Home » » Muktak Madhurima - (2069-07-02/18-10-2012) - Download

Muktak Madhurima - (2069-07-02/18-10-2012) - Download

NepaliTalim | 10:26:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-02/18-10-2012)

आज मिति 2069 कार्तिक 02 गते तदनुसार 18th Oct 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download

Download :Click Here to Download
ब्लगमा उपलब्ध भएका आजसम्मको श्रङ्खिलाहरु सुन्नुहोस्


२०६९-०७-०२ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Krishna Paudyal
दशैंलाई दशा ठानी रुनु नपरोस


पिंडा ब्याथा बियोगले धुनु नपरोस॥
सुख दु:ख आँशु हाँसो जिवनकै पाटो हो।
शुभकामना छ दु:खी हुनु नपरोस॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी


02-Nirdoshi Pokhrel
यसपालिको दशैमा घर आउछु होला।
निधारमा जमरा र टिका लाउछु होला॥
धेरै बर्ष सम्म मैले आशिक पाईन।
जन्म दातालाई अब ढोग्न पाउछु होला॥
-lokbahadurpokhrel.(nirdoshi)
benimanipur.07 sardi.nawalprasi. Hall.mumbai

03-Rupesh Fatra
रुपेश"अनमोल"फत्र
भारपा-3,पान्थर
हाल-: मलेशिया
~~~मुक्तक~~~
नछुटिने चोखो माया तिमी सँगै लाए सानु|
त्यसैले त भेट्नलाई तिम्रो घर धाए सानु|
चोखो माया लाए पछि खुशियाली मनाउदै...
एकान्तमा गुन्गुनाउदै मिठो गीत गाए सानु|

04-Rai Munkmen Ramesh मुक्तक
तरे खोला त्यसैले शहर मा छु
भरे झोला त्यसैले लहर मा छु
तिम्रो चाह झै धन को ताँतमा
परे होला त्यसैले नजर मा छु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद.

05-Ratan Bdr Bk
यसपाली हालत ख़राब छ मेरो !
साँझ बिहान झोलिमा सराब छ मेरो!!
पिउने र पिलाउनेको जमात छ साथी ,
यसैमा अति लगाब छ मेरो !!
Ratan Bhadur B.K.manau 1 Bardiya Hal-gujarat


06-Bishnu K Gautam
परार देखि चुहिने पालि छ घरमा
भकारि कसौंडि सब खालि छ घरमा
खै केमा खान्छन होला पैसा हुनेहरू
आफ्नो भने कुच्चिएको थालि छ घरमा
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट

07-श्री कान्त बराल कहेराज़
सबै नेपालि जित्नु पर्छ, कसैको हार नहोस है
यो दशैंमा कतै काट मार नहोस है
पर्वको नाम मा पशु लाइ किन बलि दिनु
प्राणि माथि यस्तो अत्याचार नहोस है
कृष्ण मन्दिर चोक

08-तिलक निस्कर्ष
मनमा भाको कैलो मैलो सबै फाल्दै छन् रे
उन्नतिको शिखरमा पाइला चाल्दै छन् रे
मेरो प्यारो गाउँमा अब मात्र खुसि खेल्दै गर्दा
भंज्यान्गको बरको रुखमा पिंग हाल्दै छन् रे
रत्ननगर ७

09-Baral Suryamani
सबै भन्छन दशै आयो दशा हो कि दशै ?
मात्तिएकाछन सबैजना नशा हो कि दशै ?
धनी कहाँ अठाह्र ब्यन्जन गरीबलाई रिन्को भारी,
निरिहको बली चड्ने परिभाशा हो कि दशै ?

10-Arjun Chaudhary
सत्य सत्य अथाह माया गर्छु तिमीलाई ढाट्या छैन,
यो मन मुटुमा तिमीनै छौ अन्त माया साट्या छैन,
समयको बेगले परसपरमा म टाढिए,
तिमी त बिर्सैयौ होला म त अन्तसिमा काट्या छैन....
ARJUN

11-Mohan Bihani ________मुक्तक _________
दशै अघि नै यो नालायक सरकार ढाल्नु पर्छ,
भ्रष्टाचारीहरुलाई छानी छानी जेलमा हाल्नु पर्छ,
नाताबाद, कृपावाद र फरियावादि नेताहरुलाई,
फोहर फाले झै कन्टेनर एक एक गरी फाल्नु पर्छ।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/


12-Raag Gazmer Raz
सबैलाई प्रसय दिन्छ यो शहर
बदलामा रगत लिन्छ यो शहर
आकर्षित आफूतिर गरी सबैलाई
कुवेरलाई केवल चिन्छ यो शहर

13-मोहन रावल अनमोल 'अस्तु' मुक्तक
मुटुभरि तिम्रो माया साच्ने आश टुट्यो ।।
बिरामिले थला परी बाच्ने आश टुट्यो ।।
धेरैभयो दुखिराछ अनयासै मुटु अचेल ।
ईलाजै हुदैन याहाँ जाच्ने आश टुट्यो ।।
मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाचँ {अछाम}
हाल- बिरानो शहर मुम्बई

गीत >>>मेरो भन्नु तिमि थियौ तर आज टाढा भयौ
संधै भरि मुटु भित्रै बिजाउने काँढा भयौ ..........अन्जु पन्त को आवाजमा ....


14-Padam B K Abhagi
रेशमि त्यो कपाल तारिफ कति गरु ।
नाक बेलि चाल तारिफ कति गरु ।
मृगँ नयन आखा लालुपाते ओठ ।
तिमि आफै कमाल तारिफ कति गरु ।।
___पदम बि क अभागी___


15-Jyoti Khatiwada Anischit
दिउँसै कालो देख्छु म रातको
मनमै जालो देख्छु म घातको
सामु नै थियो चाहेको मैले
आँखामा टालो देख्छु म जातको
-ज्योति खतिवडा अनिश्चित ।
सुरुङ्गा 2 झापा
हाल त्रिचन्द्र क्याम्पस


16-Bikalpa Babu 
पलपल तिम्रो यादमा, रुन्छु आजभोली
बिना अर्थ तिम्रै तस्बिर, छुन्छु आजभोली
मस्त छन सहयात्रीहरु, यो शहरको भिडमा
तर यहाँ आफु एक्लै, हुन्छु आजभोली
-bikalpa babu
gitanagar 1,chitwan



17-Lalu Gm
मनकी रानी, टाढा भयो।
झन् माया, गाढा भयो।।
यी दुई मेरा, नयनहरु.
रसाईरहने, भाडा भयो।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


18-Rohit Rana "मुक्तक"
निर्दोष तिनै नयन,सजल मन पर्छ
आइरहने उन्कै याद,पलपल मन पर्छ
बत्तीस गुर्णले पूर्ण,छिन् हिस्सी परेकी
आनी बानि चुलबुल,चन्चल मन पर्छ
-रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


19-Amrit Shrestha
न जितेर गयौ न हारेर गयौ
न छाडेर गयौ न बारेर गयौ
जिउदो लास बनाइ मेरो जिबन
न तारेर गयौ न खोलिमा पारेर गयौ
(Amrit shrestha pokhara 12 kaski)

20-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
मैले गाउने गीतहरुमा सरगमको धुन हुन्न थ्यो ,
औसीकोरातहरुमा दिन बिताउथे जुन हुन्न थ्यो ,
गरिबीले सारै सताउथ्यो छाक टार्न मुस्किल हुन्थ्यो ,
तेल' हुदा मसला हुदैन मसला हुदा नुन हुन्न थ्यो !
-गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,
--चुरियामाई -९ शिखरपानी मकवानपुर !

21-Sunil Neupane Marling सुनिल न्यौपाने 'मार्लिङ'
सुवाश दिने कोपिला झार्दै छु बाध्यताले
गगन चुम्ने सपना मार्दै छु बाध्यताले
समस्या छन अनेकौ, कमजोर पनि छैन
जित निश्चित छ तर हार्दै छु बाध्यताले
जुनियाँ ०२ गुल्मी
हाल:- मलेसिया

22-Surya Chemjong रुबाई
न कोही यस्मा जवाफी हुन्छ?
मायाँमा गल्तिमा माफी हुन्छ
पर्दैन मनका ति कुरा राख्न!!
सिर्फ् एक ईशारा काफी हुन्छ

23-Ashish Danai मुक्तक
तिम्रो निम्ती जुन झार्न सक्दीन म सानु
बा आमाको कुरा टार्न सक्दीन म सानु ।।
माया गर्छु तिमीलाई कुनै संका छैन
तर पनी मान्छे मार्न सक्दीन म सानु ।।
-अशिष दनाई
gaunshahar-2,danaigaun, lamjung
Visit www.muktakmadhurima.tk to listen and download all episodes of muktak madhurima,

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
(Source : Muktak Madhurima Page)
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger