Home » » गजल- कसैको दशैं शुनसान हुन्छ..

गजल- कसैको दशैं शुनसान हुन्छ..

NepaliTalim | 1:11:00 PM | 0 comments
1.
कसैको दशै धुमधाम हुन्छ ।।
कसैको दशैं शुनसान हुन्छ ।।

हुनेहरु कै हो भगवान पनि
नत नहुनेको भगवान हुन्छ ।।

छाक टार्न काम गर्नै पर्छ
नत राम्रो खानपान हुन्छ ।।

नगरे पुजा रिसाउला देउता
नत पुजाकै सामान हुन्छ ।।

आफन्छ कोहि विदेशमा होलान्
नेपालमा रुदै जाहान हुन्छ ।।
12-Oct-2014
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

2.
शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं ।।
मनाउन सबले पाओस, घरघरमा बडा दशैं ।।

टाढा भाका परिवारलाई, फर्काएर यो चाडले
आत्मिय शदभाव ल्याओस, घरघरमा बडा दशैं ।।

माता दुर्गा भवानिले, रक्षा गरुन सबैलाई
दुख सबै हरि जाओस, घरघरमा बडा दशैं ।।

रातो टिका जमरा र, मान्यजनबाट आशिष
हामी सबलाई दिलाओस घरघरमा बडा दशैं ।।

शुभकामना धेरै–धेरै, सबै–सबै नेपालीलाई
खुशीयाली उत्सब छाओस घरघरमा बडा दशैं ।।
02-Oct-2014
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

बडा दशैं को पूर्व सन्ध्याको पावन अवसरमा सम्पूर्ण आत्मिय साथीहरुलाई शुख, शान्ति र
हर्षोउल्लासको हार्दिम मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger