श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) कृति : नाशो कथा संग्रह (Nasho Katha Sangraha)
मिति : (2069-11-11/22-02-2013)
लेखक : गुरु प्रसाद मैनाली
विधा : कथा
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2069 फगुन 11 गते तदनुसार 22-Feb-2012 शुक्रबार श्रुति शंबेगको श्रृङ्खलामा आज पनि हामी गुरु प्रसाद मैनालीको नाशो कथा संग्रह बाट कथाहरु सुन्नेछौ । नाशोबाट आज सोहि कथा संग्रहबाट २ ओटा कथाहरु परालको आगो र विदा सुन्नेछौं ।। आउनुस् हामी पनि सुनौ नियात्राहरु श्रुति शंबेगमा ।
Stories from Nasho Story Book written by Guru Prasad Mainali. EPISODE 4
Listen and Download
EPISODE : 23
Date : (23-02-2013/2069-11-12)
कार्यक्रम : “साहित्य सिर्जना
रेडियो : रेडियो मलमला ८८.६mhz प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Email : radiomalmala@gmail.com
साथीहरु नमस्कार ।
आज मिति 2069 फगुन 12 गते तदनुसार 23-02-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 23 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen And Download
MUKTAK SAROBAR कार्यक्रम : मुक्तक सरोबर Date : (22-02-2013/2069-11-11) रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar आज मिति 2069 फागुन 22 तदनुसार 11-02-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY TUESDAY, 9.15PM DATE : -( 2069-11-08/19-02-2013) कार्यक्रम : गजलका शेरहरु संचालिका : लक्ष्मि इतिहाँस एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : मंगलबार बेलुका ९.१५बजे अनलाईन सुन्न : Radio Ekata फेसबुक पेज : Gazalka Sherharu आदरणिय साथीहरु, आज मिति 2069-11-08 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । Listen Here
Download: click Here To Download यो श्रृंखलामा बाचन भएको मेरो गजल ....................... मन पर्नेलाई प्रस्ताव राख्दैछु ।। मायाँ गर्नेलाई प्रस्ताव राख्दैछु ।।
प्रेम दिवसमा, रातो गुलाब दिई मुटुमा सर्नेलाई प्रस्ताव राख्दैछु ।।
सुटुक्क चोरेर मन पागल बनाई चैन हर्नेलाई प्रस्ताव राख्दैछु ।।
मेरो शुःख दुःखमा सहारा बनेर खुसि छर्नेलाई प्रस्ताव राख्दैछु ।।
सर्बस्व ठानेर मलाई सधै साथ ज्यूने मर्नेलाई प्रस्ताव राख्दैछु ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।
कार्यक्रम- हृदय-स्पन्दन प्रस्तोता- अनु अर्पन रेडियो- सामुदायिक रेडियो सर्लाही १०५.६ मेगाहर्ज अनलाइन-http://www.radiosarlahi.org समय- प्रत्येक बिहिबार राति ९.१५ बजे मिती-2069-11-03 गते बिहिबार प्रणय दिवस बिशेष प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद। Listen Here
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-11-10/21-02-2013)
आज मिति 2069 फागुन 10 गते तदनुसार 21-02-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen and Download
Thank you
२०६९-११-१० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
02-Prem Dhami Chhetri
म त तिम्रो सधै भलो हित चाहाने मान्छे।
अझै भनौँ अजर अमर प्रित चाहाने मान्छे।।
के गरेर खुसी हुन्छ्यौ त्यही गर्न तयार छु म
आफु हारि बरु तिम्रै जित चाहाने मान्छे।।।।
प्रेम धामी
दहबगर छ बझाङ
हालःकपन,काठमाण्डौ
03-Nabaraj Dhakal Nabodit
मेरो ब्यथा नजिकबाट बुझ्छ्यौ र त आफ़्नै लाग्छ ।
देउता सम्झि नित्य मलाई पूज्छ्यौ र त आफ़्नै लाग्छ ।
भुलाई सारा दुख दर्द जिंदगानी भोगाइका
ममताले अधर मेरा चुम्छ्यौ र त आफ़्नै लाग्छ ।
Pathari,morang
04-Arpan Chhetri
एकान्त सम्झी सम्झी टॊलाउछु म अचेल
सपनिमा तिम्रै नाम बॊलाउछु म अचेल
छाडी तिम्ले साथ मेरॊ काट्यौ नौ डाडा
याद भुलाउन भट्टी तिरै झॊलाउछु म अचेल
-अर्पन छेत्री
दमक,झापा
हाल-जॊहॊरबारु , मलेशिया
05-Jaya Bhabuk
शीशीर संगै वशन्तको सुरूवात हुदै छ!
जीवन भिर संगै वाच्ने यही बात हुदै छ!
कोही रमाउदै खुसीहुदै बढ्छन् अगाडी,
कसैको जीवनमा यहॉ बज्रपात हुदै छ!
जयराम िव.क. [{(जयॉ भॉवुक )}]
धधवार 7 बर्िदया
हाल मलेिसया....जोहोर...
06-Bishnu K Gautam एउटा ठट्यौलि मुक्तक है दाजु
मुक्तक
स्याउ जस्तै टोक्न मन छ,गाला तरुनिका
कस्तो होला पाउडर बिना,छाला तरुनिका
धोद्रो भाको रुख पनि,टम्म हुन्छ बाहिर बाट
त्यस्तै त हो हैन र ओ चाला तरुनिका
बिष्णु गौतम
मल्म -4,बाग्लुङ
हाल:बुटवल
07-Ram Sharan Shrestha
प्रेमको हिरासतमा राख्छौ कतिन्जेल ।।
म्याद थप झनझन माग्छौ कतिन्जेल ।।
हुन्छ या हुँदैन यति फैसला गरिदेउ
पर्खाएर मलाई सधै ढाँट्छौ कतिन्जेल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
and
www.muktakmadhurima.blogspot.com
08-अन्जान श्रेष्ठ अभागी
सम्झिएन न भन्नु है शिला दिदी ।।
आउने दिन न गन्नु है शिला दिदी ।।
आउने मन त धेरै थियो आउन
सकिन दुखि न बन्नु है शिला दिदी ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
हाल india
09-Anuragi Binod Gaire
मेरो मुक्तक मधुरिमा को पहिलो उपस्थिति हो।
जस्तो छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै यो सानो मुक्तक. . . . . . .
मनैभरि राखेको छु तिम्रो माया सधैँभरि॥
बन्ने मन छ मलाई तिम्रो छायाँ सधैँभरि॥
तिम्रै मनको फुलबारिको मालि बनि सधैँ,
घुमु लाग्छ तिम्रै दायाँ बायाँ सधैँभरि॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट
10-तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना~ दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार
प्रस्ताव राख्न प्रेम दिवस कुर्नु पर्दैन ।
ज्योतिष बाको चिना नक्षत्र जुर्नु पर्दैन
हास्नुस उनि हास्दा रुनुस उनि रुदामा ।
मोहनि लाग्ने जालि मन्तर फुर्नु पर्दैन॥
11-Lokendra Pun
उसको पिडाले म,मरेर बाँचेको छू
दु:ख को सागर,तरेर बाँचेको छु
पिडा र चोटहरू,सहने बानि भयो
चोटै चोट ले मुटु,भरेर बाँचेको छु
-लोकेन्द्र "बर्षाद",
डाँडागाउँ-4चाईपाटा जाजरकोट हाल:मलेशिया केलाङ्ग
12-निस्चल प्रेमी कान्छा
मेरो नगर बस्तिमा भुलेर जादैछौ रे
हजार भिड गस्तिमा खुलेर जादैछौ रे
देखे तिम्रो चेहेरा सपना सजाएथे
मोज अनी मस्तिमा डुलेर जादैछौ रे
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत
13-साहित्यप्रेमी कपिल लामिछाने
किन नाता तोडेर जानु भयो!!
दुई मुटु जोडेर जानुभयो!!
के स्वार्थ थियो हजुरको,
आज मलाई छोडेर जानुभयो!!
15-तिलक निष्कर्ष
पिरतीको लठठायाई मा मदहोस थियो
थाहा भयन उ भित्र के को जोश थियो
साचो माया हो भन्दै चौतारीमा भेटथियो,
आज रुदै छ उसको बिश्वासमा दोष थियो
रत्ननगर ७
>गीत >एकादेशमा माया गर्ने एउटा मुटु थियो , त्यहि देशमा धोका दिने अर्को मुटु थियो
त्यहि धोकाले गर्दा खेरि देशै आँसु भयो ........नरेन्द्र प्यासीको आवाजमा .........
16-Aamod Pramod
आयो गयो प्रेम दिवस तर कोहि भेटिएन
लेखु भने प्रेम पत्र तर लेखिएन
चिहाउदै थिए यताउता देखिन्छौ कि भनि
खोजिरहे मनको साथि तर देखिएन
-तिम्रो मनको शितल (आमोद-प्रमोद)
बाग्लुङ,कुश्मिशेरा
17-Mohan Bihani
सम्झि राछु तिम्ले गर्ने सवाल दिनदिनै।
आराम भा छ नदुखेर कपाल दिनदिनै
टाढा नजीक हुनुमा भिन्नै मजा रैछ
दिन बित्छ सुमसुम्याउदै रुमाल दिनदिनै।
18-श्रीकान्त कहेराज़
कुर्ची कै तानातान मा फसेको छ देश
त्यसैले त स्थिर भई बसेको छ देश
बेरोजगारी,लोडसेडिंग, अन्य यस्तै पिडामा,
नेतृत्व अभाब खाडलमा फसेको छ देश
कृष्णमन्दिर चोक
19-Raju Poudel
आजभोलि सारंगिको धुन मन पराउछु ।
एकानतमा एक्लै बसि रून मन पराउछु ।
आकासमा अनगिनति ताराहरु हुदाहुदै ।
थाहा छैन किन मैले जुन मन पराउछु ।
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार
20-Rai Munkmen Ramesh मुक्तक
छैन कुनै देशमा सुधार छैन
सुधार गर्ने कै सु-बिचार छैन
यस्तै लाग्न थाल्यो मलाइ हजुर
जन्ताको हित चाहने सरकार छैन
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...
21-Saroj Dhital
फागुन 7मा एउटा झण्डा हल्लाउँदैमा के हुन्छ र¿?
फोस्रा नारा लोकतन्त्रको चलाउँदैमा के हुन्छर?
ग्याँस डिजेल पेट्रोलको भाउ बढिरहेको छ..
हेरी मर्न आकासमा फल फलाउँदैमा केहुन्छ र?
डाँछी 3 काठमाडौ
22-Jyoti Khatiwada Anischit
निरक्षर ऊ शिक्षक भयो कसरी
कानुनमिच्ने रक्षकमा गयो कसरी
न्यायलयमा न्याय कसरी हुन्थ्यो होला
न्यायप्रमुख माओपक्षक रयो कसरी
-ज्योति अनिश्चित झापा ।
23-बाबु देवकोटा
याद दिलाइस ए पवन।
सब नसा पिलाइस ए पवन।
तेरै कारण ले हु यसो भाको,
पागलझै हिडाइस ए पवन।
DIKRA BAABU DEVKOTA
अछाम, कुइका
हाल बैङलोर
24-Shanti Adhikari मुक्तक
रुदै शरण परे भने के गर्छौ नि तिम्ले ।
अन्तै बसाई सरे भने के गर्छौ नि तिम्ले ।।
अनेक गर्छ यो मायाले थाह त होला नि ।
तिम्रै कारण मरे भने के गर्छौ नि तिम्ले ।।
-शान्ति अधिकारी
बाँके
25-Rockiron Ganesh
तिम्ले चाए जती सबै सबै पुग्ने भए।
जिन्दगीका बाँधाहरु आफै फुक्ने भए।
किन चाहिन्थ्यो र यो आकाश धर्ति?
तिम्रो नयनिमा मेरो जीवन लुक्ने भए।
Rockiron Ganesh
26-Bhupendra Bc मुक्तक'
आई लभ यु' भन्नु मात्र होईन नानी प्रीत ।
'दुलही कसैको' बन्नु मात्र होईन नानी प्रीत ।
प्रीत के हो ? साँचो दिल साटेर हेर आफैं,
'अरुको भनाई' गन्नु मात्र होईन नानी प्रीत ।
-भुपेन्द्र (बिपिन) बिसी
बिकाशनगर, कोहलपुर बाँके
27-Artimus Siru
फाटेको मन सिउनु के अर्थ छर !
लास झैँ भई जिउनु के अर्थ छर !!
धाने कै छु प्राण नशा कै मात झैँ !
तिम्लाई सम्झी पिउनु के अर्थ छर !!
सुमित्रा अधिकारी
गोरखा
28-Bikalpa Babu मुक्तक
बरमाला उनिलाई, लगायो कसैले
त्यो खाली सिउँदो, सजायो कसैले
हे समाउँछस् कति, अभागी पुर्पुरो
भनेरै झन आज...... रुवायो कसैले
-बिकल्प बाबु
गितानगर 1,चितवन
29-Ashish Danai मुक्तक
मेरै भुल थियो त्यो !
सोचेँ फूल थियो त्यो ।
कती सम्झेर बस्नु ?
हो फजुल थियो त्यो ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-११-०४
30-Padam Kumar Lungeli
छोडिदेऊ अब भत्केका ति शहरका कुरा
गर्व मै तुहिएर झरेका ति रहरका कुरा
आखिर गन्तब्य अलगै थिएछ त हाम्रो
भयो नसम्झ बितेका ति प्रहरका कुरा
-पदम कुमार लुङ्गेलि
ईटहरि, सुनसरी
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
MUKTAK SAROBAR कार्यक्रम : मुक्तक सरोबर Date : (20-02-2013/2069-11-09) रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar आज मिति 2069 फागुन 09 तदनुसार 20-02-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने ।
गजल संगम (Gazal Sangam) मिति : (2069-11-09/20-02-2013) रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज बिधा : नेपाली गजल प्रस्तोता : आर पि पोख्रेल समय : हरेक बुधवार बेलुकी ९.१५ Phone : 056-526186 Facebook : Gazal Sangam
आज मिति 2069 फागुन महिनाको 09 गते तदनुसार 20-Feb-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । Listen and Download
गजल संगम (Gazal Sangam) मिति : (2069-11-02/13-02-2013) रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज बिधा : नेपाली गजल प्रस्तोता : आर पि पोख्रेल समय : हरेक बुधवार बेलुकी ९.१५ Phone : 056-526186 Facebook : Gazal Sangam
आज मिति 2069 फागुन महिनाको 02 गते तदनुसार 13-Feb-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । Listen and Download