गजलका पानाहरु -17 : (24-11-2012)- Download

NepaliTalim | 2:31:00 PM | 0 comments
GAZALKA PANAHARU 17
कार्यक्रम : गजलका पानाहरु
प्रस्तोता : गजल प्रेमी इन्द्रमान
समय : हरेक शनिवार
फेसबुक : Gazaka Panaharu

आज मिति 2069-08-09 तदनुसार 24-11-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद ।  आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download
Download : Click Here 17

Thank you

Muktak Madhurima - (2069-08-07/22-11-2012) -Download

https://mohanbihani.blogspot.com/ | 11:35:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-07/22-11-2012) 


आज मिति२०६९-०८-०७ तदनुसार 22 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen

Download : Click Here
Listen all Episodes


२०६९-०८-०७ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-Krishna Paudyal 
कसैलाई खुसी छरेर गयो
कसैलाई पिंडा भरेर गयो
मेरो पुकार सुनेन तिहारले
म बाट ओझेल परेर गयो
-कृष्ण पौड्याल
बम्घा एक गुल्मी


02-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
~~~मुक्तक~~~
घरबार बिगार्ने,उस्को जातमा के छ....?
चुल्हा छुनै नहुने,उस्को हातमा के छ.....?
बिथोलीन्छ समाज,उसले बोल्दा.....
केहि बोल्नै नहुने,उस्को वातमा के छ.....?


03-कौसल किरण
मेरो यो पिडा सेक्न सक्ने।।
मुटुको घाउ देख्न सक्ने।।
थियो कोहि एउटा यहाँ
मेरो तक्दिर लेख्न सक्ने।।
#Kausal Kiran


04-Bhola Dhital
साथिहरु तपाइहरुको कस्तो भयो तिहार ? ? ?
मखमली सयपत्री सस्तो भयो तिहार,,,,,
सप्तरङी टिका अनि दिदिहरुको आशिर्वादले,,,,
फकृएको सयपत्री जस्तो भयो तिहार्,,,,,
-भोला धिताल,डाछि-३, काठमाडौं
****(परिमार्जन गरियको)


05-सनम गोले ~मुक्तक~
नकोट्याऊ अतितका मेरा घाऊ हरू ।
बुझिसके तिम्रा मनका दाऊ हरू ।
आखीर मानिस सबै उस्ता उस्तै हुन
धेरै घुर्की लगाई नखोज्नु भाऊ हरू ।
-सनम गोले
मकवानपुर हाल मलेशिया

06-Saroj Dhital
प्रजातन्त्र आयो तर देश फेरिएन,,,
गरीब अनि निमुखाको भेष फेरिएन,,,
चिल्ला गाडी ठुला महल फाइफुर्ती गर्ने नेता,,,
जनताको जिवनस्तर एक केश फेरिएन,,,


07-Ashish Danai मुक्तक
देशलाई यो कस्तो बनायौ नेता ।
संबिधानको आस देखायौ नेता ।
आफ्नै कार्यकर्ताले झापड हान्छन् ।
यो कस्तो पाठ सिकायौ नेता ।
-आशिष दनाई
gaunshahar-2,danaigaun, लमजुङ


08-तिलक निस्कर्ष
आफु आफैमा सुन्य किन हुन्छ मान्छे
मन चोटिल भयो नत्र किन रुन्छ मान्छे
कोहि कहा कोहि कहा दैब किन बिवेद गर्छ
अवसर पाय के मा कम चन्द्र छुन्छ मान्छे
रत्ननगर ७

09-Rai Munkmen Ramesh मुक्तक
हो टन्ना खाएर बचेकोलाइ धन भनिन्छ
सबै भन्दा छिट्टो उड्नेलाइ मन भनिन्छ
जिवन जिउनु अरुको दबाबमा हैन आफ्नो
ईच्छा अनुसार जिउनुलाइ जिवन भनिन्छ
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद
...
09-धनेश्वर पौडेल
चन्द्ररुपी मुहार तिम्रो, नागवेली केश रानी!!
मन्द मिठो मुस्कानमा, माया हो कि यस्तै बानी!!
लज्जावती पत्र सरी, ओठ टोकी लज्जाउदा!
नशालु ति म्रिग नयन, रसाएर पानी पानी!!
धनेश्वर पौडेल
खाडी कुवेत


10-Bishnu K Gautam
मलाइ देखि लजाएर भाग्नु दोष थियो
जबाफहरू लिखित रूपमा माग्नु दोष थियो
सम्बन्धलाइ फाटो ल्याउन खोज्नेहरूसंग
कान नछामि कागको पछि लाग्नु दोष थियो


11-श्रीकान्त कहेराज़
को कसको अनि को कसको लेखियको हुन्छ पहिले
हुने बिरुवा चिल्लो चिल्लो देखियको हुन्छ पहिले
घाम अस्ताउछ र त बल्ल चन्द्रमाको दर्शन हुन्छ
घामको सामु चन्द्र पनि छेकियको हुन्छ पहिले
कृष्ण मन्दिर चोक

12-दीप मिलन
हुनुपर्छ तिम्रो मेरो, कदर दुनियामा!
अनि हाम्रो पिरतिको, सदर दुनियामा!!
लेखौ आउ हामि त्यस्तो, एउटा ईतिहाँस,
हुनेछैन कैले प्यार, बदर दुनियामा!!
दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार्


13-Lalu Gm
जुनी जुनी तिम्रै भन्थ्यौ, आज किन टाढा भयौ?
झुठो रहिछ तिम्रो माया, अर्कै सँग गाढा भयौ।।
यो सम्झिने मन छ, सकिएन तिमीलाई भुल्न,
निष्ठुरी रहिछौ बाचुन्जेल, मुटुमा बिज्ने काँडा भयौ।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


14-Jyoti Khatiwada Anischit
करेन्ट लगाई झड्काउने पनि उनकै चेला थिए
गोली वारुद पड्काउने पनि उनकै चेला थिए
गुरुले जे सिकाए चेलाले उही सिको गरे
उनकै गालामा चड्काउने पनि उनकै चेला थिए ।
-ज्योति खतिवडा अनिश्चित
कपुरधारा , सामाखुसी
त्रिचन्द्र क्याम्पस ।


15-Pawan Subedi पवन सुबेदी "पृथक"
कावासोती,28 बिगाहा न.प.
:मुक्तक:
हरेक बात अपुरो छ पुरा छैन तिम्रो,
बिश्वास गर्न मिल्ने कुनै कुरा छैन तिम्रो,
म कसरी बिश्वास गरु अर्कै की हुँ भन्छौ,
सिन्दुर पोते अनि हातमा चुरा छैन तिम्रो...


16-Amrit Shrestha
जहाँ काडैकाडा रैछ उहि सर्न पुगे
उसै सँग बाँच्न अनि म मर्न पुगे
के थाहा यो माया यस्तो पनि हुदोरैछ
जस्को दिल्मा अरु रैछ उस्लाई माय गर्न पुगे
(Amrit Shrestha pokhara 12 kaski)

*******गीत>जसको दिलमा अरु रैछ, उसकै भरमा परे ,
तिमि उ बिना मर्छौ म तिमि बिना मैले कस्तो यो माया गरे ......
आधुनिक गीति संग्रह "त्यसपछि" बाट हेमन्त शिशिर को आवाजमा ...


17-Anees Regmi
ANISH REGMI from bharatpur,chitwan.
तिम्रो पनि कतै मन छ भने अलिकति,
हृदयमा आफ्नो पन छ भने अलिकति,
मेरा केही आसु खरिद गरन ल _______
आसु पनि किन्ने धन छ भने अलिकति. . .


18-Baral Suryamani
म त चिसो भई सकेछु, तिमी आउन ढिलो भो।
मेरो जीबन मेरै लाशको पछि, फ्यालिएको टिलो भो।।
गाँठो परेर बस्यो ,फुकाउन सकिन मैले।
तिम्रो माया मुटु भित्र, गाडिएको किलो भो।।


19-रकआईरन गनेश मुक्तक
दुइ चार कौडी गन्दा विदेश मा जिबन चल्दैन साथी।
ओईलाए पछि युरीया हाल्दैमा फल फल्दैन साथी।।
यस्तै यस्तै छ यहाँ सजिब निर्जीव संसार को चाला!
निभेको दियोमा तेल चुहौदैमा बात्ती बल्दैन साथी।।
रकआईरन गनेश
इन्छन कोरिया


20-Mohan Bihani
कुरुम कुरुम गर्ने त्यो पापड मा छ मज्जा
तिर्नु नपर्ने भए त्यो सापट मा छ मज्जा।
तिन लोक चौध भुबन नदेखे नि केहि छैन ,
तोरिको फुल देखाउने भए नि झापडमा छ मज्जा ।।
# मोहन बिहानी
भक्तिपुर -७ सर्लाही
२०६९-०८-०३#


21-एस पि माथवर पुर्णबिराम
लामो सुरिलो हुदैमा तरबार नहुन सक्छ ॥
जति चोखोनी मायाको, घरबार नहुन सक्छ ।
बस्दा सुन्दर यहाँका राजारानि हरको जोडि।
सधै झगडा भएसि दरबार नहुन सक्छ ॥
दाङ देउखुरि गंगाप्रस्पुर १ शितलताको वस्ति हाल खाडि मुलुक दोहा कतार


22-Bhupendra Bc
नेता ले जे गरेनी लायक हुने रे
चुल्ठे, मुन्द्रे, गजडी नायक हुने रे
जसले जे गरेनी हुन्छ भन्ठानी
गधा पनि अब त गायक हुने रे
-भुपेन्द्र (बिपिन)बि.सी.
- कोहलपुर बिकश्नगर बाँके

23-Aindra Bikram Nisthuri
मुटु रेटे चोट हुन्छ , चोट थपे घातहरु।
सुन्यतामा बितेका थे, म मरेका रातहरु।
बाँच्ने साहारा चाहिन्दैन, म त जिउदै मरिसके।
मुटु रेटि गर्यौ घात, छुटाएर साथहरु।
आइन्द्र बिक्रम 'निस्ठुरी'
अ्मरपुर-चार
पाँचथर

24-Artimus Siru
पिरतीको फूलबारीमा नांचीरहनु खुशी हुँदै !
जीवन यो संघर्ष हो बाँचीरहनु खुशी हुँदै !!
दु:ख कस्ट पर्दा खेरी नआत्तिनु कहिल्यै
सामना गर्नु डटेर हाँसीरहनु खुशी हुँदै !!
सुमित्रा अधिकारी
गोरखा

25-Jeevan Sharma Aryal ***मुक्तक***
मेरो मायाँ संसार तिमी ऊनी भन्ने गर्थिन्
जिउने मर्ने आधार तिमी ऊनी भन्ने गर्थिन् !!
जे जे आज हामी दुईले सपना देखेकाछौं
पार्नुपर्छ साकार तिमी ऊनी भन्ने गर्थिन् !!
जीवन शर्मा अर्याल अष्ट्रीया

26-Bikalpa Babu
जलायौ आगो मेरो मनमा ताप्न आउ तिमी
कति बगे आशुहरु नाप्न आउ तिमी
फिर्ता दिन्छु तिम्रो खुशी किस्ता किस्ता गरी
दिन्छु आज पहिलो किस्ता थाप्न आउ तिमी
bikalpa babu
gitanagar-1,चितवन

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

गजल संगम (2069-08-06/21-11-2012) - Download

NepaliTalim | 5:29:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-08-06/21-11-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Website : News Chitwan


Facebook : Gazal Sangam



आज मिति 2069 मंसिर महिनाको 06 गते तदनुसार 21st Nov -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download 
Download : Click Here

यो श्रृङ्खलामा बाचन भएको मेरो गजल
देख्छु जताततै नाटकै नाटक ।। 
मान्छेहरु किन घातकै घातक ।। 

 हजारौं ठक्कर गन्तब्य पुग्न 
 मार्गभरि धेरै बाधकै बाधक ।। 

जति नै राम्रो गरे नि काम 
आउँछ प्रश्न बाचकै बाचक ।। 

 मानबता हरायो खराब चरित्र 
भयो अति ब्यापकै ब्यापक ।। 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

BULBUL : EPISODE 169 - (21-11-2012) Download

NepaliTalim | 10:25:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 169
(21-Nov-2012/ 2069-08-06)

FB : Facebook Page


(गजल गायक दावा गुरुङ सँगको अन्तर्वाता विशेष हुनेछ ) 
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2069 मंसिर महिनाको 06 गते बुधवार तदनुसार 21-Nov-2012, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-169) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 

आजको बुलबुल गजल गायक दावा गुरुङ सँगको अन्तर्वाता विशेष हुनेछ र निष्प्रभ सजिको रचनामा दावा गुरङले गाउनुभएको गजल एल्बम कोहिनुर विशेष गजलहरु रहनेछन् । 

Listen and Download
   
Download : Click Here to Download 169  
आजसम्मका बुलबुल सुन्नको लागि    
Thank you

गजल संगम (2069-07-29/14-11-2012) - Download

NepaliTalim | 9:46:00 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति :  (2069-07-29/14-11-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५

Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam

(तिहार विशेष)
आज मिति 2069 कार्तिक महिनाको 29 गते तदनुसार 14th Nov -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

श्रृजनाका सुशेलीहरु - (2069-07-02/17-11-2012) - Download

NepaliTalim | 3:28:00 PM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM
Date :  (2069-08-02/17-11-2012)
Host :  Suresh Bidari

FB : Facebook Group
 
आज मिति 2069 मंसिर 02 गते (17th Nov 2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
Listen and Download

Download : Click Here to Download

Thank you
 

गजलका शेरहरु - (2069-07-28/13-11-2012) - Download

NepaliTalim | 3:03:00 PM | 0 comments
तिहार विशेष (Deepawaki Special)
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-07-28/13-11-2012)
 कार्यक्रम : गजलका शेरहरु 
 संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे     
अनलाईन सुन्न : Radio Ekata    
फेसबुक पेज  : Gazalka Sherharu



आदरणिय साथीहरु, 
आज मिति 2069 कार्तिक महिनाको 28 तदनुसार मिति 13-NOV-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes


Thank you

गजल गंगा 20-Nov-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 11:41:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल

Facebook : Facebook Page 

Web : Radio Nepal 

Date : 20 Nov-2012 (2069-08-05)


नमस्ते साथीहरु,
आज मिति  2069 Mangsir 05 तदनुसार  20th Nov 2012 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । 

Listen and Download 

Download : Click Here 

Thank you

गजलका पानाहरु -16 : (17-11-2012)- Download

NepaliTalim | 9:46:00 AM | 0 comments
GAZALKA PANAHARU : 16
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
 समय : हरेक शनिवार 

फेसबुक : Gazaka Panaharu




आज मिति 2069-Mansir 02 तदनुसार 17-11-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद ।  आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download
 
Download : Click Here to Download 16

Thank you

Audio Link : Mohan Bihani 


 

बहकिने मन (2069-08-04/19-11-2012) - Download

NepaliTalim | 9:32:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-08-04/19-11-2012)

Time : 9.15pm Every Monday

Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161

आज मिति 2069 Mangsir 04 तदनुसार 19-Nov-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 53 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मनको २०६९ तिहार विशेष प्रस्तुति ।
Listen and Download

Download : Click Here

Thank you,

Audio link : Mohan Bihani

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger