्याउने पुरानो चलन भए पनि हाल यो परम्परा क्रमशः कम हुँदै गएको छ । विवाहमा रात राखेर पञ्चैबाजा, वरियात आउने चलन कम हुँदै मन्दिर र दिउँसो विवाहमा आधुनिकीकरण हुँदै आएको पाइन्छ । बाहुनको परम्परा यिनीहरूको पनि साझा परम्परा भएको पाइन्छ ।

(घ) मृत्यु संस्कार
 यस गाविसमा ब्राहृमण र क्षेत्री–खत्रीको मृत्यु संस्कार एकै खालको पाइन्छ ।

३. नेवारः
‘नेपाल” भन्ने शब्द ‘नेवार’ शब्दबाट विकसित भएको तथ्य हाम्रो देशका इतिहासविदहरूले उल्लेख गरेको पाइन्छ । नेवारी भाषाकोशमा ‘पा’ को सट्टा ‘वा’ र ‘ल’ को सट्टा ‘र’ प्रयोग गरिन्छ । नेवारहरूलाई काठमाडौं उपत्यकाको आदिवासीको रूपमा लिइए पनि यो जात वा नेवारी भाषिक समूह देशका विभिन्न स्थानमा छरिएको पाइन्छ । रामेछाप जिल्लाभरि नै नेवारहरूको उल्लेखनीय वस्ती भएको ठाउँ हो ।
चिसापानी गाउँका नेवारहरू अधिकांशले आÇनो नामको पछाडि ‘श्रेष्ठ’ र ‘कर्माचार्य’ लेखी आफूलाई नेवार भएको परिचय गराउँछन् । स्थानीय भाषामा धा“यजु, कमिन्चा, बावः, मगचा, नालामी, बनेपाली, पाटने, बासु, फोसी आदि विशेषणले सम्बोधन गर्ने नेवारहरू सम्पूर्णले ‘श्रेष्ठ’ थर लेख्छन् भने अचाजुहरूले कर्माचार्य लेख्छन् । समुदायमा बस्न रुचाउने यस गाविसका नेवारहरूको मुख्य वस्ती वाड नं. ५ र ६ मा छ भने अन्य वडाहरू ३ र ४ मा पनि बहुसंख्यक छन् । उनीहरूको मुख्य पेशा कृषि भए तापनि हाल आएर व्यापार र अन्य रोजगारीमा सक्रिय र उल्लेखनीय सहभागिता पाइन्छ । यस गाउँका हरेक कार्यक्रममा नेवारहरूको निर्णायक भूमिका रहन्छ । नेवारी परम्पराअनुसार भजन गाउने, डबलीमा नाटक प्रदर्शन गर्ने, लाखे नाच देखाउने आदि चलन अहिलेसम्म पनि जोगाइराख्न यस गाउँका नेवारहरू सफल भएका छन् । कार्तिके भजन, माघे भजन यस गाउँका नेवारहरूको मुख्य भजन हो ।

यस गाउ“का नेवारहरू तल्लो टोल र माथिल्लो टोलमा विभाजित भई आ–आÇनो टोलमा भजन गाउँछन् ।
चिसापानीका सबै नेवारहरू आÇनै मातृभाषा नेवारी बोल्छन् भने खस (नेपाली) भाषा बोल्न पनि उत्तिकै सक्षम छन् । उनीहरू सबै हिन्दु धर्मावलम्बी भएकाले हिन्दु धर्मअनुसारको काजक्रिया, पूजाआजा गर्छन् । विवाह, व्रतबन्ध वा अन्य जुनसुकै समारोह होस्, यहा“का नेवारहरू भोजको आयोजना गर्छन् । भोजमा नेवारी परिकार तयार पारिएको हुन्छ र केराको पातलाई थालको रूपमा प्रयोग गरिन्छ ।

(क) न्वारनः
चिसापानीको नेवारी समाजमा छोराछोरीको जन्मपछि सामान्यतया ३ दिनको दिन न्वारन गरिन्छ । ३ दिनको दिन न्वारन नगरे त्यसपछि ५, ७ वा ९ औ“ दिनमा न्वारन गर्दछन् । तर, आपतकालीन अवस्थामा बच्चा जन्मेको दिन तुरुन्तै पनि न्वारन गर्ने चलन रहेको छ । यसरी न्वारन जति दिनमा गरे पनि १२ औ“ दिनपछि मात्र पूजा–आजाका लागि सूतक चोखिन्छ । पहिलो सन्तान छोरा वा छोरी जे भए पनि १२ औ“ दिन सूर्यपूजा गर्ने चलन पनि छ ।

(ख) पास्नीः
पास्नी अर्थात् अन्नप्रासन (भातखुवाइ) छोराको ६ महिना र छोरीको ५ महिनामा गराइन्छ । पास्नी गर्ने चलन परम्परादेखि चलिआएको भए तापनि ऐच्छिक रूपमा स्वीकारिएको छ । बच्चालाई न्वारनको दिन आमाले आफ्नो जूठो भात खुवाएमा र समय मिलेको अवस्थामा दशैंको महाष्टमीको भोज बच्चालाई खान दिएको अवस्थामा पास्नी गर्नुपर्दैन भन्ने मान्यता पनि रहेको पाइन्छ ।

(ग) व्रतबन्धः
छोराहरूको व्रतबन्ध समय र परिस्थितिअनुसार ३ वर्षपछि बिजोर वर्ष पारेर गरिन्छ । व्रतबन्धमा मामाले कपाल काट्ने र फुपू वा दिदीले कपाल भुइ“मा पर्न नदिईकन थाली वा टपरीमा थाप्ने काम गर्दछन् । मामाले कपाल काटेपछि भान्जालाई टोपी लगाइदिने चलन छ । यस कार्यलाई समग्रमा व्रतबन्ध भन्ने गरिन्छ । त्यसपछि कुलको सबैभन्दा जेठो
(नायो) ले कैटा (लगौंटी) बा“धिदिन्छन् र सगुण दिने काम हुन्छ ।

(घ) बेल विवाह र गुफा राख्नेः
छोरीहरू यौवन अवस्थामा प्रवेश गर्नुभन्दा पहिला (१३ वर्षअगावै) बेलविवाह (इंही यायेगुः) र गुफा राख्ने चलन छ । बेलविवाह र गुफा बिजोर वर्षमा राख्ने चलन भए तापनि ८÷१२ वर्षबाहेक अन्य जोर वर्षमा परिस्थिति मिलेमा काम सम्पन्न गर्ने चलन पनि पाइन्छ । नेवारी परम्परामा छोरीको बेलसँग विवाह गरिने हुनाले श्रीमान् मरे पनि विधवा हुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।

बेलसँग विवाह ब्राéण चलनअनुसार गर्ने गरेको पाइन्छ । गुफा राख्दा घाम नदेखिने अँध्यारो कोठामा राखिन्छ । गुफा राखेको अवधिमा पुरुषलाई हेर्नु हुँदैन । गुफा राखेको १२ औ“ दिन गुफाबाट निकालिन्छ । त्यस अवसरमा सूर्यको दर्शन र पूजा गराउने चलन छ ।

(ङ) मृत्यु संस्कारः
चिसापानीको नेवारी समाजमा नेवारी कर्मकाण्डका पुरेत
(गुभाजुः) नभएकाले काजक्रिया र कर्मकाण्ड खस जातिका पुरेतहरूद्वारा गराउनुपर्ने हुनाले काजक्रियामा शुद्ध नेवारीपन पाइँदैन । मृत्युपश्चात् गरिने काजक्रियामा १२ दिनसम्म आशोच बार्ने चलन छ ।

मृतककी छोरी पाँचौ“ दिनमा आशोचबाट शुद्ध हुन्छे र छैटौ“ दिन बेलुकी छैटौ“को विधि लिने, सातौ“ दिन छोरीहरूले मृतकको आत्मा शान्तिका लागि न्हेन्मा (सात दिनको भात) चढाउ“छन् भने ९ औ“ दिन सबै दाजुभाइले लुगा धुने अनि १० औ“ दिन सबै जम्मा भएर नुहाइधुवाइ गरी गहुँत खाई चोख्याउने चलन छ । ११ औ“ दिनमा ११ औ“को काम गरेर बेलुकी मृतकको नाममा बत्ती लाने र १२ औ“ दिनमा चोखिने काम हुन्छ । तर, १२ औ“ दिन सोमबार वा बुधबार परेमा १३ औ“ दिनमा काम सक्ने चलन छ ।

यो गाउँमा मृत्युपश्चात् दाहसंस्कारका लागि दुईवटा गुठी
(मरु गुठी) प्राचीनकालदेखि नै सञ्चालित छन् । तल्लो टोल र माथिल्लो टोलका दुईवटा गुठीमा करिव २८० घरधुरी आबद्ध छन् । त्यस गुठीका सम्पूर्ण सदस्यहरूले आÇनो समूहको गुठियारको घरमा मृत्यु भएका मृतकको दाहसंस्कारका लागि सहयोग गर्छन् ।

४. सन्यासी, घर्ती, पहरीः
चिसापानी गाविसको २, ४, ७, ९ आदि वाडामा यिनीहरू छरिएर बसेका पाइन्छन् । सन्यासीको परम्परा मागेर खाने भए पनि हाल खेतीपाती, जागिर, व्यापार आदि गरेर जीवन निर्वाह गर्दै आएका छन् । यहाँका सन्यासी फेरी लगाउने, माग्ने कार्य गर्दैनन्, खेती गर्छन् । घर्ती÷पहरी पनि पहिला दास बनेर रहेका भए पनि दासप्रथाको अन्त्य भएपछि यिनीहरू स्वतन्त्ररूपमा खेतीपाती, काठ–ढुंगाको काम गर्ने, लाहुरे बन्ने आदि काम गरेर आÇनो जीवन निर्वाह गर्दै आएका पाइन्छ ।

यिनीहरूको आÇनो खास परम्परा नभएका कारण नजिकको बहुमत समुदायको देखासिकी गरेर नै संस्कार चलाई आएका छन् । यी जातिहरूको विवाह र मृत्यु संस्कार पनि क्षेत्री, बाहुनबाट प्रभावित छ । विवाहमा डोली बोक्ने पुरानो पुख्र्यौली पेशा भए पनि अहिले क्रमशः छोड्दै गएका छन् । शिक्षाको विकासले यिनीहरू पढाइ–लेखाइमा पनि लागेका छन् ।

५. सार्की र कामीः
यस गाविसका २, ३, ४, ७ आदि वडामा सार्की र कामी छरिएर बसेका छन् । सार्कीको पुख्र्यौली पेशा छालाका जुत्ता सिउने, मरेका गाईगोरू आदि चौपायाहरू उपभोग गर्ने परम्परा रहे पनि हाल यिनीहरूको युवा पुस्ता खेती गर्छन् र कोही भारत र देशकै प्रमुख सहरहरूमा ज्याला मजदुरी गरेर केही सुध्रिएको पाइन्छ ।

यस गाविसका विभिन्न वडामा भुग्राती, आछामी, रम्तेल, रोकाया, बसेल, ब्रहृमशाखा थर गरेका सार्कीहरूको बसोबास पाइन्छ । ६० घरधुरी भएका  सार्की चिसापानीको कुल जनसंख्यामा ९ प्रतिशत रहेका छन् । सार्कीहरूको परम्पराअनुसार छोरा जन्मिएमा सात दिनमा र छोरी जन्मिएमा पाँच दिनमा न्वारन गर्ने चलन छ ।

सार्कीहरू आफ्नो छोरालाई कर्म चलाउने क्रममा सातदेखि नौ वर्षका बीचमा लगौंटी दिएर चलाइने गरेको पाइन्छ । त्यपपछि छोराको विवाहमा छोरी पक्षलाई रीत दिने चलन पनि अद्यावधि छँदैछ । रीतको नियमभित्र एक मुरी चामल, १० पाथी जाँड बनाउने अन्न (मकै, कोदो आदि) अनि ११ रूपियाँ नगद र पा“चवटा कुखुरा दिनुपर्ने चलन छ ।

चिसापानीमा बसोबास गर्ने सार्कीहरूलाई समग्रमा ‘सार्की’ थरले सम्बोधन गरिन्छ । ‘सार्की’ सम्बोधन गरिएकोमा ज्ञानबहादुर सार्की ‘माथिल्लो जातिका कलम चलाउनेले हाम्रो थर हराइदिए, हामी मुग्राती हौ“’ भनी गुनासो गर्छन् ।
रीत खाने चलनको सन्दर्भमा चौहानटारका पुन्नरे सार्की र सल्लेरीका ज्ञानबहादुर सार्कीले आफूले रीत नखाई उदाहरण बनेको र नयाँ चलन बसालेका छन् ।

तर, कसै–कसैले हालसम्म पनि आफ्नो परम्परा छाडेका छैनन् । यिनीहरूमा कर्म चलेको मानिसको मृत्यु भएमा १० दिनमा क्रिया सकिन्छ । तर, सकिने दिन सोमबार वा बुधबार परेमा ९ दिनको दिन सम्पूर्ण काम सक्ने गर्दछन् । अरूको क्रिया बस्नुपर्दा मृत्यु भएको ७ दिनदेखि बसेर १० दिनमा सकिन्छ । यिनीहरूको पुरेत ज्वाइ“ वा भान्जा हुने गर्दछन् ।

यस गाविसको वडा नं. २, ७ आदिमा कामीहरूको नगन्य वस्ती पाइन्छ । यिनीहरू आफ्नो पुर्खौली पेशा फलाम, आल्मुनियम आदिका भाँडा बनाउने काम गर्दैनन् । यस गाउँका कामीहरू आफूलाई ‘सुनार’ भनेर चिनाउन चाहन्छन् । पुरानो प्रचलनमा ‘विश्वकर्मा’ जातिले परिचित यो जातिका मानिसहरू अहिले सुनको काम, खेतीपाती आदि व्यवसाय गरेर जीवनयापन गर्दछन् ।

यिनीहरूको र सार्कीको परापूर्वकालमा विवाह चल्दथ्यो । तर, दशैंमा साँप्रो विवाद परेका कारण विवाह रोकिए पनि अरू चलनमा सामीप्यता पाइन्छ । सार्की र कामी समान जातीय वर्गमा रहे तापनि एक–आपसमा ढि“डो र दाल नचल्ने कुरा कृष्णबहादुर सुनेल बताउ“छन् ।

६. दमाई
यस गाविसको वडा नं. १, ३ र ५ मा छरिएर रहेका दमाई लगभग १५ घरमा सीमित छन् । समग्रमा ‘दमाई’ भनेर चिनिए पनि यिनीहरू भुषाल र सुन्दास गरेर दुई थरका छन् ।
यिनीहरूको परम्पराअनुसार छोराछोरी जन्मिएको  ७ दिनमा न्वारन गर्दछन् । सुत्केरीलाई ११ दिनपछि पानी छुवाउने प्रचलन कायम छ । छोराछोरी जन्मिएको ६ महिनामा भातख्वाइ गर्ने दमाईहरू ५ वर्षमा छेवर गर्दछन् । छेवर गर्दा मामाले कपाल थाप्नुपर्ने परम्परा छ ।

यिनीहरूको कर्म चलाउने छुट्टै नियम केही नभएकोले विवाहमा रीत खाने पुरानो चलन अझै पूर्णरूपमा हटिसकेको छैन । यिनीहरूको रीतमा १० पाथी चामल, एउटा सुंगुर, दुईवटा कुखुरा र ८ देखि १० पाथीसम्म रक्सी केटीपक्षले केटापक्षबाट लिने गरिन्छ । तर, अचेल यो इच्छाधीन हुन थालेको छ । हिजोआज यिनीहरूको विवाहमा अठोट लगाउँदा रक्सी एक पुङ्क र अठोटको कागज दिइन्छ । यही कागजको नियममा रहेर विवाह सम्पन्न गरिन्छ ।

यिनीहरूमा बूढापाकाको मृत्यु भएमा क्रमश ः १० दिनमा काम सक्ने परम्परा छ । यदि बार परेन भने अर्थात् सोमबार वा बुधबार परेमा ९ दिनमा नै सक्ने चलन छ । दमाईको काजक्रियामा पुरेतको आवश्यता पर्दैन । तर, विवाहमा भने पुरेत चाहिन्छ ।

७. मगर
यस गाविसको वडा नं. १ मा मगरको बाहुल्य छ । यहाँ आले, सारू, पुलामी, किंग्रिङ, बुढामगर बसोबास गर्दछन् । ४१ घरमा बाँडिएर रहेका मगरहरू चिसापानीको कुल जनसंख्याको ६ प्रतिशत छन् ।

यिनीहरू आफ्ना छोराछोरी जन्मिएको ७ दिनमा न्वारन गर्दछन् । छोरीको ५ महिनामा भातख्वाइ गर्दछन् र छोराको चाहिँ ६ महिनामा । विवाह बाहुनको परम्पराअनुसार हुने भए पनि यिनीहरूको पनि विवाहको अठोटको समयमा रक्सी, सेल आदि केटापक्षबाट ल्याउने र खानेपिउने परम्परा छ । पुरानो चलनमा रीत खाने भए पनि हाल त्यो चलन प्रयोगमा पाइन्न । पोइला जाने, घिस्याउने आदि कार्य गरेर पनि स्वास्नी तुल्याउने चलन यिनीहरूमा पाइन्छ ।

यिनीहरूको मृत्युमा लगातार १० दिनमा काम सक्ने परम्परा छ । यदि बार परेन भने यिनीहरू पनि ९ दिनमा नै काम सक्छन् । यिनीहरूको काजक्रियामा बाहुन चाहिन्न । तर, भोलिपल्ट रुद्री लगाएपछि चोखिन्छन् र काजक्रियाको वार्षिक बोझबाट मुक्त हुन्छन् । यिनीहरूको मृत्यु हुँदा ज्वाइँचेलालाई डालो बोक्न लगाइन्छ । पुरानो परम्पराअनुसार ज्वाइँ नभए साइनो मिल्नेले बोक्ने चलन पनि रहेको छ ।

८. माझी
चिसापानी गाविसको ८ र ९ वडामा माझीहरूको वस्ती रहेको छ । माछा मारेर र डुंगा चलाएर जीविका चलाउने पुख्र्यौली पेशाका कारणले होला, माझी जातिको बसोबास कोशी किनारमा रहेको पाइन्छ । पुख्र्यौली पेशा जे भए तापनि शिक्षा, विकास, सञ्चारका प्रभावले माझीहरूले पनि आजकाल विभिन्न पेशा अ“गालेको पाइन्छ । यो जातिको विवाह आÇनै जातमा हुने गरेता पनि अन्य जात जस्तै दरै, दनुवार, कुमान, आदि जातिमा पनि गरेको पाइन्छ । यस जातिमा बच्चा (शिशु) जन्मे पछि शिशुको भाग्य लेख्नको लागि छैटौ दिनमा भावि आँउछ भन्ने विश्वास माझीहरू झाम्रे नाचेर रातभरि जागा बस्छन् । त्यस दिन दाजुभाइ र इष्टमित्रलाई बोलाई खानपान गर्ने चलन छ । बच्चा जन्मेको ३ दिनदेखि ७ दिनमा नामकरण (न्वारान) गर्ने गर्छन ।

यसरी नामकरण गर्दा बच्चा जन्मेको बार, ठाँउ र महिनालाई आधार बनाएर राखिने चलन भएता पनि हाल यो चलन विस्तारै हट्दैछ । छोराको ६ महिनामा र छोरीको ५ महिनामा अन्नप्राशन गर्ने चलन छ । छोराको ५, ७ वा ११ वर्षको छेवर (कपालको रौ फेदैदेखि फाल्ने प्रथा) गर्ने गर्छन् । छेवरमा मामाले वालकलाई गाउँको गोठमा दाम्लाले बाँधि एकमाना चामलको पिठोको सेलरोटी ख्वाई कपालको रौं फालिदिन्छ । माझीहरूको प्रमुख चाडपर्वहरूमा दशैं, तिहार, ठूली एकादशी, कोशीपूजा, वैशाख पूर्णिमा, धान्य पूर्णिमा, फागु पूर्णिमा, असारे पूजा, बिहीबारपूजा, साउने संक्रान्ति, माघे संक्रान्ति, चैते दशैं प्रमुख छन् । उनीहरूले विशेष रूपमा मनाउने पर्वहरूमा दशैं, तिहार, ठूली एकादशी, कोशीपूजा र सोह्रश्राद्ध हुन् ।

माझी जातिमा मानिसको मृत्यु भएमा खोला वा नदी किनारमा लगेर जलाउने÷गाड्ने गर्छन् । यो जातिकाले ११ दिनसम्म काजक्रिया गर्दछन् । मानिस मरेको ११ दिनमा ११ वटा चुला बनाई भोज खुवाउने र मृतकको सम्झनामा बर्खी गीत गाउ“छन् भने १२ दिनमा क्रिया बसेका ठाउँमा नै मृतकको नाउँमा थारो भैंसीको बलि दिई नाचगान गरी भोजभतेर गर्ने चलन छ । यसरी माझीहरू मृतकको काजक्रिया सम्पन्न गर्दछन् ।
उनीहरू चौथो दिन केरा भुटेर खाने, छैटौ“ दिन घोत मिसाउने चलन छ । (राजऋषि क“डेलको त्।ग्। ः।ब्। सोधपत्र ‘रामेछाप जिल्ला चिसापानी गा.वि.स.का माझी जातिको सांस्कृतिक पक्षः एक अध्ययन’ बाट साभार)

धर्म, संस्कृति, जाति र भाषा
यस गाविसका प्रमुख जातिहरूमा बाहुन, क्षेत्री, नेवार, सार्की, माझी, मगर, दमाई आदि हुन् । यिनीहरूमध्ये बाहुन–क्षेत्री २२.४ प्रतिशत, नेवार ३४.८ प्रतिशत, माझी १५.५ प्रतिशत, सार्की ९.८ प्रतिशत, मगर ६.७ प्रतिशत रहेका छन् भने कामी, घर्ती, दमाई र अन्य गरेर ८.८ प्रतिशत रहेका छन् ।
यस गाविसमा बसोबास गर्ने मगर, नेवार र माझीले आफ्नो भाषा बोल्छन् भने यिनीहरूको सम्पर्कभाषा नेपाली हो । बाँकी सम्पूर्ण जातिहरू नेपाली भाषा बोल्छन् । यस गाविसका मानिसहरू परम्पराअनुसार हिन्दुधर्म मान्छन् । हिन्दुधर्म माने पनि अरू धर्मप्रति पनि उत्तिकै श्रद्धा राख्छन् । जनैपूर्णिमा, गाईजात्रा, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, दशैं र तिहारलगायत भत्तेरेदेवी पूजा आदि सामूहिक र जातीय परम्परा कायम रहेको भए तापनि एक जातिको संस्कृतिले अर्को जातिलाई हानि–नोक्सानी हुने काम भने कसैले गर्दैनन् । एक–आपसमा सहयोगको भावना सबैमा पाइन्छ ।

–श्रीप्रसाद घिमिरे
चिसापानी जनकल्याण समाजका सदस्य

स्रोत
चिसापानी दर्पण

चिसापानी गाविसका माझी जातिको सामाजिक तथा सांस्कृतिक परम्परा

NepaliTalim | 5:21:00 PM | 0 comments
भोला कुमार श्रेष्ठ
परिचय 

काठमाडौंबाट ६२ माइल पूर्वमा जनकपुर अञ्चल, रामेछाप जिल्लाको चिसापानी गाउँ विकास समिति अवस्थित छ । यस गाविसको सिमाना उत्तरमा महादेवखोला र बफर खोला, पूर्वमा तामाकोशी, दक्षिणमा मुगिटार र पश्चिममा पुराना गाउँ गाउ“ विकास समिति पर्दछ । यस गाविसको कुल जनसंख्याको झन्डै बा¥ह प्रतिशत तल बेंसी तामाकोशीको छेउछाउमा बस्छन् भने बाँकी माथि पहाडमा नै बस्छन् ।

यस गाविसमा नेवार, ब्राéण, क्षेत्री, मगर, माझी, सार्की, कामी, दमाईं, सन्यासी, घर्ती, बादी आदि जातजातिका मानिसहरूको बसोबास रहेको छ । जातजातिअनुसार यिनीहरूको सामाजिक, सांस्कृतिक अवस्था फरक–फरक भए पनि परस्परमा भाइचारा, मित्रता र एकापसमा सहयोगको भावना पाइन्छ । यस लेखमा चिसापानी गाविसका पिछडिएका माझी जातिको सामाजिक र सांस्कृतिक परम्पराबारे विस्तृत रूपमा राख्ने प्रयास गरेको छु ।

माझी जातिको पृष्ठभूमि
नेपाल अधिराज्यभर छरिएर रहेका विभिन्न जातजातिमध्ये माझी जाति पनि एक हो । माझी जातिसँग समानता राख्ने जातिहरूमा दनुवार र दरै हुन् । यिनीहरूको संस्कृति, भाषा, भेषभूषा र लवाइ–खवाइमा समानता पाइन्छ । यो जातिका मानिसहरू तराईको जंगल र नदीको छेउछाउमा बस्छन् भने पहाडतिर पनि नदीको छेउछाउमा नै बस्दै आएको पाइन्छ । रामेछाप जिल्लाको तामाकोशीछेउछाउमा रहेका रजगाउँ, भटौली, गाईखुरा, जखनिटार आदि ठाउँमा माझीहरूको बाक्लो वस्ती छ । यी वस्तीहरू मध्यकालको भारतबाट जनकपुर, तीनपाटन हुँदै दोलखा भएर भोट (तिब्बत) जाने प्रमुख बाटोको रूपमा रहेका थिए । सन् १३२४ मा गयासुद्दीन तुगलकले सिमरौनगढ राज्य ध्वस्त पारेपछि त्यहा“का राजा हरिसिंहदेव भागेर यही बाटो भई दोलखा लागेका थिए, जुन इतिहासमा प्रमाणित भइसकेको छ । माझीहरूको डुंगा चलाउने, माछा मार्ने पेशाले गर्दा नै परापूर्वकालदेखि नै यी ठाउँहरूमा माझी जातिको वस्ती बसेको हुनुपर्दछ ।

चिसापानी गाविसका माझीहरू आफ्ना पुर्खा पश्चिम कुमाउ“गढी, डानडुन र काशीबाट आएको मान्छन् । यहाँका माझीहरूको भनाइअनुसार कुमाउ“ गढीबाट आएकालाई कुमाल, डानडुनबाट आएकालाई दनुवार र काशीबाट आएकालाई कुशवार भन्ने गरेका हुन् भनिन्छ । यिनीहरू आफूलाई रामका सन्तान अर्थात् कुशका वंश हौ“ भन्ने गर्दछन् । आर्थिक, राजनीतिक र शैक्षिक सबै दृष्टिले पिछडिएको यो जातिले आफ्नो परम्परागत सामाजिक चालचलन र संस्कृतिलाई अहिले पनि उत्तिकै महŒव दिएर मान्दै आएका छन् भने यिनीहरूले आफ्नो भाषालाई पनि जीवितै राखेका छन् ।

सामाजिक अवस्था
माझी जातिहरू विशेषगरी आफ्नै समुदायमा बस्न रुचाउँछन् । तराईका माझीहरूको सुनधँवा, कछारे, थरबोटे, कुसरबोटे, मुसरबोटे आदि थरहरू पाइएको छ भने यस गाविसका माझीहरूको तीनवटामात्र थर पाइएको छ– दनुवार, कुशवार र कुमाल । यी तीनवटै थरबीच एउटा के भिन्नता पाइएको छ भने, कुशवार थर हुने माझीले मात्र सुंगुर पाल्ने र त्यसको मासु खाने गर्दछन् । तर, दनुवार र कुमालले सुंगुरको मासु पनि खाँदैनन्, पाल्दा पनि पाल्दैनन् ।

माझी समुदायमा मिजार र गौरुङको विशेष भूमिका हुन्छ । माझीहरूको पुजारीलाई मिजार भन्छन् । माझीहरूकै भनाइअनुसार मिजार सरकारबाट नै बक्स पाएको पदवी हो । मिजारको मुख्य काम हो– पुरोहित्याइ“ गर्नु, तिरो उठाउनु र गाउँमा उत्पन्न झैझगडा मिलाउनु । मिजारमा अन्य कामबाहेक पुरोहित्याइ“ गर्ने काम अहिलेसम्म पनि चल्दै आएको छ । गौरुङ पनि सरकारबाट बक्स पाएको पदवी बताइन्छ । उसको मुख्य काम मिजारलाई सघाउनु हो । माझी समुदायमा गौरुङ मिजारपछि दोस्रो स्थानमा हुन्छ ।

नामकरण
माझीहरू बच्चा जन्मँदा साधारण विधिमात्र पूरा गर्छन् । बच्चा पाउनासाथ आमा हुने सुत्केरीले कोशीमा गएर नुहाउनुपर्दछ । कसैको तीन दिन, कसैको छ दिनको दिनमा न्वारन गर्छन् । यस बखत मामा र फुपूको भूमिका बढी हुन्छ । न्वारनको दिन बच्चाको नामकरण गरिन्छ । बच्चाको नाम राख्दा जन्मबारका आधारमा नामकरण गर्ने परम्परा छ ।

वैवाहिक संस्कार
यस गाविसका माझी जातिको विवाह प्रथा पनि आफ्नै किसिमको छ । यिनीहरूको विवाह आफ्नै जातिसँग सीमित छ । धेरैजसो यहाँका माझीका वैवाहिक सम्बन्ध रजगाउँ र भटौलीका माझीसँग हुन्छ । बुधबार माझीहरूको शुभ बार हो । केटी माग्न जाँदा पनि बु्धबार पारेर लमीलाई पठाइन्छ । विवाहको कुरो छिनिसकेपछि केटाको घरबाट केटीको घरमा सगुनको रूपमा जिउँदो बाख्रो एउटा, काटेको बाख्राको मासु, बीस रुपिया“ दाम, छब्बीस पाथी चामल, एक माना तेल, पाँच मुठी मसला, पाँचवटा कुखुरा, एक धार्नी अदुवा, एक धार्नी चना, एक धार्नी माछा र तयारी खानेकुरामा आठ पाथी चामलको जाँड, चार पाथी चामलको सेलरोटी, चार पाथी चामलको भोल्टा (चामल पिसेर डल्लो चुच्चे पारेर पकाएको रोटी) लिएर जानुपर्दछ । तर, आजकाल यस्तो परिपाटी बिस्तारै हराउँदै गए पनि विधि पु¥याएर लैजाने चलन भने अद्यापि छँदैछ ।

यसरी पहिलो चरण सकेपछि मिजार र गौरङले निकालेको साइतमा दमाईंहरूको पञ्चैबाजासहित जन्तीहरू दुलहीको घरतर्फ लाग्छन् । जन्तीमा दुईवटी केटी (दुलहीलाई साथमा ल्याउने), लमी र नातेदारहरू जान्छन् । लमी हुनेले भाला टेकेर जानुपर्दछ । यस बखत ठेकी कोसेली पनि लैजानुपर्दछ । ठेकी कोसेलीमा दुई पाथी अन्नको जाँड र दुई पेरुंगा माछा लिएर जानुपर्छ । जन्तीहरू दुलहीको घर पुगेपछि उनीहरूलाई राँगोको मासु, जाँड र भात खान दिइन्छ । केटीको घरमा खास विधि केही हुँदैन । मिजारले साधारण इष्टदेवताको नाममा पूजा गर्दछन् । दुलहीको बाबुले दुलही पठाउनुअघि छोरीलाई सम्झाएर यसरी अर्ती दिन्छन्ः

कुलो भाग्यो त समुद्र, चेली भाग्यो त माइत
उताको कुरा यता नआओस्, यताको कुरा उता नजाओस्
बाटैमा बिर्सनू ।
असल छोरी भए, माटोको भाँडो पनि तामाको सरी हुन्छ ।
कपूत छोरी भए, तामाको भाँडो पनि माटोको सरी हुन्छ ।
हिजो पनि सिरीजोरी कुटुम्ब
आज पनि सिरीजोरी कुटुम्ब
हिजो पनि कुश समाएर आयौ
आज पनि कुश समाएर गयौ
हंस भएर आयौ
पन्छीसरह भएर जाऊ ।

यसरी छोरीलाई उताबाट आएको लोकन्तीको साथ लगाएर बिदा गरी पठाउँछन् । दुलहीलाई घरबाट बिदा दिने बित्तिकै जन्तीले छाता ओढाएर दौडाएर लैजान्छन् । यस बखत मिजार र गौरङले बाटो छेक्न जान्छन् । उनीहरूलाई पैसा, सुर्ती आदि चीजहरू दिएर बाटो खुलाउँछन्, जुन मिजार र गौरङले आपसमा बाँडेर लिन्छन् । यस बखत केटीको बाबुले केटाको बाबुलाई यसरी माझी भाषामा भन्छन्–

‘खोजी मिली बैआलान्सी जुवाँरकर दोष
तुलाई बनाई बैख्वालान्सी बेतिरकर दोष
(खोजी मिली नल्याएमा ज्वाइ“को दोष, तुल्याई बनाई नख्वाएमा छोरीको दोष ।)

यसका साथै पोखरीको कमलको फूलजस्तो गरेर हुर्काइएकी हाम्री छोरी आजदेखि तपाईंहरूकी भई, छोरीजस्तै गरेर राख्नू भन्छन् । पञ्चैबाजासहित दुलही लिएर जन्ती दुलाहाको घर पुगेपछि दुलाहा र दुलहीलाई जग्गेमा बसाउ“छन् । जग्गे मिजारको विधिबाट चल्छ । दुलहीको सिँउदोमा दुलाहाले सिन्दुर हालिदिँदा केटीको मुख सेतो कपडाले छोपेर राखिदिने चलन छ । भोलिपल्ट बिहानै दुलाहा–दुलही कोशीमा गएर नुहाइधुवाइ गरी घर आएर ढोगभेट फुकाउँछन् । यसरी विवाहको विधि सकिन्छ । विवाहकै दिन दुलाहाको व्रतबन्ध गर्ने चलन छ । व्रतबन्ध गराउँदा केश खौरी हात र घाँटीमा पहे“लो धागोले बाँधिदिने चलन छ । माझी जातिमा बहुविवाह गर्ने प्रचलन त्यति छैन । यो जातिमा दुलाहाभन्दा दुलही बढी उमेरको विवाह गर्ने प्रचलन पनि छ ।

मृत्यु संस्कारः
यहाँको माझी समुदायमा मृत्युसंस्कार आफ्नै संस्कृतिअनुसार गरिन्छ । लासलाई नगाडी जलाइन्छ । तर, दुई–तीन वर्षका केटाकेटीलाई भने गाड्ने गरिन्छ । लास लिएर मलामी जाँदा मलामीहरूले एक डोको दाउरा र एक मुठी माटो लिएर जानुपर्दछ । यो जातिमा दश दिनसम्म मात्र आशौच बार्ने चलन छ । शुध्याइको सबै विधि मिजारले गर्दछ । मरेको दिनदेखि शुध्याइ गर्ने दिनसम्म लोग्नेमानिस मरेको छ भने टपरीमा सेतो कपडा र स्वास्नीमानिस मरेकी छ भने टपरीमा चोलोको कपडा राखी त्यसमा दिनका दिन आफूले जे खायो, त्यही चीज चढाउनुपर्दछ । लोग्नेमानिस मरेको हो भने टपरीमा तमाखु भरेर राख्ने चलन पनि छ । शुुध्याइ गरिसकेपछि आफ्ना दाजुभाइ र कुटुम्बलाई बोलाएर राँगोको मासु, जाँड र भोल्टा खुवाएर पठाइन्छ र कुटुम्बहरू आउँदा भोल्टा, जाँड र एक माना चामल ल्याउनुपर्दछ ।

मर्नेको छोरा, बुहारी, बाबुआमा आदिले सो¥हश्राद्धसम्म तीतेफापर, सिस्नु र परेवाको मासु बार्नुपर्दछ । काँचको डबकामा खानेकुरा खानु हुँदैन । यहाँका माझीहरूमा एउटा चलन के छ भने, सो¥हश्राद्ध नआई मृतकको शान्तिस्वस्ति सकि“दैन । सबै पितृकार्य सो¥हश्राद्धमा मात्र सक्छन् ।

सोह्रश्राद्ध
सोह्रश्राद्धमा यो जातिकाले तीन दिन पूरै चाडको रूपमा मनाउँछन् । मर्नेको नाममा श्राद्ध गरेर मनाउने शोक चाड भए पनि यसमा सबै केटाकेटी नाचेर मनोरञ्जन गर्छन् । बुधबार जाँड, रक्सी, भात, भोल्टा पकाउने, चढाउने, बिहीबार बाँसको टा“ड बनाई त्यसमाथि उक्त खाद्य पदार्थ राख्छन् र शुक्रबारको दिन राति तामाकोशीमा लगेर सेलाउँछन् । यस जातिले मृतात्मामा पूरा विश्वास गर्दछन् । त्यसैले, मृतात्माको नाउँमा विधि गर्दा मिजारले पूरा होसियारीपूर्वक गर्दछन् । कतै त्रुटि भयो भने मृतात्मा परिवारको कसैको जीउमा चढ्छ भन्ने विश्वास छ । मिजारले पूरा विधिअनुसार सोह्रश्राद्धध गरेपछि मात्र मृतात्माले छाड्छन् भनिन्छ । सोह्रश्राद्ध माझीहरूको स्वतन्त्र दिन हो । किनकि, यस दिन जसलाई जे पनि भन्न छुट छ । गाईजात्राको दिनजस्तै झुक्याउने, छक्याउने गर्छन् । माझीहरूले सो¥हश्राद्धमा बाजागाजासहित गाउने गीत यसप्रकारको छ

आज तोरी नाउँलाई चोखो बस्की पकाइले
स्वाद बनाई लाइछे भने हाँसी खुसी जाइवो
आमतो हकलछे भने अध्याँरो मुख लाई जाइवो
(आज तिम्रो नाउँलाई चोखो जाँड पकायौ, स्वाद बनाएर ल्यायौ भने हाँसीखुसी जाऊ, अमिलो भयो भने अध्याँरो मुख लाएर जाऊ)

चाडपर्व
माझीहरूले आफ्नो संस्कृतिको प्रतीकको रूपमा परम्परादेखि विभिन्न चाडपर्व मान्दै आइरहेका छन् । यिनीहरू पनि हिन्दु धर्म मान्ने हु्ँदा अन्य हिन्दुहरूले मान्ने चाडपर्वहरू नै विशेष मान्ने गर्दछन् । दशैंमा भगवतीको पूजा गर्नुका साथै भीमसेनलाई राँगो, बोका, कुखुरा, हाँस, भे“डा पञ्चबलि दिने गर्दछन् भने तिहारमा भैलो पनि खेल्ने गर्छन् । भैलो खेल्दा ढोलक, मादल, बजाउँदै गीतको लयमा हातखुट्टाको चाल मिलाएर नाच्ने गर्दछन् ।
भैलो खेल्दा गाउने गीत सः
नाच्न आयौ“, खेल्न आयौ“, हजुरको ढोकामा
पाँच रुपिया“ राखीकन दान गर
ढोलक र मादल बजायौ“
दोलखाको मूलघण्टा के बाजा घनन
पहिलो चरण देउतालाई भयो लौ फेरि भन न
सिरिसको पछ्यौरी ओढी, नाच न फनन
बन्दिपुरे उकालीमा हाँसेर खेल्दै जाऊ
ल्याउ तिम्रै काँकरी चिराई बनाई खाऊ
महाभारतको डाँडैडा“डा चल्यो हुलाकी
उसितै नक्कली भन्छे, लाइदेऊ न बुलाकी ।

मृतकको संख्याकै बराबर संख्यामा उनीहरूको नाममा मंसिर पूर्णिमामा कुखुरा काट्नुपर्दछ । कोशीपूजा माझीहरूको आफ्नै संस्कृतिमा हुर्केको चाड हो । कोशीपूजामा प्रत्येक घरबाट तामाकोशीमा कुखुरा बलि दिन्छन् । यस बखत पाठीको बलि दिई पकाई प्रसादको रूपमा जाँडसँग खान्छन् । वैशाख पूर्णिमामा वायुको पूजा गर्दछन् । वायु देवता प्रत्येक माझीको घरमा स्थापना गरिएको हुन्छ । उक्त देवता राखेको ठाउँमा अरू जाति र बिहे गरेका दिदीबहिनीहरू जानु हुँदैन । योबाहेक माझीहरू असार महिनामा बरदेऊ पूजा, जखनी पूजा, सोह्रश्राद्ध पितृपूजा, माघे संक्रान्ति, चैतेदशैं आदि पनि मान्छन् ।

केही प्रचलित माझी भनाइहरूः
माझी हकनार पनि एकमाना खाइनार
राजा हकनार पनि एकमाना खाइनार
पढाइनारतो, क्याति गराइछे
(माझीले पनि एक माना खाने हो, राजाले पनि एक मानामात्र खाने, पढेर मात्र के पाइन्छ र ।)

शिक्षासँग सम्बन्धित अर्काे एउटा रमाइलो कथा पनि छ । एक दिन राजाको चिठी मिजारलाई आएछ । निरक्षर मिजारले चिठी पढ्न जानेन । अरू कसैले पनि चिठी पढ्न नसकेपछि चिठीमा के लेखेको रहेछ भनेर विचार–विमर्श चल्यो । आखिरमा मिजार आफै“ले चिठीको अर्थ यसरी लगाएछ–
किरिमिरी करेता माछा पिरिङ्गो
स्वात तनाइछी उखुको लात्रो ।

किरिमिरीजस्तो देखिएको माछाको पिरिङ्गो भनेको होला र ठाउँ–ठाउँमा तानेको अक्षरचाँहि उखुजस्तो देखिएकोले उखु नै भनेको हुनुपर्दछ भनी उखु र माछाको पिरिङ्गो लिएर राजाकहाँ गएछ । नभन्दै, उक्त चिठीमा सोही कुरा लेखेको रहेछ । राजा खुशी भएर आफूले भनेको चीज ल्याइदिएकोमा पैसा दिएर पठाएछ । यी भनाइहरूबाट माझी जातिमा शिक्षाप्रतिको उदासीनतालाई प्रस्ट्याउँछ ।

सन्दर्भ सामग्री
1    इमेशकुमार– पूर्वी नेपालको माझी जातिको एक संस्कृति– हाम्रो संस्कृति, ३, पृष्ठ ५४–५६
2    सूचना विभाग, सञ्चार मन्त्रालय – मेचीदेखि महाकाली (मध्यमाञ्चल विकास क्षेत्र) भाग २, काठमाडौं, २०३१
3   चिसापानी जनकल्याण समाज– चिसापानी दर्पण, २०५८
4    श्रेष्ठ, भोला– ‘चिसापानी गाउँः एक परिचय तथा माझी जातिको विस्तृत अध्ययन’ संस्कृतिमा स्नातकोत्तर तहमा रा.वि.से. सम्बन्धी आंशिक आवश्यकता पूरा गर्न प्रस्तुत, २०३९

तयार पार्ने

भोला कुमार श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ५, रामेछाप
निवर्तमान अध्यक्ष,
नेपाल पुस्तकालय संघ
केसर लाईब्रेरी

गुरु प्र.मैनालीको "नाशो" कथा संग्रहबाट कथाहरु (2069-11-11/22-02-2013) - Download

NepaliTalim | 12:39:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति :  (2069-11-11/22-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज मिति 2069 फगुन 11 गते तदनुसार 22-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । नाशोबाट आज सोहि कथा संग्रहबाट २ ओटा कथाहरु परालको आगो र विदा सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा  । 
Stories from Nasho Story Book written by Guru Prasad Mainali.
EPISODE 4
Listen and Download

Download : Click Here to Download

Thank you

साहित्य सिर्जना - 23 : (23-02-2013/2069-11-12) -Download

NepaliTalim | 10:06:00 AM | 0 comments
EPISODE : 23
Date : (23-02-2013/2069-11-12)
कार्यक्रम : “साहित्य सिर्जना   
रेडियो : रेडियो मलमला ८८.६mhz 

प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook

Email : radiomalmala@gmail.com   

साथीहरु नमस्कार ।
आज मिति 2069 फगुन 12 गते तदनुसार 23-02-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 23 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 23

Thank you

गजल- साँझ पख दाहीने आँखा (रतन बहादुर विक)

NepaliTalim | 9:10:00 AM | 0 comments

साँझ पख दाहीने आँखा फ़ुर्छ सराबीको।
भट्टी तिरै जाने साईत जुर्छ सराबीको।।

कहिले कसो भोकै पनि सुत्नु पर्ने हुन्छ,
अबेर सम्म कस्ले बाटो कुर्छ सराबीको।।

माते पछि उसको सामु कस्को के चल्छ र,
शरीर भने दुब्लाएर झुर्छ सराबीको।।

तिम्ले गर्दा भट्टी तिर बासै सर्यो मेरो,
पिरतिमा ज्यूज्यान दिने सुर्छ सराबीको।।
रतन बहादुर विक

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger