गजल- प्रेम हो भने छल हुँदैन

NepaliTalim | 7:45:00 PM | 0 comments
मान्छे सबै असल हुँदैन ।।
प्रेम हो भने छल हुँदैन ।।

यदि तिमीले पढ्दैनौं भने
मेरा शेरहरु गजल हुँदैन ।।

बुझ्नुपथ्र्यो तिम्ले पनि त
विनाकारण हलचल हुँदैन ।।

ढुङ्गे मुटु पनि पग्लिन्छ हेर
जब जून  सितल हुँदन ।।

सफलता तब धर्मराउँछ
उद्देश्य जब अटल हुँदैन ।।

दुनियाँले जे–जे भनुन् तर
"राम" प्रेममा पागल हुँदैन ।।
Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Note
गजलका पानाहरुमा बाचन भईसकेको छ

मुक्तक सरोबर (2069-07-01/17-10-2012) - Download

NepaliTalim | 11:44:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-07-01/17-10-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069 कार्तिक 01 तदनुसार 17th Oct 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा।
Listen and Download

Download : Click Here to Download

Thank you

BULBUL : EPISODE 164 अन्तर्वाता विशेष -(17-10-2012) Download

NepaliTalim | 10:19:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 164

INTERVIEW SPECIAL
Date : (17-Oct-2012/ 2069-07-01)

 
(आजको बुलबुलमा गजलकार मधु साश्रुसँगको अन्तर्वाता विशेष बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 कार्तिक महिनाको  01 गते बुधवार तदनुसार 17 Oct-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 164) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
INTERVIEW WITH MADHU SASHRU
Listen and Download
Download : Click Here to Download
बुलबुलको आजसम्मको श्रङ्खिलाहरु सुन्नको लागि
Thank you

Sparsa स्पर्श : (2069-06-30/16-10-2012)- Download

NepaliTalim | 9:13:00 PM | 0 comments
कार्यक्रम  : स्पर्श(SPARSA)श्रीङ्खला 
मिति :   (2069-06-30/16-10-2012)

प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४ 
 
गजल प्रेमी साथीहरु नमस्कार । 
सदाझै आज मिति 2069 Sparsa स्पर्श 30 तदनुसार 16 Oct 2012 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आजको स्पर्शमा दशैं विशेष  कार्यक्रम रहनेछ । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद
Listen and Download

Download : Click Here to Download

मेरो बाचन भएको गजल
शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं ।।
मनाउन सबले पाओस, घरघरमा बडा दशैं ।।

टाढा भाका परिवारलाई, फर्काएर यो चाडले
आत्मिय शदभाव ल्याओस, घरघरमा बडा दशैं ।।

माता दुर्गा भवानिले, रक्षा गरुन सबैलाई
दुख सबै हरि जाओस, घरघरमा बडा दशैं ।।

रातो टिका जमरा र, मान्यजनबाट आशिष
हामी सबलाई दिलाओस घरघरमा बडा दशैं ।।

शुभकामना धेरै–धेरै, सबै–सबै नेपालीलाई
खुशीयाली उत्सब छाओस घरघरमा बडा दशैं ।।
विजया दशमिको पूर्व सन्ध्याको पावन अवसरमा सम्पूर्ण आत्मिय साथीहरुलाई शुख, शान्ति र हर्षोउल्लासको हार्दिम मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

Good Night SMS - (2069-06-30/16-10-2012 )- Download

NepaliTalim | 8:58:00 PM | 0 comments









GOOD NIGHT SMS
Date : (2069-06-30/16-10-2012 )
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :

Download : Click Here to Download

Thank you

अचम्मको संसार -(17-10-2012/01-07-2069) - Download

NepaliTalim | 8:39:00 PM | 0 comments
अचम्मको संसार
मिति : (17-10-2012/01-07-2069)
रेडियो :  रेडियो एकता 
समय : हरेक बुधवार १० बजे विहान
प्रस्तोता:  रविन कार्की

यो संसार अचम्मको छ चाहे तपाईं पत्याउनुश या नपत्याउनुश तपाईं पनी अचम्मकै हुनु हुन्छ हजुर संसार अचम्मको छ । आज मिति 01 कार्तिक  २०६९ तदनुसार 17-10-2012 बुधबार , आजदेखि शान्ति र सदभाबका लागि रेडियो एकता 92.4mhz को कार्यक्रम अचम्मको संसारको
श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता रविन कार्की उपस्थित हुनुभएको छ । विश्वभरिका विभिन्न अचम्मका रोचक कुराहरुको जानकारीहरु यो कार्यक्रमको विशेषता रहनेछ ।
Listen and Download

Download : Click Here to Download 

Thank you,
 

गजल- कसैको दशैं शुनसान हुन्छ..

NepaliTalim | 1:11:00 PM | 0 comments
1.
कसैको दशै धुमधाम हुन्छ ।।
कसैको दशैं शुनसान हुन्छ ।।

हुनेहरु कै हो भगवान पनि
नत नहुनेको भगवान हुन्छ ।।

छाक टार्न काम गर्नै पर्छ
नत राम्रो खानपान हुन्छ ।।

नगरे पुजा रिसाउला देउता
नत पुजाकै सामान हुन्छ ।।

आफन्छ कोहि विदेशमा होलान्
नेपालमा रुदै जाहान हुन्छ ।।
12-Oct-2014
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

2.
शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं ।।
मनाउन सबले पाओस, घरघरमा बडा दशैं ।।

टाढा भाका परिवारलाई, फर्काएर यो चाडले
आत्मिय शदभाव ल्याओस, घरघरमा बडा दशैं ।।

माता दुर्गा भवानिले, रक्षा गरुन सबैलाई
दुख सबै हरि जाओस, घरघरमा बडा दशैं ।।

रातो टिका जमरा र, मान्यजनबाट आशिष
हामी सबलाई दिलाओस घरघरमा बडा दशैं ।।

शुभकामना धेरै–धेरै, सबै–सबै नेपालीलाई
खुशीयाली उत्सब छाओस घरघरमा बडा दशैं ।।
02-Oct-2014
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

बडा दशैं को पूर्व सन्ध्याको पावन अवसरमा सम्पूर्ण आत्मिय साथीहरुलाई शुख, शान्ति र
हर्षोउल्लासको हार्दिम मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

गजलका शेरहरु -(सवाल जवाफ विशेष) (2069-06-30/16-10-2012) - Download

NepaliTalim | 10:31:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
गजल सवाल जवाफ विशेष

HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-06-30/16-10-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु "तिज विशेष"
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे     
अनलाईन सुन्न : Radio Ekata    
फेसबुक पेज  : Gazalka Sherharu

आदरणिय साथीहरु, 
आज मिति 2069 असोज महिनाको 30  तदनुसार मिति 16 Oct 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ ।आज महिनाको अन्तिम सातामा हामी गजल सवाज जवाफ विशेष श्रीङ्खला लिएर आएका छौं । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download 

Download : Click Here to Download  
अहिलेसम्मको श्रीङ्खलाहरु सुन्नको लागि
Thank you

बहकिने मन (2069-06-29/15-10-2012) - Download

NepaliTalim | 8:33:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-06-29/15-10-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ असोज 29 तदनुसार 15-Oct-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 46 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन
Listen and Download

Download :  Download 2069-06-29
  वहकिने मन ...४७ वटा रेडियोबाट एकैसाथ ....

१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)रेडियो उदयपुर—उदयपुर
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
३८)रेडियो शारदा एफ.एम.—सल्यान
३९)भ्वाइस् एफ.एम.-कपिलवस्तु
४०)रेडियो नारायणी—चितवन
४१)रेडियो हाम्रो पहुँच—दाङ
४२)रेडियो मकवानपुर—मकवानपुर
४३)रेडियो एकता—सर्लाही
४४)रेडियो हाम्रो पाईला—जाजरकोट
४५)रेडियो प्यूठान—प्यूठान
४६)प्रकृति एफ.एम.—दाङ
४७)सानी भेरी एफ.एम.—रुकुम

सोमबार राती विविसि पछि....

महावीर विश्वकर्माको साथमा

Good Night SMS - (15-Oct-2012)- Download

NepaliTalim | 10:10:00 AM | 0 comments









GOOD NIGHT SMS
Date : 29-Aswin 2069/ 15-Oct 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :
Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger