Bulbul Episode : 165 (24-10-2012/08-07-2012) -Download

https://mohanbihani.blogspot.com/ | 10:40:00 AM | 0 comments
Bulbul Episode 165
Date : 24-10-2012/08-07-2012) 
Host : Achyut Ghimire

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ ।

बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
Listen Here-

बिजया दशमी बिशेष 'वहाकिने मन' (कार्तिक ६ गते २०६९)22 Oct-2012 Download

https://mohanbihani.blogspot.com/ | 2:05:00 PM | 1comments


मिती कार्तिक ६ गते २०६९  सोमबारको तदनुसार 22 Oct-2012  कार्यक्रम ''वहकिने मन '' महावीर बिश्वकर्माको साथ आउनुहोस् हामी पनि सुनौ ।आजको बहकिने मन मा फोन कल समाबेस गरिएको छैन। महाबिर जि ले एकोहोरो रुपमा बहकाउनु हुनेछ।छोरा विदेशमा रहनुभएका आमाहरुलाई विशेष गरि सुनlउनु हुन अनुरोध गर्दछु । बिजया दशमी बिशेष वहाकिने मन सुनेर हाम्रो फेसबुक पेजमा आफ्नो प्रतिकृया दिनु होला।  यो अङ्क मलाई मित्र महावीर बिश्वकर्माले उपलब्ध गराइदिनु भएकोमा उहाँलाइ बिशेष धन्यबाद l  
एउटा भिन्नै रेडियो कार्यक्रम वहाकिने मन 
Programme- Bahakine Man
Host- Mahabir Biswakarma 
From-Community Information Network (CIN) and-40 other Fm Radio station 
Time and day -Every Monday 21.15 Baje 
Phone-977-01-550982and 977-01-5551161   
Listen HERE
वहकिने मन ...४७ वटा रेडियोबाट एकैसाथ ....

१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)रेडियो उदयपुर—उदयपुर
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
३८)रेडियो शारदा एफ.एम.—सल्यान
३९)भ्वाइस् एफ.एम.-कपिलवस्तु
४०)रेडियो नारायणी—चितवन
४१)रेडियो हाम्रो पहुँच—दाङ
४२)रेडियो मकवानपुर—मकवानपुर
४३)रेडियो एकता—सर्लाही
४४)रेडियो हाम्रो पाईला—जाजरकोट
४५)रेडियो प्यूठान—प्यूठान
४६)प्रकृति एफ.एम.—दाङ
४७)सानी भेरी एफ.एम.—रुकुम

सोमबार राती विविसि पछि....

महावीर विश्वकर्माको साथमा

दशै बिशेष यो साँझ यो सुबासको 49औ श्रीङ्खला,(23-10-2012 / 2069-07-07)Download

https://mohanbihani.blogspot.com/ | 1:54:00 PM | 0 comments

EPISODE 49- YO SANJH YO SUBASH 
(23-10-2012 / 2069-07-07)
प्रस्तोता : प्रदिप गिरि

कार्यक्रम : यो साँझ यो सुबाश
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2069 साल 07महिनाको 07 गते तदनुसार  23 Oct 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  49 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।


रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ। कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र  उत्पादन  सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु l
Listen Here--

Download
Plz Click Here to Download 49th Episode

गजल संसार (22-10-2012/2069-07-06) Download

https://mohanbihani.blogspot.com/ | 6:25:00 AM | 0 comments

EPISODE : 12 (GAZAL SANSAR)
हाम्रो संसार डट नेटको गजलहरुको 
साहित्यिक कार्यक्रम : गजल संसार 

Date: (22-10-2012/2069-07-06) 
Host : Shanti Pakhrin
Source : Website

मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (Gazal Sansar Episode 12)नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069- 07- 06 तदनुसार 22th Oct-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen 

Download from Click Here

गजलका पानाहरु12thदशै बिशेष 2069-07-04 (20 Oct 2012) Download

https://mohanbihani.blogspot.com/ | 11:59:00 AM | 0 comments
GAZALKA PANAHARU : 12th
कार्यक्रम : गजलका पानाहरु  

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
समय : हरेक शनिवार 
आज मिति 2069-07-04 तदनुसार 20 Oct-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ । आज असोज महिनाको अन्तिम शनिवार, हामी तपाईहरुकै आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनुभएको गजलहरु लिएर आएका छौं । । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम 

Download : Download From click HERE

गजल संगम (2069-07-01/17-10-2012 ) अन्तर्वाता विशेष - Download

NepaliTalim | 9:07:00 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति :  (2069-07-01/17-10-2012 )
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam
 
(गजलकार निरज भट्टको अन्तवार्ता विशेष)
आज मिति 2069 कार्तिक महिनाको 01 गते तदनुसार 17th Oct -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  आजको बसाईमा युबा गजलकार निरज भट्ट सँगको अंतरङ्ग कुराकानी रहनेछ । उहाँले भर्खरै नयाँ गजल संग्रह प्रकासन गर्नुभएको छ पुस्तकको नाम तिम्रै लागि अनामिको हो । आउनुस् हामी पनि सुनौ उहाँ संगका सुमधुक कुराकानी रेडियो ध्रुबतारा मार्फत प्रसारण भएको यो गजल संगम कार्यक्रमबाट ।
गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

निरज भट्टको गजल संग्रह तिम्रै लागि अनाकिकाको कभर पेज
 Thank you

सुमधुर नेपाली विभिन्न धुनहरु –बृहत कलेक्सन

NepaliTalim | 8:52:00 AM | 0 comments
सुमधुर नेपाली विभिन्न धुनहरु–बृहत कलेक्सन
सुमधुर नेपाली विभिन्न धुनहरु
नमस्कार साथीहरु,
आज तपाईहरु सामु केहि अति चर्चित नेपाली धुनहरु र भजनका धुनहरु लिएर तपाईहरु सामु उपस्थित भएको छु जसमा मुख्यतया सुर सुधा, कुटुम्ब, थरिथरिका मंगल धुनहरु, हेरिटेज, बुद्ध मन्त्र, स्केयर्ड म्युजिक, रिथिमिक जर्नी, स्काई डान्सेस, त्रिकाल, भज्रा, बिजय बैद्य, हिमालयन हार्ट, हार्ट टु हार्ट, यात्रा आदिबाट संकलित अतिनै चर्चित धुनहरु रहेका छन्

Listen Nepali Melody Collection

Thank you
Chsiapani Nepal

जीवन साथी तिमीलाई छ मेरो कसम- Sajeevani

NepaliTalim | 7:19:00 AM | 0 comments
 

जुनि जुनि भाग दुई
गीत : जीवन साथी तिमी लाई छ मेरो कसम
स्वर : संजिवनि
शब्द : निलम आङ्गबुहाङ राई
संगित : शुरेस अधिकारी

 
Source : Youtube

Muktak Madhurima - (2069-07-02/18-10-2012) - Download

NepaliTalim | 10:26:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-02/18-10-2012)

आज मिति 2069 कार्तिक 02 गते तदनुसार 18th Oct 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download

Download :Click Here to Download
ब्लगमा उपलब्ध भएका आजसम्मको श्रङ्खिलाहरु सुन्नुहोस्


२०६९-०७-०२ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Krishna Paudyal
दशैंलाई दशा ठानी रुनु नपरोस


पिंडा ब्याथा बियोगले धुनु नपरोस॥
सुख दु:ख आँशु हाँसो जिवनकै पाटो हो।
शुभकामना छ दु:खी हुनु नपरोस॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी


02-Nirdoshi Pokhrel
यसपालिको दशैमा घर आउछु होला।
निधारमा जमरा र टिका लाउछु होला॥
धेरै बर्ष सम्म मैले आशिक पाईन।
जन्म दातालाई अब ढोग्न पाउछु होला॥
-lokbahadurpokhrel.(nirdoshi)
benimanipur.07 sardi.nawalprasi. Hall.mumbai

03-Rupesh Fatra
रुपेश"अनमोल"फत्र
भारपा-3,पान्थर
हाल-: मलेशिया
~~~मुक्तक~~~
नछुटिने चोखो माया तिमी सँगै लाए सानु|
त्यसैले त भेट्नलाई तिम्रो घर धाए सानु|
चोखो माया लाए पछि खुशियाली मनाउदै...
एकान्तमा गुन्गुनाउदै मिठो गीत गाए सानु|

04-Rai Munkmen Ramesh मुक्तक
तरे खोला त्यसैले शहर मा छु
भरे झोला त्यसैले लहर मा छु
तिम्रो चाह झै धन को ताँतमा
परे होला त्यसैले नजर मा छु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद.

05-Ratan Bdr Bk
यसपाली हालत ख़राब छ मेरो !
साँझ बिहान झोलिमा सराब छ मेरो!!
पिउने र पिलाउनेको जमात छ साथी ,
यसैमा अति लगाब छ मेरो !!
Ratan Bhadur B.K.manau 1 Bardiya Hal-gujarat


06-Bishnu K Gautam
परार देखि चुहिने पालि छ घरमा
भकारि कसौंडि सब खालि छ घरमा
खै केमा खान्छन होला पैसा हुनेहरू
आफ्नो भने कुच्चिएको थालि छ घरमा
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट

07-श्री कान्त बराल कहेराज़
सबै नेपालि जित्नु पर्छ, कसैको हार नहोस है
यो दशैंमा कतै काट मार नहोस है
पर्वको नाम मा पशु लाइ किन बलि दिनु
प्राणि माथि यस्तो अत्याचार नहोस है
कृष्ण मन्दिर चोक

08-तिलक निस्कर्ष
मनमा भाको कैलो मैलो सबै फाल्दै छन् रे
उन्नतिको शिखरमा पाइला चाल्दै छन् रे
मेरो प्यारो गाउँमा अब मात्र खुसि खेल्दै गर्दा
भंज्यान्गको बरको रुखमा पिंग हाल्दै छन् रे
रत्ननगर ७

09-Baral Suryamani
सबै भन्छन दशै आयो दशा हो कि दशै ?
मात्तिएकाछन सबैजना नशा हो कि दशै ?
धनी कहाँ अठाह्र ब्यन्जन गरीबलाई रिन्को भारी,
निरिहको बली चड्ने परिभाशा हो कि दशै ?

10-Arjun Chaudhary
सत्य सत्य अथाह माया गर्छु तिमीलाई ढाट्या छैन,
यो मन मुटुमा तिमीनै छौ अन्त माया साट्या छैन,
समयको बेगले परसपरमा म टाढिए,
तिमी त बिर्सैयौ होला म त अन्तसिमा काट्या छैन....
ARJUN

11-Mohan Bihani ________मुक्तक _________
दशै अघि नै यो नालायक सरकार ढाल्नु पर्छ,
भ्रष्टाचारीहरुलाई छानी छानी जेलमा हाल्नु पर्छ,
नाताबाद, कृपावाद र फरियावादि नेताहरुलाई,
फोहर फाले झै कन्टेनर एक एक गरी फाल्नु पर्छ।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/


12-Raag Gazmer Raz
सबैलाई प्रसय दिन्छ यो शहर
बदलामा रगत लिन्छ यो शहर
आकर्षित आफूतिर गरी सबैलाई
कुवेरलाई केवल चिन्छ यो शहर

13-मोहन रावल अनमोल 'अस्तु' मुक्तक
मुटुभरि तिम्रो माया साच्ने आश टुट्यो ।।
बिरामिले थला परी बाच्ने आश टुट्यो ।।
धेरैभयो दुखिराछ अनयासै मुटु अचेल ।
ईलाजै हुदैन याहाँ जाच्ने आश टुट्यो ।।
मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाचँ {अछाम}
हाल- बिरानो शहर मुम्बई

गीत >>>मेरो भन्नु तिमि थियौ तर आज टाढा भयौ
संधै भरि मुटु भित्रै बिजाउने काँढा भयौ ..........अन्जु पन्त को आवाजमा ....


14-Padam B K Abhagi
रेशमि त्यो कपाल तारिफ कति गरु ।
नाक बेलि चाल तारिफ कति गरु ।
मृगँ नयन आखा लालुपाते ओठ ।
तिमि आफै कमाल तारिफ कति गरु ।।
___पदम बि क अभागी___


15-Jyoti Khatiwada Anischit
दिउँसै कालो देख्छु म रातको
मनमै जालो देख्छु म घातको
सामु नै थियो चाहेको मैले
आँखामा टालो देख्छु म जातको
-ज्योति खतिवडा अनिश्चित ।
सुरुङ्गा 2 झापा
हाल त्रिचन्द्र क्याम्पस


16-Bikalpa Babu 
पलपल तिम्रो यादमा, रुन्छु आजभोली
बिना अर्थ तिम्रै तस्बिर, छुन्छु आजभोली
मस्त छन सहयात्रीहरु, यो शहरको भिडमा
तर यहाँ आफु एक्लै, हुन्छु आजभोली
-bikalpa babu
gitanagar 1,chitwan



17-Lalu Gm
मनकी रानी, टाढा भयो।
झन् माया, गाढा भयो।।
यी दुई मेरा, नयनहरु.
रसाईरहने, भाडा भयो।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


18-Rohit Rana "मुक्तक"
निर्दोष तिनै नयन,सजल मन पर्छ
आइरहने उन्कै याद,पलपल मन पर्छ
बत्तीस गुर्णले पूर्ण,छिन् हिस्सी परेकी
आनी बानि चुलबुल,चन्चल मन पर्छ
-रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


19-Amrit Shrestha
न जितेर गयौ न हारेर गयौ
न छाडेर गयौ न बारेर गयौ
जिउदो लास बनाइ मेरो जिबन
न तारेर गयौ न खोलिमा पारेर गयौ
(Amrit shrestha pokhara 12 kaski)

20-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
मैले गाउने गीतहरुमा सरगमको धुन हुन्न थ्यो ,
औसीकोरातहरुमा दिन बिताउथे जुन हुन्न थ्यो ,
गरिबीले सारै सताउथ्यो छाक टार्न मुस्किल हुन्थ्यो ,
तेल' हुदा मसला हुदैन मसला हुदा नुन हुन्न थ्यो !
-गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,
--चुरियामाई -९ शिखरपानी मकवानपुर !

21-Sunil Neupane Marling सुनिल न्यौपाने 'मार्लिङ'
सुवाश दिने कोपिला झार्दै छु बाध्यताले
गगन चुम्ने सपना मार्दै छु बाध्यताले
समस्या छन अनेकौ, कमजोर पनि छैन
जित निश्चित छ तर हार्दै छु बाध्यताले
जुनियाँ ०२ गुल्मी
हाल:- मलेसिया

22-Surya Chemjong रुबाई
न कोही यस्मा जवाफी हुन्छ?
मायाँमा गल्तिमा माफी हुन्छ
पर्दैन मनका ति कुरा राख्न!!
सिर्फ् एक ईशारा काफी हुन्छ

23-Ashish Danai मुक्तक
तिम्रो निम्ती जुन झार्न सक्दीन म सानु
बा आमाको कुरा टार्न सक्दीन म सानु ।।
माया गर्छु तिमीलाई कुनै संका छैन
तर पनी मान्छे मार्न सक्दीन म सानु ।।
-अशिष दनाई
gaunshahar-2,danaigaun, lamjung
Visit www.muktakmadhurima.tk to listen and download all episodes of muktak madhurima,

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
(Source : Muktak Madhurima Page)

Good Night SMS - (2069-07-01/17-10-2012 )- Download

NepaliTalim | 7:47:00 PM | 0 comments









GOOD NIGHT SMS
Date : (2069-07-01/17-10-2012 )
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger