बहकिने मन (2069-05-18/03-09-2012) - Download

NepaliTalim | 1:57:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-05-18/03-09-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ भाद्र 18 तदनुसार 03 Sep 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 40 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन ।
Listen and Download

Download : Click Here to Download

वहकिने मन ....४० वटा रेडियोबाट एकैसाथ ....
बहकिने मन प्रसारण हुने 40 रेडियो स्टेशनहरु ।
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)रेडियो उदयपुर—उदयपुर
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
३८)रेडियो शारदा एफ.एम.—सल्यान
३९)रेडियो ध्रुवतारा—दैलेख
४०)भ्वाइस् एफ.एम.

सोमबार राती विविसि पछि....

महावीर विश्वकर्माको साथमा

Episode : 42 (यो साँझ यो सुबाश-04-09-2012) - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
EPISODE 40 - YO SANJH YO SUBASH
(04-09-2012 / 2069-05-19)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश 
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल भाद्र महिनाको 19 गते तदनुसार 4th Sep 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 42  औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् ।
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ।
कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु
LISTEN AND DOWNLOAD

Download : Click Here to Download 42
Listen All Previous  Episodes


Thank you

Episode 1: साहित्य सिर्जना (01-09-2012/2069-05-16) - Download

NepaliTalim | 2:40:00 PM | 0 comments
EPISODE : ONE 1
कार्यक्रम : “शब्द सिर्जना Sahitya Srijana"
रेडिया : मलमला ८८.६ मेगाहर्ज

प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : surajyomaya@gmail.com
           radiomalmala@gmail.com


साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “साहित्य सिर्जना” को पहिलो श्रीङ्खला लिएर आज मिति २०६९भाद्र १६ गते तदनुसार १ सेप्टेम्बर २०१२ का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Thank you

श्रृजनाका सुशेलीहरु - (2069-05-16/01-09-2012) - Download

NepaliTalim | 12:20:00 PM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Date : (2069-05-16/01-09-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
 
...............................................................
आज मिति 2069 भाद्र 16 गते (1-SEP-2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
Listen and Download

Download : Click Here to Download

Thank you,


साहित्य सँगालो (2069-05-16/01-09-2012) - Download

NepaliTalim | 8:29:00 PM | 0 comments
 








कार्यक्रम : साहित्य संगालो (Sahitya Sangalo)
श्रीङ्खला मिति स : 2069-05-16/01-09-2012
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)  

Facebook : Sparsa


आज हामी तपाई सामु मिति 2069 भाद्र 16 तदनुसार 1 September 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर उपस्थित भएको छु । यो कार्यक्रम पठाउने रेडियो तिनाउका यसै कार्यक्रम प्रस्तोता अशोक गौतमलाई धेरै धेरै धन्यवाद । आगमामि दिनहरुमा उपलब्ध भएसम्म कार्यक्रमका श्रीङ्खलाहरु म लिएर हाँजिर हुनेछु ।
Listen and Download

Download : Click Here to Download

Thank you



सुबिसुधा आचार्यको कथा “रातो गुलाब” - Download

NepaliTalim | 3:41:00 PM | 0 comments
सुबिसुधा आचार्यको कथा “रातो गुलाब” सुन्नुहोस

Listen and Download a Story Rato Gulab by Subisudha Acharya from Himali Swarharu 

 
हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह “कथा संसार”मा आज हामी सुबिसुधा आचार्यले मेरिल्याण्ड बाट पठाउनु भएको कथा “रातो गुलाब” प्रस्तुत गर्दै छौ! कथा संसारमा तपाई पनि आफ्नो कथा,मनोन्यास,भावना सुनाउन चाहनुहुन्छ भने लेखि पठाउनुहोस nepaliradio@gmail.com मा

कथा बाचन गर्दै छन् सहदेव !

Listen and Download

Download Link : Click Here to download -Rato Gulab


Thank you,

मुक्तक सरोबर 2069-05-15/31-08-2012) - Download

NepaliTalim | 12:00:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-05-15/31-08-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069-05-15 तदनुसार 31-08-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you

गजलका पानाहरु -5 : (01-09-2012/2069-05-16)- Download

NepaliTalim | 11:00:00 AM | 0 comments
GAZALKA PANAHARU : 4
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा
समय : हरेक शनिवार 
फेसबुक : Gazaka Panaharu
(रेकर्ड गजलहरुको कार्यक्रम)

आज मिति 2069-05-16 तदनुसार 01-09-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम ।
Listen and Download

Download : Click Here to Download 5

Thank you

Muktak Madhurima - (2069-05-14/30-08-2012) - Download

NepaliTalim | 12:52:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-05-14/30-08-2012)

आज मिति 2069 भाद्र 14  गते तदनुसार 30th Aug 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download

Download : Click Here to Download
Listen All Previous Episodes


२०६९-०५-१४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ
01-Ram Sharan Shrestha
उस्ले आफै महान भएको घोषणा गर्यो ।।
आफैलाई भगवान भएको घोषणा गर्यो ।।
उस्ले विधातालाई चुनौती दिँदै आज मात्र
आफू विधाताकै समान भएको घोषणा गर्यो ।। राम शरण श्रेष्ठ
चिसापानी ६ , रामेछाप ।

02-Aindra Bikram Nisthuri

जुन रुन्छ. फुल रुन्छ. तारा पनि रुदो रहेछ।
दुख्दा मुटु जल्दा मन खुसी टाढा हुदो रहेछ।
बगाएसी खहरेले उमंग र उत्साहाहरु।
बाँध फूटी नयानको मोति पनि चुँदो रहेछ।
आइन्द्र बिक्रम निष्ठूरी
अमरपुर (चार) पाँचथर
हाल. दोहा. कतार


03-Khadga G Magar

जिंदगिका सपनाहरु, मुटु भित्र सांची राखे
गरीबिका ब्यथाहरु, छात्ती भित्र चांची राखे//
अंधकार कुइरो भित्र , हराएको काग सरि
बिबश्ताले गांजिएको, चक्र भित्र नाची राखे //
खड्ग जी.एम.
उरहरी 2 दांग
23/08/2012
qatar


04-Sunil Neupane Marling

नमस्कार सम्पुर्ण मित्रहरु तथा मुक्तक मधुरीमालाई,
म बिगत समय देखी यस कार्यक्रममा मुक्तक प्रेषण गरेर अनि सुनेर साथ दिदै आएको थिए
तर कारणबश केही समय टाढीदैछु, समय मिल्नासाथ छिट्टै आउनेछु।
पवन दिने _ पात फरक छ।
तिम्रो र मेरो जात फरक छ॥
महल छैन _ झुप्रोमा बस्छु।
गरिब हु औ- कात फरक छ॥
-सुनिल न्यौपाने 'मार्लिङ'
जुनियाँ ~ दुई ~ गुल्मी
हाल :- मुम्बई


05-Nirdoshi Pokhrel

तिम्रै यादमा आज अलिकती पिउदै छु।
फाटेको मन मुटु बेदनाले सिउदै छु॥
मर्यो भन्दै अनायशै हल्ला फैलाएनी।
आज सम्म जिउदो लास भई जिउदै छु॥
lokbahadurpokhrel(nirdoshi)
benimadipur~07 devinagar tadi
nawalprasi ... Hall:= mumbai..


06-Hari Aryal Anupam

भैगो माया गर्दिन म,
तिम्रो भर पर्दिन म,
भत्किएको पूल बाट
बर्खे भेल तर्दिन म,
हरि अर्याल अनुपम
ग्वालिचौर बागलूङ


07-मोहन बिहानी काफ्ले ** मुक्तक **

आज बिहानै तिम्रो गल्लि छेउ छाउमा हलचल थियो,
बिषय तिम्रो मोबाइलमा राती गरेको मिसकल थियो।
माया गर्ने मान्छे ले सधैं भरि सम्झि राख्दा तिमिलाई,
अनाबश्यक चर्चा चलाई बेकारमा गरेको त्यो छलफल थियो।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --http://mohanbihani.blogspot.com/


08-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा

म सुन्छु सधै मुक्तक मधुरिमा हजुर
अनि सुनिरनछु यो जुनी भरिमा हजुर
एकदिन सुन्न पाइन भने पागल हुन्छु
अनी रुदै हिड्छु भदौरे यो झरीमा हजुर
-गजल प्रेमी औसिकोरात्मा इन्द्रमान आत्मा
हेटौडा,हाल-दोहा कतार


09-Bus Anta

माया मलाई गर नगर ,मैले माया गरिसके
फुल तिमी फक्री रहनु ,शित म त झरी सके.
तिमी मलाई चाहदैनौ ,टाढा त म सारी सके .
साथी पयौ बधाई छ ,एक्लै त म भइे सके
by basanta bhattarai
from chabahil


10-Lalu Gm

डर लाग्छ पछि, कतै माया माया मार्छौकी सानु।
जसलाई भेट्यो बाटोमा, उसलाई ठीक्क पार्छौकी सानु।।
मिठा मिठा कुरा गर्दै, मायाको सिँढी चढ्दै जादा।
दुई चार कदम साथ दिई, खुट्टा तानी झार्छौकी सानु।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

11-अर्जेल मायाको शागर अर्जेल

दुनीयालाई भुलेर आज भगवानको शरणँ भो !
कस्को नजर लाग्यो मलाई खुशी सबै हरणँ भो
दुख पिडा शहेर बाँच्नु को के अर्थ !
भगवानले शाथ नदिए पछी अनी मेरो मरणँ भो


12-Baral Suryamani

भुबन थापाको मुक्तक:
मान्छे फुल टिप्ने होईन फुल भित्रको वास टिप्छ।
सधैं वास्ना छरि बस्ने फुलको त्यो आश टिप्छ।।
मृत्यु पनि भन्छ मैले कसैलाई मारेँ भनि।
आत्मा किन मार्न सक्थ्यो केवल तनको सास टिप्छ........!! !!
Baral Suryamaniको प्रतिकृयामाः
फुल भन्दा साथी फुल भित्रको बास
माठो,सँधै सुन्दर बनि बस्ने फुलको त्यो आश
मिठो। मृत्यूको त कामै त्यही अरु लाई
मार्ने न हो ,उस्लाई लाग्न सक्छ आत्मा
भन्दा नि सास मिठो।


13-ß-kash Neupane

सुरुवात गर्न थाल्दा थाल्दै खै के के भो जिन्दगी !
च्यात्तियको ठाउ टाल्दा टाल्दै खै के के भो जिन्दगी !!
थोरै भय पनि खुशी हरु खोज्ने बाहाना मा,
पाइला हरु चाल्दा चाल्दै खै के के भो जिन्दगी !!
-● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori



14-Krishna Paudyal

कल्पनाको सिमित हुन्छ र
मृत्यु आत्मा जिवित हुन्छ र
भनिदेउन ओ प्रेमको गुरु
मायाको बिष अमृत हुन्छ र
-कृष्ण पौड्याल बम्घा एक गुल्मी


15-Artimus Siru

तिमी छौ र पो ,म छु अनि हाम्रो माया छ !
दिलको यो गहिराईमा मात्र तिम्रो छायाँ छ !!
जोरी पारी हासछन् किन तिम्रो मेरो प्रित देखी !
इर्ष्या गर्नेहरु धेरै छन् सानु सोच इश्वर दायाँ छ !!
सुमित्रा अधिकारी (धिताल) गोरखा


16-Madan Rokaya

बच्चन छैनन् त के, मधुशाला यहि छ ।
अप्सरा छैनन् त के, इरा पाला यहि छ ।।
बाध्छौ भने बन्धनमा जुनी तिमीलाई सुम्पुला
सिन्दुर, पोते छैनन् त के, तुलमाला यहि छ ।।
madan rokaya


17-Amrit Shrestha

अधेरी मलाई भो तिमी जुन लिएर जाउ
बिल्नो मलाई भो तिमी नुन लिएर जाउ
अझै तिमीलाई पुगेको छैन भने कसम
म मर्न तयार छु तिमी खुन लिएर जाउ
(Amrit Shrestha pokhara 12 kaski)


18-Suman Adhikari

मतिएर जिन्दगी रमाईलो मान्ने हरू !
हात समाई पछिपछि हिन्न जान्ने हरू !
के सम्झन्छन् आखीर जिन्दगी लाई..,
मात्र एक रात लाई सर्वसो ठान्ने हरू !!
-सुमन अधिकारी
पश्चिम चितवन शंकरचोक


19-निस्चल प्रेमी कान्छा

बिस पुगी एक्काईस लागे उमेर मेरो काँचो छ है
जिवनभर साथ दिने तरुनीको खाँचो छ है
घरमा आमा एक्लै भईन बुहारीको बाटो र्हेदै
यहाँ मैले लेखेजती सबै कुरा साँचो छ है ।।
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल मुम्बई भारत


20-Dipendra Chapagain

रुडि बादी परम्परा तोड्नुपर्छ नारी तिमी
आजैदेखी नयाँ बाटो मोड्नुपर्छ नारी तिमी
अधिकार न्याए खोज्दै एकताको हातभित्र
चुलो चौको अब तिमी छोड्नुपर्छ नारी तिमी
दिपेन्द्र चापाँगाई
हरीहरपुर 3 कपिलवस्तु
हाल मुम्बई भारत

21-Bikalpa Babu 

नडुल पंछि आकाशमा तिमी, जगत छ हेर
सजाउन सिँउदो रातै बनाइ, रगत छ हेर
सोध बुझ हरेक प्राणीसँग, संसारमा कतै
'बिकल्प'को तिमी मुटु भन्ने, अवगत छ हेर
-बिकल्प बाबु
गितानगर चितवन

22-Jyoti Khatiwada Anischit

श्रावणको आकाश झै,भयो यो जीन्दगी
समुन्द्रको छाल झैँ,गयो यो जीन्दगी
पहरासँग सिँगौरी खेल्दा,चोइटिएर जीन्दगी
कठै शुन्य अवशेष मात्र,रह्यो यो जीन्दगी ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2 झापा
हाल त्रि चन्द्र क्याम्पस ।

23-Dipak Dhakal

नसोच भो माया मार्न कहाँ सक्छु र ..!
त्यो मन बाट बसाई सार्न कहाँ सक्छु र ..!!
साटे मुटू तिमी संग अन्त बाडदिन अब ..!
बिच बाटोमा एक्लै पार्न कहाँ सक्छु र ..!!
-दिपक ढकाल
चुहाँ 4 कैलाली नेपाल
हाल . पुना भारत

24-

25-
26-Guru Dahal
तिम्रो लागी चुरापोते किन्न भनेर
अरु लाई मेरी काली दिन्न भनेर
आउछु म हुनेवाला ससुराली गाउमा
मात पिता बाट काली छिन्न भनेर
guru prasad dahal
now india

27-Ashish Danai

आज भोली कता कता अन्धकारमा बसेको छु
थाहा छैन खै कसको जालझेलमा फसेको छु
कसैको िन नराम्रो त गर्याजस्तो लाग्याछैन
गाऊँलेको नजरबाट त्यसै कीन खसेको छु
-आिशष दनाई
बेिसशहर, लमजुङ
Go to www.ashishdanai.com.np to listen and download all episodes of muktak madhurima...

28-Arjun Chaudhary

लगन गाठो तिमीसँग गाँसन मन लाग्यो,
तिम्रो फोटो हृदयमा टाँसन मन लाग्यो,
कसलाई दिऊ के गरु भा,छ यो जोबन,
तिम्रै दिलमा मन मुटु माँसन मन लाग्यो..
ARJUN CHAUDHARY,PADAMPUR 6...@

30-Rohit Rana "मुक्तक"

आफ्नै जिवननै,धराप लाग्यो म'मा
निकै ठुलै दैवको,श्राप लाग्यो म'मा
सोझा मात्र देख्ने,दैव पनि कस्तो हरे
संकट र कर्फ्यु, तनाब लाग्यो म'मा
-रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

31-Nabin Nepal

कती भयो गन्दै छु कि क्याहो ?
पैसा मात्र भन्दै छु कि क्याहो ?
भो छाड्छु यो पैसा को लालसा
निर्दही पर्देशी बन्दै छु कि क्याहो ?
-नबिन नेपाल
सुडाल भक्तपुर


32-Bimal Paharai

सर्ब प्रथम संचालक जी मा अदृश्य नमस्कार,
मुक्तक:
दैंवको यो जालमा पर्दा धेरै आँशु झरेका छन,
पिडाले नै जीवन मेरो अंग-अंग भरेका छन।
चाह कत्ति भएन फुल्ने झर्दा आज ओइलिएर,
पलाएका पालुवा सब रहरमै मरेका छन॥
-बिमल पहराई
हाडहाडे ५
गुल्मी,
हाल:दोहा,कतार


33-Nabodit Nabaraj

जानीजानी अगुल्टोलाई ठोस्छन किन मान्छेहरु ?
आफ्नै घरमा आँफै आगो झोस्छन किन मान्छेहरु ?
आखिर लाने के नै हो र ? ब्रम्हनालमा चढ्नेबेला
एकअर्काको हाँसोखुसी खोस्छन किन मान्छेहरु ?
-नबराज नबोदित
Leguwa,Dhankuta
हाल: दोहा, कतार।


34-Gyan Tramu Magar <मुक्तक>

पराईको भन्दा आफ्नैको डर छ।
उसको त मेरै नजिकै घर छ॥
झोस्यो भने सबै खरानी हुन्छ मेरो।
उसको छानोमा टिन मेरो त खर छ॥
-ज्ञान तरामु मगर,ठुलोलुम्पेक-4
कसिन्थला गुल्मी,हाल मुम्बई
-दुरभाषा9594663484
सम्पर्क 9987181075


35-सुजल बाबु बस्नेत सुजीता पौडेल 'प्रीति'जी को मुक्तकको जवाफी मुक्तक मेरो एउटा प्रयास:-

तिम्रै हुँ केवल म त, बन्या'छैन टाढा कैले ।
जुनि भरको चोखो प्रीति,फिक्का हुन्न गाढा जैले ।
प्रत्येक मेरा स्पन्दनमा, तिमी छौ मात्रै तिमी;
नबिझाउँने फूल थिएँ, बन्या हैन काँढा मैले ॥
सुबास बस्नेत "सुजल"
सोलुखुम्बु
हाल: चारआली, झापा

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,

Live-
radio chitwan 94.6
www.radiochitwan.com.np

Download -
www.facebook.com/radiochitwan

www.facebook.com/muktakmadhurima

http://chisapaninepal.blogspot.com/

http://mohanbihani.blogspot.com/

www.ashishdanai.com.np

www.facebook.com/piratikodori

धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......

कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

गजल संगम (2069-05-13/ 29-08-2012) - Download

NepaliTalim | 2:54:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : 2069-05-13/ 29-08-2012
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam

आज मिति २०६९ भाद्र महिनाको १३ गते तदनुसार २९ अगष्ट २०१२, बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । 

गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । आज गजल संगम पहिलो पल्ट लिएर आएको छु ब्लगमा । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you,



Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger