Home » » गजलका पानाहरु -11 : (13-10-2012)- Download )- Download

गजलका पानाहरु -11 : (13-10-2012)- Download )- Download

NepaliTalim | 11:51:00 AM | 0 comments
GAZALKA PANAHARU : 11
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
समय : हरेक शनिवार 
आज मिति 2069-असोज-27 तदनुसार 13 Oct-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ । आज असोज महिनाको अन्तिम शनिवार, हामी तपाईहरुकै आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनुभएको गजलहरु लिएर आएका छौं । । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download

Download : Click Here to Download 11
यो श्रीङ्खलामा मैले आफ्नै आवाजमा बाचन गरेको गजल पनि प्रसारण भएको छ जुन यसप्रकार छ ।
हेरि बस्नु सुनौलो, विहान आउँछ ।।
पक्कै समस्याको, निदान आउँछ ।।

तव म क्रन्तिको, बाटो छोडिदिनेछु
जब जनताको, संविधान आउँछ ।।

धर्मको नाममा, यस्तै दंङ्गा भैरहनेछन्
जब खराब प्रचार, आह्वान आउँछ ।।

छैन त्यो मानबताको, हितमा छैन
जब दुरुपयोग भएर, विज्ञान आउँछ ।।

म ति गद्धारहरुलाई, बाँकि राख्ने छैन
जब म सँग सबुत, प्रमाण आउँछ ।।

चोट खाएर पनि म, तवसम्म खुसि हुनेछु
जबसम्म ति मुहारमा, मुस्कान आउँछ ।।
Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger